• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

“सपना हैन साकार हूँ !”


Hand writing with pencil sketch drawing. Vintage hatching. Engraved style vector illustration
सुभाय् संवाददाताFebruary 4, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

महर्जन रत्न

म सपना हैन साकार हूँ
भ्रम हैन आकार हुँ
तिम्रै मनभित्र गुम्सिएको.
भावनाको म पुकार हुं

आँखीझ्यालबाट चियाउँदा पनि संसार देखिन्छ । कौशीमा उभिएर हेर्दा पनि त्यही संसार देखिन्छ । फरक यतिमात्रै छ कि कौशीबाट हेर्दा खुल्ला आकासलाई बढी समेत्न सकिन्छ भने आँखीझ्यालबाट हेर्दा आवश्यक चीजमा बढी आँखा केन्द्रीत गर्न सकिन्छ ।
तिमीप्रतिको मेरो हेराइ कौशीको हेराइ हो कि आँखीझ्यालको हेराइ हो, मैले भन्दा बढी तिमीले बुझेको हुनुपर्ने हो । म तिम्रो लागि खुल्ला किताब हुँ, चलिरहेको सिनेमा हुँ । तिमी पढ्न सक्छ्यौ, हेर्न सक्छ्यौ । अझ मनभित्रैबाट सुन्ने हो भने त्यहाँबाट झ्ंक्रीट मीठो संगीतको आवाज सुन्न सक्छ्यौ । प्रिय, तिमीलाई मप्रति अजीव आभास भइरहेको होला । म कतै मांशाहारी प्रेममा मदमस्त भइरहँदा तिम्रा आँखा कता मोडिए थाहा भएनन् । लालायित मेरा प्यासहरुले तृष्णा मेट्दै गर्दा तिमीमा कस्तो भावना आयो होला , म ठम्याउन सक्दिन । तर तिमीप्रति मेरो
असीम चाहना मरेको छैन । तिमीलाई भानपर्न सक्छ कि म तिमीबाट टाढिइसकें भनेर तर म तिमीबाट अति नै नजिक छु । मनको आँखाले हेर्दाखेरि तिमी मेरो सामु नै सदा उभिरहेको हुनेछौ । तर मभित्रको तृष्णा त्यस बजारमा पुगेर जहिले पनि उर्लेर आउँछ । म प्यास मेटन चाहन्छु प्यास, बस प्यास। त्यहाँ म तिमीलाई क्षणिक रुपमा भुल्छु । तर तिम्रो सम्झनाको डोरी यति लामो छ , नाप्दानाप्दै म आफैं कायल हुन्छु । तिम्रो सम्झनाको स्वाद यति मीठो चाख्दाचाख्दै सबै स्वाद बिर्सिन्छु । क्षणिक पागलपनले म बशीभूत हुन्छु मात्र ।
समाधि त परको कुरा हो म भोगी छु । म स्वामी हैन, म कुनै त्यागी
जोगी हैन । म राजा पनि हैन, सामान्य मानिस हुँ । ममा भोक, रोग, शोक सबैको बास छ । ममा खुशी, हाँसो र हर्षको लहर छ । तिमीलाई भनीराख्नुपर्ने कुरा त हैन म भावनामा डुब्ने मान्छे । भावनाको सागर यति गहिरो । भावनाको छाल यति अग्लो म भन्न सक्तिन ।
त्यही भावनाभित्र म सिर्फ तिमीलाई पाउँछु । तिमी बाहेक सपना पनि तीतो तीतो लाग्छ । भांवावेशमा म केही प्यासी हुन्छु तर तिमीसित म प्यास बाड्न सक्तिन ।
“मानिसको प्रकृति, मानिस जे गर्छ, आनन्दकै निम्ति गर्छ । त्यसैले जुनसुकै काम गर्दा आनन्दकै खोजीबाट शुरुवात गर्नुपर्छ ।” कुनै विद्वानले यस कुरामा जोड दिएका छन् । मपनि त्यसकै अनुसरण गरिरहेको छु ।तिमीसित प्रेममा डुब्दा मलाई आनन्द लाग्छ । अनि उनीसित प्यास मेट्दा पनि मलाई आनन्द आउँछ । तर मलाई थाहा छैन, मेरो व्यक्तिगत स्वार्थ मात्रै हो कि तिमीलाई पनि आनन्द दिएको छ। तिनलाई मैले क्षणिक रुपमा किनेको छु,तिनमा तिनी आनन्दित छन् कि छैन मलाई थाहा छैन ।
तिमीकहाँ म कति दिन नआउँदा पनि तिमी मलाई किन आएनौ भनी प्रश्न गर्दैनौ । बस, अलिकति मुख अँध्यारो पाछ्यौं र मेरो सत्कार गर्छ्यौ । तिमीले मलाई बुझेकी छ्यौ । मप्रति परत्रको व्यवहार गर्दिनौ । तिनीकहाँ म केही दिन नगए मेरो शरीरमा टाँसिएर तिनी भन्न थाल्छिन् “हजुर त कस्तो निर्मोही कति दिन त आउनै भएन । हाम्रो सम्झना पनि आउँछ कि आउँदैन कुन्नी” म तिनको भावना बुझ्छु, तिनमा स्वार्थको प्रेम छ मसित । तिनमा मप्रति वासनात्मक प्रेम हुनसक्छ । तिनमा मप्रति आर्थिक प्रेम हुनसक्छ । तिनले ब्यवसायिक प्रेम गरेकी छिन् । त्यसैले तिनले ब्यापारिक भाषा बोल्छिन् । तथापि म तिनमा आकर्षित तिनलाई भोग्ने मेरो रहर हो ।
तिमीलाई म चाहन्छु, तिमीलाई हृदयभरि सजाइ राख्ने मेरो चाहना हो ।
म दुइ दर्शनमा बाँडिएको मान्छे । म आफैँ आश्चर्यचकिट हुन्छु । म केही भन्न सक्तिन । म मौन भएर एकान्तमा हिडिरहन्छु । मौनतालाई जुनेली रातको जूनले कतै तोडिदिन्छ । सर्सर बगेको हावाको वेगले केही साम्य पारिदिन्छ । म प्रेमी, म तृष्णाले लटपटिएको, म दिवाना, म आफैँले आफैलाई वशमा राख्न नसक्ने कल्पनासँगै हिंडिराख्ने कल्पनाशील मान्छे । त्यो आकाशको बादल जुनेली रातमा पनि हावाको वहावसँगै पहाडतिर हुँइकिरहेछ, म पनि त्यस्तै हुँइकिरहेछु सपनाको दुनियामा जहाँ वासना विनाको प्रेमी तिमी हौ, जहाँ प्रेमबिनाको समागम तिनी छिन् ।
क्रमश…….
२०६२ /६/२ आर्टिकल सिरिज – सिटी टाइम्स 

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑