• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

धरानमा य:मरी बनाउने सीप प्रशिक्षण सम्पन्न


सुभाय् संवाददाता December 19, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट


धरान/ धरानमा यःमरी बनाउने तालिम सम्पन्न भएको छ । नेवाः देय् दवू, धरानको आयोजना र सिद्धि नेवाः परिषद् धरानको व्यवस्थापनामा सम्पन्न यःमरी बनाउने तालिममा १० जना पुरुष र ४० जना महिलाको सहभागिता रहेको थियो ।
आगामी पौष ९ गते देखि धरानको छाता चौकमा शुरु हुने ४ दिने आठौ यःमरी सांस्कृतिक तथा पर्यटन उत्सवका लागि आवश्यक जनशक्ति तयार गर्न यःमरी बनाउने प्रशिक्षणको आयोजना गरिएको नेवाः देय् दवू धरानका अध्यक्ष मनोहर शाक्यले बताए ।

विहीबार सिद्धि नेवाः परिषद् धरान ७ को सभाहलमा सम्पन्न तालिममा नेवाः देय् दवूका केन्दिय सदस्य लक्ष्मी शाक्यले प्रशिक्षण दिनु भएको थियो भने प्रशिक्षण सहयोगीको रुपमा नेवाः देय् दवूका प्रदेश १ का कोषाध्यक्ष चन्द्र हलुवाई रहनु भएको थियो । नेवार समुदायको विभिन्न खाद्य परिकारहरुमध्ये एक महत्वपूर्ण र स्वादिष्ट परिकार यःमरी भएको र यःमरी बनाउन धेरै शीपको आवश्कता पर्ने सिद्धि नेवाः परिषद् धरानका अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले बताउनु भयो ।
विगतमा हुने यःमरी महोत्सवहरुमा यःमरीको माग अनुसारको तयार गरेर दिन नसकेको गुनासो आएको थियो । यस पटक यःमरीको गुणस्तरलाई पनि ध्यानमा राखेर तयार गर्न लागिएको छ ।
नेवाः समूदायले नयाँ धानबाली भित्र्याएपछि नयाँ चामलको पिठोबाट बनाएको शंख आकारको खोक्रो  डल्लोको भित्र  चाकु र तिलको पकाएर राखेर यःमरी तयार गरिन्छ । यसबाहेक अरु विभिन्न प्रकारको सामग्री राखेर पनि य:मरी तयार गर्न सकिने नेवाः देय् दवूका केन्द्रिय सल्लाहकार सरला कायस्थले बताए ।
यःमरीका परिकार यःमरी पुन्ही(धान्य पूर्णिमा)का दिन मात्र खाने नगरेर अन्न प्रासन्न, जंकु, जन्मदिन जस्ता विभिन्न सामाजिक सांस्कृतिक र परंरागत संस्कार  कार्यमा पनि यःमरीको उपयोग हुने गर्दछ ।

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑