• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

युट्युब, युट्युबर र सञ्चारकर्म


Journalist holding microphone linear icon. Thin line illustration. Interviewing. Television reporting. Contour symbol. Vector isolated outline drawing
सुभाय् संवाददाताFebruary 1, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


दीपक खनाल
संसारको समाचार माध्यम आज संंकटमा पर्दै गएको छ । सूचना प्रविधिमा बढ्दो नयाँ नयाँ विकास र आविष्कारलाई पछ्याउन नसक्दा यी माध्यमहरू पछि पर्दै गएका छन् । यसको साथमा विकसित सामाजिक सञ्जालको प्रभावले समाचार माध्यमको प्रभावकारिता घट्दै गएको छ । सामाजिक सञ्जाललाई नै समाचार माध्यम र त्यसबाट सम्प्रेषण हुने सामग्रीलाई नै समाचार ठान्ने अडियन्सको बुझाइका कारण पत्रकारिताप्रतिको विश्वासमा प्रश्न उठ्न थालेको छ । सामाजिक सञ्जालले दिने सामग्रीमा कुनै गेटकिपिगं नहुने हुँदा जस्तो पायो त्यस्तै सामग्रीले समाजमा भ्रम सिर्जना गर्ने गरेको देखिन्छ । यस्तो समस्या संसारभर नै देखिन्छ तर पनि नेपालमा अन्य भन्दा पनि युट्युब सामाजिक सञ्जालको प्रभावले के पत्रकारिता हो के होइन भन्ने अन्योल नै सिर्जना गरेको छ । बच्चादेखि वृद्धसम्ममा युट्युबको आकर्षण बढ्दै गएको छ । गैरपत्रकारिता क्षेत्रमा समेत यसको आकर्षण र प्रभाव बढ्दै गएकाले यसलाई आगामी दिनमा पनि सबैले स्वीकार्नै पर्ने स्थिति आएको छ । यही भएर होला, सरकारले यति पछि आएर सामाजिक सञ्जाल प्रयाोग सम्बन्धी निर्देशिका जारी गरेको छ भने यससम्बन्धी विधेयक ल्याएर कानुुन बनाउने तयारी गरिरहेको छ ।
के हो युट्युब ?
युट्युब फेसबुक, ट्वीटर, इस्टाग्राम, विच्याट, भाइबर, ह्वाट्स एप आदि जस्तै एक सामाजिक सञ्जाल हो । खासगरी यो ‘अनलाइन सेयरिंग प्लेटफर्म’ वा ‘भिडियो होस्टिड सेयरिंग सर्भिस’ हो । यसले युट्युव प्रिमियम, युट्युव म्युजिक, युट्युव टिभी, युट्युव किड्स उत्पादनहरू गर्ने गर्दछ । सन् २००५ फेब्रुअरी १४ मा चाड हर्ली (ऋजबम ज्गचभिथ०, स्टीभ चेन(क्तभखभ ऋजभल०, जवेद करिम (व्बधभम प्बचष्mल ले स्थापना गरेको युट्युबलाई २००६ मा गुगलले १.६५ बिलियन डलरमा खरिद गरेको थियो । यसको कार्यालय अमेरिकाको क्यालिफोर्नियाको सान बरुनोमा रहेको छ । यसरी १९ अघि अमेरिकामा स्थापित युट्ब च्यानलको यतिबेला नेपालमा चर्चा गर्नुपरिरहेको छ । विश्वमा झैँ नेपालमा पनि यसका लाखौँ प्रयोगकर्ता छन् । यसले सबैलाई नजिक हुन बाध्य पारेको छ । यतिसम्म समाचार माध्यमसमेत आफ्ना सामग्री युटुबमार्फत विकाउनै पर्ने फन्दामा परेका छन् । जुनसुकै व्यवसायी, पेसाकर्मीले आफ्नो व्यापार, व्यवसायको प्रचार, प्रसार, बजार विस्तार, बिक्री, वितरणका लागि यसकै सहारा लिनुपर्ने अनिवार्यता बनेको छ ।
के राम्रो के नराम्रो ?
वर्र्गीय दृष्टिकोणबाट हेर्ने हो भने यो सामान्य मानिसहरूको माध्यम हो । किनकि मूलप्रवाहका समाचार माध्यममा कहिल्यै पहुँच नपाउने सर्वसाधारणले यसमा सजिलै पहुँच पाउँछन् । लामो समयसम्म हराएका मानिसलाई यसले भेट्टाएको छ । नयाँ नयाँ प्रतिभाहरुलाई चर्चामा ल्याएको छ । कतिपय दुःखी, पीडितलाई राहत दिलाएको छ । भूँइ मानिसका पीरमर्का उजागर गरेर शासक, प्रशासकको ध्यान खिचेको छ । दबाब दिन मद्दत गरेको छ । कतिपय मानिस स्वरोजगार भएका छन् । यो राम्रो पक्ष हो । सरकारले कानुन ल्याउने तयारी गरे पनि अन्य सामाजिक माध्यमलाई झैँ युट्युब र युट्युबरहरूलाई राज्यले चिनेको छैन । विद्यूतीय कारोबार ऐनलाई आधार मानेर विभिन्न नराम्रा प्रकरणमा यिनीहरूलाई कानुनी नियमनको दायरामा ल्याउन सकिने भए पनि राज्यले यसप्रति गहिरो ध्यान दिएको देखिएको छैन । किनकि धेरैजसो युट्युबरले नेपालको संविधान, २०७२ मा मौलिक हकमा रूपमा लिपिवद्ध गरिएको गोपनीयताको हकविपरीत श्रीमान् श्रीमतीका घरको विवादलाई के के न ठानेर सम्प्रेषण गर्ने गरेको देखिन्छ । लैंगिक, धार्मिक, क्षेत्रीय व्यक्तिगत, जातीय रुपमा नकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई सुद्दोन बुद्दो रूपमा उछालेर र अश्लील विषयलाई मनोरञ्जनका नाममा कोट्याएर प्रवाह गर्ने गरेको पाइन्छ । धेरैजसो युट्युबरले आफूलाई पत्रकारको हबला दिएर वास्तविक पत्रकार र पत्रकारिता पेसाकै बद्नाम गरिरहेका छन् । आफैँ प्रेस ज्याकेट, कार्ड र झोला बनाएर प्रयोग गरी पत्रकार भन्दै भ्रम छरिरहेका छन् । व्यक्तिको घर घर, किचन किचन, बेडरूम बेडरूमसम्म पसी सामाजिक द्वन्द्व झन् चर्काउने काम गरिरहेका छन् । कतिपय युट्युवका कारण राजनीतिक, आर्थिक, लैङ्गिक, व्यापारिक, क्षेत्रीय, जातीय रूपमा असर परेको छ ।
के यो पत्रकारिता हो ?
युट्युबकारिताबारे विज्ञ, पत्रकारविच एउटै मत छैन । कोही यसलाई पत्रकारिता नै मान्नहुन्न भन्छन् भने कोही सबै युट्युबलाई एउटै डालोमा हालेर व्यवहार गर्नहुन्न भन्छन् । आजको युगमा युट्युबलाई नकार्न नसकिने बताउँदै तिनीहरूलाई विस्तारै कानुन र आचारसंहिताको दायरामा ल्याउनुपर्ने भनाइ राख्छन् । यद्यपि युट्युबमार्फत् गरिने कार्य एक किसिमको सञ्चार हो । यसलाई नकार्न सकिदैँन । तर संसारले युट्युबमार्फत गरिने सञ्चार कर्मलाई पत्रकारिता भनेर परिभाषित गरेको छैन । नेपालमा यसलाई हेर्ने दुईपक्षीय धारणा आइरहेको छ । यसलाई पत्रकारिता भन्नुपर्छ भन्ने एउटा मत छ भने अर्काे पक्ष यसलाई पत्रकारिता मान्न तयार छैन । त्यसैले यस विषयमा अझै छलफल हुनुपर्दछ । समाचारमाध्यमले झैँ युट्युवले पनि रिर्पोट÷अन्तर्वार्ता प्रसारण गरे पनि त्यसमा पत्रकारिताको निश्चित मूल्य मान्यतामा ध्यान दिएको देखिदैन । समाचार सङ्कलन, लेखन÷पुनर्लेखन, सम्पादन र सम्प्रेषण, तथ्य, सन्तुलन, विश्वसनीयतामा ध्यान दिएको देखिदैँन । सैद्धान्तिक रुपमा यो पत्रकारिता नभइ लिंक सर्भिस हो । अब सर्वपथम युट्युबको प्रकृति र प्रकार छुट्याई अघि बढ्नुपर्छ । दुवै युट्वरलाई कानुनले बाँधी राजस्व संकलन गर्ने वातवरण तय गरिनुपर्दछ । पत्रकारिताको शैलीमा सञ्चार कर्म गर्ने युट्युबलाई काउन्सिलमा सूचीकरण गराइ पत्रकार आचारसंहिता पालना गर्न लगाउनुपर्दछ । यही मूल्य मान्यतामा रहेर सञ्चार कार्य गर्ने युट्युबरलाई पत्रकारिताको दायराभित्र ल्याउनुपर्दछ । युट्युबमात्र चलाउने र पत्रकारिताका लागि युट्युब चलाउनेबिच भिन्नता छुट्याउनुपर्छ । पत्रकारिता र पत्रकार आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराउनुपर्दछ । तर यस विषयमा राज्यको पनि चिन्ता बढ्न थालको छ । यही भएर नेपाल सरकारले आव .०८०।८१ मा युट्युव व्यवस्थापनका लागि प्रेस काउन्सिल नेपाललाई २५ लाख रुपियाँ अनुदान दिएको छ । यही आधारमा काउन्सिलले केही दिनअघि मात्रै ४० भन्दा बढी युटुयबरलाई सहभागी गराएर एउटा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । यदि यस्तो उद्देश्य बोकेका युट्युबको नियमन काउन्सिलले गर्ने हो भने छिटो निर्णय हुनुपर्दछ । पत्रकार आचासंहिता २०७३, (पहिलो संशोधन २०७६)को १४ बुँदामा काउन्सिललाई प्रवृत्तिगत अध्ययन गर्ने आधार भए पनि यो नै पर्याप्त आधार होइन ।
अन्त्यमा
युट्युब एउटा कम्पनीअन्तर्गत रहेको माध्यम हो । नेपाल सरकारले यसको व्यवस्थापन गर्न बजेटसहित आफ्ना्े कार्यक्रममा राख्दै आएको छ । अन्य सामाजिक माध्यमलाई सम्बोधन नगरी एउटा माध्यमलाई मात्रै कार्यक्रममा पार्न नहुने सुझाव पनि आइरहने गरेको छ । त्यसैले अब युट्युबलाई मात्रै कार्यक्रममा समावेश गर्ने हो कि अन्य सामाजिक सञ्जालको विषयमा पनि सोच्ने हो भन्ने कुरा स्पष्ट हुनुपर्दछ । युट्यबको मात्रै व्यवस्थापन हो भने पनि स्पष्ट हुनुपर्दछ । काउन्सिलले पत्रकारिताको शैलीमा सञ्चार कर्म गर्ने युट्युबको अनुगमन गर्ने हो पनि बेलैमा निर्णय हुनुपर्दछ । युट्बरलाई पत्रकार भन्ने कि नभन्ने भन्ने विषयमा पनि समयमा नै निर्णय हुनुपर्दछ ।

सम्बन्धित पोस्ट
  • शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति
  • नेपाली सर्जकहरू:  अन्त्यमा चन्दा उठाउन किन बाध्य हुन्छन्?
  • विश्व नेवा संगठन किन ?
  • “का वल वल!”
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑