• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 23, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

धर्मपथमा नेपालभाषा कविता कन्सर्ट


सुभाय् संवाददाता August 23, 2026 मा प्रकाशित (१ मिनेट अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा ‘कविता कोलाज’को पहिलो प्रस्तुति नेपालभाषा कविता कन्सर्ट सम्पन्न भएको छ। वडा नं. २२ का अध्यक्ष चिनी काजी महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानका कुलपति एवं उपन्यासकार प्राज्ञ मल्ल के. सुन्दर र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा कवयित्री प्राज्ञ प्रतिसरा साय्मी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा ‘कविता कोलाज’का संयोजक तथा कवि रजनीमिलाले कविता कोलाज संस्थाको अवधारणा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष चिनी काजी महर्जनले आफू कवि नभए पनि सर्जक तथा साहित्यकारलाई माया र सम्मान गर्ने व्यक्ति भएको बताउनुभयो। उहाँले भन्नुभयो, “म कवि त होइन तर सर्जक साहित्यकारहरूलाई माया गर्ने र बुझ्ने मान्छे चाहिँ पक्का हो।”

मातृभाषाप्रतिको आफ्नो प्रेम र सम्मानसँग जोडिएको विगत स्मरण गर्दै अध्यक्ष महर्जनले विसं २०४४ सालमा न्हुँ दया भिन्तुना कार्यक्रममा सहभागी हुँदा प्रहरीले लाठी प्रहार गर्दा आफ्नो टाउकोमा चोट लागी रगतसमेत आएको घटना सुनाउनुभयो। उक्त घटनापछि मातृभाषाप्रतिको आफ्नो माया र सम्मान अझ प्रगाढ बनेको उहाँले बताउनुभयो।

“म रहेसम्म निरन्तर नेवा: साहित्यलाई माया र संरक्षण गर्नेछु,” अध्यक्ष महर्जनले प्रतिबद्धता व्यक्त गर्नुभयो।

दिवंगत स्रष्टाप्रति श्रद्धाञ्जली

कविता कन्सर्टको उद्घाटनमा गत भदौ १ गते दिवंगत हुनुभएका नेपालका मूर्धन्य कवि, गीतकार, नाटककार तथा भाषा अभियन्ता स्वर्गीय दुर्गालाल श्रेष्ठ, सावन महिनामा दिवंगत नेपालभाषाका पहिलो नारीवादी कवि नारायणदेवी श्रेष्ठ तथा २०८२ फागुनमा दिवंगत कवि, पत्रकार तथा लेखक सुरेश किरणको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो। शोकधून बजाएर दिवंगत स्रष्टाप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो।

त्यसैगरी दिवंगत कविहरू गिरिजाप्रसाद जोशी, पूर्ण वैद्य, बुद्ध सायमी र सुन्दर मधिकर्मीलगायत स्रष्टाको स्मरणमा कविता कोलाजका छ जना स्रष्टाले उहाँहरूका सिर्जना वाचन गर्नुभएको थियो।

१७ कविको कविता, संगीतसँगै वाचन

कविता कन्सर्टमा नेपालभाषाका १७ जना कविले भ्वायलिन र बाँसुरीको धुनसँगै आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो। नेपालभाषा कविता क्षेत्रमा वाद्यवादनसँगै कविता वाचन गरिएको यो पहिलो प्रस्तुति भएको कविता कोलाजका सदस्य तथा कवि सञ्जयराज शर्माले बताउनुभयो।

कार्यक्रममा विभिन्न पुस्ताका नेपालभाषा स्रष्टाले भाषा, साहित्य, समाज र संस्कृतिका विविध पक्षलाई कवितामार्फत प्रस्तुत गर्नुभयो।

लुमन्ती चित्रकारले ‘इतिहासया मत’, रत्न प्रदीपले ‘ब्याँचुलि’, ज्ञानकेशरी श्रेष्ठले ‘विडम्बना’, मिमला शर्माले ‘छँ पियाच्वना’, नवीन प्रकाश श्रेष्ठले ‘छँ व दे’ तथा दियश रत्न शाक्यले ‘पुलुकिसि’ शीर्षकका कविता प्रस्तुत गर्नुभयो।

त्यस्तै राज अक्षोभ्यले ‘च्याना च्वंगु सर्ग जिगु’, श्रीराम श्रेष्ठले ‘छम्ह महाफताह जि’, सविना महर्जनले ‘थःगु तुति मालाच्वंगु छपा लाकां’ तथा प्राज्ञ प्रतिसरा साय्मीले ‘लुसि’ शीर्षकको कविता वाचन गर्नुभयो।

कार्यक्रममा प्राज्ञ डा. पुष्पराज राजकर्णिकार, दिलकुमारी डंगोल, विशेष आमन्त्रित कवि उज्ज्वला महर्जन, स्नेह साय्मी, सञ्जयराज शर्मा, रजनीमिला, समाश्री, सुधीर ख्वबि र नारद बज्राचार्यलगायत स्रष्टाले समेत आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो।

उज्ज्वला महर्जनले ‘द मोनोलग’, स्नेह साय्मीले ‘आइ लभ यु’, रजनीमिलाले ‘जः नाप मनूया सम्बन्ध’ तथा नारद बज्राचार्यले ‘भविष्यवाणी’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो।

धर्मपथमै ७५ वर्षअघि साहित्यिक गोष्ठीको सुरुआत : मल्ल के. सुन्दर

कार्यक्रमका प्रमुख अतिथि नेपालभाषा अभियन्ता तथा साहित्यकार मल्ल के. सुन्दरले धर्मपथ क्षेत्रमा आजभन्दा करिब ७५ वर्षअघि नै साहित्यिक गोष्ठीको सुरुआत भएको स्मरण गर्नुभयो।

उहाँले समयसँगै साहित्यको विकाससँगै लेखनशैलीमा पनि परिवर्तन र नयाँ प्रभाव भित्रिँदै गएको बताउनुभयो। इतिहासमा साहित्य कसरी, कहाँ र कुन परिवेशबाट प्रभावित हुँदै लेखिँदै आयो भन्ने विषयमा उहाँले प्रकाश पार्नुभयो।

नेपालभाषा साहित्यको विकासक्रममा समय, समाज र परिवेशले पारेको प्रभाव बुझ्न यस्ता साहित्यिक गतिविधि महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

कविता कन्सर्टमा नेपालभाषाका विविध भाव, विषय तथा सामाजिक–सांस्कृतिक पक्षलाई कविताका माध्यमबाट प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, साहित्यकार, संस्कृतिकर्मी तथा नेपालभाषाप्रेमीको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा सहभागी कविहरूले नेपालभाषाका जनकवि स्वर्गीय दुर्गालाल श्रेष्ठप्रति आफ्ना कवितामार्फत सामूहिक श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेपालभाषा साहित्यमा जनकवि श्रेष्ठले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार कविता कन्सर्ट साहित्यिक प्रस्तुति मात्र नभई विभिन्न पुस्ताबीच सिर्जना, अनुभूति र विचारको सेतुका रूपमा समेत स्थापित गर्ने प्रयास हो।

नेपालभाषा साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणसँगै नयाँ पुस्तालाई मातृभाषामा सिर्जनाका लागि प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कविता कन्सर्टले नेपालभाषाको साहित्यिक यात्रामा नयाँ पुस्ताको सहभागिता र सिर्जनशीलतालाई थप प्रोत्साहन गरेको आयोजकको भनाइ छ।

सम्बन्धित पोस्ट
  • कोलाज
  • राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए
  • अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक
  • सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑