• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

गुठी विधेयकमा नेवारकाे धारणा बारे अन्तरक्रिया सम्पन्न !


सुभाय् संवाददाताJanuary 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौँ/ गुठी विधेयकलाई लिएर काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
नेवार सरोकारवालाहरुले सरकारको प्रस्तावित गुठी विधेयक स्वायत्त, स्वतन्त्र र छुट्टै प्रावधानका साथ ल्याउनुपर्ने धारणा राखेका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूले माघ१ गते बुधबार गरेको ‘सरकारको प्रस्तावित गुठी विधेयक र नेवार सरोकार’ विषयक अन्र्तक्रियामा सराेकारवालाहरूले विधेयकमा आफ्नाे धारणा प्रष्ट गरेका हुन् ।
गुठी विधेयकविरूद्ध एकीकृत आन्दोलनका संयोजक डा. महेशमान श्रेष्ठले नेवारहरुको गुठीमा कसैले हस्तक्षेप गर्न नपाउने बताउनुभयो । डा. श्रेष्ठले नेवार समुदायको सहमति नलिईकन निर्णय गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी पनि दिनुभयो । २०४६ सालमा प्रजातान्त्रिक सरकार आएपनि स्थिति परिवर्तन नभएको र राज्य सत्ताले नेवारहरुको गुठीमा लगातार प्रहार गरिरहेको बताउनुभयो ।
नेवारहरुको गुठीका लागि अलग व्यवस्था हुनुपर्ने डा. श्रेष्ठकाे माग छ । दाङ, धनुषा तथा सुदूरपश्चिमको गुठी भन्दा नेवारहरुको गुठी फरक भएकाेले एकै प्रकारले हेर्न नहुने उहाँको भनाइ छ ।
‘अहिले गुठी विधेयकको सवालमा नेवारहरुलाई संगठित गर्ने प्रयास भएको छ । राष्ट्रिय परिषद्, कार्यसमिति तथा सल्लाहकार समिति बनाएर अगाडि बढेका छाैँ । हामी चुप लागेर बसेका छैनौँ ।’ डा. श्रेष्ठले थप्नुभयो । उहाँले आफ्नो भनाइ राख्ने क्रममा काठमाडौँ उपत्यकालाई आदिवासी सांस्कृतिक स्वायत्त क्षेत्र बनाउन सकिने जानकारी पनि गराउनुभयो । उहाँले भन्नुभयो– ‘यो बुँदा सविधानमै उल्लेख छ ।’
गत असार ४ गते सरकारले नेवार संस्कृति र सभ्यता समाप्त पार्ने नियतले गुठी विधयेक प्रस्ताव गरेको विराेधमा माइतीघर मण्डलामा मानवसागर उर्लिएकाे थियाे । त्यसपछि नेपाल सरकारले बाध्य भएर गुठी विधेयक फिर्ता लिएको थियो । अहिले गुठी विधेयकलाई संसद्‌काे हिउँदे अधिवेशनमा पुनः प्रस्ताव गर्ने तयारी थालेकाे छ ।
गुठी विधेयकविरूद्ध एकीकृत आन्दोलनया सहसंयोजक पवित्र बज्राचार्यले गुठीकाे आन्दोलन एघार वर्षअघि नै शुरू भएकाे बताउनुभयाे । २०६५ काे ईन्द्रजात्राका लागि गुठी संस्थानले बजेट कटौती गर्दा देखि नै गुठीकाे आन्दोलन शुरू भएकाे उहाँको तर्क थियाे । ‘सो समय पनि स्वस्फूर्त रुपमा नेवारहरु आन्दोलित भएका थिए । सोही आन्दोलनबाट गुठी संस्थानको औचित्यबारे कार्यदल गठन गरेर अध्ययन पनि गरियोे । यस अध्ययनको क्रममा धेरै कुरा थाहा भयो ।’ बज्राचार्यकाे भनाइ छ ।
गुठी संस्थानले संस्कृति देखाएर पैसा भित्र्याउने त गर्छ तर खर्च गर्दैन । संस्कृति जोगाउने भन्दा गुठी संस्थानका कर्मचारीको तलब भत्ता खानेबाहेक अरु काम छैन । गुठी संस्थान व्यवहारिक पनि नभएको उहाँको भनाइ छ । संस्थानभित्र गुठीसँग सरोकार भएका कर्मचारी नै नभएको बज्राचार्यले दाबी गर्नुभयाे । त्यसैले हामीले गुथि संस्थान खारेज गर्नुपर्ने नै माग गरेका थियौँ । गुथि संस्थान हामीलाई व्यवस्थित भन्दा नियन्त्रित गर्न मात्र बनेको हो । त्यसैले हामीले नेवाः संस्वृmति सम्पदा संरक्षण कोष बनाउनुपर्छ भन्ने मागसहित प्रतिवेदन दिएका थियौँ । तर अहिलेसम्म व्यवहारमा लागू भएको छैन । सोही रिस गुथि विधयेकविरुद्धको गुथि आन्दोलनले देखाएको हो ।’
अभियन्ता वज्राचार्यले अहिले विडम्बना भनेको आन्दोलन शिथिल अवस्थामा हुनु हो भन्नुभयो । गुथि विधेयकमा मात्र केन्द्रित नभई यो मुद्दामा राजनीतिकरण हुँदा बाधा अड्चन आइरहेको छ भन्दा फरक पर्दैन– अभियन्ता वज्राचार्य भन्नुभयो – ‘सरकारले गुथि विधेयक फिर्ता लिएपछि अब सरोकारवालाको सल्लाहपछि मात्र गुथि विधेयक पारित गर्ने वचन दिएको छ । सरकारले शुन्यबाट नै सुरु गर्छु भनेको छ । अहिले ड्राप्mट पर्खिरहेका छौँ । यसबीच विभिन्न सरोकारवारासँग छलफल भइरहेको छ ।’
नेवाः पत्रकार राष्ट्रिय दबुका सल्लाहकार तथा वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले सबभन्दा पहिले नेवारहरुले आप्mनो लागि गुथि किन महत्वपूर्ण छ भन्ने जान्न आवश्यक भएको धारणा राख्नुभयो । ‘१५०० र १६०० वर्षअघि हाम्रो पुर्खाले बनाएको गुथि स्वयम एउटा प्रणाली हो । यसबाट तीन महत्वपूर्ण काम भइरहेको छ । गुथि हुँदा भूमिको सुरक्षा हुन्छ । भूमि पहिचानको आधारभूत स्रोत हो । यसले संस्वृmति र सम्पदाको पनि रक्षा गर्छ भने गुथिले राखेको जग्गाबाट उत्पादन गरेर आयस्रोत आर्जन हुन्छ । यस्तो प्रणालीमा कसैले हस्तक्षेप गर्न जरुरी छैन । यस्तो गरेमा कानूनी रुपमा दण्डित गर्नुपर्छ भन्ने बटमलाइन हुनुपर्छ । गुथि प्रणाली नेवारहरुका लागि मात्र होइन राज्यकै आर्थिक अवस्था उकास्न पनि यसले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यो नेवारहरुको मात्र माग होइन । जुन राज्यले बुझ्नुपर्छ । राज्य पहिचान दिने सम्बधमा राज्य उदार छैन । त्यसैले गुठि विधेयकमा षड्यन्त्र हुनसक्छ । ढुक्क हुनुहुदैन– मानन्धरले भन्नुभयो ।
यसैगरी, नेवाः पत्रकार राष्ट्रिय दबुका निवर्तमान अध्यक्ष श्रीवृmष्ण महर्जनले यो समयमा गुथि विधेयकको सवालमा तीन राजनीति पार्टीको फरक दृष्टिकोण छ भन्नुहुँदै यहाँको आदिवासी प्रथाजन्य संस्थालाई राज्यले हस्तक्षेप गर्नुहुँदैन । बरु राज्यले सम्बोधन गर्नुपर्छ भन्ने धारणा राख्नुभयो । उहाँका अनुसार गुथि विधेयक बनाउने सरकारको काम होइन । संरचना कसरी बनाउने भन्ने गुथियारले निर्णय गर्ने हो । अन्तर्राष्ट्रिय कानून र नेपाल सरकारको कानूनअनुसार पनि गुथि राज्यले सञ्चालन गर्न पाउँदैन ।
खोकनाया अभियन्ता असोज महर्जनले गुथि विधयेकया आन्दोलनय् असमझदारी भएको छ भन्नुहुँदै नेवारहरु धेरै फरक फरक राजनीतिक आस्थामा छन् । राजनीतिक आस्थालाई छोडेर यस मुद्दामा एकजुट भएर केन्द्रित भए नयाँ तरिकाले आन्दोलन गर्न सकिन्छ, भन्नुभयो । ‘२१ औँ शताब्दीमा आदिवासीविरुद्ध पूँजीवाद सबभन्दा ठूलो मुद्दा हो । त्यसैले गुथि विधेयकमा मात्र होइन नेवाः सरोकारसँग समग्र विषय संकलन गरी सङ्घर्षमा उत्रिन आजको आवश्यकता हो’ अभियन्ता महर्जनले भन्नुभयो ।
नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौँ शाखाका अध्यक्ष अर्विनमान सिंहले पृथ्वीनारायण शाहको पालिदेखि विभिन्न बहानामा नेवारहरुको भूमि सरकारले कब्जा गर्ने गरेको स्मरण गर्नुभयो । आफना कर्मचारी,सेनालाई प्रोत्साहिन दिन जग्गा दिने चलनको थालनी भयो । राणाकाल र पञ्चायतकालमा विकासको नाममा पूर्वाधार निर्माणमा नेवारहरुको भूमि अतिक्रमण भयो– उहाँले भन्नुभयो ।
सो कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले विषय प्रवेश गराउने अहिले आउन लागेको गुथि विधयेकको सत्यता बुझन जरुरी छ र गुथि विधेयकको सवालमा हामीलाई चाहिने विकल्प के हो ? प्रस्ट गर्न आवश्यक छ भन्नुभयो । यसैगरी, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले पनि गुथि विधयेकबारे आप्mनो धारणा राख्नुभएको थियो ।
स्राेत: Prajeet Shakya

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑