• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

आत्ममुग्धता(‘नार्सिसिजम’)को फाइदा बेफाइदा


सुभाय् संवाददाताDecember 10, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

प्रसंगको सुरुवात यसरी गरौँ-

ग्रिक मिथक अनुसार, नार्सिसस नामक युवक एक दिन पानी पिउन नदी छेउ पुग्छ। पानी पिउन लाग्दा नदिमा आफ्नो प्रतिबिम्ब देख्छ । उसलाई आफू निकै सुन्दर लाग्छ । आफ्नै प्रतिविम्ब देखेर/आफ्नै सुन्दर रूपलाई हेरेर मक्ख पर्दै लामो समय बिताउँछ।

त्यसो गरिरहँदा ऊ आफ्नो वरपर के भइरहेको छ केही पत्तो पाउँदैन् ।

निकैबेर सम्म नदिको पानीमा तैरिरहेको आफ्नै प्रतिबिम्बित अनुहारलाई हेरेर रमाइरहन्छ । आफ्नो उक्त प्रतिबिम्ब देखेर ऊ त्यो हदसम्म चकित हुन्छ कि उसले नदिमा निकै लामो समय बिताउँछ । र, अन्त्यमा आफ्नै प्रतिविम्बलाई अँगालो हाल्न पुग्छ ।

अनन्त: पानीमा डुबेर उसको मृत्यु हुन्छ ।

यसप्रकारको प्रवृत्तिलाई आज विज्ञान ‘नार्सिसिजम’ भन्ने गर्छ । ‘नार्सिसिस्ट’को नेपाली अर्थ आत्ममुग्ध मानिस अर्थात् आफैंमाथि मोहित या आत्मरतिमा रमाउने मानिस हुन् आउँछ । आजको समाजको मात्रै होइन मनोवैज्ञानिकहरूको परिभाषामा पनि आत्ममुग्धहरु ‘दम्भी मानिस’ हुन् । आत्ममुग्धतालाई कसैले कुनै पनि कोणबाट राम्रो मान्दैनन् ।

एक समूह ‘सेल्फी’लाई नार्सिसिजम मान्ने गर्दछन् । यदि त्यसो हो भने आजको दुनियाँमा प्राय: हरकोही नार्सिसस बनिरहेका छन् । यदि कुनै पनि व्यक्ती अरू सबैलाई छाडेर आफैँलाई मात्र प्रेम गर्ने अवस्था पुग्दछ भने त्यो मनोवैज्ञानिक समस्याका रूपमा रूपान्तरण हुन सक्छ । आत्ममुग्धित मानिसबारे पटकपटक यियास्ता विभिन्न टिकाटिप्पणी हुने गरेको भएता पनि पछिल्लो समय एउटा अनौठो तथ्य सार्वजनिक भएको छ ।

सुन्दा अचम्म र अपत्यारिलो लाग्न सक्छ, यस्ता मानिस जीवनमा सबैभन्दा खुसी रहन्छन् भनेर । मनोवैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले केहि यस्तै कुरा बताएका छन् जुन हत्तपत्त पत्याउन सकिँदैन । उनीहरुले लामो अध्ययन–अनुसन्धानबाट निष्कर्ष निकालेका छन्– ‘आत्ममुग्ध मानिस अनौठा हुन्छन्, यद्दपी जीवनमा अरुभन्दा खुसी रहने गर्छन् ।’

यी यस्ता मानिस हुन् जो आफूलाई अन्यभन्दा महान् र स्तरीय ठान्ने भ्रममा रहन्छन् । आत्ममुग्ध मानिस स्वयमलाई आवश्यकताभन्दा बढी भाउ दिन्छन् र अर्को व्यक्तिले आफूप्रति बढी ध्यान दिनुपर्ने भावना यिनमा रहन्छ । एकप्रकारले यस्ता मानिस ‘एटेन्सन सिकर’ हुने गर्छन् ।

उत्तरी आयरल्यान्डस्थित क्विन्स युनिभर्सिटीका मनावैज्ञानिकहरुले नार्सिसिस्टमाथि गरेको शोधकार्यको परिमाण स्वरूप आत्ममुग्ध मानिस सहज ढङ्गमा डिप्रेसन तथा तनावको सिकार नहुने पत्ता लागेको हो । यस्ता मानिसको व्यवहार अरुलाई तनाव दिने, तर त्यसबाट आफू कुनै पनि हालतमा दुःखी नहुनेखालको रहेको सोधकर्ताहरूको तर्क छ ।

शोधको अगुवा मनोवौनिक डाक्टर कोस्टास प्यापजार्ज भन्छन्, ‘‘आत्ममुग्ध हुनुको आफ्नै फाइदा छन् ।’’ उनी अझ थप्छन्- आधुनिक समाजको हरेक क्षेत्र– राजनीति, सामाजिक सञ्जालहरु, सेलिब्रिटी कल्चरलगायतमा आत्ममुग्धता बढेको छ । ती आफूलाई असल सम्झन्छन् । आवश्यकताभन्दा बढी आत्मविश्वासले भरिएका हुन्छन् ।’

नार्सिसिस्टहरूमा अरुको दुःख–पीडामा कम ध्यान दिने, लाज कम हुने, पछुतो पनि खासै नहुने जस्ता प्रवृत्ति भएतापनि यिनीहरू निकै खुसी रहने कुराले शोधकर्ताहरू समेत आश्चर्यचकित बन्न पुगेका थिए ।

आत्ममुग्ध मानिस खुसी हुनुलाई मनोवैज्ञानिकहरुले एक ‘पहेली’ मानेका छन् । यिनीहरु त्यस्तै हुन् जस्ता साइकोप्याथीहरु हुने गर्छन् । र, यिनमा स्याडिज्म (परपीडक– अरुको दुःखमा खुसी हुने) आदत हुन्छ । नकारात्मक सोच हुँदाहुँदै पनि किन आत्ममुग्ध मानिस खुसी हुन्छन् भन्ने कुराको खोज पछिल्लोसमय तीव्र रुपमा भइरहेको छ ।

हालैको अनुसन्धानले यो पनि पत्ता लगाएको छ कि, आत्ममुग्ध मानिस कार्यक्षेत्र तथा निजी जिन्दगीमा अपेक्षाकृत बढी सफल हुन्छन् । यस्ता मानिसमा एक किसिमको ‘मानसिक मजबुती’ हुन्छ, जसका कारण उनीहरु निराशाबाट छिट्टै तङ्ग्रिन्छन् । डा. कोस्टासका अनुसार नार्सिसिस्टहरुमा थुप्रै नकारात्मकता हुनुका साथै यिनले अरुको विचार र व्यवहारलाई आफूविरुद्धको ठान्छन् । यिनीहरु असुरक्षाको भावनाबाट घेरिएका हुन्छन् । उनी भन्छन्, ‘धेरै प्रकारका नकारात्मक सोच हुँदाहुँदै पनि नार्सिसिस्टहरु विभिन्नखाले फाइदामा रहेका हुन्छन् ।’

साभार

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑