• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

सन्दर्भ नेकपाभित्रको बहसः प्रथम राष्ट्रपतिको निर्वाचनको बेला कसले कसलाई धोका दिए ?


सुभाय् संवाददाताDecember 1, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

सन्दर्भ नेकपा (नेकपा)भित्रको वहसः प्रथम राष्ट्रपतिको निर्वाचनको बेला कसले कसलाई धोका दिए ?                         

राजेन्द्र श्रेष्ठ

पहिलो संविधानसभाको निर्वाचनपछि भएको प्रथम राष्ट्रपतिको निर्वाचनमा कमरेड प्रचण्डले माधव नेपाललाई समर्थन नगरेर धोका दिए भनेर नेकपा (नेकपा) प्रचण्डको प्रतिवेदनको जवाफमा प्रधानमन्त्री तथा (नेकपा) का अर्का अध्यक्ष के.पी. ओलीले लेख्नु भएको रहेछ । मैले आजभन्दा ५ वर्ष अगाडि महिला सुरक्षा दवाव समूहद्वारा प्रकाशित हुने सामुहिक आवाज, सहाना प्रधान विशेषाङ्कका लागि राजनीतिका शिखर व्यक्तित्व शिर्षकमा एउटा स्मृति लेख लेखेको थिएँ, जुन २०७३ सालमा प्रकाशित भएको छ । त्यसमा मेले सन्दर्भबस प्रथम राष्ट्रपतिको निर्वाचनको प्रसङ्ग उल्लेख गरेको छु । मैले त्यतिबेला भएका केही कुराहरू यहाँ उद्धृत गरेर पेष्ट गरेको छु ।
“…. पहिलो संविधान सभाको निर्वाचनपछि राष्ट्रपतिका लागि नेकपा (माओवादी)ले नव जनवादी मोर्चाका नेता रामराजा प्रसाद सिँहको नाम अगाडी सारेको थियो । तर म लगायत अशोक राई, सुरेन्द्र पाण्डे, रकम चेमजोङ, गोकर्ण विष्टसहितका तत्कालिन केन्द्रीय समितिका करिव एक दर्जन साथीहरूले तत्कालिन पार्टी महासचिव (प्रमुख) झलनाथ खनाललाई भेटी राष्ट्रपतिमा साहना प्रधानलाई उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राख्यौँ । त्यसमा झलनाथ खनाल सहमत भएपछि सोहि दिन कमरेड प्रचण्डसँग कुराकानी गर्ने सहमति भयो । त्यस कामका लागि संविधानसभाको पक्षमा जनमत बनाउन पार्टीभित्रको एक अभियन्ता भएको र कमरेड प्रचण्डसँग सम्पर्कमा पनि रहेको हिसावले साथीहरूले मलाई नै त्यसका लागि लविङ गर्ने जिम्मा दिए । मैले सोहि दिन कमरेड प्रचण्डसामु त्यो प्रस्ताव राखेँ । उनले आफू यसमा सकारात्मक रहेको भन्दै तत्कालिन उपप्रधानमन्त्री कृष्णवहादुर महरासँग पनि कुराकानी गर्न भन्नु भयो । उनी त्यतिवेला चीन जाने सम्बन्धमा काममा व्यस्त थिए । तर मैले फोन गरेपछि तुरुन्त समय दिनु भयो र उनीसँग पनि कुरा राखेँ । उनी पनि त्यसमा सहमत भए । त्यसको केही दिनपछि माओवादीले एमालेको तर्फबाट साहना प्रधानलाई राष्ट्रपतिको उम्मेदवार बनाए समर्थन गर्ने निर्णय गरे । त्यतिबेला एक सार्वजनिक कार्यक्रममा माओवादीका पम्फा भुसालले साहना प्रधानलाई भावि राष्ट्रपतिको रूपमा चित्रित गरे । त्यसपछि एमालेभित्र गोटीचाल सुरु भयो । एमाले नेता इश्वर पोखरेलले हाम्रो पार्टीको नेताको नाम माओवादीले किन लियो भन्दै विरोध गरे । उनले झलनाथसँग भेटी हाम्रो पार्टीबाट राष्ट्रपति पाउने भए माधव नेपाललाई बनाउनु पर्छ भन्दै लविङ गरे । उनले झलनाथसामु यदि माधव नेपाललाई राष्ट्रपति बनाए पार्टीको आठौँ महाधिवेशनमा निर्विवाद रूपमा उनको समर्थनमा तपाँइ अध्यक्ष हुन सक्ने कुरा गरेको रहेछ । त्यसपछि झलनाथ खनाल आफ्नो स्वार्थका लागि त्यहि पक्षमा लागे । मैले भनें तपाँइसँगै सल्लाह गरी माओवादीसमक्ष साहना प्रधानको नाम प्रस्ताव गरियो, तर तपाँइले साहना प्रधानलाई राष्ट्रपति बनाउने प्रस्ताव हाम्रो हो भनेर किन भन्नु भएन भन्दा उनले इश्वर पोखरेलले भनेको कुरा ठीक हो, माधव नेपाललाई राष्ट्रपति बनाए अध्यक्षमा आफ्नो बाटो निश्चित हुने कुरा गरे ।
माधव नेपाल संविधानसभाको निर्वाचनमा दुई दुई स्थानमा हारेको व्यक्ति हुँदा माओवादी सकारात्मक हुने सम्भावना नै थिएन । एमालेभित्र राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेर उनको सम्मान गरेको जस्तो देखाउने तर यथार्थमा उनलाई चरम पदलोलुप सावित गरेर राजनीतिबाट सफाया गर्ने दृष्टिकोणबाट यो प्रस्ताव आएको थियो । तर माधव नेपालले यसमा पनि र्याल चुहाए । यसरी आफ्नो गुट स्वार्थका लागि माओवादी सकारात्मक हुँदाहुँदै साहना प्रधान जस्तो व्यक्तिलाई एमाले आफैले माधव नेपालको च्याँखी थापेर राष्ट्रपति हुन दिएन । नेपालको प्रथम राष्ट्रपति महिला हुनबाट वञ्चित गरे । साहना प्रधानलाई माओवादी र एमालेले साझा उम्मेदवारको रूपमा खडा गरेको भए उनले जित्ने निश्चित थियो । त्यसबाट कमरेड पुष्पलालको मात्र सम्मान हुने थिएन यो देशको पहिलो राष्ट्रपति महिला भएको इतिहास समेत कायम हुन सक्दथ्यो । २०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चाकी अध्यक्ष समेत रहेकी साहना प्रधान सामन्तवादविरुद्धको लडाईमा पनि इमान्दारिताका साथ निरन्तर लागेकी थिइन । पार्टीभित्र गुटवन्दी गरेर उनका कतिपय कनिष्ठ सहकर्मीहरु शक्तिशाली र प्रभावशाली कहलाइए । ती नेताहरूले आफ्नो गुट स्थार्थका लागि साहनाले पाएको मौका पनि खोसे । पछिल्लो कालमा उनी पार्टीबाट असन्तुष्ट भई केन्द्रीय समितिको बैठकमा आउन छोडेकी थिइन । उनले आफूमाथि पार्टीले अन्याय गरेको कुरा आफ्ना सहकर्मीहरूसमक्ष धेरै पटक व्यक्त पनि गरेकी थिइन ।”
हामीले सहाना प्रधानलाई देशको प्रथम राष्ट्रपति प्रस्ताव गरिरहँदा तत्कालिन नेकपा (माओवादी) र मधेसी जनअधिकार फोरमबिचको तालमेल राष्ट्रपति र उपराष्ट्रपति फरक समुदायको हुनुपर्ने भन्ने माओवादीको अडानले भत्किएको थियो । त्यस अवस्थामा हामीले माधव नेपाल देशको प्रधानमन्त्री भइसकेका व्यक्ति भएकाले संवैधानिक राष्ट्रपति बन्नु हुन्न भन्ने धारणा स्पष्ट रूपमा राखेका थियौँ । यस्तो प्रचलन कार्यकारी प्रधानमन्त्री भएको भारत लगायतका धेरेजसो मुलुकहरूमा छैन पनि । तर त्यतिबेला इश्वर पोखरेलको दाउपेचको अगाडी झलनाथ खनाल टिक्न सकेन ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑