• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

नेपाली विद्यार्थीको अमेरिकी जीवन


मीरा राजभण्डारी अमात्य
सुभाय् संवाददाताOctober 26, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपालीको निर्वासित जीवन वा वैदेशिक रोजगारीबारे मिडियामा खासै खोतलिएको पाइँदैन । विगत हेर्दा देशमा आन्तरिक राजनीतिक कलहका कारण भारतको वनारस, पञ्जावलगायत विभिन्न स्थानमा नेपाली पलायन हुने गरेको इतिहासले देखाउँछ । तत्कालीन भारतको पञ्जाव लाहोरमा सेनामा भर्ती हुन नेपाली जाने गरेको इतिहास दुई सय वर्ष भइसकेको छ । उसो त भारतको काशी वनारस आमनेपालीको शिक्षा ग्रहण गर्ने पहिलो गन्तव्य पनि थियो । तत्कालीन नेपालको जनसङ्ख्याका हिसाबले खासै विदेश गएर कमाउनुपर्ने आवश्यकता त थिएन । तर, कूटनीतिक सम्बन्धलाई निरन्तरता दिन र सोबापत पाइने आर्थिक प्रलोभन नै आमनागरिक र राज्यको स्वार्थ रहने गरेको थियो ।
समय परिवर्तनसँगै अहिले आर्थिक बजार क्रमशः स्वतन्त्र बजारका रूपमा परिमार्जित हुंँदै गएको छ । नेपालीको विदेश पलायनमा अहिले फरक कारण जिम्मेवार छन् । विशेषगरी दस वर्षीय सशस्त्र द्वन्द्वले नेपालीलाई विदेश पलायन हुन विशेष परिस्थिति बनायो । यदि पत्रकारिताका आँखालाई नकारात्मक मान्ने हो भने अमेरिका जहाँ घरहरूमा पर्खाल लगाउने खासै चलन छैन । राख्न हुँदैन भन्ने मान्यतामा आधारित समाज छ, त्यहाँ ।
अमेरिकामा नेपालीको जनसङ्ख्या करिब तीन लाख छ । यससँग जोडिएका विभिन्न जातिगत पार्टीगत सङ्गठन आठ सयभन्दा बढी छन् । यी सङ्गठनको उद्देश्य आमनेपालीबीच सौहार्दता र सहयोग राख्नु हो । तर, हरेक सङ्गठनमा पार्टीगत छवि हाबी हुँदा भविष्यमा नेपालीको सम्बन्ध र प्रेम एकापसमा जोडिनेभन्दा टुक्रिने सम्भावना देखिन्छ । पत्रकारिताकै सन्दर्भमा पनि यहाँको पत्रकारिता नेपालको मुद्दामा भन्दा नेपालीको समस्या समाधानमा केन्द्रित हुनुपर्ने हो । तर, एक त भाषाको समस्याका कारण यहाँको स्थानीय विषयवस्तुमा केन्द्रित हुन नसकेको देखिन्छ । अर्कोतर्फ परदेशी भूमिमै रहे पनि यो मन त नेपाली हो भनेझैँ नेपालको माया पनि हो । थप वास्तविकता पत्रकारिता गरेरमात्र खान नपुग्ने अमेरिकन जीवन दैनिकी र व्यवहारका कारण कम्तीमा दस घन्टा काम पनि गर्नुपर्ने बाध्यता थप कारण हो ।
अमेरिकन समाज निकै स्वार्थी छ । नेपाली यहाँ आएपछि अमेरिकनभन्दा बढी स्वार्थी हुन्छन् । कारण अमेरिकी सरकारले यहाँका वृद्धहरूको सबै जिम्मा लिन्छ । त्यसैले छोराछोरीले हेरचाह गरे पनि, नगरे पनि केही फरक पर्दैन । नेपालीको सङ्गत त्यही जमातसँग हुन्छ । उनीहरू त्यही सिको गर्छन् । घरपरिवार घाँडो हुन्छ उनीहरूका लागि । अर्थात् अमेरिकन समाज र यहाँको राज्य व्यवस्थालाई सतही रूपमा बुझिदिँदा नेपाली समाज थेट नेपाली र अमेरिकन समाजभन्दा भिन्न समाज बन्न पुगेको छ । आफूमाथिको बाबुआमाका कर्तव्य र दायित्व नबुझ्दै अमेरिका छिरेका विद्यार्थी लाइब्रेरीलगायतमा सहजखालका काम गरिरहेका वृद्ध अमेरिकन देख्छन् । नेपालमा आफ्ना बाबुआमा बसीबसी खाएको र निक्रिय भएको सम्झन्छन् । अमेरिकी वृद्धवृद्धालाई खान–लाउन सरकारबाटै सुविधा प्राप्त हुन्छ । यसमा स्थानीय चर्चहरूसमेतले सहयोग गर्छन् । यसरी काम गर्ने वृद्धाको वास्तविकता भनेको वृद्धावस्थाको एकाङ्कीपन र आफू तन्दुरुस्ट रहन काम गर्छन् । त्यही कुरा नेपालका आमाबाबुलाई सुनाएर मनहरू दुखाउने गर्छन्, अमेरिकामा बस्ने नेपाली ।
अमेरिकी जीवनको वास्तविकता नबुझिदिँदा अभिभावक र नवअमेरिकी नेपाली विद्यार्थीबीचको दूरी पनि क्रमशः बढ्दो छ । अभिभावकहरू अन्य श्रमिक वर्गका नेपालीले धमाधम कमाएर नेपाल पैसा पठाउने गरेको देख्छन् । तर, पढ्छु र आफ्नो भविष्य राम्रो गर्छु भन्ने मनोबल बनाएर आमाले पकाएको तातो भात र बुवाको आलिशान घर छोडेर गुरुकुुल अमेरिका पुगेका आफ्ना नानीहरूले पढाइसँगै अनेक दुःख गरेको अनुमान गर्न छोड्छन् । पैसाकै विषयमा कचकच सुरु हुन्छ । अभिभावकले बुझ्नैपर्ने कुरा श्रमिक र विद्यार्थीबीचको हैसियत हो । कतिसम्म भने घन्टाको तीन डलरसम्म पाए पनि धन्य हुने गरेका छन्– विद्यार्थी । त्यो पनि नपाए टिप्समै काम गर्न बाध्य छन् । अमेरिकी कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई बीस घन्टासम्म मात्र काम गर्न कानुनी इजाजत दिन्छ । सोभन्दा बढी काम गर्नु र रेष्टुरेन्ट र वारजस्तामा काम गर्न गैरकानुनी मानिन्छ । भर्खरै एक भारतीय पत्रिकाले इजाजतबेगर काम गरेको भेट्टाएपछि तत्काल भारत फर्काइएका एक विद्यार्थीको समाचार छापिएको थियो । परदेशी भूमिमा अभिभावकविना शैक्षिक भविष्य राम्रो बनाउन सङ्घर्ष गरिरहेका आफ्ना नानीहरूबारे अभिभावक कति सचेत छन् ? यो विषयमा खासै चर्चा भएको पाइँदैन ।
अर्को, अभिभावकका आफ्ना समस्या पनि होलान् । ऋण गरेरै पढ्छु भन्ने नानीहरूका इच्छा पु¥याइरहेका अभिभावक पनि छन् । हरेक अभिभावकको चाहना हुन्छ– आफ्ना नानीहरू राम्रोसँग पढून् । समाजमा इज्जत होस्, पैसा, पद र प्रतिष्ठा हासिल गरून् । तर, समाज गधा बच्चा र बूढो मान्छेको कथाजस्तो छ । न यो गरे जस न त्यो गरे जस । सायद नेपाली समाज अलि फुर्सदिलो भएर पनि होला ।
अमेरिकामा पढ्ने अन्य देशका विद्यार्थीभन्दा नेपाली विद्यार्थीले आफूले तिरेको करबापतको रकम फिर्ता पाउँदा अत्यन्त कम प्रतिशतमात्र फिर्ता पाउने गरेका छन् । एक भारतीय विद्यार्थीको भनाइमा सहमत हुने हो भने भारत सरकार र अमेरिकी सरकारबीच केही सहमति छ । भारतीय विद्यार्थीलाई न्यूनतम सहुलियत दिने । तर, त्यो सहमति कस्तो हो आमभारतीय विद्यार्थी पनि अनभिज्ञ छन् । यस्तो सहमति नेपालले पनि अमेरिकी सरकारसँग गर्न सक्छ । तर, यस विषयमा एक नेपालीको बुझाइ फरक छ । भारत सरकारको अमेरिकामा लगानी ठूलो छ । भारतीय लगानीमा चलेका कतिपय रेष्टुरेन्ट तथा कार्यालयमा केही अमेरिकनले रोजगारी पाइरहेका छन् । त्यस्तै, करिब एक अरब ३६ करोड जनसङ्ख्या रहेको भारत अमेरिकन सफ्टवेयरलगायतको राम्रो ग्राहक हो । तसर्थ, अमेरिकी सरकारले भारतीय विद्यार्थीका लागि त्यति सहुलियत दिनु खासै ठूलो कुरा होइन ।
एक नेपालीको भनाइ यहाँ तर्कसङ्गत होला । नेपालबाट हरेक वर्ष थुप्रै नेता अमेरिका आउँछन् । तर, उनीहरूको भाषणका खाका र एजेन्डा खालि नेपालको राजनीति र सामाजिक समस्यामा केन्द्रित हुने गरेका छन् । तीन लाख नेपाली रहेको अमेरिकामा नेपालीका समस्या के–के हुन् ? ती सम्बोधन गर्न उनीहरूसँग के–के एजेन्डा छन् ? त्यस्ता विषयवस्तुको प्रतिशत शून्य हुने गरेको छ । त्यसैले कतिपय नेताहरूले कार्यक्रमकै बीचमा गाली र उपहास बेहोर्नुपरेको उदाहरण पनि छन् ।
विद्यार्थी जीवनका रूपमा गुरुकुल अमेरिका छिरेका नेपाली नै अहिले अधिकांश व्यापारी वर्गमा परिणत भएका पनि छन् । सुरुवाती दिनमा चार घन्टा काम गर्न पाँच घन्टा समुद्रीकिनार र रेल स्टेसनमा कुरेर समय बिताउनेहरू नामी व्यापारीमा परिणत भएका छन् । अहिले अमेरिकी ग्रीनकार्डसमेत प्राप्त गरेकी कमला श्रेष्ठबारे कम नेपालीलाई थाहा होला । नर्सिङ पढ्न अमेरिका छिरेकी कमला अहिले सयौँ नेपालीलाई रोजगारी दिन सफल भएकी छन् ।
धैर्य गर्नुपर्छ, अमेरिकामा सङ्घर्षका पर्खाल नाघ्न । पर्खाल नभएका देशका लुकेर रहेका सङ्घर्षका अनेक पर्खाल नाघेपछि सुनौलो भविष्य बन्छ । मात्र विद्यार्थी तथा अभिभावकले अमेरिकी जीवनशैलीमा सोचेर हैन, नेपाली शैलीको जीवनलाई अमेरिकी व्यवहारमा उतार्नुपर्छ । म नेपाली हुँ र मैले नेपाल र मेरा आफन्तसँग अमेरिकी डलरसँग होइन, अमेरिकी इमानदारी, कर्तव्य र दायित्वसँगै नेपाल र आफन्तलाई सँगसँगै लानुपर्छ भन्ने सोच्नुपर्छ ।

(लेखक खोज पत्रकार हुनुहुन्छ र उहाँको अमेरिका बसाईको क्रममा लेख्नुभएको यो लेख हो)

source gorakhapatraonline

सम्बन्धित पोस्ट
  • नेपाली सर्जकहरू:  अन्त्यमा चन्दा उठाउन किन बाध्य हुन्छन्?
  • विश्व नेवा संगठन किन ?
  • “का वल वल!”
  • Waves of riverside standards
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑