• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

सहीदको थर लुकाउन जानाजान बदमासी !


सुभाय् संवाददाताJanuary 31, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

डा. कविताराम श्रेष्ठ

राणाकालदेखिनै प्रकाशन माध्यमलाई नियन्त्रित गर्न राणाहरूले एउटा सरकारी निकाय ‘नेपाल भाषा प्रकाशिनी समिति’ स्थापना गरेका थिए । यसको हाकिम बालकृष्ण सम थिए । त्यस समितिमा आज जानेमानेका धेरै स्वनामधन्य साहित्यकारहरू जागिरे थिए । राणाहरू सकिएपछि पनि यो समिति लामो कालसम्म समजीकै नेतृत्वमा संचालित थियो । पछि महेन्द्रको समयमा नेपाल भाषा प्रकाशिनी समितिकै बिरासत बोकेर साझा प्रकाशनको स्थापना भयो । राणाकालमा यस संस्थामा राणाहरूकै चाकरहरूको हालीमुहाली हुने नै भयो, पछि पनि उनै व्यक्तिहरू यसमा थमौती थिए । यिनले लेखेका वा लेखाएका इतिहास कस्ता हुन्थे ? उत्तर त्यहीं छ ।

राणाहरू फालिएपनि राणाहरूद्वारा मारिएका व्यक्तिहरूलाई राष्ट्रले सहीद घोषणा गरिसकेको थियो । राणाहरूकै चाटुकारिताका संस्कार बोकेर आएका इतिहासकारहरूको सोच राणाहरूलाई नै फाल्ने समुदाय वा व्यक्तिप्रति सकारात्मक हुन सक्दैन थियो नै । तर, अबको इतिहास लेख्न पर्दा ती सहीदहरूको बारेमा उल्लेख हुने पर्थ्यो । कसरी साटो फेर्ने दिमागमा त कलूष थियो नै । अनि त जानाजान सहीदहरूको जातीय पहिचानलाई लुकाइदिए। आमजनताको स्वन्त्रताको लागी हाँसीहाँसी सहीद बन्न पुगेका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री जोशी अब जातहीन गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्री बन्न पुगे आमजनताको जीब्रो र इतिहासमा । मनमा कलुष बोकेका इतिहासकारहरूले अझ दरिलो साटो त तब फेरेको अनुभूति हुन्छ जबसँगै सहादत हुने दशरथ चन्दका नाम भने पूर्ण थरका साथ बकाइदा लेखिरहेका देखिन्छ ।

शहीदहरू जातभन्दा माथि उठेका हुन्छन भन्दै ती कलूष बोकेकाहरू आफ्ना करतूतलाई सही साबित गर्न अघि पर्छन र त्यो पनि सिर्फ नेवार जातिकै लागि मात्र । त्यहाँ नै उनैले एकजनालाई थर ओढाएका हुन्छन । त्यसका बारेमा केही बोल्दैनन ।

आफ्नो परिचय दिंदा तपाइँहामी आफ्नो थर लुकाउंछौं ? आफ्ना पिताको नाम कसैले थर बेगर लिंदा हामीलाई सहज लाग्छ ? अड्डा अदालत स्कूल जहाँकहीं पहिचानको लागि नाम र थर न्यूनतम आवश्यकता हो । चोरको नाम लिंदासमेत हामी थर सोध्छौँ । अनि महान अमर सहीदहरूको चाहिं जातीय पहिचान अवश्यक छैन ? त्यो पनि नेवारहरूको लागि मात्र ? के गरेको हो ? जानाजान बदमासी ! यिनले शहीदहरूकोबारेमा पूर्णजानकारी लिन पाउने सम्पूर्ण देशबासीको हकअधिकारमा कुठाराघात गरेको छ ।

सहीदहरू त्यत्तिकै सहीद बनेका छैनन्। उनको व्यक्तित्व निर्माणमा परिवार, छिमेक, टोल, समुदाय र जातीय संस्कारले ठूलो भूमिका खेलेको हुन्छ । त्यस्ता वीर सहीदहरू दिने परिवार, छिमेक र जातीय समुदायप्रति देश र समुदाय अनुगृहित हुनैपर्छ । पहिचान नै मेटाईदिएपछि पूरै देश नै अन्यौलमा परेन ? पूरै देश नै त्यो समुदायप्रति, अन्जान, संवेदनहीन, अनुत्तरदायी बन्ने भएन ? यसबाट कस्तो संस्कृतिको विकास हुन्छ देशमा ? जातीय पहिचानको त्यो डोरोलाई इतिहासबाट चुडाली दिएर ती कलूष बोकेका इतिहासकारहरूले सामाजिक अक्षम्य अपराध गरेको छ ।

अहिले त घटना आलै छ । यी सहीदहरू नेवारहरू हुन् भनेर चिनिएला । तर, सय दुइ सय वर्षपछि कथा अर्कै बन्न पुग्ने छ । जस्तो कीर्तिपुरमा पृथ्वीनारायणले किर्तिपुरेहरूको नाक काटेको कुरा बारेमा भयो । यूद्धमा हारेको झोंकमा पृथ्वीनारायणले पाशविक कुकृत्य गरे तर इतिहासै बंग्याएर आज एकथरि यो हुँदै होइन कपोलकल्पित हो भन्दै ज्यान छोडेर हिंडेका छन् ।

२०४८ साल यता र अझ ०६३ साल पछि केही समूदाय ती सहीदहरूका जात फर्काउन सकारात्मक देखिन्छन । तर, सरकारमै बस्नेहरूमै त्यस वीषको प्रभाव पूरै देखिँदो छ । किनभने सरकारले अझै सहीदहरूका जात अङ्कित नगरिएका फोटोहरू नै प्रचलनमा ल्याईरहेको छ । र यहाँ सम्म की हुलाकी टिकट छाप्दासम्म पनि त्यसले सच्याउने आवश्यक ठानेको देखिन्न ।

यस्तो लाग्छ एक भूमिगत समूह नै नेवारहरूलाई कुनै शान र मान दिन चाहँदैन । त्यो समूह एकातिर सहीदहरूका नामबाट जात हटाउन हरबखत कसरत गर्दै छ भने अर्कोतिर सहीद हुँदै नभएका तर माफ़ि पाएकाहरू (टंकप्रसाद आचार्य र श्रीभद्र शर्मा) लाई जिउँदो सहीदूको नाममा स्थापना गर्न लागिपरेको देखिन्छ त्यो पनि जातीय पहिचानसाथ । मर्दै नमरेका व्यक्तिलाई कसरी ‘सहीद’ भनेका हुन्रु अनि अगाडी ‘जिउँदो’ शव्द थपेर कोही पनि कसरी सहीद (मरेको) बन्छन ? जिउंदै व्यक्ति पनि मरेका मानिन्छन र ? हदै भो यो । ‘जीउँदै मरेका’ भन्नुमा त गाली पो हुन्छ । हामी पातकी, हरामी, फटाहा आदि समाजका कलङ्क भएका व्यक्तिलाई पो ‘मर्न नसकेका (जिउँदो)’ नाम दिन्छौ, होइन र ? कालो तन्त्र फाल्न ज्यानै छोड्ने टंकप्रसाद आचार्य र श्रीभद्र शर्मालाई यस्तो नाम दिन सुहाउँछ ? उहाँहरूलाई त प्रजातन्त्र योद्धा सेनानी भन्न सुहाउला ।

अपचै चक्कर चलिरहेको छ । छनक राम्रो होइन । समाजको सद्भावलाई विथोल्ने परिपाटीमा दमहाल्दै आएको छ एकथरी अवान्छित समूहले । एकातिर त्यो भूमिगत समूह एक समुदायका सहीदलाई जातीय पहिचान झिकेर सहीदको जातै हुन्न भन्न जबर्जस्ति लागि परिरहेको देखिन्छ भने अर्कोतिर उही अर्को समुदायको जीउँदै व्यक्तिलाई जातीय पहिचान सहीतको जिउँदो शहीद करार दिन लज्जास्पद चेष्टा गरिरहेको देखिन्छ ।

अपच छ यो चक्कर । जसरी राणा र शाहहरूको अपच करनामासाथ उनका सत्ता नै सदाको लागि उच्छेद भो त्यसरी नै सबै अचाक्लिहरूको उच्छेद त हुन्छ नै । साथै यो कालो धब्बा इतिहासको एक कालखण्डमा कलुषको रूपमा सदा देखिनेछ । हेर्दै जानोस, समय फेरिन त कत्ति बेर नलाग्ने रहेछ । यसै जीवनकालमा राणा गए, शाह गए र सीमांकृतहरू गद्दीमै बस्न आइपुगे । भाग्यको भर होइन बाहूबलमा उत्रिएपछि संसारै पल्टाइने रहेछ । बुझियो, मान्नोस इतिहास सदा एक रहन्न ।

2014 Jan 9

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑