• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 04, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

जसले ४२ वर्षदेखि रोगलाई जित्दै आए !


सुभाय् संवाददाता November 28, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

आफूलाई लगाइदिएको अक्सिजन माक्स देखाउँदै मंगलबार राति ओलीले डाक्टरसँग भने, ‘यो कहिले निकाल्ने हो ?’
काठमाडौँ — हालैको एक साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेतासँग बालुवाटार निवासको बगैंचामा टहलिरहेका थिए । उनले त्यहाँ आफैंले रोपेको पिपलको बिरुवा सुकेको देखे । अनि तत्कालै भने, ‘पिपलको मिर्गौलाले काम गरेनछ, सुकिहाल्यो । मैले राम्ररी स्याहार पाएकाले यस्तो हट्टाकट्टा छु ।’ यो त्यतिखेरको कुरा हो जतिबेला ओलीको स्वास्थ्यबारे बालुवाटार बाहिर अलि धेरै टीकाटिप्पणी भइरहेको थियो ।
स्वास्थ्यप्रतिको उनको यो आत्मविश्वास अहिले अस्पतालको आईसीयूमा पनि उस्तै छ । सायद यही विश्वासका कारण उनले मंगलबार राति आफूलाई लगाइदिएको अक्सिजन माक्सलाई देखाउँदै डाक्टरसँग भने, ‘यो कहिले निकाल्ने हो ?’
त्यसको केही घण्टापछि बुधबार बिहानै उनलाई लगाइएको अक्सिजन माक्स निकालियो । उनले कालो चिया पिए । दिनभरि डाक्टरको निगरानीमा मात्रै रहेका ओलीले साँझपख श्रीमती राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्यसँग कुराकानी गरे । शाक्यले निवासमा रहँदा ओलीको स्वास्थ्य रेखदेख गर्छिन् भने बज्राचार्यले बाहिरखेर हिँडेका बेला उनको ख्याल गर्छन् । उनीहरूसँगको भेटमा ओलीले केही अत्यावश्यक कामबारे कुराकानी गरे । श्रीमती शाक्यसँग उनले आफूलाई आराम नपुगेको बताए ।
‘प्रधानमन्त्रीज्यूले मेडम (शाक्य) सँग कुराकानी गर्दा म अब केही समय आराम गर्छु, मलाई आराम पुगेको छैन भन्नुभयो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । उनले आफूलाई चाँडै निको हुने विश्वास व्यक्त गरे । जीवनप्रतिको विश्वास र उच्च मनोबलकै कारण ओली यहाँसम्म आइपुगेको उनका निकटस्थ बताउँछन् । ‘अरू सामान्य मान्छे हुन्थे भने बेडबाट उठ्न नसकेर सुतेको सुत्यै हुन्थे,’ ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कान्तिपुरसँग भने, ‘उहाँको उच्च मनोबल र विश्वासका कारण अहिले कार्यकारी भूमिकासहित यो ठाउँमा हुनुहुन्छ ।’
डायलसिस गर्दै भाषण गर्दै
रोगलाई समस्याका रूपमा नलिने ओलीको शैलीका कारण पनि उनलाई पछिल्लो समय समस्या थपिँदै गएको ठम्याइ उनको उपचारमा संलग्न चिकित्सिकहरूको थियो । त्यसैले उनीहरूले ओलीलाई पछिल्लो समय धेरै भेटघाट नगर्न र सार्वजनिक कार्यक्रममा नजान सुझाव दिएका थिए । तर ओलीको सक्रियता उस्तै रह्यो । हेमोडायलसिस गरेर फर्किएको भोलिपल्टै मंसिर १ गते उनले युवासंघले आयोजना गरेको कार्यक्रममा गएर १ घण्टा १५ मिनेट पानी पनि नखाई भाषण गरे । कात्तिक १२ गते उनी उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएर दुई दिनसम्म बसेका थिए । १ देखि ४ गतेसम्म उनी लामा लामा छलफलमा व्यस्त भए । सरकार र पार्टीका केही महत्त्वपूर्ण निर्णय गरे । गत आइतबार चौथो डायलसिस गरेका ओली सोमबार सरकारको चौमासिक समीक्षा बैठकमा झन्डै ५ घण्टा सहभागी भए । मंगलबारका लागि पनि उनी सहभागी हुने तीनवटा कार्यक्रम तय भएका थिए । तर बिहानै बिरामी परे । प्रधानमन्त्रीको दौडधुप अलि कम गर्न सकिँदैनथ्यो र भन्ने कान्तिपुरको प्रश्नमा प्रेस सल्लाहकार थापा भन्छन्, ‘स्वास्थ्यले थेगेसम्म काम गर्ने भन्ने नै छ, उहाँको जीवनमा रेस्ट भन्ने छैन ।’
बिमारको सिलसिला ४२ वर्षदेखि
ओलीलाई विभिन्न बिमारले घेर्न थालेको ४२ वर्ष भयो । उनी जेल बस्दा टीबी रोगले ग्रस्त थिए । ओलीसँगै ९ वर्ष जेल जीवन बिताएका राधाकृष्ण मैनाली रोगलाई जितिन्छ भन्ने ओलीको विश्वास अहिलेजस्तै पहिले पनि रहेको बताउँछन् । मैनालीले सम्झेअनुसार जेलमा रहँदा ओली एक्लै शौचालय पनि जान सक्दैनथे । उनलाई नुहाउन र खाना खान पनि साथीहरूकै सहयोग चाहिन्थ्यो । ‘ओलीजीको दृढ इच्छाशक्ति पहिलेदेखिकै हो, कत्ति पनि आत्तिने होइन, मरिँदैन भन्नुहुन्थ्यो,’ मैनालीले भने, ‘दबाइको गोली ल्याऊ खाउँ भन्नुहुन्थ्यो ।’ १४ वर्षसम्म जेलको कहर काटेर निस्किएका ओली विस्तारै निको हुँदै गए । उनी ०६० सम्म ठीकठाक नै थिए । ०६० देखि ओलीको मिर्गौलामा बिस्तारै समस्या देखिन थाल्यो । बिमारले गाल्दै लगेपछि उनी ०६२/६३ को जनआन्दोलनमा पनि त्यति सक्रिय हुन पाएनन् । ओलीको ०६४ साउनमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरियो ।
उनी ६/६ महिनामा त्यसको फलोअपका लागि दिल्ली गइरहन्थे । सबै ठीकठाकै चलेको थियो । ०६९ कात्तिकमा ओलीलाई भेट्न मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारी उनको घरमा पुगे । ओलीलाई बानेश्वरमा रहेको आफ्नै क्लिनिकमा परीक्षण गर्दा उनको फोक्सोमा समस्या देखिएको थियो । ओली तुरुन्तै नर्भिक अस्पताल भर्ना भए । त्यहाँ उपचार हुन नसक्ने भएपछि उनलाई एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अपस्ताल लगेर दुई सातासम्म उपचार गराइएको थियो । त्यसको केही दिनमै ओली फेरि सिकिस्त भए । उनलाई ग्रान्डीमा केही दिन राखेर सिंगापुर लगियो । त्यतिबेलै ओलीको हातमा इन्फेक्सन भयो । इन्फेक्सनकै कारण उनी लामो समयसम्म हातमा ब्यान्डेज बाँधेर हिँडे ।
०७२ असारमा पार्टीको नवौं महाधिवेशनबाट तत्कालीन नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका ओली ०७२ कै असोजमा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भए । नौ महिनासम्म प्रधानमन्त्रीमा बहाल हुँदा उनी मिर्गौलाको फलोअपका लागि एक पटक पनि गएनन् । त्यसपछि सामान्य फलोअप भए पनि गम्भीर बिरामी परेका थिएनन् । तर १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौला बिस्तारै निष्क्रिय बन्दै गएपछि ओली साउन र भदौमा गरी दुई पटक सिंगापुरमा उपचार गरेर फर्किए । त्यसपछि भने कहिले के कहिले के भएर अस्पताल धाइरहनु परेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि अब उनी केही दिन अस्पतालमै बस्नुपर्ने देखिएको छ । हाल उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ भन्छन्, ‘हामी प्रधानमन्त्रीलाई आराम दिलाउन चाहन्छौं । त्यसैले केही दिन बढी राख्न चाहन्छौं ।’
ओली बिरामी भएर अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य स्थिति बुझ्न चाहनेहरू बुधबार पनि बिहानैदेखि अस्पताल पुगे । मंगलबार बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेल पुगेका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, प्रतिनिधिसभा उपाध्यक्ष, संसदीय समितिका सभापतिहरू, प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायत पनि प्रधानमन्त्रीको स्वास्थ्य बुझेर फर्किए । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने ओलीको सचिवालय सदस्यहरूसँगै बुधबार दिनभरि अस्पतालमै बसे ।
courtesy : ekantipur

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑