• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

नेवा: नेतृत्व र नेवा: राज्यको सपना


सुभाय् संवाददाताJanuary 19, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

राजेन मानन्धर
एकातिर आगो बलिरहन्छ, रगत बगिरहन्छ, दिनदिनै आन्दोलन पनि भइरहन्छ । प्रदर्शन, गोष्ठी वा अन्तरक्रिया भएका समाचार पनि सुनिन्छ । अर्काेतिर धेरैजसो मानिस समाचार मात्रै सुन्दै बसिरहन्छन्, मूक दर्शकका रुपमा ।
उता सडकमा आफ्नो पहिचान र अधिकारका लागि उत्रेका जनतामाथि गोली दागिएको समाचार समेत देखिन्छ, यता राजधानीमै बस्ने नेवारहरु आफ्नो घर छाडेर सडकसम्म निस्केको देखिएन । यो यथार्थ आजको दशकको हो, दुई तीन दशकको इतिहासको कथा होइन ।
त्यसो त आज पनि यहाँ मानिसहरुलाई २०४६ सालको आन्दोलनमा नेवारहरुले गरेको संघर्षको कथा सुनाउन पुगेको छैन । हिजो त्यो एउटा सत्य थियो, तर आजको यथार्थ के हो भने काठमाडौंका नेवारहरु आन्दोलित छैनन् । यहाँका नेवारहरु कुनै पनि आन्दोलनको सडकमा छैनन्– न भाषिक अधिकारको आन्दोलनमा, न धर्म निरपेक्षताको आन्दोलनमा, न जातीय पहिचानसहितको संघीय राज्यको आन्दोलनमा । सडकमा देखिने आन्दोलनकारी जनजाति, दलित र धर्मावलम्बीहरुको एउटै प्रश्न — खै, नेवारहरु कहाँ छन् ?
नेवारहरुलाई फुर्सद छैन भनौं भने जात्रापर्वमा र भोजभतेरमा उनीहरुको त्यतिकै उत्साहजक उपस्थिति हुन्छ तर अधिकार माग्ने ठाउँमा भने पुग्दैनन् उनीहरु । अनुसन्धानको विषय हुनुपर्ने भएको छः आजका नेवारहरु किन र कसरी यथास्थितिमा रमाउने र प्रतिगमनको पृष्ठपोषक हुन पुगे ?
आफ्नो नाकैमुनि त्यस्ता नेपालीहरुले दिनहुँ आन्दोलनको नेतृत्व गरिरहेका छन् जसले पच्चिस वर्षअघिम्म अधिकार माग्न पनि जानेका थिएनन् । आज त उनीहरुलाई अधिकार मागेर मात्र पाइँदैन रहेछ भन्ने दिव्य ज्ञान पनि थाहा भइसक्यो, तर यता नेवारहरु भने अधिकार माग्न पनि हिच्किचाउँदै छन् ।
एउटा दृश्यः गत भाद्र २० गते ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको भवनमा प्रादेशिक मोर्चाहरुले संयुक्त रुपमा ‘संविधान संशोधनमा प्रादेशिक मोर्चाहरुको चासो’ विषयक अन्तत्र्रिmया गरे । लगभग पाँच सय जनाको हाराहारीमा विभिन्न जिल्लाका पहिचान पक्षधरहरुको बलियो उपस्थिति भयो । उपेन्द्र यादव, महन्त ठाकुर र कुमार लिङदेनलगायतका नेताहरुले अहिलेको अवस्थामा पहिचान पक्षधरले अझ आन्दोलन गर्नुपर्ने आवश्यकता आंैल्याए । तर त्यहाँ नेवारहरुको उपस्थिति शून्यप्रायः थियो ।
लेखकलाई सम्झना भयो, गत साउन ११ को साँझ नयाँ बानेश्वरको खुला बाटोमा जनजातिहरुको धर्ना कार्यक्रम सकिएको थियो । त्यहाँ नेवाः स्वायत्त राज्य संघर्ष समितिका अध्यक्ष राजभाइ जकःमि र नेवाः संघया अध्यक्ष मनराजा शाक्य दुई जनाले भुइँमा ओछ्याइएको रातो झण्डा र नेवाः स्वायत्त राज्य मंकाः समितिको ब्यानर (विशेष कारणले त्यसमा संघर्ष समिति लेखिएको थिएन) एक एक वटा भुइँबाट उठाए, टकटक्याए र पोको पार्दै फर्के, त्यहाँ अरु नेवारहरु एक दुईजना मात्रै थिए । यही हो नेवार नेतृत्व र आन्दोलनको यथार्थ– गुलियो, पिरो वा टर्रो भए पनि ।
पन्ध्र सोह्रवटा पार्टीका भ्रातृ संस्थाहरु र जुझारु भनेर चिनिने संस्थाहरु मिलाएर बनाइएको नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति पनि ठूला पार्टीका खेलौना मात्र भए । काम गरेर भन्दा पनि काम नगरेरै चर्चामा आउने नेवारहरुको राष्ट्रिय संस्था भनिएको नेवाः देय् दबू विघटन भएको औपचारिक समाचार आएको छैन । तर दबू समेत यस संक्रमणकालमा कतै पनि अर्थपूर्ण रुपमा उपस्थित भएन । अनि अरु नेवार संस्थाहरु नि ? देय् दबूको चुनावमा आफ्नो पार्टीको वा आफ्नो नेताको खेमाका उम्मेदवारलाई जिताउन मात्रै जिउँदो भएको प्रमाणपत्र बोकेर हिँड्ने नेवार संस्थाहरु पनि यस्ता आन्दोलनमा देखिँदैनन् ।
सन् २००३ मा परोपकार स्कुलको हलमा माओवादी नेता दिलिप महर्जनले भर्खरै सार्वजनिक भएलगत्तै एकजना नेवार नेताले नेवार जनसेना बनाउने र नेवाः राज्य ल्याइछाड्ने हुँकार गरेका थिए । खुबै ताली बजेको थियो त्यसबेला दर्शक दीर्घाबाट । सायद जनतालाई चाहिने यही हो भनेर त होला । एक दशक नाघ्यो, कसैले पनि नेवार जनसेना बनाउँछु भनेर भाषण गर्नेलाई कति जना जनसेना तयार भयो भनेर सोध्यो कि सोधेन ? यसरी नसोध्ने भएकोले नै मनलागी बोलेर हिँड्नेहरु धेरै भएको हो नेवार समाजमा । तिर्खाएकालाई पानी दिन्छु भन्ने, भोकाएकालाई खाजा दिन्छु भन्नेहरु बढ्दै छन् । यसरी रंगीन सपना बेच्नेहरुको एउटा रंगमञ्च भएको छ नेवार समाज ।
एकपल्ट त नेवारहरु रंगशालामा गर्जेकै थिए । जसरी भए पनि लाखौं लाख नेवारहरुले एकैपल्ट एकै आकासमुनि नेवाः स्वायत्त प्रदेशको रातो झण्डा फहराएकै थिए । तर त्यसबेला पहिचानसहितको नेवाः राज्य चाहिन्छ भनेर रंगशालाको टन्टलापुर घाममा उभिन आएका ती आम जनताले पनि एकपल्ट त आफ्नो नेतृत्वलाई खोई हामीले झण्डा फहराएको नेवाःराज्य भनेर सोध्नुपर्ने थियो । साँच्चै यति नै हो त राजधानीमा बस्दै आएका, सबैभन्दा बेसी आर्थिक, सांस्कृतिक हिसाबले सम्पन्न ठानिएका अनि शिक्षित व राज्य श्रोतमा समेत पहुँच भएका भनेर भनिएका नेवारहरुको हैसियत ?
त्यसैले नै आज न रंगशालामा घोषणा गरेर कुनै रस आयो, न वसन्तपुरमा पुष्पकमल दाहाललाई नेवाः राज्यको घोषणा गराएको घटनाबाट कुनै प्रतिफल प्राप्त भयो । त्यति बेला नेवाः राज्यको घोषणा गर्नेहरुले आज आआफ्नो बाटो छानिसके, आम नेवारहरु भने जसले जे बोले पनि ताली बजाइदिने भूमिकामा मात्र सीमित भए । ती दुवै घोषणासभामा नेवार आयोजकहरुले घाँटी नसुकुन्जेल कराएका थिए तर त्यसपछिका दिनमा तीमध्ये कसैले पनि राज्य ल्याउने ठोस काम गरेनन् । देशमा ठूलठूला राजनीतिक परिवर्तन भए, चुनाव भए, सत्ताका लागि लुछाचुँडी भए तर उनीहरु रमिते मात्र भएर बसे । त्यसैले आज नेवाः राज्यको सम्भावना हराइसक्दा पनि ती नेताहरुलाई अलिकति ग्लानि महसुस भएको छैन । उनीहरुले त्यसबेला गलत बाटो देखाउन पुग्यौं भनी न जनताकहाँ आएर क्षमा मागे, न त एकपल्ट भए पनि नयाँ बानेश्वरमा गरेर उभिऔं भनेर आह्वान नै गरे । उनीहरुको भूमिका त करारको जागिर खाएका कर्मचारीजस्तै देखिन्छ, जसले करार भएसम्म काम गर्छन्, करार सकिएपछि आआफ्नो बाटो लाग्छ्न । अहिले थाहा हुँदैछ — त्यतिखेरका नेवार नेताहरु भनेका आफ्ना पार्टीका नेताहरुको पोलिटिकल हाइट बढाउन प्रयोग गरिएको मोहरा मात

सम्बन्धित पोस्ट
  • शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑