• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 20, Aug, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / खेलकुद

माल्दिभ्समाथि जितसँगै नेपाल फाइनल नजिक

सुभाय् संवाददाताDecember 7, 2019 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, मङ्सिर २१ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पुरुष फुटबल विधामा नेपालले माल्दिभ्समाथि जित हात पारेको छ । जितसँगै नेपालले साग पुरुष फुटबलको फाइनल नजिक पुगेको छ । नेपालले लिग चरणमै आइतबार बङ्गलादेशको सामना गर्दैछ । बङ्गलादेशसँग जित हारले नेपालको फाइनल यात्रा तय हुनेछ । यद्दपी नेपाल तीन खेलबाट सात अङ्कसहित शिर्ष स्थानमा उक्लिएको छ । नेपालले बङ्गलादेशलाई बराबरीमा रोकेपनि फाइनलका लागि स्थान सुनिश्चित गर्नेछ । आजै हुने श्रीलङ्का र भुटानबीचको खेलले भुटानको फाइनल यात्राबारे टुंगो लगाउनेछ ।
नेपालले तीन खेलमध्ये दुईमा जित हात पारेको छ । श्रीलङ्का विरुद्धको खेल बराबरीमा रोकिदा नेपाल अङ्क बाँड्न बाध्य भएको थियो । नेपालले भुटान र माल्दिभ्समाथि जित हात पारेर तीन खेलमा सात अङ्कसहित तालिकाको शिर्ष स्थानमा उक्लेको छ । भुटानले भने तीन खेलबाट छ अङ्क बटुलेको छ । उसले पहिलो खेलमा बङ्गलादेश र तेस्रो खेलमा माल्दिभ्समाथि जित हात पारेको थियो । नेपालसँगको खेलमा भने २–१ ले हार बेहोर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि २–१ को जित हात पारेको छ । नेपालका लागि अभिषेक रिजाल र अनन्त तामाङले एक एक गोल गर्नुभयो । सुरुमा कमजोर देखिएको नेपाली रक्षात्मक पद्धतीको फाइदा माल्दिभ्सले उठायो । उसले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीमाथि दबाब सृजना गरेको थियो । इब्राहिम महुदीको गोलमा माल्दिभ्सले नेपालमाथि १–० को अग्रता लियो । त्यसअघि ११ औं मिनेटमा सुजल श्रेष्ठले गर्नुभएको प्रहार क्रसबारमा लागेर फर्किदा नेपालले अग्रता लिनबाट चुक्यो ।
निराश हुन लागेका नेपाली खेल प्रशंसकलाई पहिलो हाफमै गोल गरेर अभिषेक रिजालले खेल बराबरीमा ल्याउनुभयो । उहाँले ४३ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिर बललाई नियन्त्रणमा राख्दै गर्नुभएको प्रहार गोलमा परिणत भयो । त्यसअघि ४२ औं मिनेटमा अभिषेक रिजालको पासलाई सुजल श्रेष्ठले सुनिललाई दिएपछि उहाँको प्रहारलाई माल्दिभ्सका गोलरक्षक हुसेन सरीफले विफल तुल्याउनुभयो ।
दोस्रो हाफ सुरु भएको पाँच मिनेट नबित्दै अनन्त तामाङले नेपाललाई अतिआवश्यक अग्रता दिलाउनुभयो । उहाँले ५४ औं मिनेटमा हेडरमार्फत गोल गर्नुहुँदै नेपाललाई २–१ को अग्रता दिलाउनुभयो । उक्त अग्रताले नै नेपाललाई माल्दिभ्समाथि २-१ को जित दिलाउन पर्याप्त भयो ।

courtesy

सम्बन्धित पोस्ट
  • कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी
  • कम्प- पराकम्प
  • वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए
  • वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    पूजाको फल

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    चुनाव पनि महँगो भएछ !

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    “पचली भैरब” पुस्तक विमोचन

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    सुभाय् पोस्ट बिशेष

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑