• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 12, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार उम्मेदवारको मनोनयनपत्र दर्ता

सुभाय् संवाददाता November 12, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं, कात्तिक २६ गते । स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार विहान १० देखि १ बजेसम्म सम्बन्धित जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २० गते नै सम्बन्धित स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
स्थानीय तहका प्रमुख एक, गाउँपालिकाका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ समेत गरी ४८ पदका लागि उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम बुधबार रहेको जानकारी निर्वाचन आयोगले दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भने कात्तिक २१ मा नै उम्मेदवारी दर्ता भइसकेको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वडा अध्यक्ष पदका लागि सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷उपप्रमुख पदका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।
कुनै राजनीतिक दलको तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि चाहिने जानकारी आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिनुभयो ।
स्थानीय तहको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷उपप्रमुखका लागि एक हजार पाँच सय र वडा अध्यक्ष पदका लागि एक हजार रुपियाँ धरौटी राख्नुपर्ने छ । उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा पेश गर्नुपर्ने छ । २०७४ सालको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले मनोनयनपत्र दर्ता गर्न पाउने छैनन् ।
source:gorakhapatra

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑