बिरामी बुबाले आफ्नो मृत्यू अगाडि छोरालाई बोलाएर हातमा लगाएको घडी फुकालेर दिंदै भने “यो २०० वर्ष पुरानो हो । यो घडी तिम्रो हजुरबुवाले परलोक जानु अगाडि मलाई दिनुभएको थियो । अब म तिमीलाइ दिनेछु तर यो तिमीलाई दिनु अगाडि पहिले घडी मर्मत गर्ने ठाउँमा जाऊ र यसको मूल्य सोधेर आऊ ।”
छोरा पसल तिर हिड्यो ,एक छिन पछि छोरो फर्केर आयो र निरास हुँदै भन्यो, “यसलाई त १०० रुपैयाँ मात्र पर्ने रहेछ किनकि यो निक्कै पुरानो रहेछ ।”
“ए होर !” बुवाले उत्तर दिनुभयो ।
त्यसोभए तिमी कफी सपमा सोधेर आऊ । छोरा एकछिन पछि फेरि फर्केर आएर भन्यो, “त्यहाँ त झन यस्तो थोत्रो घडिको के काम ? बरु कफि खान दिन्छु घडी छोडेर जाउ पो भन्यो ! ”
ल ठिक छ !
त्यसो भए तिमी संग्रहालय जाऊ र यसको मूल्य सोधेर आऊ । एक छिन पछि छोरो दङ्ग पर्दै आएर भन्यो,” त्यहाँ त यस घडीको मूल्य दश लाख रुपैयाँ पर्ने रहेछ !”
बाबुले घडी छोराको हातमा राख्दै भने “बाबु, देख्यौ ? सबैले सबै वस्तुको महत्व बुझ्न सक्दैनन् । त्यसैगरी सबैले सबै मान्छेको महत्व बुझ्न सक्दैनन् । ”
साभार
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५