• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 24, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

बलिउडकी चर्चित गायिका नेपाली चेली पूर्णिमाको दुख:द कथा


सुभाय् संवाददाताNovember 9, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

नेपालमा निजी क्षेत्रबाट फिल्म बन्नुभन्दा अगाडि शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको ‘सिँदूर फिल्म देखि नेपाली चलचित्रमा गाउन शुरु गरेका गायिका सुषमा श्रेष्ठ अर्थात् पूर्णिमा नेवार कुलमा जन्मिएकी नेपाली चेली हुन् ।  तिनले ‘जूनी, तिलहरी , सिमाना, अवतार, चेलीबेटी, चोखो माया , सन्तान, कन्यादान’ आदि गरेर सयौँ नेपाली चलचित्रमा आफ्नो स्वर दिएकी छिन् भनें उनले ११ वर्षको उमेर देखि हिन्दी फिल्ममा गीत गाएर आधा शताब्दी लामो यात्रा तय गरिसकेकी छिन् ।
नेपालका उच्चकोटिका गायक स्वर सम्राट नारायणगोपालसँग पहिलो युगल गीत गाएका पूर्णीमाले बलिऊडका महान गायक मोहम्मद रफी, मुकेश, किशोर कुमारसित सफल युगल गीत गाएकी छिन् ।
आरडी बर्मनको संगीतमा ‘बालिक बधू’ को युगल गीत ‘बडे अच्छे लगते हो …’ उनको चर्चित गीत हो भने आरडी बर्मनकै संगीतमा क्या हुआ तेरा वादा … उनको अत्यन्त स्मरणीय गीत हो ।
राजकपूर निर्देशित फिल्म धरमकरम मा उनले मुकेशसित ‘इक दिन जब बिक जाए ‘ गाएकी थिइन् भनें मोहम्मद रफी र सुमन कल्याणपुरसित सन् १९६९ नोभेम्बर महिनाको आजकै दिन अन्दाज फिल्म को लागि शंकर जयकिशनको संगीतमा ‘है ना बोलो बोलो’ गाएर बाल गायिकामा चर्चा मा आएकी थिइन् । ५२ वर्ष अगि रेकर्ड गरिएको यो गीत पूर्णीमाको पहिलो गीत थिएन तर निकै चर्चित भयो ।
पूर्णीमाको जन्म सन् १९५९ सेप्टेम्बर ६ का दिन भारतको मुम्बईस्थित दादरको डाक्टर पाटकर हस्पितलमा भएको थियो ।
काठमाडौंबाट आएका बलिऊडका प्रसिद्ध नेपाली संगीतकार, संगीत संयोजक एवम् वाद्यवादक भोला श्रेष्ठ र लीला श्रेष्ठकी कान्छी छोरीका रुपमा जन्मेकी पूर्णीमाले आफ्ना पिताको निधन भएपछि उस्ताद मनब्बर अली खाँ र उस्ताद ताज अहमद खानसित विधिवत शास्त्रीय संगीत सिकिन् ।
हिन्दी फिल्ममा बालगायिकाको रुपमा आएकी पूर्णीमालाई परिपक्व गायिका बनाउन एउटा गीतले सफल भूमिका निर्वाह गर्यो , त्यो गीत हो
“इतनी शक्ति दे ना हमें दाता
मन का विश्वास कमजोर होना ..”
वरिष्ठ संगीतकार कुलदीप सिंहले संगीत गर्नु भएको यो गीत एन चन्द्रा निर्देशित ‘अंकुश मा प्रयोग गरिएको थियो । कुलदीपसिंहलाई पूर्णीमा ‘पापाजी’ भनेर सम्बोधन गर्छिन् ।
लगभग यही साल पूणीमाले आमा, दाजु र दिदीको विरोधका वावजूद फेनोग्राफरका रेकर्डिस्टका छोरा हरिश चन्द्रसित दुःखदाय विवाह गरिन् ।यो बिबाह नैं उनको दुःखदायी जीवन  कहानीको कारण बन्यो ।
यो विवाह नै तिनलाई अभिशाप भयो ।
उनले लोग्नेको घरमा अपमान, बेइज्जत र शोषण वाहेक केही पाइनन् । त्यस घरबाट आफ्ना पति नभएका वेला उनी अपमानित पूर्वक निकालिइन् । यसपछि उनी पुनः माइती कै छेवमा डेरा लिएर उही बेरोजगार पति सित बस्न थालिन् , कारण उनी गर्भवती भइसकेकी थिइन् ।
पूर्णीमाको पहिलो सन्तान छोराको रुपमा निषाद जन्मियो ।
सन् ९० को दशकमा पूर्णीमा बलिऊडमा सफल गायिका भइन् । तिनले गाएका चुलबुले गीतहरू त्यतिबेला सुपर हिट बने । ” चने की खेत में” , तू तू तारा , शाम है धुआँ धुआँ , सरकाइलो खटिया जस्ता गीतबाट ख्यातनामा भइन् ।
अन्नू मल्लिकको संगीतमा माँ फिल्मको ‘बरसात में जब आयेगा सावन का महिना .. ‘ खूब चर्चित भयो ।
यही समय उनले टिप्स कम्पनीका रमेश तुर्रानीसित मिलेर अल्बम निकालिइन् ।
नाम, दाम र ख्याति कमाउँदै गएकी पूर्णीमाले अर्को छोरा निर्मयलाई जन्म दिइन् । उनको एक्लो कमाइले बेरोजगार पति , दुई छोरा हुर्काउँदै अगि बढिन् ।
सन् २००१ मा उनको आमा लिला श्रेष्ठको मृत्यु भयो , आमाको मृत्युको समय उनी आफ्ना पतिका कारण आमाबाट टाढा थिइन् , पछि उनलाई थाह भयो आमाको मृत्युको कारण उनी र उनका पति नै थियो भनेर बुझेपछि उनी धेरै दुःखी भइन् ।
पूर्णीमाले आफ्ना जेठा छोरा निषादलाई उस्ताद जाकिर हुसैनका भाइ उस्ताद तौफिक कुरैशीसित संगीत सिक्न लगाए ।
निषाद संगीत सिक्दै अगि बढे र सफल पनि भए । पछि पूर्णीमाले निषादको भव्य रुपमा विवाह पनि गरिदिइन् । यस विवाह पश्चात् यो परिवारले नयाँ घर बनाउने पहल गर्यो , यसवेला पूर्णीमालाई थाह भयो उनका पतिले उनले कमाएको सारा सम्पत्ति अरु कसैसित मिलेर आफ्नो नाम गरिसकेका रहेछन् । नयाँ घर पनि श्रीमान र छोराले बुहारीको नाम गरिसकेको जब उनले चाल पाइन् उनमा विद्रोही भावना जाग्यो तर उनको केही लागेन …
जेठो छोरा , बुहारी अनि अर्को छोराले पति सित मिलेर उनलाई घरबाट निकाली दिए । आज पूर्णीमा बम्बईमा आफ्ना एक नातेदारका घरमा शरणाथीका रुपमा छिन् ।
एउटी गायिकाका हैसियतले उनले कमाएको एक पैसाको खाता उनको नाममा छैन । पहिलो लकडाउनमा उनी घरबाट निकालिइन् ।
यसपालिको दोस्रो लकडाउनमा उनी कामको खोजीमा फेरि मैदानमा निस्केकी छिन् , पति र छोराहरुलाई मुद्दा हालेर बसेकी छिन् ।             (साभार ; प्रकाश सायमी)

सम्बन्धित पोस्ट
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • फिर्ता बोलाइएका राजदूत परराष्ट्र मन्त्रालयमा ‘अलपत्र’
  • विशेष रिपोर्ट: नेपालमा नयाँ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण; पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑