• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

युट्युब, युट्युबर र सञ्चारकर्म


Journalist holding microphone linear icon. Thin line illustration. Interviewing. Television reporting. Contour symbol. Vector isolated outline drawing
सुभाय् संवाददाताFebruary 1, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


दीपक खनाल
संसारको समाचार माध्यम आज संंकटमा पर्दै गएको छ । सूचना प्रविधिमा बढ्दो नयाँ नयाँ विकास र आविष्कारलाई पछ्याउन नसक्दा यी माध्यमहरू पछि पर्दै गएका छन् । यसको साथमा विकसित सामाजिक सञ्जालको प्रभावले समाचार माध्यमको प्रभावकारिता घट्दै गएको छ । सामाजिक सञ्जाललाई नै समाचार माध्यम र त्यसबाट सम्प्रेषण हुने सामग्रीलाई नै समाचार ठान्ने अडियन्सको बुझाइका कारण पत्रकारिताप्रतिको विश्वासमा प्रश्न उठ्न थालेको छ । सामाजिक सञ्जालले दिने सामग्रीमा कुनै गेटकिपिगं नहुने हुँदा जस्तो पायो त्यस्तै सामग्रीले समाजमा भ्रम सिर्जना गर्ने गरेको देखिन्छ । यस्तो समस्या संसारभर नै देखिन्छ तर पनि नेपालमा अन्य भन्दा पनि युट्युब सामाजिक सञ्जालको प्रभावले के पत्रकारिता हो के होइन भन्ने अन्योल नै सिर्जना गरेको छ । बच्चादेखि वृद्धसम्ममा युट्युबको आकर्षण बढ्दै गएको छ । गैरपत्रकारिता क्षेत्रमा समेत यसको आकर्षण र प्रभाव बढ्दै गएकाले यसलाई आगामी दिनमा पनि सबैले स्वीकार्नै पर्ने स्थिति आएको छ । यही भएर होला, सरकारले यति पछि आएर सामाजिक सञ्जाल प्रयाोग सम्बन्धी निर्देशिका जारी गरेको छ भने यससम्बन्धी विधेयक ल्याएर कानुुन बनाउने तयारी गरिरहेको छ ।
के हो युट्युब ?
युट्युब फेसबुक, ट्वीटर, इस्टाग्राम, विच्याट, भाइबर, ह्वाट्स एप आदि जस्तै एक सामाजिक सञ्जाल हो । खासगरी यो ‘अनलाइन सेयरिंग प्लेटफर्म’ वा ‘भिडियो होस्टिड सेयरिंग सर्भिस’ हो । यसले युट्युव प्रिमियम, युट्युव म्युजिक, युट्युव टिभी, युट्युव किड्स उत्पादनहरू गर्ने गर्दछ । सन् २००५ फेब्रुअरी १४ मा चाड हर्ली (ऋजबम ज्गचभिथ०, स्टीभ चेन(क्तभखभ ऋजभल०, जवेद करिम (व्बधभम प्बचष्mल ले स्थापना गरेको युट्युबलाई २००६ मा गुगलले १.६५ बिलियन डलरमा खरिद गरेको थियो । यसको कार्यालय अमेरिकाको क्यालिफोर्नियाको सान बरुनोमा रहेको छ । यसरी १९ अघि अमेरिकामा स्थापित युट्ब च्यानलको यतिबेला नेपालमा चर्चा गर्नुपरिरहेको छ । विश्वमा झैँ नेपालमा पनि यसका लाखौँ प्रयोगकर्ता छन् । यसले सबैलाई नजिक हुन बाध्य पारेको छ । यतिसम्म समाचार माध्यमसमेत आफ्ना सामग्री युटुबमार्फत विकाउनै पर्ने फन्दामा परेका छन् । जुनसुकै व्यवसायी, पेसाकर्मीले आफ्नो व्यापार, व्यवसायको प्रचार, प्रसार, बजार विस्तार, बिक्री, वितरणका लागि यसकै सहारा लिनुपर्ने अनिवार्यता बनेको छ ।
के राम्रो के नराम्रो ?
वर्र्गीय दृष्टिकोणबाट हेर्ने हो भने यो सामान्य मानिसहरूको माध्यम हो । किनकि मूलप्रवाहका समाचार माध्यममा कहिल्यै पहुँच नपाउने सर्वसाधारणले यसमा सजिलै पहुँच पाउँछन् । लामो समयसम्म हराएका मानिसलाई यसले भेट्टाएको छ । नयाँ नयाँ प्रतिभाहरुलाई चर्चामा ल्याएको छ । कतिपय दुःखी, पीडितलाई राहत दिलाएको छ । भूँइ मानिसका पीरमर्का उजागर गरेर शासक, प्रशासकको ध्यान खिचेको छ । दबाब दिन मद्दत गरेको छ । कतिपय मानिस स्वरोजगार भएका छन् । यो राम्रो पक्ष हो । सरकारले कानुन ल्याउने तयारी गरे पनि अन्य सामाजिक माध्यमलाई झैँ युट्युब र युट्युबरहरूलाई राज्यले चिनेको छैन । विद्यूतीय कारोबार ऐनलाई आधार मानेर विभिन्न नराम्रा प्रकरणमा यिनीहरूलाई कानुनी नियमनको दायरामा ल्याउन सकिने भए पनि राज्यले यसप्रति गहिरो ध्यान दिएको देखिएको छैन । किनकि धेरैजसो युट्युबरले नेपालको संविधान, २०७२ मा मौलिक हकमा रूपमा लिपिवद्ध गरिएको गोपनीयताको हकविपरीत श्रीमान् श्रीमतीका घरको विवादलाई के के न ठानेर सम्प्रेषण गर्ने गरेको देखिन्छ । लैंगिक, धार्मिक, क्षेत्रीय व्यक्तिगत, जातीय रुपमा नकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई सुद्दोन बुद्दो रूपमा उछालेर र अश्लील विषयलाई मनोरञ्जनका नाममा कोट्याएर प्रवाह गर्ने गरेको पाइन्छ । धेरैजसो युट्युबरले आफूलाई पत्रकारको हबला दिएर वास्तविक पत्रकार र पत्रकारिता पेसाकै बद्नाम गरिरहेका छन् । आफैँ प्रेस ज्याकेट, कार्ड र झोला बनाएर प्रयोग गरी पत्रकार भन्दै भ्रम छरिरहेका छन् । व्यक्तिको घर घर, किचन किचन, बेडरूम बेडरूमसम्म पसी सामाजिक द्वन्द्व झन् चर्काउने काम गरिरहेका छन् । कतिपय युट्युवका कारण राजनीतिक, आर्थिक, लैङ्गिक, व्यापारिक, क्षेत्रीय, जातीय रूपमा असर परेको छ ।
के यो पत्रकारिता हो ?
युट्युबकारिताबारे विज्ञ, पत्रकारविच एउटै मत छैन । कोही यसलाई पत्रकारिता नै मान्नहुन्न भन्छन् भने कोही सबै युट्युबलाई एउटै डालोमा हालेर व्यवहार गर्नहुन्न भन्छन् । आजको युगमा युट्युबलाई नकार्न नसकिने बताउँदै तिनीहरूलाई विस्तारै कानुन र आचारसंहिताको दायरामा ल्याउनुपर्ने भनाइ राख्छन् । यद्यपि युट्युबमार्फत् गरिने कार्य एक किसिमको सञ्चार हो । यसलाई नकार्न सकिदैँन । तर संसारले युट्युबमार्फत गरिने सञ्चार कर्मलाई पत्रकारिता भनेर परिभाषित गरेको छैन । नेपालमा यसलाई हेर्ने दुईपक्षीय धारणा आइरहेको छ । यसलाई पत्रकारिता भन्नुपर्छ भन्ने एउटा मत छ भने अर्काे पक्ष यसलाई पत्रकारिता मान्न तयार छैन । त्यसैले यस विषयमा अझै छलफल हुनुपर्दछ । समाचारमाध्यमले झैँ युट्युवले पनि रिर्पोट÷अन्तर्वार्ता प्रसारण गरे पनि त्यसमा पत्रकारिताको निश्चित मूल्य मान्यतामा ध्यान दिएको देखिदैन । समाचार सङ्कलन, लेखन÷पुनर्लेखन, सम्पादन र सम्प्रेषण, तथ्य, सन्तुलन, विश्वसनीयतामा ध्यान दिएको देखिदैँन । सैद्धान्तिक रुपमा यो पत्रकारिता नभइ लिंक सर्भिस हो । अब सर्वपथम युट्युबको प्रकृति र प्रकार छुट्याई अघि बढ्नुपर्छ । दुवै युट्वरलाई कानुनले बाँधी राजस्व संकलन गर्ने वातवरण तय गरिनुपर्दछ । पत्रकारिताको शैलीमा सञ्चार कर्म गर्ने युट्युबलाई काउन्सिलमा सूचीकरण गराइ पत्रकार आचारसंहिता पालना गर्न लगाउनुपर्दछ । यही मूल्य मान्यतामा रहेर सञ्चार कार्य गर्ने युट्युबरलाई पत्रकारिताको दायराभित्र ल्याउनुपर्दछ । युट्युबमात्र चलाउने र पत्रकारिताका लागि युट्युब चलाउनेबिच भिन्नता छुट्याउनुपर्छ । पत्रकारिता र पत्रकार आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराउनुपर्दछ । तर यस विषयमा राज्यको पनि चिन्ता बढ्न थालको छ । यही भएर नेपाल सरकारले आव .०८०।८१ मा युट्युव व्यवस्थापनका लागि प्रेस काउन्सिल नेपाललाई २५ लाख रुपियाँ अनुदान दिएको छ । यही आधारमा काउन्सिलले केही दिनअघि मात्रै ४० भन्दा बढी युटुयबरलाई सहभागी गराएर एउटा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । यदि यस्तो उद्देश्य बोकेका युट्युबको नियमन काउन्सिलले गर्ने हो भने छिटो निर्णय हुनुपर्दछ । पत्रकार आचासंहिता २०७३, (पहिलो संशोधन २०७६)को १४ बुँदामा काउन्सिललाई प्रवृत्तिगत अध्ययन गर्ने आधार भए पनि यो नै पर्याप्त आधार होइन ।
अन्त्यमा
युट्युब एउटा कम्पनीअन्तर्गत रहेको माध्यम हो । नेपाल सरकारले यसको व्यवस्थापन गर्न बजेटसहित आफ्ना्े कार्यक्रममा राख्दै आएको छ । अन्य सामाजिक माध्यमलाई सम्बोधन नगरी एउटा माध्यमलाई मात्रै कार्यक्रममा पार्न नहुने सुझाव पनि आइरहने गरेको छ । त्यसैले अब युट्युबलाई मात्रै कार्यक्रममा समावेश गर्ने हो कि अन्य सामाजिक सञ्जालको विषयमा पनि सोच्ने हो भन्ने कुरा स्पष्ट हुनुपर्दछ । युट्यबको मात्रै व्यवस्थापन हो भने पनि स्पष्ट हुनुपर्दछ । काउन्सिलले पत्रकारिताको शैलीमा सञ्चार कर्म गर्ने युट्युबको अनुगमन गर्ने हो पनि बेलैमा निर्णय हुनुपर्दछ । युट्बरलाई पत्रकार भन्ने कि नभन्ने भन्ने विषयमा पनि समयमा नै निर्णय हुनुपर्दछ ।

सम्बन्धित पोस्ट
  • नेपाली सर्जकहरू:  अन्त्यमा चन्दा उठाउन किन बाध्य हुन्छन्?
  • विश्व नेवा संगठन किन ?
  • “का वल वल!”
  • Waves of riverside standards
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑