• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 05, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा इतिहासकै गर्मी दिन, साउथ वेल्समा संकटकाल घोषणा,तापक्रम ४१.९ डिग्रीसम्म पुग्यो


सुभाय् संवाददाता December 19, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं, पुस ३ गते । अष्ट्रेलियामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । तापक्रम अहिलेसम्मकै उच्च भएपछि साउथ वेल्समा संकटकाल घोषणा गरिएको छ ।
अष्ट्रेलियामा मंगलबार अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको थियो । तर बुधबार अहिलेसम्मको जम्मै रेकर्ड भङ्ग गर्दै तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरिएको हो । मंगलबार तापक्रम ४०.९ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि २०१३ मा अहिलेसम्मकै उच्च ४०.३ डिग्री सेल्सियस मापन गरिएको थियो।
गत् महिना मात्रै १०० स्थानमा डँढेलो लागेपछि साउथ वेल्सका अधिकारीहरु अझै उक्त प्रकोपको सामना गरिरहेका छन् । मौसम थप प्रतिकूल हुन सक्ने अनुमानपछि साउथ वेल्सका सरकार प्रमुख ग्लेडी बेरेजीक्लैनले सात दिने संकटकालको घोषणा गर्नुभएको छ । आगामी तीन दिनमा एडिलैड, मेलबर्नसहितका प्रमुख शहरको तापक्रम अझै बढ्ने अनुमान गरिएको छ ।
महिना दिनभित्र संकटकालको घोषणा गरिएको यो दोस्रो अवसर हो ।
तापक्रम उच्च भएपछि लाग्ने डँढेलोले गत् महिना पनि अष्ट्रेलियाले छजनाको मृत्युसँगै ठूलो क्षति बेहोर्नुपरेको थियो । करीब ५०० जनाले सिड्नीमा जलवायु परिवर्तनमा ठोस कार्यको माग गर्दै बुधबार प्रदर्शन गरेका थिए । अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।आगलागीका कारण कतिपय घरहरुमा क्षति पुगेको र विषाक्त हावा फैलिएको र त्यस क्षेत्रको तापक्रम ५० डिग्री सेल्सीयससम्म पुगेको जनाइएको छ । बिहीबार लागेको आगलागी नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ ।                                    अधिकारीहरुले आ–आफ्नो तरिकाले सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेका छन् ।                                  अष्ट्रेलियामा प्रायः हरेक बर्ष यस्तै अत्यधिक गर्मी हुने र गर्मीका बेलामा आगलागीका घटनाहरु पनि धेरै हुने गरेको अधिकारीहरुको भनाई छ ।

देशको सर्वाधिक प्रदुषित भएको ‘न्यु साउथ वेल्स’ राज्यका १ सय भन्दाबढी ठाउँमा आगलागी भएको र आगलागी नियन्त्रण बाहिर रहेको जनाइएको छ । न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री ग्लाडीस बेरोजिक्लीनले सातदिनका लागि सङ्कटकालको घोषणा गरेको हो । रासस/एएफपी

सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑