• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

विश्वमै एकमात्र बुद्धअस्तु नझिकिएको रामग्राम स्तुप


सुभाय् संवाददाताNovember 1, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ९६ मिनेट

राजेन मानन्धर                                                                 

यो हो रामग्राम स्तु्प । विश्वकै एक मात्र यस्तो स्तुप जहाँ अहिलेसम्म भगवान बुद्धको अस्थिधातु अविछिन्न रुपमा राखिएको छ र ऐतिहासिक वंशावलीलाई विश्वास गर्ने हो भने भगवान बुद्धको परिनिर्वाण पछि राखिएको उहाँको अस्थिधातु अहिलेसम्म कसैले चलाउन समेत सकेको छैन ।

लुम्बिनीमा जन्मनुभएको भगवान बुद्धको जीवन नेपाल र भारतका विभिन्न गाउँ शहरहरुमा धर्म प्रचार गरेर बित्यो । उहाँको परिनिर्वाण हाल भारतको कुशीनगरमा भएको थियो ।
बौद्ध ग्रन्थहरुको अनुसार उहाँको महापरिनिर्वाण भएपछि उनको शवको दाह संस्कार पछि केही मोतीका दाना जस्ता अस्थिधातु बाँकी भए । दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बिच ती अस्थिधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने माग सहित युद्ध नै गर्न तम्सिए । र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिए ।

त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप, पावा र कुशिनगरका राजाहरुले लगे । उनीहरुले भगवानबुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्थिधातु लगेर विशाल स्तुप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्थिधातुलाई राखेर बनाएको स्तुप नै रामग्राम स्तुप हो ।
पछि इशापूर्व २६८ देखि २३२सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तुपबाट अस्थिधातु निकाली त्यसबाट ८४ हजार स्तुप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाए ।

Image for post

बौद्ध ग्रन्थहरुमा उल्लेख भए अनुसार सम्राट अशोकका दुतहरुले यहाँ रामग्राममा अस्थि निकाल्न आउँदा यहाँका नागहरुले रक्षा गरेको कारण यहाँको अस्थि सुरक्षित भयो । पछि कालान्तरमा इशाको पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् ।
अहिलेको ढिस्को भने सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले पत्ता लगाएका थिए । पछि सन् १९६४मा यो नै रामग्राम स्तुप हो भन्ने प्रमाणित भयो ।

यो रामग्राम स्तुप हालको नवलपरासी जिल्लाको रामग्राम नगरपालिका ३ मा पर्छ । जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडक तीन किमि टाढा उजैनी गाउँबाट करिब १५ मिनेट पूर्वतर्फ हिँडेपछि झरही खोलाको किनारमा समतल मैदानमा देखिने धाँसे थुम्कोे नै रामग्राम स्तुप हो ।

यो स्तुपको रुपमा करिब १० फिट अग्लो तथा २३.५ मिटर ब्यास भएको घाँसले ढाकिएको एउटा ढिस्को मात्र देखिन्छ जसको छेउमा एउटा अजंगको रुख उम्रिएको छ । अहिले यसको मौलिक स्वरुप कस्तो थियो भनेर भन्ने अवस्था छैन । हालै वरिपरी घुम्नलाई काठको फलेकको रयाम्प बनाइएको छ भने पूजा पाठ गर्ने एउटा ठाउँ पनि बनाइएको छ । यस बाहेक प्रवेश द्वारको दुबै तिर मेचहरु सहितको सानो बगैंचाहरु बनाइएको छ जहाँ प्रायः युगल जोडीहरु समय बिताउन आउने गरेको छ । एउटा सुरक्षा गार्डले यस पुरातात्विक क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ ।

यहाँ जमिनको सतहमा सन् १९९७ तथा १९९९मा भूभौतिक सर्भेक्षण गरिउको थियो । यसबाट यस स्तुपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरुको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४को बिचामा उत्खनन् पनि गरे । त्यसबाट यस क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५को बिचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरी विकसित भएको निष्कर्ष निकालिएको थियो ।

Image for post

तर त्यस उत्खनन्ले के पत्ता लगायो भन्ने कुरा त्यहाँ देख्न सकिँदैन । अहिले उक्त स्तुपलाई काँडेतारले घेरेर राखिएको छ भने बाहिर खुल्ला चौर छ । नजिकै एउटा पोखरीमा मानिसहरु घुंगी संकलन पनि गर्न आउँछन् ।

यस बाहेक नजिकै जापानीहरुले बनाइदिएको सिद्धार्थको प्रतीमा सहितको एउटा सानो बगैंचा पनि छ ।

विश्वभरका बौद्धहरु यहाँ एकमात्र अस्थिधातु मौलिक रुपमा अस्थिधातु भएको पवित्र स्तुप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विदेशी तीर्थयात्रीहरु तथा काठमाडौंबाट तीर्थयात्रीहरु यहाँ आएर सामुहिक रुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गर्दछन् ।
तर पनि यहाँका स्थानीयबासीले यस स्तुपलाई आराध्य वा पुज्य मान्न सकेको देखिँदैन । उनीहरुका लागि यो जो रोपेपनि राम्रो उब्जनी नदिने अशुभ जमिन मात्र हौ ।

Image for post

वर्षको लाखौं विश्वभरका बौद्ध भक्तजनहरु लुम्बिनीमा आइपुग्छन् । त्यसमध्ये केही हजार पनि रामग्राम पुग्न पाउँदैनन् । किन? सर्वप्रथम त्यहाँका स्थानीय जनताले नै रामग्राम चिनेका छैनन् । त्यसपछि त्यहाँका धर्मावलम्बीहरुलाई नै यहाँ सम्म गएर श्रद्धा अर्पण गर्न आवश्यक ठान्दैनन् । अनि बाहिरका मानिसहरुले त्यहाँ घुँडा टेकिदिनु पर्ने? त्यसमा पनि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरुले नै पर्यटकहरुलाई यहाँसम्म लैजाने कुनै प्याकेजको व्यवस्था गर्दैनन् । अनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको कुनै बौद्ध तीर्थालु वा भक्तजन त्यहाँ गएर के गर्ने? यो महत्वपूर्ण प्रश्न हो । यहाँ त दशकौंदेखि केह ीगर्न पनि काम नलाग्ने जस्तो देखिने एउटा ढिस्को मात्र छ जहाँ कोही आएर केही रंगिबिरंगी ध्वजाहरु फैलाएर गएका छन् । भन्नुकाे मतलब त्यहाँ कुनै उपासना गर्ने स्थल छैन कहाँ श्रद्धा पोख्ने? कहाँ बसेर भगवान बुद्धलाई सम्झने? यी प्रश्नहरुले रामग्रामका स्थानीय बासिन्दा, स्थानीय सरकार, पर्यटन व्यवसायी वा समस्त ग्रेटर लुम्बिनीको नाममा अभियान चलाइरहेकाहरुलाई मतलब राख्दैन । तर हरेक बौद्धले कतै कसरत गरेर वा भूलबस नै रामग्राम पुग्दा गर्ने प्रश्न यिनै हुन् । यी प्रश्नहरुको जवाफ नआएरम्म त्यो एक तिरस्कृत ढिस्को नै रहिरहन्छ, यसले आफुलाई रामग्राम बनाउन समयको उत्तर पर्खिरहन्छ ।

सम्बन्धित पोस्ट
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑