• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

लकडाउन खुकुलो हुनु झन् जोखिम बढ्नु हो, थप अनुशासित हुनुपर्छ


सुभाय् संवाददाताJune 11, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

यलु जोशी
काठमाडौँ, जेठ २९ गते । बन्दाबन्दी खुकुलो भएसँगै कोरोना सङ्क्रमण (कोभिड १९) रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी रहेको जनस्वास्थ्यविद्हरूको सुझाव छ । दिनहुँ कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा हरेक मानिसले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बनाउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘बन्दाबन्दी खुकुलो गर्नुको अर्थ सङ्क्रमण नियन्त्रण भएको पक्कै पनि होइन । बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमितको सङ्ख्या बढ्नेछ तसर्थ हामी नागरिक थप सतर्क भएर आफ्नो काम गर्नुपर्छ ।’
जनस्वास्थ्य विज्ञ इशा कर्माचार्यले पनि लापरबाही गरेर सङ्क्रमण बढेमा फेरि बन्दाबन्दी गर्नुपर्ने अवस्था आउनसक्ने भएकोले हामी अनुशासित भएर कोरोनासँग लड्नुपर्ने सुझाव दिनुहुन्छ ।
बन्दाबन्दी गर्नुभन्दा खोल्नु जोखिमयुक्त काम भएकोले यसको पालना गराउँदा सम्झौताहीन बन्नुपर्ने र पीसीआर टेस्टको दायरा धेरै बढाउनुपर्ने सुझाव विज्ञहरू दिन्छन् । कोरोना सङ्क्रमणको खोप बनेको छैन, सानो लापर्वाहीले हाम्रो परिवार, आफन्त तथा समुदायमा गम्भीर असर पर्न सक्छ भन्ने कुरा सबैले सम्झनुपर्छ ।
कोरोना सङ्क्रमणको प्रमुख रोकथाम व्यक्तिगत दूरी भएको कारण घरबाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा हरेक ठाउँमा छ फिटको दूरी कायम गर्नुपर्ने सुझाव डा. पाण्डेले दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कोरोना सङ्क्रमण सर्ने सबैभन्दा खतरनाक ठाउँ भिडभाड हो । त्यसैले भिडमा झुक्किएर पनि नजानुहोला । भौतिक दूरीको मूलमन्त्र कहिले पनि बिर्सनु हुँदैन ।’
पोषणविद् डा. जया प्रधानले पनि बन्दाबन्दी कोरानाको विकल्प नभएकोले आफूमा रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने जानकारी दिनुभयो । जबसम्म यसको खोप बन्दैन, तबसम्म आम जनताले नै आफू सुरक्षित हुने उपाय अपनाउनुपर्ने सुझाव दिनुभयो ।
उहाँले बन्दाबन्दी खुकुलो भए पनि अत्यावश्यक कामबाहेक अरु समयमा घरमै बस्नुपर्ने सुझाव दिँदै सन्तुलित भोजन खानुपर्ने तथा भिटामिन डी, सी, तथा फाइबरयुक्त खाना खानुपर्ने पनि जानकारी दिनुभयो ।
उहाँका अनुसार रोगसँग लड्ने क्षमता बढाउन ताजा र पोषिलो खाना, खानामा मरमसला र जडीबुटीको प्रयोग, गुर्जो, तुलसी, बेसार, अश्वगन्धा मिश्रित चिया पिउनुपर्ने, प्रशस्त पानी, व्यायाम, योग, ध्यान, सङ्गीत, लेखन, पठन, प्रवचन श्रवण, तनाव न्यूनीकरण आदिबाट आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
प्रतिरोधात्मक क्षमता बढेमा कोरोना मात्र हैन, अन्य धेरै रोगबाट पनि बच्न सकिने डा.प्रधानको भनाइ छ ।
जनस्वास्थ्य विज्ञ डा. पाण्डेले घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कटनको २ पत्रे मास्क उचित तरिकाले लगाउनुपर्ने तथा घरमा आएपछि त्यो मास्कलाई धोएर सुकाउने वा घाम र हावा भएको ठाउँमा राख्नुपर्ने जानकारी दिनुभयो ।
मास्कले नाक र मुखमा एयर टाइट हुने गरी छोप्नुपर्ने तथा प्रयोग गरेको मास्क बाटोमा फाल्न नहुने पनि बताउनुभयो ।
बाहिर निस्कनुपरे चस्मा र पञ्जाको प्रयोग गर्नुपर्ने सुझाव दिँदै हरेक वस्तु छोएपछि साबुनपानी वा ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।
डा. पाण्डेका भन्नुहुन्छ, ‘सार्वजिक यातायातमा सङ्क्रमण सर्ने जोखिम हुने भएकोले छोटो दूरीमा पैदल हिँड्ने बानी गर्नुहोला । खोकी लागेमा, हाच्छ्यूँ आएमा, रुघा लागेमा तथा ज्वरो आएमा निको नहुने बेलासम्म घरबाहिर नजानुहोला ।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बन्द कोठामा भाइरस लामो समयसम्म रहेने भएकोले आफूले काम गर्ने र गराउने ठाउँमा भौतिक दूरी कायम गर्नुको साथै सरसफाइ तथा भेन्टिलेसनको व्यवस्था मिलाउनुपर्ने जानकारी दिनुभयो ।
उहाँले सानोतिनो समस्या भएमा अस्पताल जान आवश्यक नभएको बताउँदै घरेलु तथा प्राथमिक उपचार गर्न सुझाव दिनुभयो । कोभिड १९ तथा बन्दाबन्दीको कारण धेरैले मानसिक समस्याको सामना गर्नुपरेको हुनाले यसको चुनौतीलाई स्वीकार्नुपर्ने उहाँको सुझाव छ ।
डा. शाक्यले चुनौतीलाई व्यवस्थापन गर्ने तथा सानो उपलब्धीमा पनि सन्तोष मान्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । ‘कोभिडपूर्वको अवस्थासँग तुलना गर्यो भने तनाव थप्ने काम हुन्छ । यो नयाँ युगलाई शून्य मानेर काम गर्यौँ भने तनाव हुँदैन ।’ उहाँले प्रष्ट पार्नुभयो । डा. शाक्यले कुनै व्यक्तिसँग प्रतिस्पर्धा, रिस, मनमुटाव, नकारात्मक धारणा तथा बेइमानी गर्न नहुने पनि सुझाव दिनुभयो ।
‘कोरोनाका कारण मात्र मृत्यु हुनेको सङ्ख्या अत्यन्तै कम छ । तसर्थ हामीले हाम्रा रोगहरू पत्ता लगाएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
(गोरखापत्र अनलाइनको सहयोगमा )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑