• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

भाइरल राष्ट्रबाद


सुभाय् संवाददाताJuly 10, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

डा. रोशन श्रेष्ठ

लेन्डुप दोर्जे मरे ? केहि समयअघि मरे क्यार हगि? समाचारमा आएको थियो जस्तो लाग्छ, तर उत्ति हेक्का राखेनछु। यत्ति थाहा छ – उनको नाउँ नेपालमा हिटलर भन्दा बढी घृणित नाउँको पर्याय बनीसकेको छ।

औसतभन्दा निकै लामो बाँचेका लेन्डुप दोर्जेले जिन्दगीमा निकै उतारचढाव भोगे। फिजिकरण फिजिकरण भनी रटान लगाउने, तर फिजिकरण भनेको वास्तवमा के हो भनेर भुत्लोभाँग थाहा नहुने मूर्ख नेपालीको नजरमा लेन्डुप को साइनो फिजिकरणसित छैन होला। तर लेण्डुपले फिजीका काकोबाउ जस्तै सम्मान पनि भोगे र गोर्वाचेभ जस्तै अपमान पनि भोगे।

जसरी फिजि कव्जा गर्न काकोबाउलाइ रेडकार्पेट बिछ्याइ उच्च सम्मान दिएको थियो, त्यसरी नै लेण्डुपले देल्हि-सरकारको उच्च सम्मान थापेका थिए । अनि जसरी सोभियत संघ पतन गराइसकेपछि त्यहाँको सर्वोच्च नेता गोर्वाचेभलाइ भोद्का पिउने खर्च जुटाउन पनि म्याकडोनाल्डको जागिर खानुपर्ने अवस्थामा पुराएसरी अपमान भोगे, त्यसरी नै लेन्दुपले सिक्किम बिलयपछि अपमान भोगे । आफ्नै जन्मथलोमा पाइला टेक्न प्रतिवन्धित भएर ति लेण्डुप दशकौं बाँचे र पश्चातापको आँसुमा डुब्दै डुब्दै अन्त्यमा गुमनाम मृत्युवरण गरे।

राष्ट्रघात गर्नेहरुको हालत यस्तै हुन्छ हेर भनी दिइने उदाहरण बनेका छन् लेण्डुप दोर्जे। तर काकोबाउ, गोर्वाचेभ जस्ता पात्रहरु भने ‘राष्ट्रघात’का उदाहरण कसैले बनाएको मैले अझै देखेको छैन । बुझ्नुस संसार कति अन्यायी छ भनेर।

आज एक्कासि लेण्डुपको याद किन आयो, त्यो बताउनु अघि समसामयिक विश्वघटनाका केहि कुरा बताउँछु।

यतिखेर म यूक्रेन ध्वस्त भएको दृष्यहरु लाइभ हेरीरहेको छु। देश तहसनहस छ। जनता कति मरे, कति बेपत्ता भए, कति विदेश भागे, त्यसको लेखाजोखा छैन । अनगिन्ति नोक्सानको पर्याय बनेको छ यूक्रेन। त्यहाँको जनता अमेरिका, यूरोप मात्र होइन इथियोपिया तिर समेत शरण माग्दै पुग्न थालेका छन्। त्यहाँका शासकहरु संसारभरी हतियार माग्दै हिडेका छन् । यतिञ्जेल ७०% भन्दा बढी शहरहरु खण्डहर बनेका छन् । ६०% भन्दा बढी जनसंख्या घटीसकेको छ।

यूक्रेन त्यस्तो किन भयो? उत्तर सजिलो छ – जेलेन्स्कीले गर्दा। बिदेशीले भरेको हावामा बहेर खोक्रो राष्ट्रवादको उन्मादमा जनअनुमोदित विध्वंशक आत्मघाती प्रवृत्तिको पर्याय बनेको छ जेलेन्स्कीय राष्ट्रबाद।

तर हाल तवाह भोगेको यूक्रेनको छेवैमा अर्को राष्ट्र पनि छ – बेलारुस। बेलारुसका राष्ट्रपति लुकासेन्को पनि जेलेन्स्की झै बिदेशीको आड-टेको पाएका राष्ट्रबादी नेता हुन। फरक यति हो, लुकासेन्कोले नजिकको बिदेशी-आड लिए, जेलेन्स्कीले परको बिदेशी-आड लिए।

मेडियामा शायद आएन होला, गत महिना लुकासेन्कोको स्वास्थ्यअवस्था एक्कासि बिग्रिएर गयो। अनेकौं महत्त्वपूर्ण भेटघाटहरु उनले रद्द गर्नु पर्यो। अलि तंग्रिएजस्तो भएर पुतिनलाइ भेट्न गएका थिए, त्यहिं फेरी थला परे। उनलाइ लिएर गएको विमान रित्तै देश फर्किन पर्यो। त्यतिखेर लुकासेन्को अब बाँच्दैनन भन्ने पक्का जस्तो ठानियो। र रुसमा पुगेर लुकासेन्को मरेको कि मारिएको भन्ने कोणबाट समाचार आउने तरखर थियो। तत्कालै उनलाइ रुसको सर्वोत्कृष्ट अस्पताल लगियो, उनमाथि वीष प्रयोग गरिएको आशंका भयो, शायद उनी कोमामा पुगेका थिए। उनको पुरै रगत फेरियो र रुसमा उनको सफल उपचार भयो।

बिरामी हालतमा रुस पुगेका लुकासेन्को जवानी-जोश बोकेर देश फर्के। साथमा पुतिनले उनलाइ मनग्य ट्याक्टिकल न्यूक्लियर वेपनहरु समेत दिइ पठाए । रुसबाट फर्केपछि बेलारुस अब ‘संसारको कुनै देशले हामीमाथी हमला गरे हामी त्यसको जवाफ आणविक हतियारले दिनेछौं’ भनेर धाक दिन सक्ने हैसियतमा पुगे । वरीपरी रहेका नाटो राष्ट्रहरु पोल्याण्ड जर्मनी स्वीडेन फिनल्याण्ड र बाल्टिक गणराज्यहरुको सात्तो खाइदिए।

स्मरण रहोस, मैले यूक्रेन-युद्धको शुरुवातमा नै भनेको थिए, युक्रेनलाइ सहयोग गर्न पोल्याण्ड आउने छ, पोल्याण्डलाइ बेलारुसले आक्रमण गर्ने छ। – हाल त्यहि विश्लेषण सहि हुने दिशातर्फ घटनाक्रम मोडिदै छ।

युद्धको शुरुवातकाल तिरै पोल्याण्डले आफुसित रहेको फाइटरप्लेन यूक्रेनलाइ उपलव्ध गराउने घोषणा गरेको थियो। तर वर्षदिन बित्दा पनि पोल्याण्डले हालसम्म फाइटर प्लेन दिएको छैन। त्यसमा पनि अलि लफडा नै छ। पोल्याण्ड फाइटर प्लेन दिन तयार छ, तर उडाउने पाइलट दिन तयार छैन। यूक्रेनले ती फाइटर प्लेन उडाउन आफैले नयाँ पाइलट ट्रेनिङ दिनु पर्यो। पोल्याण्डले दिने पुरानो फाइटर प्लेनको लागि ट्रेनिङ दिइ बस्नु भन्दा यूक्रेनको आँखा नाटोले दिन्छु दिन्छु भनेको एफ१६ फाइटरप्लेनमा गढेको छ। यूक्रेन आफ्नो नयाँ पाइलटहरु एफ१६ को निम्ति ट्रेनिङ दिन चाहन्छ। रुसले चाहिं जुन देशले यूक्रेनलाइ एफ१६ प्लेन दिन्छ, तिनको प्लेन भण्डारमै क्षेप्यास्त्र हानेर ध्वस्त पारीदिन्छु भनेर पहिल्यै धम्की दिएको हुनाले यूरोपका कुनै पनि नाटो राष्ट्रहरु यूक्रेनलाइ फाइटर प्लेन दिने हिम्मत गरेको छैन। तर यदि त्यो अवस्था आयो भने बेलारुस पनि युद्धमा होमिने र त्यो अवस्थामा प्रतिरक्षा गर्नको लागि अहिल्यै आणविक हतियार तैनाथ गरी लुकासेन्को माथि ज्यान भरिदिएको हो भन्ने स्पष्ट छ।

यूक्रेन होस वा बेलारुस होस वा सिक्किम होस वा नेपाल होस, निर्धा राष्ट्रहरुको आन्तरीक राजनीतिमा बिदेशी आडभरोसामा टेकेको खोक्रो राष्ट्रबाद हावि हुनु एक शास्वत नियति हो। मिहिन ढंगले हेर्ने हो भने लेण्डुपको शुरुवाती राजनीति पनि उसरी नै राष्ट्रबादको मुद्दामा टेकेको थियो, जसरी जेलेन्स्की वा लुकासेन्को हरुको थियो।

तर पछि त्यस्तो राष्ट्रबादी राजनीति विस्तार हुँदै गएर त्यसले देशलाइ कता पुर्याउँछ भन्न सजिलो छैन। जेलेन्स्कीको जस्तो तहसनहस र भागाभाग हुनुपर्ने अवस्थामा देशलाइ पुराउन पनि सक्दो रहेछ । लुकासेन्कोको जस्तो दह्रिलो बलियो र छिमेकी सबैलाइ हुँकार गर्न सक्ने अवस्थामा देशलाइ पुराउन पनि सक्दो रहेछ । लेण्डुपको जस्तो आफु पनि सक्किने, राष्ट्र पनि सक्किने तर जनताले सुखसयलको जीवन बाँच्न पाउने अवस्थामा पुराउन पनि सक्दो रहेछ।

यी ३ पात्रहरुको खोक्रो राष्ट्रबादलाइ तुलना गर्दा, अनि हाल तथा भविष्यको आँकलन गर्दा के समानता देखिन्छ, के असमानता देखिन्छ? सबैको राजनीति अन्तमा राष्ट्रघात नै हो। देश नै बिलाउने लेण्डुप-नतिजा मात्रै राष्ट्रघात होइन, जनता र देशलाइ भयंकर दुखको आहालमा डुबाउने जेलेन्स्की-नतिजा पनि राष्ट्रघात हो, जनता र देशलाइ वरीपरीबाट विध्वंशक यूद्धको खतरामा पुराउने लुकासेन्को-नतिजा पनि राष्ट्रघात नै हो ।

तुलना गरी हेर्दाखेरी बरु लेण्डुपको खोक्रो राष्ट्रबाद पो असल हुँदो रहेछ भन्ने अवस्था पनि देखियो। लुकासेन्को हाल दह्रिलो देखिएको त छ, तर तिनले देशमाथि यूद्धको बादल आमन्त्रण गरीसकेको छ, बेलारुसि सेना पूर्णकालीन यूद्धाभ्यासमा रातदिन खटेको छ। जनता हाललाइ मग्न मस्त त होला, तर यदि युद्ध भड्कियो भने त्यहाँ पनि यूक्रेनमा झै विध्वंशको ताण्डव नमच्चिएला भन्न सकिने अवस्था छैन । तर लेण्डुपको सिक्किमको अवस्था हेर्नोस त – त्यहाँ यूद्धको कुनै गुञ्जायस छैन, तनाव र अनिश्चितताको कुनै डर छैन, लेण्डुपलाइ सरापेर मस्त निद्रा र मग्न दिन बिताउन सबै जनताले पाएकै छन्।

आज सिक्किमका जनता भारतका २८ प्रान्तमध्ये सबभन्दा सुखी, शालिन र इज्जतको जिन्दगी बाँचेको छ। त्यहाँ सबैभन्दा कम भ्रष्टाचार, सबैभन्दा कम रोगी जनता (मानसिक, शारीरिक सबै कोणबाट), सबैभन्दा कम राज्यअसन्तोष, र सबैभन्दा राम्रो सामाजिक सहिष्णुता छ। बिचरा लेण्डुपले त्यति साह्रो अपमान भोगे पनि, त्यति निकृष्ट तिरस्कार भोगे पनि, उनले आफ्नो जन्मभूमि र जनताहरुमाथि अत्याचार थोपरीने स्थीति ल्याएनन। सिक्किमेली जनताले भागाभाग हुन परेन, बिदेशी शरणार्थी बन्न जान परेन, बम-गोला छेप्यास्त्रहरुको विध्वंशको शिकार बन्न परेन।

यस कोणबाट हेर्दा लेण्डुप बेठिक, जेलेन्स्की वा लुकासेन्को ठीक कसरी हुन सक्ला? स्मरण रहोस, राष्ट्रबादको आलोकमा लेण्डुपेहरु कहिल्यै पनि ठिक होइनन। बरु जेलेन्स्की र लुकासेन्कोहरु नै अल्पकालकै निमित्त भए नि ठिक देखिनेछन् भलै तिनीहरु सबैका राष्ट्रबाद बिदेशी-पोषणमा टिकेको खोक्रो राष्ट्रबाद हो। बिदेशीको भरथेग नभएको असली अर्गानिक राष्ट्रबाद को निमित्त अब्राहम लिंकन जन्मन पर्छ, जुन बिरलै मात्र सम्भव हुन्छ।

नेपालमा अचेल उरण्ठेउला कुरा गरी भाइरल बन्ने माहौल चलेको छ। कुनै वडाध्यक्ष वा मेयर-उपमेयरले यतिखेर कुनै निहुँ झिकि मोदि र बाइडेनलाइ नेपाल प्रवेशमा रोक लगाउने घोषणा गरिदियो भने तिनीहरु सजिलै भाइरल हुन सक्छन् । सत्य खोज्न, सत्य बोल्न र सत्य सुन्न रुचि छैन, कहानी मनगढन्त नै किन नहोस, आफ्नो अभिष्ट पुरा हुन्छ भने कुतर्क गरेरै भएपनि वकालत गरीहिड्ने प्रवृत्ति चर्को भएको हुँदा सत्य कुरामा अडिग हुनेहरु धमाधम मौन र पलायन हुन थालेका छन् । जनमानसलाइ शालीनता होइन अराजकता र उद्दण्डता प्रीय लाग्न थालेको छ । विश्लेषण पस्किने विद्वान भन्दा दाह्रा किटी किटी चर्का गाली बक्ने उरण्ठेउला बोलक्कडहरुका अन्तर्वार्ताहरु सयौं गुणा बढी मान्छेले हेर्छन् । उपयोगी सुचनामुलक कार्यक्रमहरु भन्दा जोक र तुक्का हान्ने कार्यक्रमहरुमा देखिने पात्रहरु समाजमा सेलेब्रिटी बन्छन्। यस्तो माहौलले नजानी नजानीकन जेलेन्स्की र लुकासेन्को हरु जस्ता पात्रहरु राजनीतिक मैदानमा हुर्काउने काम गरीरहेको हुन्छ, हेक्का रहोस, नेपाल नजिक पुतिन छैनन् जसले यहाँ लुकासेन्को जन्माइ आणविक हतियार तैनाथ गरिदिनेछन् । त्यसैले यदि लेण्डुपेहरु जन तिरस्कार को शिकार भैगए यहाँ जेलेन्स्कीहरुले नै बाजी मार्ने हो, त्यसमा शंकै नगरे हुन्छ। यसको मतलब यो नठानियोस कि लेण्डुपेहरुलाइ घृणा होइन माया गर्न थालौं । प्रस्तूत विवेचना त हालको जन-मनस्थीतिले देशलाइ कता धकेल्दै छ र देशवासीको निमित्त तुलनात्मक रुपमा कम क्षति हुने विकल्पको बाटो के कस्ता हुनसक्ला भन्ने परिस्थीतिको आँकलन मात्र हो।

कुरा बुझौं मुसुमुसु हाँसौं।

सम्बन्धित पोस्ट
  • नेपाली सर्जकहरू:  अन्त्यमा चन्दा उठाउन किन बाध्य हुन्छन्?
  • विश्व नेवा संगठन किन ?
  • “का वल वल!”
  • Waves of riverside standards
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑