आज हामी दुई अन्तिम डिनर गर्दैथियौं। हुन त कक्षा नौ कि दस पढ्दा एउटा कथा पढेको थिएँ मैले “अन्तिम भोज”। जसमा भोलि संसार ध्वस्त हुनेछ भनी आजको रात हर मानिस अन्तिम भोज खाँदै थिए । बडो उत्साह र उमंगका साथमा तिनीहरू संसारको अन्तिम भोज खाँदै थिए।
तर यहाँ कुरो अलिक फरक थियो। यहाँ सिर्फ अन्तिम डिनर हुँदै थियो उ र म। कुनै दिन मैले भनेकी थिएँ उसलाई जुन दिन मेरो प्रेमको अन्त्य हुनेछ त्यो दिन मैले तिमीलाई डिनर खुवाउने छु। सायद हामी दुई बीच मित्रताको साक्षी बनेका ढुंगाको भगवानलाई पनि हाम्रो डिनर स्वीकार्य थियो होला र त्यही अन्तिम डिनरका साथ मेरो प्रेम पनि तुहिदैं गइरहेको थियो। म विच्चलित थिएँ तर उनलाई म बिच्चलित भएको देखाउन चाहिन, मेरो ओठमा बाध्यात्मक मन्द मुस्कान थियो नै तर उसको मुहार ढप्पक बलेको मैले देखेकी थिएँ। किन कि उसको जीवनमा जीवन संगिनीको प्रवेश हुँदै थियो।
उसले सधैं भन्थ्यो हामी त वेस्ट फ्रेन्ड मात्रै हौं है भन्दा पनि उसको हरेक कुराले मलाइ तान्थ्यो। वेस्ट फ्रेन्ड भन्दाभन्दै पनि कहिले मैले उसलाई प्रेम गर्न थालेछु थाहा नै भएन। न त उ स्वार्थी थियो न त मलाई प्रेममा धोका नै दिएको थियो तर पनि आज मेरो एकतर्फीको प्रेम घाटमा जलिएको छ, मरुभूमिमा आउने चक्रवात हुरीले मेरो प्रेमलाई उडाएर लगेको छ मेरो प्रेमको मृत्यु भएको छ देहान्त भएको छ।
हामी दुई आत्मीय मित्र भने पनि मैले मन पराएकी छु भन्ने कुरा त कतै न कतै उसलाई पनि भान त पक्कै भएको थियो होला त्यसैले त भन्ने गर्थ्यो सधैं- तिमी मेरो बेस्ट फ्रेन्ड नभएको भए म तिमीलाई नै बिबाह गर्थे। यति भन्दै गर्दा कता कता उ संकोच मान्थ्यो। मेरो मनले भन्ने गर्थ्यो मागेर त हेर तिम्रा लागि मेरो यो ज्यान पनि तयार छ तर त्यो कुरा त्यतिकै हावामा उडाएर पठाउथ्यो पनि।
हाज हाम्रो त्यही नाम नभएको प्रेमको अन्त्य भएको छ। त्यसैको उपलक्ष्यमा आज अन्तिम डिनर हुँदै थियो। उ अन्तिम डिनर पश्चात आफ्नो बाइकबाट पछाडि नफर्की आफ्नो घरतिर हिडें, म पनि घर फर्के र भोलि बिहानीको रातो लालीमा पर्खदैं आकाशको जुन हेरी रात कटाएँ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५