• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

चोभारको आनन्ददादी लोकेश्वर च्वबाहा:द्योको मूर्ति पुन: निर्माण गरिएको मन्दिरमा प्रतिष्ठापन


सुभाय् संवाददाता October 24, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

ऐतिहासिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण उपत्यकाको सबै भन्दा उच्च भागमा रहेको बहाल भनेको चोबाहाः हो । नेपालभाषामा च्व भनेको माथि र बहाः भनेको बहाल हो । पछिल्लो समयमा च्वबहाःबाट चोभार हुन गएको हो । बौद्ध तिर्थस्थलको रुपमा रहेको चोभार क्षेत्रमा रहेको आदन्ददादी लोकेश्वरको आकर्षक मन्दिर रहेको छ जुन मन्दिर गत २०७२ सालको महाभुकम्पले क्षति भएको थियो । सो मन्दिर पुनः निर्माण सम्पन्न भएपछि असोज २४ गते शुक्रवार आनन्ददादी लोकेश्वरको मूर्ति प्रतिस्थापन गरेको छ । नेवाः समुदायले ह्याउँख्वाः आजु र च्वबहाः द्यः भन्दै आएको सो मूर्ति भनेको उपत्यकाका विभिन्न लोकेश्वरका मूर्तिहरु मध्ये एक हो ।
कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित चोबाहाः अर्थात् चोभारमा सो दिन उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु बिहानैदेखि चोभार आएका थिए । चोभारका स्थानीय भने आफ्नै तयारीमा लागेका थिए । बिहान १०.३३ बजेको साइतमा लोकेश्वरको मूर्तिलाई पुनः निर्माण गरेको मन्दिरमा विधिवत रुपमा पुजा आजा गरि एक किसिमले जात्रा नै गरि मूर्तिलाई प्रतिष्ठापन गरेको थियो ।

पुरातत्व विभागको १ करोड ८० लाखको लागतमा करिब २ वर्षअघि पुननिर्माणको कार्य थालिएको चोभार आदिनाथ (आनन्दादि लोकेश्वर) को मन्दिर जीर्ण भएको र ०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले थप क्षति पुगेपछि मन्दिर पुननिर्माणको काम थालिएको थियो । मन्दिर निर्माण कार्य सम्पन्न भएको तीन, चार महिनासम्म उपयुक्त साइतको खोजी शुक्रवारको दिनमा मूर्ति प्रतिस्थापन गरेको हो ।
मन्दिर पुननिर्माणमा कलात्मक झ्याल, टुंडालहरु भएसम्मका पुराना मर्मत गरी प्रयोग गरिएका छन् भने जगदेखि दलिनसम्म नयाँ राखिएको छ । पुरातत्व विभागको नियमित प्राविधिक निरीक्षणमा मन्दिर निर्माणका लागि बुंगमती, चोभार र कीर्तिपुर, पांगाका डकर्मी र सिकर्मीहरुबाट निर्माण गरेको हो ।
यसै वीच आइतवारबाट एकमहिने चोभार मेला सुरु हुने छ । प्रत्येक बर्ष नेपाल संवतको तिथि अनुसार काति पुन्हिदेखि एक महिना सम्म मेला लाग्ने गर्दछ । प्रत्येक बर्षको कार्तिकमा एकमहिने मेला सो मन्दिरमा लग्छ । यो मेलालाई चोभार मेला भन्ने गरिन्छ । यस वर्षको मेला यहि असोज २६ गते आइतवार कोजाग्रत पूर्णिमाबाट सुरु हुँदैछ । मेला नजिकिएकै बेला मूर्तिलाई मन्दिरमा प्रतिष्ठापन गरिएको हो ।
मेलाको क्रममा कुष्ठरोग र महारोगसम्म लोकेश्वरको जल स्नानले निको हुने भक्तजनहरुको आस्था रहेको छ । प्रभातकालिन भ्रमणमा दैनिक सयौं भक्तजनहरु उपत्यकाका विभिन्न स्थानबाट चोभार पुग्छन् । मेलाकै क्रममा निर्जला ब्रत अर्थात माय् अपसं समेत बस्ने परम्परा छ । जुन ब्रतलाई सामाजिक र धार्मिक रुपमा पार पाचुकेको मान्यता दिने र विवाहको मान्यता दिने ब्रतको रुपमा पनि लिने गरिन्छ ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑