• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मनका कुरा

आफ्नै मातृभाषा सिकाइका मेरा भोगाइहरू


सुभाय् संवाददाताMay 31, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २३ मिनेट

उत्तम कुमार श्रेष्ठ

‘मोनअमी स्टेशनरी’ संचालन गरिरहनुभएका रत्नमान दाइले शर्त राख्नुभो– ‘काम त लगाईदिन्छु तर नेपालभाषामा बोल्नु/लेख्नुपर्छ । भाषा आउँछ ?’ मामको लागि चाहिएको थियो काम । ‘मर्ता तो क्या नहिं कर्ता ?’ उहाँलाई मैले जवाफ फर्काएँ– ‘आउँछ ।’ तर मलाई आउँदैनथ्यो ८/१० शब्द बाहेक ।  रत्न दाइले नेपालभाषाको दैनिक ‘सन्ध्या टाइम्स’का व्यवस्थापक सुजीव बज्राचार्यसँग भेटाइदिनुभयो । मेरो काम पनि सुरुभयो ।

नेवाः खः ला ?

‘नेवाः खः ला ?’ सुजीव दाइले प्रश्न तेस्र्याउनु भयो । जवाफ फर्काउन गाह्रो थिएन । भिनिदिएँ – ‘खः ।’

त्यही दिन बेलुकी अग्ला कदका दुब्लादुब्ला तीखो स्वर भएका एकजना दाइले मलाई सुजीव दाइको बिहानकै प्रश्न दोहोर्याउनु भयो– नेवाः खः ला ? (नेवाः समुदायको मान्छे भेटेपछि उसले नेपालभाषा जानेको छ कि छैन भनेर परीक्षण गर्न जो कसैले पनि सोध्ने प्रारम्भिक प्रश्न) जवाफ उही त हो ! भनिदिएँ – ‘खः ।’ दोस्रो प्रश्नको जवाफ मैले दिन सकिन अनि खाएँ गालीको झापड । सोध्नुभएको रहेछ– ‘छेँय् मां बानं बुँज्या यायेगु खः ला ?’ प्रश्न नबुझेपछि अनुमानमा मैले जवाफ फर्काएँ – ‘मखु, खेती किसान !’ खेती किसान भनेकै ‘बुँज्या’ रहेछ । त्यही उत्तरले पो मलाई खुवाएको रहेछ गाली । प्रश्न सोध्ने व्यक्ति हुनुहुँदो रहेछ – भाषा सेवी रमेशमान पिया दाइ ।

झीपा फोटोकपी !

भोलिपल्ट बिहान लेखाका रत्नमान दाइले अह्राउनु भयो– ‘झीपा फोटोकपी यनाहजि ।’ पर्यो फसाद ! भाषा जान्याछु भनेर जागिर खाइयो । खुस्किन्छ कि के हो ?! फोटोकपी भनेको त बुझें ‘झीपा’ भनेको केपो हो । लाटो बुंगोको ‘फुरौला’ शैलीमा ‘झीपा फोटोकपी, झीपाः फोटोकपी’ मनमनै दोहोर्याउँदै ढल्कोबाट क्षेत्रपाटीस्थित आशिषदाईको फोटोकपी पसलमा पुगेर त्यो कागज दिँदै भनें– ‘झीपा फोटोकपी’ उहाँले १० वटा फोटोकपी गरिदिनुभयो । मेरी बास्सै ! झीपा भनेको त १० वटा पो रहेछ !

‘थिके हला ?’

सन्ध्या टाइम्समा काम थालेपछि मलाई खानाको व्यवस्था होटलमा हुनेभयो । सुजीवदाईले क्षेत्रपाटीस्थित एक होटलमा लग्नुभयो । ‘महिनावारी कति ?’ सुजीव दाईको प्रश्नमा होटलवालाले जवाफ फर्काए – ६ सय । दाईले मतिर हेरेर भन्नु भो– ‘थिके हला ?’ हो को भाकामा मैले मुन्टो हल्लाएँ । मेरो बुझाई थियो दाईले रेट ठीकै हो भन्नुभयो । तर होइन रहेछ । ‘थिके’ भनेको त महंगो भयो पो भन्नुभएको रहेछ !

प्रतापमान दाईको च्यातचुतमा परेको त्यो बिल …

भाषा जानेको छु भनेर ढाँटी खाएको जागीर सन्ध्या टाइम्समा चल्दै गयो । नजानेकोमा मैले क्षमा पाउँदै गएँ । सिक्ने क्रम त थियो नै । यसै क्रममा म विज्ञापन शाखामा सरुवा भएँ । बिज्ञापनको बिल लेखेर इटुबहाःका प्रतापदाईको चिकंमुगःस्थित पसलमा पैसा लिन गएँ । सोचेको थिएँ– बिल लिएपछि पैसा दिनुहुनेछ । तर बिल प¥यो च्यातचुतमा । च्यातिएको बिलका टुक्रा डष्टबिनमा फाल्दै उहाँले भन्नुभयो –‘ध्यबा कायेगु खःसा बिल नेपालभाषां च्वयाहजि ।’ फसादमा पारे बुढाले !

कार्यालयमा आएर एल्भिस दाईसँग सोधेर नेपालभाषामा बिल लेखेर लगें । ‘का सुभाय् !’  प्रताप दाईले धन्यवाद दिनुभयो अनि पैसा पनि ।

‘न्ह्याथाय् स्वसां मोर्डानिज्म’

आफ्नो मातृभाषा सिक्ने मेरो क्रम चल्दै रह्यो । करिव १ वर्षमा म बोल्न र लेख्नसक्ने भएँ । भोटाहिटीस्थित नातीदाईको पसलमा पत्रिका पुर्याउन जाँदा छोटा कट्टु लगाएका दिदीबहिनीहरु असनमा फेला परे । अहो ! फेसनमा आधुनिकता । मलाई यस विषयमा लेख्न मनलाग्यो । बडो मेहनतपछि ‘न्ह्याथाय् स्वसां मोर्डानिज्म’ शीर्षकको लेख आफ्नै मातृभाषामा तयार भयो । रमेशकाजी स्थापित दाईको सहयोगमा केही सुधार पछि लेख शुक्रबार शुक्रबार प्रकाशन हुने सन्ध्या टाइम्सको ‘शुक्रबाःया तँसापौ’मा प्रकाशित भयो । अहिले पाटन संयुक्त क्याम्पस, नेपालभाषा विभागका प्रमुख राश जोशीले त्यो लेख पढेर मलाई भन्नु भो– का ऽऽ उत्तम नं लेख च्वइम्ह जुइधुंकल ला ?’ (लौ उत्तम पनि लेख लेख्ने भइसक्यो ?) दाइले हौस्याएपछि म फुरुंग त हुने भइनै हालें ।

सिक्न त मन छ तर कसरी सिक्न सकिन्छ ?

अहिले साथीहरु सोध्छन् – सिक्न त मन छ तर कसरी सिक्न सकिन्छ ? आफ्नो मातृभाषा नजान्दाको छटपटाहट छ उनीहरुमा । उनीहरु चाहान्छन्– किराना पसलमा गएर आफ्नै भाषामा दालचामल माग्न सकौं, अनि तरकारी पसलमा तरकारी ।

‘मौलिकता’ मौलाउँदै गएको योबेला मान्छेहरुले आफ्नो पहिचान खोज्न थालेका छन् । पहिचान भाषा र संस्कृतिभित्र लुकेको छ । हो त्यही लुकेको पहिचान सतहमा ल्याउन सिक्नुपछ आफ्नो भाषा र जान्नु पर्छ संस्कृति ।

यसैका खातिर आज गाउँगाउँका नेवाः बस्तीमा देखिन थालेको छ हाकुपटासी र सुनिन थालेको छ मौलिक नेवाः बाँसुरी धुन । तर भाषा जान्न गाह्रो छ । चाहिन्छ ईच्छा शक्ति ।

भाषा भनेका अभ्यास हो । निरन्तरको अभ्यासनबाट भाषा सिक्न सकिन्छ । यही कुरा हामीले नेवाः समुदायमा भन्नु पर्नेछ । र आफ्नो मातृभाषा सिक्ने सिकाउने अवसरको सिर्जना गर्नुछ । यसको लागि सरोकारवालाहरुले नै पहल गर्नुपर्छ । (साभार : खबरकारखाना)

 

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑