• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 30, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

कोभिड-१९ बाट मृत्यु भएकी महिलाको शव कसैले लैजान नमानेपछि हामीले बोक्यौं’


सुभाय् संवाददाता May 17, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

कोभिड-१९ का कारण निधन भएकी महिलाको शव उठाउन कसैले पनि हिम्मत नगरेपछि भक्तपुर अस्पतालमा खटिइरहेको ‘आरएनए-१६’का दुई युवाले शव व्यवस्थापन गरेका थिए।

काठमाडौं/ विश्व्यापी महामारीको सन्त्रास नेपालमा पनि फैलिन थालेपछि अरुण सैंजुको बास नै भक्तपुर अस्पतालमा हुन थालेको छ। १२ वैशाखबाट उनी २४ घण्टै अस्पतालमा रहने गरेका छन्। कोरोना संक्रमितलाई ल्याउने, पुर्‍याउने एवं संकलित स्वाब टेकु अस्पताल पुर्‍याउने, ल्याउने गर्छन्।
३ जेठको दिउँसोपख पनि अरुण सैंजु भक्तपुर अस्पतालमै थिए। त्यहीबेला उनलाई नेपाली सेनाका एक अधिकृतको फोन आयो, “अरुण जी कुनै पनि एम्बुलेन्स वा शव बाहकले कोरोनाको संक्रमणबाट ज्यान गुमाएकी महिलाको शव लैजान मानेनन्, तपाईं तयार हुनुपर्‍यो।”
उनले साथी राजेश गाइजुलाई तयार पारेर तुरुन्तै काभ्रेस्थित् धुलिखेल अस्पताल पुगे। त्यहाँबाट कोभिड-१९ का कारण ज्यान गुमाएकी पहिलो संक्रमितको शव बोकेर पशुपति आर्यघाटतिर लागे। यसअघि उनीहरूले दुई जना कोरोना संक्रमितलाई बोकिसकेका थिए। जसले गर्दा पनि उनीहरूलाई कुनै डर लागेन।
“कोरोना संक्रमित महिलाको निधन भएको त थाहा पाएका थियौं। हामी पनि महामारीविरुद्धकै अभियानमा थियौं। त्यही बेला आर्मीका एक जना अधिकृतले फोन गरेर शव कसैले पनि लैजान नमानेको कुरा गर्नुभयो। हामी दुई जना तयार भएर तुरुन्तै अस्पताल पुग्यौं। र, शवलाई प्रोटोकल अनुसार राखेर पशुपति गयौं”, अरुणले देखापढीसँग भने।
उनीहरूले आफ्नै गाडीमा शव राखेर ल्याएका थिए। मृतक महिलाका श्रीमान भने अर्को गाडीमा थिए। शव व्यवस्थापन निर्देशिका अनुसार उनले छुन त पाएनन् टाढाबाटै हेरेर रुँदै आर्यघाटसम्म पुगे। “आफ्नै जीवनसाथीको निधन हुँदा पनि छुन समेत नपाएको उनको हेराई र रुवाईबाट झल्किन्थ्यो”, राजेशले भने।
शव उठाउनुअघि उनीहरू दुवै जनाले डबल पीपीई सेट, मास्क, पञ्जा, बुट जुत्ता लगायतका सावधानी अपनाएका थिए। शव व्यवस्थापन गर्नका लागि भक्तपुरको महावीर गणबाट तालिम लिएका थिए। तालिममा शवलाई प्लास्टिकमा बेर्नेदेखि गाडीमा राखेर निश्चित क्षेत्रसम्म पुर्‍याउनेबारे सिकाइएको थियो। त्यही ज्ञान शव उठाउँदा उपयोग गरे।
“नेपाली सेनाबाट हामीले कोरोना सम्बन्धी तालिम लिएका थियौं। विभिन्न चरणमा गरेर संक्रमितको कसरी उद्धार गर्ने, संक्रमितको मृत्यु भएमा कसरी शवको व्यवस्थापन गर्ने लगायतका तालिम नेपाली सेनाले दिएको थियो”, अरुणले भने।
त्यही तालिमका आधारमा उनीहरूले आफ्नो निजी गाडीलाई समेत कोरोना महामारीका लागि प्रयोग गरेका थिए। शवको व्यवस्थापनमा खटिँदा उनीहरूले एक अर्काको हेरचाह समेत गर्दै आएका थिए।
“मैले कहिँकतै सावधानी अपनाउनमा त कमि गरेको छैन भनेर राजेशले केयर गर्‍यो, मैले उनलाई गरेँ। जसले गर्दा हामीले सहज ढंगबाट पहिलो कोरोना संक्रमणबाट ज्यान गुमाएकी महिलाको शव आर्यघाटसम्म लग्यौं”, अरुणले भने।
‘आरएनए-१६’ प्रमुख समेत रहेका अरुणले विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएर काम गरिरहेको बताए। कोरोना महामारी रोकथाम तथा नियन्त्रणसम्बन्धी समेत तालिम लिएर उनीहरू काम गरिरहेका छन्। यो अवधिमा उनीहरूले शंकास्पद बिरामीका ओसारपसार, संकलन गरिएको स्वाब प्रयोगशालामा लैजाने/ल्याउने मात्र नभएर कोभिडबारे जनचेतना समेत फैलाउँदै आएका छन्।
यो विश्वव्यापी महामारीका बेला भक्तपुर जिल्लामा ४ जनाको टोली सक्रिय भएर लागेको छ। शव व्यवस्थापन गरेका दुई जना क्वारेन्टाइनमा छन् भने बाँकी सबै भक्तपुर अस्पतालमा छन्।
अस्पतालकै छेउमा टेन्ट नै टाँगेर बसेका उनीहरू कोरोना महामारीका बेला रातदिन सक्रिय भएर कामगरिरहेका छन्।
कसरी जन्मियो ‘आरएनए-१६’?

‘आरएनए-१६’ न कुनै सरकारी निकाय हो, न यो गैरसरकारी संस्था हो। यो त केवल ठूल्ठूला विपत्ति पर्दा सक्रिय हुने युवा दस्ता हो।
२०७२ सालको महाविनाशकारी भूकम्पका बेला घाइतेको उद्धार गर्नका लागि खटिएका युवाहरूले नै यो संस्थाको स्थापना गरेका थिए। उनीहरू जब जब देशमा ठूला विपत्ति आइलाग्छ त्यो बेला सक्रिय हुन्छन्। वर्षायाममा तराईमा जाने बाढीका बेला समेत यो दस्ता राहत तथा उद्धारमा सक्रिय भएको थियो।
भूकम्पका बेला रातदिन जसरी उद्धार तथा राहत वितरणमा लागे त्यहीबाट उनीहरूको आफ्नो समूहको नाम नै ‘आरएनए-१६’ अर्थात ‘रेस्क्यु एन्ड अवेर्नेस १६’ राखे।
आगलागी, भूकम्प, पहिरो, बाढी लगायत विपद्‌मा सक्रिय हुने गरेको या समूह हाल कोरोना सम्बन्धी जनचेतना जगाउने र बिरामीहरूको उद्धार र परीक्षण गराउन सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ।
उक्त समूहमा रहेको गाडीलाई व्यवस्थित गरेर बिरामी तथा शव बोक्ने बनाएका छन्। नेपाली सेनाले नै उनीहरूको गाडीलाई बिरामी र शव बोक्न प्रयोग गर्न मिल्ने बनाएको थियो। अहिले पनि यो समूह सेनाकै समन्वयमा चल्छ।
“हामी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्छौं। त्यो भन्दा पहिला हामी आफैं कतिको सुरक्षित छौं त्यो चेक गर्छौं”, राजेशले भने।
साभार देखापढी.कम

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य
  • जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल
  • संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    नाडा अटो शो २०२६ सम्पन्न

    नेवाः न्ह्यलुवा मल्ल के. सुन्दर ज्याझ्वलय् मू पाहाँ मजुइगु

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑