• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 11, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  विचार

भेरीमा बगेरको प्रेमको अंकुर


सुभाय् संवाददाता June 1, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

दीपक विश्वकर्मा 

सामाजिक कानुनको रुपमा खडा गरिएको जात ब्यवस्था कालान्तरमा संस्कृति बन्न पुग्यो । यो संस्कृति पछि सामाजिक हैकमको माध्यम बन्यो । राज्यसत्ता जहिल्यै शक्तिको हातमा केन्द्रित हुन्छ । शक्ति जहिलेपनि आफ्नो पक्षधरतामा टिकेको हुन्छ । सोही पक्षले आफ्नो सामाजिक स्रोत माथिको पकडलाई चिरस्थायी बनाएर राख्न विविध सामाजिक इकाईहरुको गठन गर्दछ । राजनीतिकशास्त्रमा ती इकाइहरुलाई एजेन्सी भनिन्छ । यी इकाइहरुमा धर्म, कानुन, रीतिरिवाज, सेना, पुलिस, प्रशासन आदि पर्दछन् ।
जब कुनै परम्परा संस्कृति बन्दछ, त्यसको परिवर्तन हुन लामो समय लाग्दछ । बाहुनको आगनको डिलमा गएर बस्नु, क्षेत्रीको घरमा गएर खाएको भाँडा माझ्नु, दमाई कामीको भान्सामा प्रवेश गर्न नसक्नु संस्कृतिका रुप हुन् ।
यस किसिमको संस्कृतिको निर्माणकाल हजारौ वर्षको रहेको छ । केही विद्धानहरुको तर्क छ, मनुस्मृतिमा कार्य विभाजन मात्र छ । तर त्यसमा जात ब्यवस्था छैन । फल्ना जातिले फल्नै काम गर्नु पर्छ भन्ने लेखिएको छैन । अध्येताहरु भन्छन्, विश्वामित्रको असली रामायाणमा सम्बुकको प्रसंग नै छैन । पछि कर्मकाण्डी ब्रह्माणहरुले आफ्नो स्वार्थलाई स्थापित गर्न सम्बुकको काल्पनिकी खडा गरे र कर्मबीरहरुलाई बौद्धिकताको क्षेत्रबाट अलग गरे ।
यिनै बहिष्करण, अलगावको कारणले जातपातको पर्खाल खडा हुँदै गयो । १४ औ सताब्दीको जस्थितिको समाजब्यवस्था, बि.सं. १९१० को जंगबहादुर कुँवरको पहिलो मुलुकी ऐन र त्यसपछिका बन्दै गरेका सामाजिक प्रतिबन्धहरुले बिबाहजस्तो जैविक आवश्यकताको कुरालाई पनि जातमा परिणत गर्दै लगे । यसैको फलस्वरुप कसले को संग बिबाह गर्ने, को संग बिबाह ग¥यो भने कस्तो सजायँ हुने भन्ने कुराहरु कानुनको रुपमा आए । अन्तरजातीय बिबाह बिरुद्ध कठोर कानुनहरु बने । हो, तिनै कठोर कानुनहरु राजा महेन्द्रको नयाँ मुलुकी ऐन, ४८ सालको कथित जनपक्षीय संबिधान र ६८ सालको जातीय कसुर तथा सजायँ ऐन लागु हुँदा समेत जातीय विभेदका स्वरुपहरु जस्ताको तस्तै छन् ।
राजनैतिक सत्ता मात्र परिवर्तन भएर केही नहुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण तत्कालिन फोक्सिङ्ग र रुकुममा घटनाहरुले छर्लङ्ग भएको छ । एकाध बिबाह, माया प्रेमका घटनाहरु सफल भएका छन् भन्दैमा प्रेम बिबाह र मायाप्रेम सफल भएका छन् भनेर भन्न सकिने अवस्था रहेको छैन । घरजम भयो भन्दैमा, ढेगभेट दिएभन्दैमा, जायजन्म र घरमाइत आइजाइ भयो भन्दैमा अन्तरजातीय बिबाहलाई सफल मान्न सकिन्न ।
सफलताको परिभाषा समग्रतामा गर्नुपर्ने हुन्छ । केटाको घरले, केटीको माइतीले भित्र्याए वा ढोगभेट दिएभन्दैमा यस्तो किसिमको बिबाह सफलताको सूचिमा पर्न सक्दैन । सफलताको प्रत्याभूत त तब हुन्छ, जब ती बैबाहिक जोडीको, उनीहरुबाट भएका सन्तानहरुको सामाजिक स्वीकार्यताको सिमारेखा कोरिन्छ । सन्तानहरु मामा घरमात्र गएर भएन, मामाघर तर्फका आफन्तहरुको हर सामाजिक, हर धार्मिक, हर सांस्कृतक तथा सामाजिक कार्यक्रममा मनमा कुनै सन्देह नबोकेर सामेल हुनसक्ने परिस्थिको सिर्जना हुनु प¥यो ।
संक्षेपमा भन्नु पर्दा अन्तरजातीय प्रेम र बिबाह सफलताको सूचिमा समावेस हुन लायक अवस्थाको सिर्जना भएको छैन । यसो भन्दैमा के आजको २१ औं सताब्दीको समयमा पनि यसलाई असफलताको अदृष्यभयको हौवा खडा गर्दै इन्कार मात्र गरिहने त ? यो भने हुन सक्दैन । समाज रुपान्तरको यो एक प्रकारको प्रशव पीडा हो । यो प्रशव पीडाले नयाँ संस्कृतिको जन्म पक्कै पनि दिने छ । संस्कृतिको सो नवअंकुरलाई मलजल गर्ने कार्य भने राज्यसत्ताका हो ।
कैफियत यहि निर छ । त्यो कैफियत भनेको सत्ता कसको हातमा रहेको छ भन्ने हो । बिडम्बना आजको सत्ता कथित कम्युनिष्टको नामका ब्रह्माणवादी शासकहरुको हातमा छ । यसै कारणले पनि अन्तरजातीय माया, प्रेम र बिबाहको पबित्रताले भेरी नदीमा बगिरहनु परेको छ ।
२०७७ जेष्ठ १९

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑