पूर्ण प्रसाद ह्योजु
नेपाल कला(संस्कृतिको धनी देश भनेर विश्वमा चिनिएको छ्र त्यसमध्ये विश्वको मौलिक कलाक्षेत्रमा पौभा, थाङ्कालाई पूर्वीय दर्शन भएको मौलिक चित्रको रुपमा छुट्टै परिचय बनेको छ।
विशेष किसिमको प्रविधि अपनाएर कपडाको क्यानभासमा हिन्दू एवम् बौध्द देवीदेवताको चित्राङ्कित कला नै पौभा हो तर थाङ्काका चित्रमा बौध्द देवीदेवता एवम् बौध्द दर्शनमात्र पाइन्छ।
पौभा, थाङ्काका चित्र तयार गर्न सिर्जनात्मक क्षमता, प्रतिमा लक्षण, तालमान, शिल्प र पूर्वीय दर्शनसम्बन्धी ज्ञानको जानकारी हुन आवश्यक छ्र
इतिहास र विगतका चित्र हेरेमा निकै अगाडिदेखि पौभाचित्र किनेर लाने र चित्रकारहरुलाई त्यही लगेर लेखाउने प्रचलन तिब्बतमा रहिआएको छ।आर्ट अफ नेपलमा अमित रायले “Nepali Masters were the Teacher of Tibetan Artists in the Fourteenth and Fifteenth Centuryभनेर लेखिए तापनि तिब्बतमा १२ औँ शताब्दीको भनिएको अमितायुष चित्रको व्युत्पत्ति पाल स्टाईल भनिए पनि त्यसको श्रेय नेपाली कलाकारलाई दिइएको कुरा Fifteenth Centuryमा प्रताप दित्य पालले लेखेका छन् ।
१६/१७ औँ शताब्दीदेखि नेपाली पौभामा तिब्बती शैलीको प्रभाव परेको र तिब्बती शैलीको रुपमा थाङ्का चित्रले नेपालमा प्रवेश पाएको देखिन्छ, जुन १४ औँ शताब्दीदेखि तिब्बती थाङ्कामा चाइनिज शैलीको प्रभाव परेको मानिन्छ।
धार्मिक चित्रलाई संस्कृतमा पटचित्र, नेवारीमा पौभा: चित्र र तिब्बतीयनमा थाङ्का चित्र भनिन्छ भनेर Nepal where the gods are young मा पालले लेखेका छन् । अमित रायले Art of Nepal df Thanka or Prabha (Paubha) भनेर लेखेका छन् । जसबाट पौभा(थाङ्कामा खास भिन्नता नभएको मान्न सकिन्छ। त्यसमाथि प्रकृति र उद्धेश्यमा केहि भिन्नता भए तापनि लेखिने प्रविधि धार्मिक शास्त्रीय आधार (पूर्वीय दर्शन) लेख्न प्रयोग गर्ने सामाग्री पनि एकै किसिमको छ।
शिल्प र सीप
मानव निर्मित कुनै पनि वस्तु निर्माण एवम् सिर्जना गर्न सम्बन्धित विषयको प्रविधिबारे जानकारी लिनु नै शिल्प र सीप सिक्नु हो । सिलाई, बुनाई, काष्ठकला सबै किसिमको मूर्तिकला चित्रकला अर्थात् हस्तकलाका सम्पूर्ण कामका लागि दक्षता हासिल गर्न शिल्प र सीप सिक्नु अति आवाश्यक हुन्छ।
पौभा: (थाङ्का)सँग शिल्प र सीप
पौभा(थाङ्का)को क्यानभास बनाउनेदेखि लाइन ड्रइङ, रंगसंयोजन, लोप्ताङ, चाप्ताङ, बुट्टा, डिजाइन इत्यादि सबै ठाउँमा शिल्परसिपको जरुरी छ। शिल्परसिपको दक्षताको आधारमा नै कुनै पनि कृति उत्कृस्ट बनेको हुन्छ। पौभा(थाङ्कामा शिल्पको प्रयोग भनेरविशेष गरी आभूषण, वस्त्र, तोरण, सिंहासन, शरीर प्रभा, शिर प्रभा, फूल, पात, पानी, बादल, ज्वाला, बत्ती, पद्मावली, इत्यादिमा प्रयोग गर्ने बुट्टा वा डिजाइनलाई इङ्गित गरेको हुन्छ, जसले पौभा(थाङ्का)को सौन्दर्य बढाएको हुन्छ।
पृष्ठभुमि
सजिलोका लागि विगतमा पौभा(थाङ्का)मा प्रयोग हुँदै आएको डिजाइन, बुट्टा, शिल्पशैलीको आधारमा निम्नानुसार तीन भागमा विभाजित गरि वर्णन गर्ने कोशिश गरिएको छ
१) ११-१४ औँ शताब्दी
१२र१३ औँ शताब्दीको अमिताभ, रत्न सम्भव, तारा आदिका पौभा(थाङ्का) चित्रलाई अहिलेसम्म पाइएकोमा सबभन्दा पुरानो मानिए तापनि हाल २००३ Himalayas an Aesthetic Adventure मा प्रताप दित्य पालले सम्वर मण्डला 1100 c भनेर लेखेका छन् ।
११ औँ शताब्दीको सम्बर मण्डलामा अति थोरै बुट्टा, कम वस्त्र, साधारण आभूषण र त्यस्तै ज्वालावली, पद्मावली, बज्रावली र द्वारमा बुट्टा प्रयोग नभएको तर शारीरिक बनावट अति सुन्दर, जुन ११ औँ शताब्दीको भक्तपुर राष्ट्रिय सङ्ग्रहालयमा भएको गाताचित्र दश अवातारसंग हुबहु मेल खान्छ। त्यसपछि बुट्टाहरु क्रमशः वृद्धि हुँदै १३ औँ शताब्दीसम्म पुग्दा उत्क्रिस्ता मानिएको हरिततारा, रत्न सम्भव इत्यादी चित्रहरुमा उचित ठाउँमा मात्रै ज्यादै मिहीन लाइन प्रयोग गरि बुट्टाहरु प्रयोग गरेको पाउँछौ। १४ औँ शताब्दीसम्म यसले निरन्तरता पाएको देख्छौ भने कतै बादलसमेत बुत्ताकै रुपमा देख्छौ। पृष्ठभूमिमा भने सादा र गाढा रंगमा फूल बुट्टाहरुमात्र देख्न सकिन्छ।
२) १५- १७ औँ शताब्दी
यो समयतिर आउंदा पौभा(थाङ्काहरुमा बुट्टाहरुमा निकै नै जोड दिएको पाइन्छ। त्यसकारण पनि पृष्ठभूमिमा समेत कतै पनि खाली ठाउँ नराखी घुमाउरो बुट्टा (छकुली, नेकुली, पेकुली वा कतै धाँयचा बुट्टा भनेर प्रयोग भएको) पाउँछौँ। सुरुको समयमा यसको उत्कृष्टता कायम रहे पनि १७ औँ शताब्दीदेखि कुनै चित्रहरुमा बुट्टाको गुणस्तर खस्केको पाउँछौँ। तर, कुनै चित्रहरुमा पृष्ठभूमिमा १७ औँदेखि द्रिश्यचित्रको सुरुवात भए पनि शिल्पको हिसाबले उत्कृष्ट बनेको छ। यस बेलादेखि नै तिब्बती शैली र भारतबाट मुगल, राजस्थानी पहारीको प्रयोग नेपाली शैलीमा भित्रिएको पाउँछौँ।
३) १८-१९ औँ शताब्दी
यस बेलादेखि नै (१८ औँ ) पौभा( थाङ्का कलामा शिल्पको ह्रास हुन थाले, वस्त्रका बुट्टाहरु पनि सरल बन्दै गए तापनि सोहि बेलाका केहि पौभा चित्रका द्वार, तोरणसहितका गणेश शक्ति, भैरव शक्ति, काली इत्यादी उत्कृष्ट नमुना बनेका छन्।त्येस्तै, यसै समयका राजस्थानी प्रभावले लेखिएका भक्तपुर राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रिहित मधुकैटव वध सिरिजका चित्रहरुमा वस्त्र र आभूषणमा राम्रै (भिन्नै) शिल्पको प्रयोग भएको पाउँछौँ।
१९ औँ शताब्दीमा आएर तिब्बतबाट हुबहु तिब्बती चित्र छ्वास्कामुनि, हेबज्र नैरात्मा र राजस्थानी हुबहु चित्रहरु कृष्णलीला (भक्तपुर राष्ट्रिय सङ्ग्रहालय ) देख्नुबहेक उल्लेख्य नेपाली चित्र हेर्न पाएका छैनौँ।
त्यसैले होला डा. पुरुषोत्तमलोचन श्रेष्ठले एक लेखमा लैनसिंह बाङ्देलको नेपाली प्राचिन चित्रकला उदृत गर्दै १९ औँ शताब्दीलाई पौभा: चित्र पनि अन्तिम सासमा झुण्डिरहेको कुरा लेख्नुभएको थियो।
वर्तमान
२० औँ शताब्दीलाई पनि हामी वर्तमान भन्छौँ किनकि हालका वरिष्ठ कलाकारको कलायात्राको सुरुवात यहाँदेखि सुरु भएको छ। विगतदेखिको शैलीलाई हेर्ने हो भने बखतमान चित्रकार, माणिकमान, धनबहादुर, रत्नबहादुर, पृथ्वीमान इत्यादी चित्रकारहरूबाट भारतबाट भित्रिएको पाश्चात्य शैलीको सुरुआत गरेको देखिन्छ भने तिब्बती शैलीलाई पछ्याएको पनि देखिन्छ।
आनन्दमुनिले युरोपियन (पश्चिमी शैली ) लाई पछ्याएर यथार्थवादी चित्र लेखिएको देखे पनि पौभा चित्रमा तिब्बती शैलीलाई अँगालेको पाइन्छ। तर, त्यसबेलाका पौभा(थाङ्का चित्रहरुमा शिल्प विधामा (बुट्टा) कमी आएको महसुस हुन्छ। सिद्धिमुनी शाक्यको कुरा गर्नुपर्दा उहाँले सुरुमा हुबहु तिब्बती शैली अँगालिएको पाइन्छ। पछि बिस्तारै अति मसिनु कामसंगै अत्यधिक बुट्टाहरुको प्रयोग गरेको देखिन्छ। विभिन्न ठाउँमा मल्टिकलर प्रगोग गरि भिन्नै शैलीको चित्र प्रस्तुत गरेको पाइन्छ।
अमिरमान चित्रकारले रंग खेल्दै नयाँ शैलीको पृष्ठभूमिमा तिब्बती शैली अपनाएको संगै मणिकमानको शैली पछ्याएको पनि देखिएको छ। यता ज्ञानकर बज्राचार्यको चित्रमा सरल मोटो लाइनले मल्लकालीन पुरै बुट्टा प्रयोग गरेको पौभा चित्र प्रस्तुत गरेको पाउँछौँ। उहाँको चित्रमा पौराणिक वस्तुहरुको साथै पौराणिक प्राणीहरुको अत्यधिक प्रयोग पनि देख्न पाइन्छ।
त्यस्तै प्रेममान चित्रकारको चित्रहरुमा पृष्ठभूमिमा रंगसंयोजन अत्यधिक प्रयोग गरि नयाँ शैली प्रस्तुत गरेको पाइन्छ। देवीदेवताको हकमा फरक किसिमका पोजिसनहरु प्रयोग भएको, तर बुट्टाहरुमा नयाँ शैली दिए पनि कमी महसुस भएको छ। सूर्य बहादुर चित्रकारले सुरुमा १६ औँ र १७ औँ शताब्दीको बुट्टा भएको शैलीलाई अँगालेर पछि धन बहादुर, मणिकमानको शैलीलाई पछ्याएका छन्।
कलाकार मुक्तिसिंह थापाको पौभा(थाङ्का चित्रमा १४-१५ औँ शताब्दीको शिल्पको प्रभावसंगै तिब्बती शैलीको मिश्रण पनि पाइन्छ। उनका कुनै चित्रहरुमा नेपाली बुट्टालाई तिब्बती शैलीमा ढालेको पनि देख्न सकिन्छ। लोक चित्रकारको सुरुका चित्रहरुमा १३-१७ औँ शताब्दीबाट प्रभावित नेवार शैलीमा तिब्बती शैलीको पृष्ठभूमि प्रयोग गरि सफलताका साथ प्रस्तुत गरेका छन् भने हाल आएर आफ्नो पौभा चित्रमा रंगसंयोजनसंगै नयाँ पृष्ठभूमि प्रस्तुत पनि गरेका छन्। उनको चित्रमा फूलपातहरुमा भिन्नै शिल्प प्रस्तुत गरिएको छ।
त्यसैगरी कलाकार दीपक जोशीको पौभा(थाङ्का)मा सिद्धिमुनि शाक्यको बढी प्रभावसंगै प्रेममान चित्रकारको पृष्ठभूमिमा रंग खेल्ने शैलीलाई प्रयोग गरेको पाईन्छस बुट्टा र मिहिन काममा पनि उत्तिकै दखल छ। विशेषगरि उनले आफ्ना चित्रहरुमा प्रतिमा लक्षण र दर्शनको बढी महत्त्व दिएको पाउँछौँ।
उदयचरणका सुरुका चित्रहरुमा आनन्दमुनि र सिद्धिमुनि शाक्यको निकै प्रभाव देखिन्छ। त्येस्तै पौभा चित्रमा आनन्दमुनिले प्रयोग गरेको यथार्थवादलाई उदयले आफ्नो चित्रमा उच्च तहमा पुर्याएका छन्। सुरुका तेलचित्रमा अमर चित्रकारको प्रभाव भए पनि उनको चित्रमा पौभा चित्रमा हुनुपर्ने सबै गुण पाइन्छ। तेलचित्रमा पनि मिहिन काम, नेवारी आभूषणको प्रयोग, तोरण, वस्त्र, सिंहासन, पौराणिक जीवजन्तु इत्यादिलाई पनि वास्तविकता दिएर नयाँ शैली प्रस्तुत गरिएको छ।
विगतमा एउटै शैलीले पनि शताब्दीयौं लाग्नेमा हाल आएर थुप्रै स्थापित तथा नयाँ कलाकारहरुले आ-आफ्नै छुट्टै शैली निर्माण गर्न प्रयासरत रहेको पाउँछौँ। पुरानो शैली जगेर्ना गर्नेदेखि नयाँ शैली बिकास गर्ने सबैजसो कलाकारहरुले पनि नेवारी बुट्टाको प्रयोग गरिरहेका पाइन्छन्। नेपाली पौभा(थाङ्का )लेख्ने कलाकारहरुले रश्मि, वस्त्र, गहना इत्यादिमा सुनको प्रयोग तिब्बती शैलीबाट लिइएको पाइन्छ ।
चुनौती
१) सम्बन्धित क्षेत्रबाट पौभा(थाङ्का) र यससंग सम्बन्धित विषयमा खोज अनुसन्धान नहुनु।
२) व्यवस्थित ढङ्गले शिल्प हस्तान्तरण गर्न अध्ययन, अध्यापन नहुनु।
३) आफ्नो मौलिक कलालाई प्राज्ञिक क्षेत्रले सिर्जनशील नमानी हस्तकला मात्र ठान्नु र आफ्नो परम्परागत कला (पौभारथाङ्का)बारे नबुझ्नु।
४) राज्य वा सम्बन्धित क्षेत्रबाट हालसम्म पनि यसक्षेत्रमा समर्पित कलाकारहरुलाई पहिचान र यथोचित सम्मान नमिल्नु्र
५) पौभा(थाङ्का (परम्परागत चित्र) बारे राम्रो अध्ययन गरेका समिक्षक नहुनु।
६) पौभा(थाङ्का चित्रबारे अध्ययन गर्न नेपाली भाषामा लिखित पुस्तक, पत्रिकाहरु पर्याप्त नहुनाले विदेशीद्वारा प्रकाशित किताब र क्याटलगको भर पर्नुपर्ने बाध्यता रहनु्र
७) सम्बन्धित कलाकारहरुको मनोबल बढाउन पौभा(थाङ्का )कला र यसमा समर्पित कलाकार र पौभा(थाङ्का )कलाको प्रकृतिबारे लेखाजोखा अझैसम्म पनि नहुनु
सम्भावना
१) विधिवत् शिक्षामा प्रवेश नगरिकन कुनै पनि विषयको विकास हुन सक्दैन। नेपालमा परम्परागत चित्र अध्ययन गर्न हाल केहि वर्ष यता K.U ले पौभा चित्रलाई पनि आफ्नो पाठ्यक्रममा राखी अध्यापन सुरु गरेको छ । B.F.A को पाठ्यक्रम बनेपछि सिर्जना कलेजले पनि पौभा चित्रबारे अध्यापन सुरु गरेको छ । सिम्रिक एट्लिएरमार्फत लोक चित्रकार, संस्थागत एवं व्यक्तिगत तर्फबाट मुक्तिसिंह थापा, दीपक जोशी, उदयचरण श्रेष्ठ र अन्य कलाकारहरुले पनि प्रशिक्षन दिइरहनुभएको छ ।
त्यस्तै राष्ट्रिय सङ्ग्रहालय, छाउनीद्वारा आयाजित शैक्षिक कार्यक्रममा टेक्निक अफ पौभाकलाको विषयमा जानकारीमुलक प्रशिक्षन समय(समयमा दिइराखिएको छ । यसबाट थोरै भएपनि पौभाः कलाबारे नयाँ पिढीका भाइबहिनीहरुले जानकारी पाएका छन् ।
२) ललितकला विषय लिएर पढेका विद्यार्थीहरुको यस क्षेत्रमा प्रवेशले पनि पौभा(थाङ्का (परम्परागत चित्र ) कलाको विकासमा आशालाग्दो सम्भावना बोकेको छ।
३) हस्तकला महासंघद्वारा डिजाइन सेन्टर मार्फत शील्प विकासका लागि विभिन्न विज्ञ कलाकारद्वारा निरन्तर प्रशिक्षण दिनाले पनि यसको विकासमा टेवा पुगिरहेको छ ।
४) पौभा(थाङ्काको महत्त्वपूर्ण पक्ष दर्शन हो । यसको लागि संस्कृतको साधना मालालाई सचित्र नेपालीमा प्रकाशनको तयारी हस्तकला महासंघको कला तथा शिल्प विभागले गत वर्षदेखि नै सुरु गरिसकेको छ ।
५) विश्वोको ध्यान यो कलामा लाग्नाले पनि हाम्रो परम्परागत कलाले निरन्तरता पाइरहेकोमा प्राज्ञिक ढङ्गबाट अगाडी बढेमा यो कलाले अझै उचाइ हासिल गर्ने सम्भावना छ ।
६) नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानसहित विभिन्न सम्बन्धित सङ्घसंस्थाहरुले पौभा(थाङ्का (परम्परागत चित्र ) कलाको प्रदर्शनीको निरन्तरताले यसमा लाग्ने कलाकारहरुको हौसला बढ्ने र नयाँ कलाकारले नजिकबाट हेरेर सिक्ने अवसर पनि प्राप्त हुनेछ ।
थाङ्का चित्रका सम्बन्धमा
शुरुदेखि नै तिब्बतमा भारत र नेपालको प्रभाव देखिन्छ। तिब्बतमा १६ औँ शताब्दीसम्म प्रष्ट नेपाली शैलीले प्रभाव पारेको देखिए तापनि १४ औँ शताब्दीदेखि नै चिनियाँ प्रभावले दृश्यचित्रसहितको कलासिर्जना गर्ने क्रम थालनी भइसकेको थियो । ब्चजबत न्यउबपब ( १४ औँ, ब्चजबत ख्बजबखबकष्ल ( १५ औँ त्यस बेलादेखि वस्त्रहरुमा विशेषतः सुनका बुट्टाहरु लेखिनेमा बढी ध्यान दिइएको पाइन्छ । आभूषणमा नेवारी शैलीभन्दा फरक सरल डिजाइनमात्र प्रस्तुत गरिएको भेटिन्छ ।
त्यसैगरी, एउटै रंगको पृष्ठभूमिमा सुनले लाइन लिएर अलिअलि रङ्ग प्रयोग गर्ने शैली १४ औँ शताब्दीदेखि नै सुरु भएको पाइन्छ ।
Topographical Painting of Lhasa
(Hevajra with Entourage) चिल्ताङको प्रयोग १६ औँ शताब्दीमा (Arhat Gopaka and Abheda) मा केहि देखिए पनि स्पष्ट रुपमा १९ औँ शताब्दीको Topographical Painting of Lhasaमा पाइएको छ भने लोप्ताङको जबदेखि द्रिश्यचित्रहरु पृष्ठभूमिमा देखियो, त्यसबेलादेखि नै सुरु भएको पाउन सकिन्छ ।
चोप्ताङको कुरा गर्दा १७ औँ शताब्दीको सरस्वतीको चित्रमा प्रस्ट प्रयोग भएको देखिन्छ । हालका थाङ्का चित्रहरुमा पनि यिनै लोप्ताङ, चोप्ताङ, चिल्ताङको प्रयोग भएको पाउन सकिन्छ । वस्त्रहरुमा सुनले बुट्टा लेख्ने चलन पनि उत्तिकै राम्रा छन् । कुनै(कुनै चित्रमा रेखालाई प्रयोग नगरी वा अलि कम रेखा प्रयोग गरि थाङ्का चित्र बनाइएका छन् । तर, हाल आएर समकालीन पिधिका थाङ्का कलाकारहरु नेवारी शैलीका बुट्टाहरुबाट आकर्षित भई यो शिल्पको प्रशिक्षण लिई आफ्ना चित्रहरुको गुणस्तर वृद्धि गर्दै आइरहेको देखिन्छ ।
निष्कर्ष
निष्कर्षमा भन्दा परम्परागत मौलिकता बोकेको पौभा(थाङ्का चित्रकलाले आज प्रगतिको फड्को मार्न खोजेको त देखिन्छ तर यसकालागि आवश्यक गर्नुपर्ने कार्यहरु हुन सकिरहेका छैनन् । जस्तै परम्परागत कलाको विकास, संरक्षण, संवर्ध्दन, प्रचार(प्रसारलगायत राज्यले खेल्नुपर्ने भूमिका स्पष्ट रुपमा देखापर्न सकिरहेको छैन । यहाँनिर भन्नै पर्ने हुन्छ कि यस्तो अवस्थामा पनि हस्तकला महासंघ, ख्वप पौभा च्वमि पुच र निजी क्षेत्रबाट परम्परागत पौभाकला र कलाकारहरुको योगदानलाई कदर गर्दै आइरहेको छ । अहिले आएर नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानले यस कलाको महत्त्व बढाउन केहि कार्य थालनी गरेको छ। यसलाई सकारात्मक कार्य नै मान्नुपर्दछ ।
(प्रस्तुत लेख नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागद्वारा आयोजित कला गोष्ठीमा कलाकार पूर्ण प्रसाद ह्योजुद्वारा प्रस्तुत कार्यपत्र हो ।)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५