• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 03, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाए


सुभाय् संवाददाता December 27, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ७० मिनेट

काठमाडौं । काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो ।
बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् । दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु आधारभूत विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उप प्रमुख बसन्ती डंगोल तामाङले र जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का इकाई प्रमुख अर्जुन रायमाझीले विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेका हुन् ।
अस्थायी टहरामा पठन–पाठन गर्दै आएका विद्यालयहरुलाई नयाँ भवन हस्तान्तरण गर्दै नगर प्रमुख मोहन बस्नेतले अब नयाँ भवनमा गुणस्तरीय शिक्षा दिन शिक्षकहरुसँग आग्रह गरे । नगरभित्रका कुल २० विद्यालय मध्ये १३ विद्यालयहरुले नयाँ पक्की भवन पाइसकेको भन्दै उनले अब नयाँ भवनको संरक्षण र त्यसमा विद्यार्थी भराउने जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता जनाए ।

muhurat artists

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


सामुदायिक विद्यालयहरु नै भौतिकरुपले सुविधा सम्पन्न भइसकेको अवस्थामा अब छोराछोरी गाडीमा चढाएर अन्तै पढ्न नपठाउन अभिभावकसँग आग्रह गर्दै नगर प्रमुख बस्नेतले गुणस्तरीय शिक्षाको जिम्मेवारी नगरले् लिने स्पष्ट पारे ।
सामुदायिक विद्यालयहरुमा सुविधासम्पन्न भवन, शिक्षक दरबन्दी, शिक्षकहरुसँग विभिन्न तालीम रहेको र अबको आवश्यकता गुणस्तरीय शिक्षाको मात्रै रहेको उनको भनाइ थियो । जाडो विदामा नगरले सबै शिक्षकहरुलाई तीन दिने गुणस्तरीय सिकाइ तालीम दिने उनले स्पष्ट पारे ।
नगरका उपप्रमुख बसन्ती डंगोल तामाङले टहरामा पठन–पाठन गर्दै आएका विद्यालयहरुले अब राम्रो भवन पाएपछि त्यसमा भवन जस्तै सुन्दर शिक्षण सिकाइ गर्न आग्रह गरिन् । अब निजी विद्यालयमा छोराछोरी नपठाउन आग्रह गर्दै उनले अभिभावकहरुसँग सामुदायिक विद्यालयको मार्केटिङ गर्न सुझाब दिइन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका इकाई प्रमुख अर्जुन रायमाझीले काठमाडौंमा भूकम्प प्रभावित विद्यालयहरुको पुनर्निर्माणले तिब्रता पाएको बताए । अब कोही पनि बालबालिका अस्थायी टहरामा पढ्न नपर्ने भन्दै रायमाझीले काठमाडौंमा केही समयमै विद्यालय पुनर्निर्माणले पूर्णता पाउने स्पष्ट पारे ।
नयाँ भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको भन्दै उनले यदि गुणस्तरीय शिक्षा दिन सक्दिन जस्ततो लागे पेशा परिवर्तन गर्न शिक्षकहरुसँग आग्रह गरे । ‘अब भवन छैन भनेर बहाना बनाउने छुट छैन’–रायमाझीले भने–‘नयाँ भवन पाएपछि पुरानै शैलीको शिक्षण सिकाइले हुँदैन ।’

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑