राजेन मानन्धर
एकातिर आगो बलिरहन्छ, रगत बगिरहन्छ, दिनदिनै आन्दोलन पनि भइरहन्छ । प्रदर्शन, गोष्ठी वा अन्तरक्रिया भएका समाचार पनि सुनिन्छ । अर्काेतिर धेरैजसो मानिस समाचार मात्रै सुन्दै बसिरहन्छन्, मूक दर्शकका रुपमा ।
उता सडकमा आफ्नो पहिचान र अधिकारका लागि उत्रेका जनतामाथि गोली दागिएको समाचार समेत देखिन्छ, यता राजधानीमै बस्ने नेवारहरु आफ्नो घर छाडेर सडकसम्म निस्केको देखिएन । यो यथार्थ आजको दशकको हो, दुई तीन दशकको इतिहासको कथा होइन ।
त्यसो त आज पनि यहाँ मानिसहरुलाई २०४६ सालको आन्दोलनमा नेवारहरुले गरेको संघर्षको कथा सुनाउन पुगेको छैन । हिजो त्यो एउटा सत्य थियो, तर आजको यथार्थ के हो भने काठमाडौंका नेवारहरु आन्दोलित छैनन् । यहाँका नेवारहरु कुनै पनि आन्दोलनको सडकमा छैनन्– न भाषिक अधिकारको आन्दोलनमा, न धर्म निरपेक्षताको आन्दोलनमा, न जातीय पहिचानसहितको संघीय राज्यको आन्दोलनमा । सडकमा देखिने आन्दोलनकारी जनजाति, दलित र धर्मावलम्बीहरुको एउटै प्रश्न — खै, नेवारहरु कहाँ छन् ?
नेवारहरुलाई फुर्सद छैन भनौं भने जात्रापर्वमा र भोजभतेरमा उनीहरुको त्यतिकै उत्साहजक उपस्थिति हुन्छ तर अधिकार माग्ने ठाउँमा भने पुग्दैनन् उनीहरु । अनुसन्धानको विषय हुनुपर्ने भएको छः आजका नेवारहरु किन र कसरी यथास्थितिमा रमाउने र प्रतिगमनको पृष्ठपोषक हुन पुगे ?
आफ्नो नाकैमुनि त्यस्ता नेपालीहरुले दिनहुँ आन्दोलनको नेतृत्व गरिरहेका छन् जसले पच्चिस वर्षअघिम्म अधिकार माग्न पनि जानेका थिएनन् । आज त उनीहरुलाई अधिकार मागेर मात्र पाइँदैन रहेछ भन्ने दिव्य ज्ञान पनि थाहा भइसक्यो, तर यता नेवारहरु भने अधिकार माग्न पनि हिच्किचाउँदै छन् ।
एउटा दृश्यः गत भाद्र २० गते ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको भवनमा प्रादेशिक मोर्चाहरुले संयुक्त रुपमा ‘संविधान संशोधनमा प्रादेशिक मोर्चाहरुको चासो’ विषयक अन्तत्र्रिmया गरे । लगभग पाँच सय जनाको हाराहारीमा विभिन्न जिल्लाका पहिचान पक्षधरहरुको बलियो उपस्थिति भयो । उपेन्द्र यादव, महन्त ठाकुर र कुमार लिङदेनलगायतका नेताहरुले अहिलेको अवस्थामा पहिचान पक्षधरले अझ आन्दोलन गर्नुपर्ने आवश्यकता आंैल्याए । तर त्यहाँ नेवारहरुको उपस्थिति शून्यप्रायः थियो ।
लेखकलाई सम्झना भयो, गत साउन ११ को साँझ नयाँ बानेश्वरको खुला बाटोमा जनजातिहरुको धर्ना कार्यक्रम सकिएको थियो । त्यहाँ नेवाः स्वायत्त राज्य संघर्ष समितिका अध्यक्ष राजभाइ जकःमि र नेवाः संघया अध्यक्ष मनराजा शाक्य दुई जनाले भुइँमा ओछ्याइएको रातो झण्डा र नेवाः स्वायत्त राज्य मंकाः समितिको ब्यानर (विशेष कारणले त्यसमा संघर्ष समिति लेखिएको थिएन) एक एक वटा भुइँबाट उठाए, टकटक्याए र पोको पार्दै फर्के, त्यहाँ अरु नेवारहरु एक दुईजना मात्रै थिए । यही हो नेवार नेतृत्व र आन्दोलनको यथार्थ– गुलियो, पिरो वा टर्रो भए पनि ।
पन्ध्र सोह्रवटा पार्टीका भ्रातृ संस्थाहरु र जुझारु भनेर चिनिने संस्थाहरु मिलाएर बनाइएको नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति पनि ठूला पार्टीका खेलौना मात्र भए । काम गरेर भन्दा पनि काम नगरेरै चर्चामा आउने नेवारहरुको राष्ट्रिय संस्था भनिएको नेवाः देय् दबू विघटन भएको औपचारिक समाचार आएको छैन । तर दबू समेत यस संक्रमणकालमा कतै पनि अर्थपूर्ण रुपमा उपस्थित भएन । अनि अरु नेवार संस्थाहरु नि ? देय् दबूको चुनावमा आफ्नो पार्टीको वा आफ्नो नेताको खेमाका उम्मेदवारलाई जिताउन मात्रै जिउँदो भएको प्रमाणपत्र बोकेर हिँड्ने नेवार संस्थाहरु पनि यस्ता आन्दोलनमा देखिँदैनन् ।
सन् २००३ मा परोपकार स्कुलको हलमा माओवादी नेता दिलिप महर्जनले भर्खरै सार्वजनिक भएलगत्तै एकजना नेवार नेताले नेवार जनसेना बनाउने र नेवाः राज्य ल्याइछाड्ने हुँकार गरेका थिए । खुबै ताली बजेको थियो त्यसबेला दर्शक दीर्घाबाट । सायद जनतालाई चाहिने यही हो भनेर त होला । एक दशक नाघ्यो, कसैले पनि नेवार जनसेना बनाउँछु भनेर भाषण गर्नेलाई कति जना जनसेना तयार भयो भनेर सोध्यो कि सोधेन ? यसरी नसोध्ने भएकोले नै मनलागी बोलेर हिँड्नेहरु धेरै भएको हो नेवार समाजमा । तिर्खाएकालाई पानी दिन्छु भन्ने, भोकाएकालाई खाजा दिन्छु भन्नेहरु बढ्दै छन् । यसरी रंगीन सपना बेच्नेहरुको एउटा रंगमञ्च भएको छ नेवार समाज ।
एकपल्ट त नेवारहरु रंगशालामा गर्जेकै थिए । जसरी भए पनि लाखौं लाख नेवारहरुले एकैपल्ट एकै आकासमुनि नेवाः स्वायत्त प्रदेशको रातो झण्डा फहराएकै थिए । तर त्यसबेला पहिचानसहितको नेवाः राज्य चाहिन्छ भनेर रंगशालाको टन्टलापुर घाममा उभिन आएका ती आम जनताले पनि एकपल्ट त आफ्नो नेतृत्वलाई खोई हामीले झण्डा फहराएको नेवाःराज्य भनेर सोध्नुपर्ने थियो । साँच्चै यति नै हो त राजधानीमा बस्दै आएका, सबैभन्दा बेसी आर्थिक, सांस्कृतिक हिसाबले सम्पन्न ठानिएका अनि शिक्षित व राज्य श्रोतमा समेत पहुँच भएका भनेर भनिएका नेवारहरुको हैसियत ?
त्यसैले नै आज न रंगशालामा घोषणा गरेर कुनै रस आयो, न वसन्तपुरमा पुष्पकमल दाहाललाई नेवाः राज्यको घोषणा गराएको घटनाबाट कुनै प्रतिफल प्राप्त भयो । त्यति बेला नेवाः राज्यको घोषणा गर्नेहरुले आज आआफ्नो बाटो छानिसके, आम नेवारहरु भने जसले जे बोले पनि ताली बजाइदिने भूमिकामा मात्र सीमित भए । ती दुवै घोषणासभामा नेवार आयोजकहरुले घाँटी नसुकुन्जेल कराएका थिए तर त्यसपछिका दिनमा तीमध्ये कसैले पनि राज्य ल्याउने ठोस काम गरेनन् । देशमा ठूलठूला राजनीतिक परिवर्तन भए, चुनाव भए, सत्ताका लागि लुछाचुँडी भए तर उनीहरु रमिते मात्र भएर बसे । त्यसैले आज नेवाः राज्यको सम्भावना हराइसक्दा पनि ती नेताहरुलाई अलिकति ग्लानि महसुस भएको छैन । उनीहरुले त्यसबेला गलत बाटो देखाउन पुग्यौं भनी न जनताकहाँ आएर क्षमा मागे, न त एकपल्ट भए पनि नयाँ बानेश्वरमा गरेर उभिऔं भनेर आह्वान नै गरे । उनीहरुको भूमिका त करारको जागिर खाएका कर्मचारीजस्तै देखिन्छ, जसले करार भएसम्म काम गर्छन्, करार सकिएपछि आआफ्नो बाटो लाग्छ्न । अहिले थाहा हुँदैछ — त्यतिखेरका नेवार नेताहरु भनेका आफ्ना पार्टीका नेताहरुको पोलिटिकल हाइट बढाउन प्रयोग गरिएको मोहरा मात
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५