लुम्बिनी / सन् २०२० लाई स्वागत गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको छ । जनवरी १ तारिखका दिन लुम्बिनी विकास कोषले एक कार्यक्रमको आयोजना गरि लुम्बिनी भ्रमणमा आएका भुटानी र चिनियाँ पर्यटकहरुको एक टोलीलाई स्वागत सत्कार गर्दै नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरेको हो । कोषका जनसम्पर्क एवं सूचना प्रमुख हरिध्वज राईले पर्यटकको टोलीलाई लुम्बिनीबारे विस्तृत व्याख्या गर्दै मायादेवी मन्दिरको भ्रमण गराउनुभएको थियो ।
कोषका निमित्त सदस्य सचिव ई. सरोज भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा लुम्बिनी एक उत्कृष्ट गन्तव्य रहेको बताउँदै सबैलाई लुम्बिनी भ्रमणमा आउन आह्वान गर्नुभयो । उहाँले लुम्बिनीका सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह गर्नुभयो । कोषले नयाँ वर्षको पहिलो दिन लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई मायादेवी मन्दिर प्रवेश निशुल्क गरेको छ ।
कार्यक्रममा लुम्बिनीका पर्यटन व्यवसायीले पनि पर्यटकको टोलीलाई स्वागत गर्दै डुङ्गा शयर, लुम्बिनीको चिनो वितरण, पथप्रदर्शन एवं यातायातको सुविधा निशुल्क प्रदान गरेका थिए । लुम्बिनीका पर्यटन व्यवसायीहरुले सन् २०२० मा पर्यटकहरुलाई होटल, यातायात, उपहार साम्रगी, पथप्रदर्शन लगायतमा १० देखि २० प्रतिशतसम्म छुटको समेत घोषणा गरेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५