• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 07, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  खेलकुद

माल्दिभ्समाथि जितसँगै नेपाल फाइनल नजिक


सुभाय् संवाददाता December 7, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, मङ्सिर २१ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पुरुष फुटबल विधामा नेपालले माल्दिभ्समाथि जित हात पारेको छ । जितसँगै नेपालले साग पुरुष फुटबलको फाइनल नजिक पुगेको छ । नेपालले लिग चरणमै आइतबार बङ्गलादेशको सामना गर्दैछ । बङ्गलादेशसँग जित हारले नेपालको फाइनल यात्रा तय हुनेछ । यद्दपी नेपाल तीन खेलबाट सात अङ्कसहित शिर्ष स्थानमा उक्लिएको छ । नेपालले बङ्गलादेशलाई बराबरीमा रोकेपनि फाइनलका लागि स्थान सुनिश्चित गर्नेछ । आजै हुने श्रीलङ्का र भुटानबीचको खेलले भुटानको फाइनल यात्राबारे टुंगो लगाउनेछ ।
नेपालले तीन खेलमध्ये दुईमा जित हात पारेको छ । श्रीलङ्का विरुद्धको खेल बराबरीमा रोकिदा नेपाल अङ्क बाँड्न बाध्य भएको थियो । नेपालले भुटान र माल्दिभ्समाथि जित हात पारेर तीन खेलमा सात अङ्कसहित तालिकाको शिर्ष स्थानमा उक्लेको छ । भुटानले भने तीन खेलबाट छ अङ्क बटुलेको छ । उसले पहिलो खेलमा बङ्गलादेश र तेस्रो खेलमा माल्दिभ्समाथि जित हात पारेको थियो । नेपालसँगको खेलमा भने २–१ ले हार बेहोर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि २–१ को जित हात पारेको छ । नेपालका लागि अभिषेक रिजाल र अनन्त तामाङले एक एक गोल गर्नुभयो । सुरुमा कमजोर देखिएको नेपाली रक्षात्मक पद्धतीको फाइदा माल्दिभ्सले उठायो । उसले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीमाथि दबाब सृजना गरेको थियो । इब्राहिम महुदीको गोलमा माल्दिभ्सले नेपालमाथि १–० को अग्रता लियो । त्यसअघि ११ औं मिनेटमा सुजल श्रेष्ठले गर्नुभएको प्रहार क्रसबारमा लागेर फर्किदा नेपालले अग्रता लिनबाट चुक्यो ।
निराश हुन लागेका नेपाली खेल प्रशंसकलाई पहिलो हाफमै गोल गरेर अभिषेक रिजालले खेल बराबरीमा ल्याउनुभयो । उहाँले ४३ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिर बललाई नियन्त्रणमा राख्दै गर्नुभएको प्रहार गोलमा परिणत भयो । त्यसअघि ४२ औं मिनेटमा अभिषेक रिजालको पासलाई सुजल श्रेष्ठले सुनिललाई दिएपछि उहाँको प्रहारलाई माल्दिभ्सका गोलरक्षक हुसेन सरीफले विफल तुल्याउनुभयो ।
दोस्रो हाफ सुरु भएको पाँच मिनेट नबित्दै अनन्त तामाङले नेपाललाई अतिआवश्यक अग्रता दिलाउनुभयो । उहाँले ५४ औं मिनेटमा हेडरमार्फत गोल गर्नुहुँदै नेपाललाई २–१ को अग्रता दिलाउनुभयो । उक्त अग्रताले नै नेपाललाई माल्दिभ्समाथि २-१ को जित दिलाउन पर्याप्त भयो ।

courtesy

सम्बन्धित पोस्ट
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑