• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 12, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन


सुभाय् संवाददाता November 12, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १०५ मिनेट
केके मानन्धर 
कात्तिक /नेपाल संवत्‌ नयाँ वर्षको अवसरमा निकालिने भिंतुना र्‍यालीको इतिहास केवल नयाँ वर्षको शुभकामना आदानप्रदानमा मात्र सीमित छैन । यससँग नेपालभाषा, नेवाः संस्कृति र मौलिक पहिचानको संरक्षण तथा नेपाल संवत्‌लाई राष्ट्रिय मान्यता दिलाउने अभियानको ऐतिहासिक सम्बन्ध जोडिएको छ ।
नेपाल संवत् भिंतुना र्‍यालीको प्रारम्भिक इतिहास सन् १९७५ देखि सुरु भएको पाइन्छ । श्रीकृष्ण नकर्मी (श्रीकृष्ण अणु) को नेतृत्वमा उहाँका साथीहरूले पहिलोपटक साइकल र्‍याली आयोजना गरी यस अभियानको श्रीगणेश गर्नुभएको थियो । नेपालभाषामा नयाँ वर्षको शुभकामना लेखिएका प्लेकार्ड बोकेर निकालिएको उक्त साइकल र्‍याली नेपालभाषा र नेवाः संस्कृतिमाथि भइरहेको दमनविरुद्धको सांकेतिक विरोधसमेत थियो ।
त्यसबेला काठमाडौंमा साइकल पसलहरूको संख्या निकै कम थियो । पञ्चनारायण अष्टनारायणको साइकल पसल राजधानीकै पहिलो साइकल पसलका रूपमा परिचित थियो । त्यसपछि बेखनारायण देव नारायण एण्ड ब्रदर्स, प्रधान र ताम्राकारहरूले पनि साइकल पसल सञ्चालन गरेका थिए। तीमध्ये पञ्चनारायण अष्टनारायणका छोरानाति कमलाछिस्थित तीर्थनारायण तथा प्रचण्ड मानन्धरलगायत तीनवटा पसलबाट पहिलाे पटक भिंतुना र्‍यालीका लागि आवश्यक साइकल उपलब्ध गराइएको इतिहास छ ।
र्‍याली सुरु हुँदा र समापनका क्रममा एकैसाथ बजाइएका साइकलका घण्टीहरूको सामूहिक ध्वनिले नेपाल संवत् आन्दोलनको विगुल फुकेको अनुभूति गराएको न्हापांगु पलाः नेवाः मिसा पुचःका अध्यक्ष एवं सामाजिक क्षेत्रकी अगुवा शिला साय्‌मि बताउनुहुन्छ । उहाँले नेपाल संवत्‌को प्रारम्भिक आन्दोलन र साइकल र्‍यालीसँग जोडिएका अनुभव सुनाउँदै त्यसबेलाको उत्साह, सामूहिकता र सांस्कृतिक चेतनालाई स्मरण गर्नुभयो ।
यसरी सुरु भएको साइकल र्‍यालीले क्रमशः व्यापक सांस्कृतिक आन्दोलनको रूप लियो । नेपालभाषा मंकाः खलःको आह्वान तथा तत्कालीन अध्यक्ष पद्मरत्न तुलाधरको नेतृत्वमा नेपाल संवत् ११०० (वि.सं. २०३६) मा भिंतुना सांस्कृतिक र्‍यालीको औपचारिक सुरुवात गरिएको थियो । उक्त र्‍यालीमा विभिन्न नेवाः सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागिता रहेको थियो । काठमाडौंका विभिन्न स्थान परिक्रमा गर्दै निकालिएको प्रारम्भिक सांस्कृतिक र्‍याली थँहिटीमा पुगेर समापन गरिएको थियो ।
त्यतिबेला देशमा पञ्चायती शासन व्यवस्था थियो । नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌का रूपमा मान्यता दिलाउने, नेपालभाषाको संरक्षण गर्ने र नेवाः समुदायको सांस्कृतिक पहिचान स्थापित गर्ने उद्देश्यले यस्तो सार्वजनिक कार्यक्रम आयोजना गर्नु आफैँमा महत्त्वपूर्ण अभियान थियो । सार्वजनिक सभा तथा जुलुसमाथि विभिन्न बन्देज र कठिनाइ रहेको अवस्थामा सांस्कृतिक र्‍यालीमार्फत जनसमुदायलाई एकत्रित गर्दै सांस्कृतिक चेतना फैलाउने प्रयास गरिएको थियो ।
यसरी सन् १९७५ मा श्रीकृष्ण नकर्मी (श्रीकृष्ण अणु) को नेतृत्वमा सुरु भएको साइकल र्‍याली र नेपाल संवत् ११०० मा नेपालभाषा मंकाः खलःको आह्वानमा पद्मरत्न तुलाधरको नेतृत्वमा सुरु भएको सांस्कृतिक भिंतुना र्‍यालीलाई एउटै आन्दोलनका क्रमिक ऐतिहासिक अध्यायका रूपमा लिन सकिन्छ ।
आज नेपाल संवत् ११४७ लाई स्वागत गरिरहँदा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भिंतुना र्‍याली निकाल्ने परम्परा स्थापित भइसकेको छ । साइकलका सामूहिक घण्टीबाट सुरु भएको सांस्कृतिक चेतनाको त्यो आवाज आज बाजागाजा, झाँकी, भेषभूषा र सांस्कृतिक प्रस्तुतिसहितको विशाल जनसहभागितामा विस्तार भएको छ ।
यस अर्थमा नेपाल संवत्‌को भिंतुना र्‍याली नयाँ वर्षको उत्सव मात्र होइन, यो नेपालभाषा, नेवाः संस्कृति, पहिचान, स्वाभिमान र ऐतिहासिक अधिकारका लागि गरिएको सामूहिक संघर्षको जीवन्त स्मृतिसमेत हो ।
सम्बन्धित पोस्ट
  • उत्पादन घटे पनि लक्ष्मीपूजामा ५८७ मेगावाट बिजुली निर्यात
  • सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,
  • नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक
  • सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    उत्पादन घटे पनि लक्ष्मीपूजामा ५८७ मेगावाट बिजुली निर्यात

    सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,

    नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक

    सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै

    नेपाल फेस्टिभल सिड्नीमा प्रकाश सपुत र रचना रिमालको विशेष प्रस्तुति

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    सुभाय् पोस्ट बिशेष

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    उत्पादन घटे पनि लक्ष्मीपूजामा ५८७ मेगावाट बिजुली निर्यात

    सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,

    नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक

    सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑