कोरोना सङ्क्रमणकाे जोखिम बढेपछि विराटनगरमा भदौ १ गतेसम्म पुनः लकडाउन

 Maharjan Ratna

विराटनगर /कोरोना सङ्क्रमणकाे जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले (शुक्रबार) राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने बताउनुभयो । उहाँका अनुसार खाद्यान्नसहित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय तालिका तोकिनेछ । विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभएका तर लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदैगएपछि महानगरले सर्वपक्षीय छलफल आयोजना गरेको थियो । समुदायस्तरमा सङ्क्रमण फैलन नदिनका लागि र कोभिड–१९ बाट सुरक्षाका आवश्यक सबै विधि प्रयोग गर्ने निर्णय

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मूल्यको पहिचान !

 Maharjan Ratna

बिरामी बुबाले आफ्नो मृत्यू अगाडि छोरालाई बोलाएर हातमा लगाएको घडी फुकालेर दिंदै भने “यो २०० वर्ष पुरानो हो । यो घडी तिम्रो हजुरबुवाले परलोक जानु अगाडि मलाई दिनुभएको थियो  । अब म तिमीलाइ दिनेछु तर यो तिमीलाई दिनु अगाडि पहिले घडी मर्मत गर्ने ठाउँमा जाऊ र यसको मूल्य सोधेर आऊ ।” छोरा पसल तिर हिड्यो ,एक छिन पछि छोरो फर्केर आयो र निरास हुँदै भन्यो, “यसलाई त १०० रुपैयाँ मात्र पर्ने रहेछ किनकि यो निक्कै पुरानो रहेछ ।” “ए होर !” बुवाले उत्तर दिनुभयो । त्यसोभए तिमी कफी सपमा सोधेर

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएको संख्या ५२७ पुग्यो लुकेका कति होलान्

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५०० पार गरेको छ । उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५२७ पुगेको छ। अझ लुकेको संख्या धेरै हुन सक्ने संभावना पनि नकार्न सकिंदैन ।आज शुक्रवार उपत्यकामा ३८ जना कोरोना पुष्टि भएका छन् । तीमध्ये काठमाडौंका ३२ जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो। कुल सङ्क्रमितको सङ्ख्या काठमाडौंमा ४२२ जना, ललितपुरमा ९६ जना र भक्तपुरमा ५६ जना पुगेको छ। अझ लुकेको संख्या धेरै हुन सक्ने संभावना पनि नकार्न सकिंदैन  काठमाडौंमा कोरोना संक्रम्णको जोखिम दिनानुदिन बढ्दै

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आजदेखि सुरु भयो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार

 Maharjan Ratna

काठमाडौँ / विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो । नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले सो अवधिसम्म जम्मा १८ उडान गर्नेछ । युएईको दुबई, कतारको दोहा, साउदी

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

बीरगंजका मेयर बिजय सरावगीलाई पनि कोरोना संक्रमण

 Maharjan Ratna

काठमाडौं / बीरगंजका मेयर बिजय सरावगीलाई पनि कोरोना संक्रमण भएको छ । उनले आफ्नो फेसबुक पेज मार्फत यस तथ्यको जानकारी गराएका हुन् । उनले आफ्नो फेसबुक पेज मार्फत नगरबासीको सेवामा कार्यरत रहँदा आफूपनि कोरोना पोजिटिभ देखिएको बताउँदै आफ्नो स्वास्थ सामान्य रहेको र कोरोनालाई चाँडै जित्नेछु भन्ने  विश्वास व्यक्त गरेका  छन् । चारदिन अगाडि काठमाडौं आएका उनको आज बिहिवार कोरोना संक्रमण पुष्टि भएको हो । उनले आफ्नो फेसबुक पेजमा नगरबासीलाई सम्बोधन गर्दै यस्तो लेखेका छन् – विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव प्रयासहरु गरे ।

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

संक्रमित भित्रन थालेपछि उपत्यका प्रवेशमा साँझ ७ बजेदेखि बिहान सात बजेसम्म पुर्णरुपमा प्रतिबन्ध , काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन आग्रह ,

 Maharjan Ratna

काठमाडौं/ काठमाडौं उपत्यकामा संक्रमित बढेको मूल कारण संक्रमित क्षेत्रबाट संक्रमण भएर आएकाहरु भएको कारण बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म पूर्ण रुपमा उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएको छ । उपत्यकामा प्रवेश गर्न स्वीकृत लिनुपर्ने व्यवस्था भएपनि त्यसो हुन नसकेपछि अन्धाधुन्ध रुपमा बाहिरबाट काठमाडौं प्रवेश हुनु र शहर बजारमा भीड बढेपछि बाहिरबट आएका संक्रमितहरुका कारण उपत्यकामा समुदाय स्तरसम्म कोरोना फैलिसकेको विज्ञहरुले अघि नै बताइसकेको छ । त्य्यसैगरी काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

साया: गाईजात्रा ननिकाल्न काठमाडौं महानगरपालिकाको अनुरोध

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानगरपालिकाले गाईजात्राको दिन काठमाडौंमा साया: याने कि गाईजात्रा निकालेर नगर परिक्रमा नगर्न अनुरोध गरेको छ । कोरोना भाइरस संक्रमणको खतरा रहेको कारण देखाउँदै सदियौंदेखि चलिआएको गाईजात्रा ननिकाल्न उसले अनुरोध गरेको हो । महानगरपालिकाका पर्यटन तथा सम्पदा समितिका संयोजक १८ वडाका वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनले आज बसेको कार्यपालिका बैठकले गाईजात्रा ननिकाल्न अनुरोध गर्ने बारे निर्णय गरेको जानकारी दिए । काठमाडौं उपत्यकाका आदिवासी नेवार समुदायको गाईजात्राको दिन त्यस वर्ष मृत्यु भएका मृतकका घरबाट मृतकको सद्गतिको कामनासहित गाइजात्रा निकाल्ने प्रचलन रहेको छ । यसैक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीका अनुसार

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा आज ४५ जना थप संक्रमित ,जोखिममा काठमाडौं , रोग नियन्त्रणका लागि आवश्यक कार्य नगरेको भन्दै स्थानीयबासी सरकारप्रति आक्रोसित

 Maharjan Ratna

काठमाडौं /  आज बिहीबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंका ४१ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १३ जना, शिक्षण अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा ३ जना र स्टार अस्पतालमा २ जनामा संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका २ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका २ जनामा संक्रमण देखिएको हो । नेपालभरि पछिल्लो

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व