• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

शंखधरको सम्मान


सुभाय् संवाददाताOctober 29, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

 

मल्ल के. सुन्दर

बौद्ध साहित्यमा यो एउटा अत्यन्त चर्चित जातक कथा हो। प्राचीन नेपालमण्डल क्षेत्रभित्रका एकजना राजकुमारले आफ्ना दाजुहरूसँग जंगलतिर घुम्न जाँदा एक बघिनी र उसका बच्चाहरूलाई भेट्टाउँछ।
बघिनी अत्यन्त अशक्त र उसका डमरुहरू भोकले छटपटिएर मरणासन्न अवस्थामा थिए। राजकुमार आफ्ना दाजुहरूलाई राजदरबारतर्फ फिर्ता पठाएर आफू एक्लै त्यहीं बसे र उक्त बघिनी र उसका बच्चाहरूअगाडि लुगा खोलेर नांगै भए। तर तिनले राजकुमारलाई आक्रमण गरेनन्, टोलाएर मात्र बसे। स्थिति बुझेर राजकुमार आफैंले तरबारले आफ्नो शरीर काटेर मासुका चोक्टा निकाल्दै भोकाएका बघिनी तथा उसका बच्चाहरूलाई दिए। पछि उनी बुद्धको पूर्वजन्मको एक बोधिसत्व महासत्वका रूपमा चिनिए। उक्त जातक कथाका राजकुमार काभे्र पनौती नगरको भएको वर्णनमा उल्लेख छ। जहाँ उनले आफ्ना शरीर दान गरे, त्यहाँ पवित्र बौद्ध तीर्थस्थलका रूपमा नमरा(नमोबुद्ध)ले प्रसिद्धि कमाएको छ। जुन काभ्रेमै पर्छ।
नेपालले अन्तर्रा्ष्ट्रिय जगत्सामु प्रस्तुत गर्न सक्ने अर्का आदर्श पुरुष हुन्– शंखधर। समाजमा यातना, पीडा र उत्पीडनमा परेका जनताको मुक्तिका लागि शंखधरले आफ्नो निजी सम्पत्ति लगाएर निर्वाह गरेको उदाहरणीय भूमिकाका सम्बन्धमा नेपाल सरकारले विश्व जगत्लाई जानकारी गराउन सक्नु आजको मुख्य आवश्यकता हो।
यस जातकका दुई विशेषता छन् – प्रथमतः पाली साहित्यमा पाइने सयौं बौद्ध जातक कथामा यो समावेश छैन। पाली जातकभन्दा यो अत्यन्त मौलिक र विशिष्ट खाले छ। दोस्रो कुरा, अन्य अधिकतर जातक कथा प्राचीन भारतवर्षको जनजीवन तथा भौगोलिक पृष्ठभूमिमा तयार गरिएका छन्। तर महासत्व जातक कथा नितान्त नेपालको जनजीवन, भूगोल र सामाजिक परिवेशमा आधारित छन्।
निर्वाण प्राप्तिको मार्गमा बौद्ध धर्मको विनयअन्तर्गत जुन १० पारमिताको चर्चा गरिन्छ, त्यसमा दान पारमितालाई शीर्ष स्थान दिइएको छ। राजकुमार महासत्वको त्यो कार्य पनि दान परिमिताअन्तर्गत एक उत्कृष्ट दृष्टान्त हो। कालान्तरमा दान पारमिताको यस खाले संस्कारले नेपालमण्डलभित्रको समाजमा अत्यन्त गहिरो प्रभाव छाड्यो। यहाँका रीति, परम्परा, संस्कृति, जात्रा, पर्वमा पनि यसको आफ्नै खाले प्रतिविम्ब रह्यो। सामुदायिकता, सामाजिक सहयोग अनि जात्रा, पर्व, चाडमा सबैको सहभागिता एउटा जीवन पद्धतिजस्तै बन्यो। पञ्चदान, सम्यक् महादानजस्ता दान पारमिताका बृहत् स्वरूपका गतिविधि अझै यहाँ जारी छन्।
आफ्नै उद्यम र परिश्रमबाट आर्जन गरिएका सम्पत्ति भए पनि त्यसको प्रयोजन लोकहितार्थ हुनुपर्छ भने मान्यता प्रबल थियो, त्यतिखेरका रैथानेमाझ। सम्भवतः यिनै दान परिमिताको चेतबाट अभिपे्ररित सिंहसार्थवाहले आफ्नै श्रीसम्पत्ति लगाएर काठमाडौंको ठमेलमा सिंहकल्पनगर बसाले। अनि त्यहीं ऐतिहासिक विक्रमशील महाविहार निर्माण गर्न लगाए। जुन अत्यन्त कलात्मक र प्रसिद्ध छ।
तिब्बततिरकै बन्दव्यापारबाट धनी बनेका केशचन्द्रले काठमाडौंकै इटुंबहालमा अपार धन खर्चिएर केशचन्द्र पारवर्त महावीर खडा गरे। पाटनका रुद्रवर्ण महाविहार, (उकु बहाल), राजा शिवदेवले निर्माण मात्र गरेनन्, आफैं पनि त्यसै विहारबाट बौद्ध प्रवज्जित भए। बौद्ध दर्शनअनुसार जीवनको अनित्यतामा आस्था राख्दै भौतिक सुख, सुविधाप्रति वितरागी बनेर निजी सम्पत्ति समाज तथा आफन्तजनको सेवाका लागि होस् भनेर दान पारमिताको भावनाले पाटी, पौवा, सत्तल, कुवा, ढुंगेधारा निर्माण गर्न लगाउने त्यसबेलाको एउटा परम्परा नै रह्यो। लोककल्याणको भावना तात्कालीन समाजको एउटा
मूल प्रवृत्तिका रूपमा स्थापित थियो। त्यसमध्ये एउटा विशिष्ट उदाहरण र तात्कालीन समाजको आदर्श पात्र रहे– शंखधर साख्वाल। शंखधर साख्वाल, जसले आफूले आर्जन गरेका सम्पूर्ण सम्पत्ति लोककल्याणका लागि समर्पण गरे। त्यतिखेर गरिबी, अभाव र ऋण तथा शोषणको मारमा परेका समुदायलाई त्यसबाट मुक्त गराए। नयाँ जीवन दिए, उन्मुक्तिको बोध गराए। त्यसैको स्मरणमा देशमा एउटा नयाँ संवत् सुरुवात गरियो– नेपाल संवत्। सारमा नेपाल संवत् अनि शंखधर साख्वाल लोककल्याणकारी कर्मको एउटा अति विशिष्ट दृष्टान्त हुन्। जसमा अहं, स्वार्थ र व्यक्तिगत मोहको कुनै विम्ब थिएन। सम्भवतः त्यसैको कदरस्वरूप शंखधर साख्वाललाई नेपाल सरकारले राष्ट्रिय विभूतिको सम्मान दिएको छ। अनि नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान गरेको छ।
अहिले हरेक वर्ष नेपाल संवत् सुरु हुने दिनले महोत्सवको रूप लिने गरेको छ। त्यस अवसरमा आयोजना गरिने सभा–समारोहमा सरकार प्रमुखदेखि राजनीतिक दलका नेताहरूसम्म उपस्थित भएर शुभकामना आदानप्रदान गर्ने सुखद परम्परा बसेको छ। स्वाभाविक रूपमा यतिखेर नेपाल संवत्को महŒववारे चर्चा गरिन्छ, शंखधरको योगदानलाई सम्झने गरिन्छ। तर ती सबै कुरा बिस्तारै कर्मकाण्डीय बनेर खुम्चिँदै गएका छन्।
शंखधर साख्वाल, जसले लोक कल्याणको मार्गमा अद्वितीय भूमिका निर्वाह गरेर गए। व्यक्तिको जीवनको सार्थकता भनेको अरूको दुःख निवारण, पीडितको कल्याण, रुग्ण मानिसहरूलाई समस्याबाट मुक्त गर्नु हो भनेर बुझे÷बुझाए। ११ सय वर्षअगाडि शंखधरले समाज कल्याणको, लोक उद्धारको जुन बाटो रोजे, त्यो सानो कुरा थिएन। वास्तवमा त्यो एउटा उनले समाजमा स्थापना गर्न खोजेको मूल्य–मान्यता थियो। मिथक साहित्यमा, लोकाख्यानमा अनि धार्मिक ग्रन्थहरूमा यस खाले अनेक दानी पात्रको प्रसंग भेटिन्छन्। तर जीवित ऐतिहासिक पात्रका रूपमा शंखधरजस्तो चरित्रको उपस्थिति विरलै होला।
लोक कल्याणकारी कार्यको परम्परा बसालेको प्रमुख संस्था हो– रेडक्रस सोसाइटी। जनेभामा स्थापित यस अन्तर्रा्ष्ट्रिय अभियानको इतिहास इस्वीको १८६३ पछि मात्र सुरु हुन्छ। रोटरी क्लबको अस्तित्व त सन् १९०५ फेबु्रअरीमा प्रादुर्भाव भएको हो। जेसिज त त्यो भन्दा पछाडि १९१५ अक्टोबर १५ मा मात्र देखा प¥यो।
शंखधर कुनै शासक, राजघराना, शक्तिशाली पद धारण गरेका व्यक्ति थिएनन्, उनी त अत्यन्त साधारण नागरिक, एउटा व्यापारी थिए। तर उनले रोजेको बाटो मानव समाजकै लागि अनुकरणीय बन्यो। नेपाल र नेपालीका लागि मात्र होइन, विश्वकै लागि उनी पे्ररणाका प्रात्र हुन्। दुःखको कुरा, हामीले शंखधरलाई समाजमा, मुलुकमा अनि अनि अन्तर्रा्ष्ट्रिय जगत्मा सही रूपमा प्रस्तुत गर्ने प्रयासै गरेका छैनौं। शंखधरको व्यक्तित्व र कृतित्व सम्बन्धमा केही उजागर गरेका छैनौं। यसमा राज्यको भूमिका शून्यप्रायः छ।
बुद्धका सम्बन्धमा पनि विश्वसामु नेपाल राज्यको प्रस्तुति सन्तोषजनक रहेन। बुद्ध, बुद्ध जन्मस्थल लुम्बिनी अहिले एक प्रकारले अर्थ उपार्जनका स्रोत बन्ने सम्भावना देखेपछि राजस्व वृद्धिको मोहमा सरकारले अलिक जाँगर देखाउन थालेको छ। राज्यस्तरको थोरै मात्र प्रयत्नले पनि नेपालका बुद्धले संयुक्त राष्ट्रसंघ परिसरमा स्थान पाएका छन्। बुद्धको आदर्श र सिद्धान्तबाट अभिपे्ररित भएर राष्ट्रसंघले बुद्ध जयन्तीलाई विश्व शान्ति दिवसका रूपमा मान्यता दियो।
नेपालले अन्तर्रा्ष्ट्रिय जगत्सामु प्रस्तुत गर्न सक्ने अर्का आदर्श पुरुष हुन्– शंखधर। समाजमा यातना, पीडा र उत्पीडनमा परेका जनताको मुक्तिका लागि शंखधरले आफ्नो निजी सम्पत्ति लगाएर निर्वाह गरेको उदाहरणीय भूमिकाका सम्बन्धमा नेपाल सरकारले विश्व जगत्लाई जानकारी गराउन सक्नु आजको मुख्य आवश्यकता हो। त्यसका लागि अहिले उपयुक्त समय आएको छ। राष्ट्रसंघले आज अंगीकार गर्दै गरेको मानवतावादी सिद्धान्त वास्तवमा शंखधरले उहिल्यै स्थापना गर्न खोजेका मूल्य–मान्यताकै निरन्तरता हो। नेपाली भूमिमा जन्मेका भए पनि उनी विश्वकै मानवका लागि पे्ररक पात्र हुन्। हामीले उनीबारे सही रूपमा अन्तर्रा्ष्ट्रिय मञ्चमा पैरवी गर्न सक्नुपर्छ। समाज सेवा र लोक कल्याणका मामिलामा शंखधर अन्तर्रा्ष्ट्रिय जगत्मै एक अग्रणी व्यक्तित्व ठहरिन सक्छन्। यसो हुन सकेमा शंखधरप्रति सम्मान मात्र हुँदैन, अन्तर्रा्ष्ट्रिय जगत्मा नेपालकै प्रतिष्ठा उच्च हुनेछ।

source:nagariknews

सम्बन्धित पोस्ट
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑