• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 29, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

खुम्चिदै गएको टुंडिखेलका कुरा


सुभाय् संवाददाता December 8, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

– सुनिल उलक

कुनै बेला कमलपोखरी देखी लिएर रानीपोखरीसम्म रहेको एशियाकै ठूलो खुला मैदान आज संकुचन भएर बिस्तारै हराउन सक्ने भएको छ । कमलपोखरी रहेको ठाँउ पुरेर रङ्गशाला बनाइयो । बि.सं. २०१३ सालमा राजा महेन्द्रको राज्यभिषेकको अवसरमा खेलकुदको पनि आयोजना गरिने निर्णय भए पछि हतार हतार कमलपोखरी पुरेर फुटबल मैदान बनाइयो । साथै त्यस वरपरको भाग पनि सम्याइयो । प्रतियोगितात्मक रुपमा पहिलो पटक कुस्ती, दौड, फुटबल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता यहि रङ्गशालामा भएको थियो । यसको संगैको मैदान बिस्तारै सेनाले ओगट्यो । बिचमा भद्रकाली हुदै सिंहदरवार जाने सडक पहिले नै थियो । जहाँ पछि २०१९ सालमा शहिद गेट बनाइयो । त्यसपछि खाली रहेको जमिनलाई भने हालसम्म टुँडिखेलकै नामले चिनिन्छ । यसपछि सेनाले २०१८ सालमा महांकालको पछाडी सैनिक मञ्च तैयार बनायो । भने त्यसको संगै उत्तर तर्फ फर्काइएर खुला मञ्च बनाइयो । यसरी टुँडिखेल कुँजिदै गयो । २०२० सालमा रानीपोखरीको दक्षिणमा रानी रत्नलाई खुशी बनाउदै राजा महेन्द्रले रत्न पार्क बनाइदिए । तीनसय वर्ष अगाडी सानेपा देखी रानीपोखरी सम्म तीन माइलको रहेको टुँडिखेल संकुचन भयो । भविष्यमा टुँडिखेल नै हराउने हो कि भन्ने लागिसक्यो ।

मल्लकालमा नर्कट अर्थात नेवारीमा तिं को झाडी थियो । त्यसैले यसको नाम तिंख्यो भनिन्थ्यो । भनिन्छ टुण्डी भैरवले आफ्नी छोरी अजिमाको बिहेमा दाइजो दिइएको यो ठाँउ भएको हुँदा टुण्डीख्योबाट नै टुँडिखेल नाम रहेको भनिन्छ । छोरीलाई दिइएको दाइजो भएको हुँदा केही गर्नु हुदैन भन्दै मल्लकालमा यसलाई खाली नै राखिएको थियो ।

तस्विरमा देखिएको दृश्य यहि टुँडिखेलको हो । तस्विरमा दाँया तर्फ ठिङ्ग उभिएको धरहरा तथा सो संगैको बागदरवार स्पष्ट देख्न सकिन्छ । करिव बिचमा रहेको ऐतिहासिक खरीको बोट र त्यसको संगै जगन्नाथ मन्दिर देख्न सकिन्छ । बिचमा असंख्य सैनिकहरु परेड खेल्दै गरेको यो दृश्यको पछाडी पनि एउटा अर्को इतिहास लुकेको छ ।

जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप सिंह कुँवरको समयमा बि.सं. १९४० मा एउटा घटना घट्यो । प्रत्येक वर्ष झै त्यो वर्ष पनि ल्हासाको झोखाङ मन्दिरमा ठूलो उत्सव शुरु भयो । नेपालका नेवार ब्यापारीहरु पनि सो मेलामा ब्यापार गर्न पुगेका थिए । त्यहा दुइ तिब्बती महिलासंग एक ब्यापारीको साधारण झगडा भयो । तर त्यो झगडाले केही बेरमै बिकराल रुप लियो । सयौ तिब्बती मिलेर नेवार ब्यापारीहरुको ८४ पसलका मालसामान लुट्ने तथा जलाउन थाले । हुन त त्यो घटनामा कसैको पनि हताहत भएन । तर सो को जानकारी नेपाल सरकार सम्म पुग्यो । नेपाल सरकारले तुरुन्तै तिब्बत सरकारलाई धम्कीपूर्ण भाषामा ति ब्यायारीलाई १५ लाख रुपैया क्षतिपूर्ती तथा दोषीलाई कारवाहीको माग राख्यो । यसको लगत्तै प्रधानमन्त्री रणोद्वीप सिंहले भारदारी सभा बोलाएर तिब्बत संग युद्ध गरेमा देशले के कति नाफा वा घाटा हुने बिषयमा छलफल थाले ।

उता तिब्बत सरकारले नेवार ब्यापारीलाई क्षतिपूर्ती दिन नसकिने जानकारी पठायो । यता राज्यकोषबाट ४० लाख निकालेर युद्धको तैयारी थाल्यो । ४५ हजार सैनिक ७०० घोडा तथा २००० खच्चर सहितको युद्ध टोली तैयार भयो । तिब्बत र नेपाललाई नजिकबाट नियालिरहेको चीनले १९४० को पौषमा दुइ बिच मध्यस्तता गर्न थाल्यो । अन्तत तिब्बत सरकारले तत्कालै ६ लाख आफ्नै राज्यकोषबाट र ४ लाख चीन सरकारसंगको ऋणबाट नेपाल सरकारलाई १० लाख बुझायो । यसरी अचानक भएको युद्धको सम्भावना टर्यो ।

यहाँ तस्विरमा यहि युद्धको तैयारी समय टुँडिखेलको खुला मैदानमा २२ बटालियन सैनिक युद्को तैयारीको लागी जम्मा भएको दृश्य हो यो ।

 

सम्बन्धित पोस्ट
  • १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?
  • विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    सुभाय् पोस्ट बिशेष

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑