• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,


सुभाय् संवाददाता November 8, 2026 मा प्रकाशित (७ मिनेट अघि) अनुमानित पढ्ने समय : ४७ मिनेट
सिड्नी, अस्ट्रेलिया — नेपाली कला, संस्कृति, परम्परा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले अस्ट्रेलियाको सिड्नीस्थित डार्लिङ हार्बरमा आयोजना गरिएको ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।
नोभेम्बर ७ शनिबार टम्बालोङ पार्कमा आयोजित महोत्सवमा हजारौँ नेपाली तथा अस्ट्रेलियाली नागरिकको सहभागिता रहेको थियो। यस वर्षको महोत्सवमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजको विशेष उपस्थिति प्रमुख आकर्षण बन्यो। नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा पहिलोपटक अस्ट्रेलियाका प्रधानमन्त्री सहभागी भएका हुन्।
प्रधानमन्त्री अल्बानिजलाई नेपाली परम्परागत ढाका टोपी र खादा लगाएर स्वागत गरिएको थियो। सम्बोधनका क्रममा उनले अस्ट्रेलियाको विकास तथा बहुसांस्कृतिक समाजलाई समृद्ध बनाउन नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले तिहारको शुभकामना व्यक्त गर्दै नेपालमा हालै आएको बाढीपहिरोबाट प्रभावित परिवारप्रति समवेदना पनि प्रकट गरे। नेपाललाई राहत तथा पुनर्निर्माणमा अस्ट्रेलियाले सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए।
न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्स पनि महोत्सवमा सहभागी भएका थिए। उनले नेपाली कला, संस्कृति र समुदायको योगदानको प्रशंसा गरेका थिए।
महोत्सवको सुरुवात नेपाली मौलिक भेषभूषा, सांस्कृतिक झाँकी, पञ्चेबाजा तथा धिमे बाजासहितको भव्य परेडबाट गरिएको थियो। नेपाली राष्ट्रिय झण्डा र अस्ट्रेलियाली राष्ट्रिय झण्डासहित प्रस्तुत परेडले दुई देशबीचको मित्रता, आपसी सम्मान र सांस्कृतिक सम्बन्धको सन्देश दिएको थियो।
यस वर्षको महोत्सवमा नेपालप्रति सद्भाव र सहयोग व्यक्त गर्दै आएको अस्ट्रेलियालाई धन्यवाद दिन ‘Thank You Australia’ भन्ने सन्देशसमेत प्रस्तुत गरिएको थियो।
महोत्सवमा नेपालबाट आएका लोकप्रिय कलाकार प्रकाश सपुत, रचना रिमाललगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए। तिहारको अवसर पारेर देउसी–भैलो, परम्परागत नृत्य, सांस्कृतिक प्रस्तुति तथा स्थानीय नेपाली संघसंस्थाका कार्यक्रमसमेत आयोजना गरिएको थियो। नेपाली खानाका विभिन्न परिकार, सांस्कृतिक प्रदर्शनी र व्यावसायिक स्टलहरूले पनि महोत्सवलाई थप आकर्षक बनाएका थिए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य परिषद्को आयोजनामा सम्पन्न नेपाल फेस्टिभल सिड्नी यस वर्ष ११औँ संस्करणका रूपमा आयोजना गरिएको हो। सन् २००६ देखि सुरु भएको यो महोत्सव अस्ट्रेलियामा नेपाली कला, संस्कृति, पर्यटन र पहिचान प्रवर्द्धन गर्ने महत्वपूर्ण सामुदायिक उत्सवका रूपमा स्थापित हुँदै आएको छ।
महोत्सवले अस्ट्रेलियामा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका नेपाली युवालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्नुका साथै अस्ट्रेलियाली समुदायलाई नेपालको सांस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य र पर्यटनबारे परिचित गराउने अवसर प्रदान गरेको छ।
यस वर्षको महोत्सवले सांस्कृतिक पहिचानको प्रवर्द्धनसँगै नेपाल र अस्ट्रेलियाबीचको जनस्तरीय सम्बन्ध, मित्रता र सहकार्यलाई थप बलियो बनाउने सन्देश दिएको छ।
सम्बन्धित पोस्ट
  • नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक
  • सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै
  • नेपाल फेस्टिभल सिड्नीमा प्रकाश सपुत र रचना रिमालको विशेष प्रस्तुति
  • नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,

    नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक

    सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै

    नेपाल फेस्टिभल सिड्नीमा प्रकाश सपुत र रचना रिमालको विशेष प्रस्तुति

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    सुभाय् पोस्ट बिशेष

    सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,

    नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक

    सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै

    नेपाल फेस्टिभल सिड्नीमा प्रकाश सपुत र रचना रिमालको विशेष प्रस्तुति

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑