• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

लुम्बिनीमा हुने अन्तरराष्ट्रिय त्रिपिटक पाठ कार्यक्रममा २५ देश सहभागि हुने


International Tripitak Chanting Lumbini 2018 photo- Maharjan Ratna
सुभाय् संवाददाताNovember 10, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

लुम्बिनी– गत वर्षबाट भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा  सुरु भएको  अन्तरराष्ट्रिय त्रिपिटक पाठ कार्यक्रममा यस वर्ष २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुन लागेको हो ।
कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत देशका भिक्षु, गुरुआमा, लामा ,आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिए ।
आयोजक समितिका संयोजक अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष समेत रहनु भएका भिक्षु मैत्री महास्थविरका अनुसार तीनदिने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । पहिलो दिन नेपाली भिक्षुले सुत्रपिटकअन्तर्गतको दीर्घ्निकायको बह्रमजालसूत्र वाचन गरेर त्रिपिटक वाचनको शुरुआत गर्नेछन् । दोस्रो दिन म्यान्माका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गर्नुहुने छ भने तेस्रो दिन थाई भिक्षुुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्नुहुने कार्यक्रम तय भएको छ ।
‘गत वर्षको कार्यक्रमले राम्रो सन्देश दिएर उत्साह थपेको छ, यो वर्ष पनि बौद्ध शिक्षा र त्रिपिटकको महत्व’ सबैलाई सचेत गराउन कार्यक्रम महत्वपूर्ण हुनेछ’, सञ्चारकर्मीहरुसँगको कुराकानीमा भिक्षु मैत्रीले भन्नुभयो । त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्धमार्गीको ध्यान तान्ने उनको विश्वास छ ।
त्रिपिटक वाचनअघि लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्रमा शान्ति पदयात्रा गर्ने कार्यक्रम छ । पहिलो दिन कत्तिक २५ गते लुम्बिनीदेखि रामग्रामसम्म शान्ति पदयात्राको कार्यक्रम छ । दोस्रो दिन २६ गते लुम्बिनीदेखि तौलीहवासम्म पदयात्रा कार्यक्रम गरी साँझ लुम्बिनी फर्केर मायादेवी मन्दिरमा पूर्णिमा उत्सव मनाइनेछ । तेस्रो दिन अन्य बुद्ध सर्किट क्षेत्रमा पदयात्राको कार्यक्रम राखिएको भिक्षुमैत्रीले बताउनु भयो ।
पदयात्रामा भिक्षु, गुरुआमा, बौद्ध उपासक उपासिकालगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहनेछ ।  त्रिपिटक वाचन सम्पन्न गर्न यसअघि भिक्षुमैत्रीको संयोजकत्वमा अन्तरराष्ट्रिय त्रिपिटक वाचन समिति गठन गरिएको थियो ।
त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जसमा भगवान् बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषामा अनुवाद भएको छ ।
यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचन सङ्ग्रह गरिएको छ । बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए । गौतमबुद्धको महापरीनिर्वाणपछि विभिन्न सङ्घमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको सङ्ग्रह नै ‘त्रिपिटक’ हो ।
त्रिपिटकअन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न चरणमा विभाजन गरिएको छ ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनिमा हुने यस अन्तरअश्तृय त्रिपिटक पाठ कार्यक्रम धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण उपलब्धी  हुने आशा गर्न सकिन्छ ।
thanks:nepalbuddhistnews

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑