• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

बेलायत पुगेका पहिलो नेपाली जसलाई जंगबहादुरले चिने


सुभाय् संवाददाताJune 1, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

बेलायत पुगेका पहिलो नेपाली मोतीलाल सिंहलाई जङ्गबहादुरले १७४ वर्ष अगाडि यदि नभेटेका भए । उनको गुमनाम लण्डनको सडकमा मृत्यु हुने थियो । जङ्गको भेटले नै बेलायत पुग्ने पहिलो नेपालीका रुपमा इतिहासमा नाम लेखियो ।

बि.सं. १९०६ माघ ४ गते काठमाडौबाट बेलायत यात्राको लागी निस्केको जङ्गबहादुरको टोली निकै ठूलो थियो । १२०० सैनिकहरुको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाई लगेका थिए, जङ्गबहादुरले साथमा ।

यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यहीं घुम्नको लागी रोकिए । जगन्नाथ पुरीमा जङ्गबहादुरले ५००० रूपैया मन्दिरलाई दान पनि गरेका थिए । आजको रकममा परिवर्तन गर्ने हो भने यो रकम करोडौ रूपैया हुन आउँछ ।

चैत्र २७ गते बेलायतको लागी पानीजहाजमा यात्रा आरम्भ भयो । ५००० पाउण्ड रकममा भाडामा लिएको P & O Company को Haddington Steamer मा जङ्गबहादुरको यात्रा आरम्भ भए पछि १२०० सैनिकले बिदाइ गर्दा सबै सैनिकहरू धेरै समय सम्म पनि रूदै समुन्द्र हेर्दै बसेका थिए । उनिहरूको सोचाइमा समुन्द्री यात्रा डरलाग्दो हुन्छ तसर्थ महाराजा अब कहिल्यै फर्केर आउने छैनन् ।

मद्रास, सिलोन (श्रीलंका), एडेन (यमन), स्वेज (इजिप्ट), काइरो (इजिप्ट), एलेक्जेन्ड्रिया, जिब्राल्टर हुदै जेठ १४, १९०७ मा बेलायतको दक्षिण Southampton Harbour मा करिब साढे चार महिना पछि बल्ल पुग्न सफल भएको थियो ।

सबैको मान्यता जङ्गबहादुर यूरोप पुग्ने पहिलो नेपाली थिए । तर जङ्गबहादुर लण्डन पुगेको दुइ दिनमा नै सडकमा घुम्दै गर्दा अचानक सडकमा कुचो लगाएर माग्दै गरेको नेपाली माथी जङ्गबहादुरको आँखा पुग्यो । उनले बोलाएर सबैकुरा सोधे । त्यसपछि कहिले कसरी बेलायत पुगेको सबै सबिस्तारमा बर्णन गरे उनले ।

उनको नाम मोतीलाल सिंह थियो, उनको जन्म भक्तपुरमा भएको थियो । उनको नामको पछाडि सिंह भएको हुँदा उनि नेवार थिए भनेर अडकल गर्न सकिन्छ । नेपाल अंग्रेज युद्धको समय घाइते भएका उनलाई अंग्रेज सेनाले कब्जामा लिएका थिए । युद्धवन्दिका रुपमा रहेका उनलाई उनको बहादुरीबाट खुशी भएका अंग्रेज सैनिक अफिसरले उनलाई सैनिकको रूपमा अंग्रेजको सेनामा भर्ति गराइदिए । अंग्रेजी बोल्न सिकेका उनले पछि कलकत्तामा विवाह गरेर बालबच्चा पनि भयो । यसरी खुशीसाथ बसेको उसलाई एक दिन पानीजहाजका ब्रिटिस क्याप्टेनले बेलायत जाने सपना देखाए । उनी क्याप्टेनको साथ बि.सं. १९०० तिर लण्डन पुगे । लण्डनमा उनको नेपाली नामको अंग्रेजीकरण भयो । उनको नाम अंग्रेजीमा Mutty Loll Sing हुन पुग्यो ।

कलकत्तामा श्रीमती र छोराहरुलाई छोडेर गएका थिए । उनको श्रीमती र छोराहरुको विषयमा कुनै पनि जानकारी भेटिदैन । मोतीलालकै भनाइमा उनको श्रीमती शुद्र थिइन । उनकै लेखका अनुसार पनि धेरै छोराको जन्म भएको थियो । पुराना दस्तावेजहरु खोतल्दै कलकत्तामा केही loll sing पछाडि नाम भएका भेटिन्छन् । यी नामहरुसंग कतै मोतीलाल सिंहको सम्बन्ध पनि हुन सक्छ ।

मोतीलाल लण्डन पुगेको केही दिनमा नै उसंग भएको सबै पैसा चोरी भयो । जसले गर्दा उनले लण्डनको सडकमा बेवारिस हुन बाध्य भए । मागेर खाने र St. Paul चर्चमा बस्ने तथा कुचो लगाउने काम गर्न थाले ।

यस्तैमा आजभन्दा १७४ वर्ष अगाडि बि.सं. १९०७ जेठ १६ मा अचानक जङ्गबहादुरको नजर उनमा पर्यो । यस पछि जङ्गबहादुरले उनलाई उनको दुखद परिस्थितिबाट मात्र मुक्त गरेनन् । उनलाई आफ्नो यात्रा भरी दोभाषेको रूपमा साथ राखे । आफू जहाँ जहाँ गए सबै ठाउँमा सम्मान साथ उसलाई लिएर गए । मोतीलाल सिंहले जङ्गबहादुरलाई महत्वपूर्ण ठाउँ मात्र घुमाएनन् । त्यहाँको सबिस्तार बर्णन पनि गरे ।

जङ्गबहादुरका साथ पेरिस पनि पुगे मोतीलाल तर जङ्गबहादुर नेपाल फर्कदा उनि नेपाल फर्कन मानेनन् । जङ्गले उनलाई अनुरोध नगरेका होइनन् । तर उनले नेपाल फर्कन चाहेनन् । हुनसक्छ नेपालमा रहेको उनको परिवारले युद्धमा उनको मृत्यु भएको सम्झेर काजकृया पनि गरिसकेका थिए होला । त्यो समय कसैको मृत्यु भएको मानेर काजकृया गरिसकेर जीवित फिर्ता आएमा परिवारले स्विकार नगर्ने रितीरिवाज थियो । केही बुझ्ने परिवारले पूनर्जन्मको रुपमा फेरी न्वारान देखिको बिधि गरेर घर भित्राउने गर्दथे । भने कतै कतै संस्कारले मृत्यु भइसकेको मानेर जीवित आए पनि हत्या पनि गर्ने गर्दथे । वास्तवमा नजिककाहरुले उनको हिस्साको सम्पति लिइसकेको हुँदा पनि उनलाई जीवित रुपमा स्विकार गर्न खोज्दैनथे । यस्तै कारणले पनि नेपाल फर्कन चाहेनन् । दोश्रो उनले कलकत्तमा रहेको पत्नी र छोराहरुसंग कुनै सम्पर्क गरेका थिएनन् । तसर्थ कलकत्ता पनि फर्कन खोजेनन् ।

जङ्गले लण्डनमा छोडेर आएका मोतीलाल सिंहको मृत्युको पनि कुनै रेकर्ड भेटिदैन । उनको मृत्यु कहिले कहाँ र कसरी भयो भन्ने पनि जानकारी भेटिदैन । The New Monthly Magazine को सन १८५० को अंकमा मोतीलाल सिंहले एउटा लामो लेख नै छपाएका थिए । लेखको शिर्षक राखिएको छ – Some Account of the Nepaulese in London यस लेखमा उनले आफ्नो नाम Mutty Loll Sing नै लेखेका छन् । आफ्नो छोटो परिचयमा उनले सेन्ट पाँल कब्रिस्तानका सफाइकर्मी लेखेका छन् । लेखको पहिलो भागको शिर्षक – “मोतीलाल सिंहले यो इतिहास कसरी लेख्यो” राखेका छन् । आफ्नो जन्मको समय पनि उनले भिन्न रुपमा लेखेका छन् । मोतीलाल सिंह (मेरो) जन्म भादगाउँ नेपालमा भएको हो । राजाको दरवार रहेको काठमाडौ देखि खासै टाढा होइन । मेरो जन्मको समय नेपालमा राजा गिर्वाणको शासनकाल थियो । भदौको अध्यारो चन्द्रमा आधा भएको थियो भने पृथ्वीले २० चक्कर लगाइसकेको थियो । (यसले उनको जन्म समय भदौको २० गते भाद्र कृष्ण अष्टमीको दिन थियो । साल स्पष्ट लेखेका छैनन् । अनुमान अनुसार बि.सं. १८५६ आसपास हुनुपर्दछ ।)

अंग्रेजसंगको युद्धको अन्तिम घडि तिर म घाइते भए । त्यसपछि युद्धवन्दीका रुपमा विजयी सैनिकहरुले मलाई लगे । उनीहरुले मलाई विजयी सेनामा भर्ति गराइ दियो । त्यसपछि म उनिहरुका लागि लड्न थाले । उनिहरुकै लागि बोल्न थाले । जब शान्तिको दिनहरु आयो म आफ्नो जन्मभूमि देखि टाढा कलकत्तामा शहरमा बस्न पुगे । म शारीरिक रुपले ठिक भए पनि एक किसिमले शुद्र भइसकेको थिएँ, विवाह पछि हाम्रा धेरै सन्तानहरु भए । एक दिन एक पानीजहाजको अंग्रेज क्याप्टेनले देखाएको सुनौला भविष्यको सपनाका कारणले मैले धेरै दुख कष्ट पाएँ । जहाजको यात्रामा कमाएको पैसा पनि सबै गुमाए । र एक अन्जान देशमा तिरष्कृत र उपेक्षित रुपमा बाँच्न बाध्य बनाइयो । लोभले लाभ, लाभले बिलाप भने झै भयो ।

लामो समयसम्म म लण्डनको चिसो सडकमा काँपिरहे । प्राय भोको, प्राय पानी सम्म खान नपाउने गरि । तर भगवान प्रति विश्वास थियो – यस्तैमा आजीविकाको लागि मेरो हातमा कुचो आयो । म सेन्ट पाउल चर्चको छाँयामा रहन थाले । लण्डनको सडकमा कतिपय धनाध्य, कतिपय गरिवहरु पनि हिडिरहन्थे । तर कसैलाई पनि मोतीलालको वास्ता थिएन । आक्कल झुक्लल एक दुइ पेन्स हात लाग्थ्यो । त्यो पैसाले म चामल किन्थे । र कपडा लिन्थे । जसरी ठूलो समुन्द्रमा एउटा काठ अर्को काठसंग मिल्दछ । त्यसरी नै मेरो देशवासीसंग मेरो भेट भयो । शस्त्रको देवता स्कन्दको आशिर्वादको एक घडीमा सर्वश्रेष्ठ मन्त्री जङ्गबहादुर मतर्फ फर्कियो । आज म जस्तो छु वहाँको दयालु कृपाले नै छु । ममा अचानक आशा जाग्यो, म मेरो जन्मभूमीमा फर्कन पाउने छु । र आशा गर्दछु मेरो शुद्र पत्नी मेरो प्रतिक्षामा बाँचिरहेकी छ ।

यसरी उनको लेखको पहिलो भाग समाप्त भए पछि दोश्रो भागमा “राजदूतको आगमन र उनको स्वागतको तरिका” शिर्षक दिएर लेखेका छन् । यसपछि भने चार भाग जति मोतीलालले जङ्गबहादुरको लण्डन प्रवासको एक एक घटनाको बारेमा लेखेका छन् । कहाँ के भयो कसरी पुगे भन्ने बेलिबिस्तार गरेका छन् ।

( यो फिचर तस्विर मोतीलाल सिंहको नै होइन । प्रतिनिधी तस्विर मात्रै हो ।)

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑