• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

बेलैमा उपचार पाए ‘सबैजसो’ निको


सुभाय् संवाददाताMay 12, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १६ मिनेट
अतुल मिश्र
काठमाडौँ — बेलैमा उपचार पाएका कोरोना भाइरस संक्रमितमध्ये अधिकांश निको भइरहेका छन् । कोरोना भाइरसले मृत्यु भएका अधिकांश व्यक्ति लक्षण देखिएपछि पनि ढिलो गरी स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेकाहरू रहेको पाइएको छ ।
‘समयमै संक्रमण पहिचान भएर स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अधिकांश व्यक्ति पूर्ण रूपमा निको भएका छन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘बेलैमा उपचार पाएका वृद्धवृद्धा पनि कोरोना जितेर घर फर्किंदै छन् ।’
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितको तुलनामा निको भएकाको संख्या ४०.०३ प्रतिशत छ । पछिल्लो २४ घण्टामा मुलुकमा ८ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा निको हुनेको संख्या ३ हजार ३ सय ७० छ । संक्रमणले हालसम्म ३ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । यो भनेको जम्मा संक्रमितको ०.९४ प्रतिशत हो । यसअघि मृत्युदर एक प्रतिशत थियो । पछिल्ला दिनमा संक्रमितको संख्या बढेकाले आवश्यक उपचार नपाएर वा ढिला गरी अस्पताल पुगेर ज्यान गुमाउनेका संख्या बढेको चिकित्सकको भनाइ छ ।
पोहर जस्तै यसपालि पनि संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा सामान्य लक्षण छ । ‘यस्ता बिरामीलाई घरमै चिकित्सकीय सल्लाहमा उपचार गर्दा पुग्छ,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले भने, ‘बाँकीमध्ये १५ प्रतिशत मध्यमस्तरका बिरामी हुन्, उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ । ५ प्रतिशत गम्भीर खालकालाई आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने देखिएको छ ।’
डा. दासले कोरोना संक्रमणले सामान्य निमोनिया भएकाहरू घरमै चिकित्सकीय सहयोग एवं सल्लाहमा उपचाररत रहेको र ५–७ दिनमा निको भइरहेको बताए । उनका अनुसार मध्यमस्तरको निमोनिया भएकाहरूलाई निको हुन ८ देखि १० दिन लाग्ने गरेको छ । गम्भीर निमोनिया भएकामध्ये करिब ६० प्रतिशतलाई निको हुन १० देखि १२ दिन र बाँकी ४० प्रतिशतलाई ३ देखि ५ सातासम्म लाग्न सक्छ । ‘भेन्टिलेटर नचाहिने गम्भीर निमोनिया भएकामध्ये ७० देखि ८० प्रतिशतसम्म र भेन्टिलेटरमा रहेका १५ देखि २० प्रतिशतसम्म बिरामी निको भइरहेका छन्,’ डा. दासले भने ।
त्रिवि शिक्षण अस्पतालमा अधिकांश मध्यमस्तरका र गम्भीर बिरामी नै भर्ना हुने गरेको जानकारी दिँदै डा. दासले केही दिनदेखि यस्ता बिरामीमध्ये करिब २ प्रतिशतजतिको मृत्यु भएको देखिएको बताए । ‘संक्रमण चाहे सामान्य, मध्यम वा गम्भीर नै भए पनि समयमै उपचार प्रक्रियामा आउनेहरूमा निको हुने सम्भावना अत्यधिक छ,’ उनले भने, ‘कोभिडले मृत्यु भएकामा समयमै अस्पताल पुग्न नसकेको, ढिलो गरी पुगेका नै बढी छन् ।’
गत वर्षको पहिलो लहरको तुलनामा यस वर्षको दोस्रो लहरमा संक्रमितलाई छिटो निमोनिया भइरहेको पाइएको छ । सास फेर्न गाह्रो भए, ज्वरो सय डिग्री सेल्सियसभन्दा बढी भइरहे, अक्सिजनको मात्रा (९२ प्रतिशतभन्दा कम) धेरै तल–माथि भइरहे तुरुन्त चिकित्सकीय सल्लाह आवश्यक हुने डा. दासले बताए । ‘तर यस्तै लक्षण भएर पनि घरमै बस्ने र ढिलो भइसकेपछि अस्पताल आउने हुनाले समस्या भइरहेको छ,’ उनले भने ।
राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले पनि बेलैमा अस्पताल र स्वास्थ्यकर्मीको सम्पर्कमा आएका सबैजसो निको भइरहेको बताए । ‘लक्षण देखिनासाथ अस्पताल वा स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरूलाई ठीक छ । ढिलो अस्पताल जाने वा घरमै अक्सिजन उपयोग गर्नेलाई अप्ठ्यारो भइरहेको छ,’ उनले भने ।
डा. शाहले संक्रमितको छातीको एक्स–रे रिपोर्टमा दाग देखिए उपचार प्रक्रिया तुरन्त सुरु गर्नुपर्ने बताए । ‘एक्स–रेमा दाग छैन तर ज्वरो छ भने घरमा पनि निको हुन सक्छ,’ उनले भने । ५०–६० प्रतिशत फोक्सो बिग्रिएपछि उपचार थाल्नु धेरै ढिलो हुने उनले बताए । कोरोना संक्रमितको उमेर नहेर्न पनि डा. शाहले आग्रह गरे । ‘बिरामीको उमेर होइन, लक्षण हेर्नुस् र समयमै उपचार प्रक्रियामा सरिक गराएर सहजै ज्यान जोगाउनुस्,’ उनले भने ।
चिकित्सकहरूका अनुसार सामान्य समस्या भएका संक्रमितहरू स्वास्थ्यकर्मीको सल्लाह सुझावबमोजिम घरमै प्रशस्त तातो झोलिलो खाना खाए, राम्रो निन्द्रा र तनावरहित अवस्थामा रहे निको हुन सक्छन् । उनीहरूले अनावश्यक औषधि र उपचार प्रक्रियामा अल्झिन नहुने पनि चिकित्सकको सुझाव छ । उनीहरूका अनुसार टाउको दुखे, ज्वरो आए उमेरअनुसार मात्रा निर्धारण गराएर पारासिटामोल खान सकिन्छ । अक्सिजनको अवस्था राम्रो राख्न पेटको बलले सुत्नु फाइदाजनक हुन्छ ।
‘संक्रमित भई घरमै स्वास्थ्य लाभ गरिरहेका धेरै जनाले अनावश्यक रूपमा एन्टिबायोटिक, विभिन्न प्रकारका भिटामिन, स्टेराइड औषधि सेवन गरेको पाइएको छ । तर यी कुनैको आवश्यकता नै छैन,’ डा. दासले भने ।
साभार: इकान्तिपुर
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑