• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  प्रविधि

माथिल्लो त्रिशूली ‘थ्री ए’ उद्घाटन सिंहदरबारबाट


फोटो रासस
सुभाय् संवाददाता November 19, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौंँ, मङ्सिर ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको कार्तिक २ गते सोमबार उद्घाटन गर्नुभयो ।  नुवाकोट र रसुवामा बनेको ६० मेगावाट क्षमताको सो आयोजना प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित उच्च प्रविधियुक्त कक्षबाट उद्घटन गर्नुभएको हो । आयोजनास्थलमा आयोजित सभाको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै सम्बोधन गर्नुभएको थियो ।
आयोजनाको बाँधस्थल रसुवाको उत्तरगया गाउँपालिका–१, सल्लेटारमा छ भने विद्युत गृह नुवाकोटको किस्पाङ–५ मा बनाइएको छ ।
आयोजनाबाट वार्षिक करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनु गृह भएको छ । आयोजनाबाट वर्षको साढे आठ महिना ६० मेगावाटमै र बाँकी चार महिना करिब ४५ मेगावाट विद्युत्  उत्पादन हुने छ । यो आयोजनाले मुलुकभित्र खपत हुने ऊर्जामा करिब सात प्रतिशतको योगदान दिने छ ।
नौ वर्षअघि ठेक्का सम्झौता भएको जलप्रवाहमा आधारित सो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा चार वर्षभित्र बनाउने तय गरिएको थियो । विद्युत्गृह बाध, सुरुङलगायतका संरचना र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिजसग २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार आयोजना २०७१ जेठमा बनिसक्नुपर्ने थियो तर यो समयसम्म आयोजनाको काम २५ प्रतिशत मात्र सम्पन्न भएको थियो । दुई पटक म्याद थप गरेर आयोजना २०७६ वैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको निर्माण पछिल्लो थप समयमा सकिएको हो ।
आयोजनाको विद्युत्गृह भूमिगत वा सतही कस्तो बनाउने, उत्पादन क्षमता ९० मेगावाट पुर्‍याउने विवाद, मुआब्जा विवादजस्ता कारणले आयोजना नै जीर्ण बन्न पुगेको थियो । लगत्तै २०७२ को भूकम्पका कारण निर्माणमा थप अवरोध उत्पन्न भएको थियो ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनिया“ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण अवधिको ब्याजसहित १७ अर्ब ३२ करोड रुपियाँमा आयोजना निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । आयोजनामा चिनिया“ एक्जिम बैङ्कको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण छ ।
आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत जेठ ३ र साउन १७ देखि परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यावसायिक रूपमा विद्युत्  उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ–५, सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑