हो, आमाको घर । आमा छैन त घर छैन । घर छ तर घर घर जस्तो हुँदैन । घर महसुस हुँदैन । म आज “आमा“को घर को कुरा गर्दै छु । हुनत धेरै बुवाहरु लाई लाग्न सक्छ ,यिनी महिला बादी रइछिन । महिलाका कुरा मात्र गर्छिन , हामी पुरुष वा बा हरुको समाजमा गरेको योगदान खोइ त ? अबश्य पनि बाःले आफ्नो अस्तित्व र पहिचान खोज्नु हुन्छ नै, स्वाभाविक कुरा हुन । तर बाःले आर्थिक भार बहन गरे पनि आमाको योगदान सँग तुलनिय हुँदैन र गर्नु पनि हुँदैन भन्छु म । बुवा सम्रक्षक हुन, सुरक्षा कर्मी हुन – आर्थिक र भौतिक रुपमा । तर आमा सम्पूर्ण हुन मेरो बिस्लेशनमा ।
त, आमाको कुरा गरी रहँदा म आफ्नो जन्म घरकी आमा को मात्र होइन मेरो कर्म घर कि आमाको पनि कुरा गर्दै छु, याने कि हाम्री सासु आमा ।
पैला आफ्नो आमाको कुरा गर्छु ल ? ज्वरो आको थियो । केको ज्वरो आको याद छैन । कती उमेरको पनि याद छैन, शायद धेरै सानी थिएँ । अरु बेला आमा ब्यस्त । बुवा बिनाको घर, आर्थिक रुपले समेत आमा अभिभाबक बन्नु पर्ने हाम्री आमा । बिरामी हुँदा भने आमा सब काम छोडेर घर बस्ने । जाउलो, दुःध, औषधी, बिस्कुट सबै खान पाइने । हर्लिस यती खाएँ कि बिरामी पर्दा अचेल हर्लिसको बासना ह्वास्स हुन्छ मलाई । मन नपरेको गन्ध । “मम्मी मेरो खुत्रुके को २० रुपिंया दाईले लियो दिंदैन । दाई सँग कत्ती पैसा,छ दाईले दिंदैन, खाली लटाइं चङ्गा किन्छ, खाजा बिस्कुट खान्छ ,मलाई दिंदैन“ । मेरो बालसुलभ गुनासो । बल्ल आमासँग खुलेर दाजुको पोल लगाउन पाउने दिन हुन्थ्यो, बिरामी पर्दा । आमा “ भयोभयो, म दिन्छु तिम्रो बिस रुपिंया, नकराउ ज्वर बढ्छ फेरी, अनि खम्पामा इनेशन लाई दिन्छ फेरी नर्सले“ आमा मलाई तर्साउने र चुप लाउने जमर्को,– खासाको काइदा छ हाम्री हिरो आमा को । अँ, आमाको अर्को कथा पनि छ । स्कूलबाट घर फर्किंदा रिकाबीमा चिउरा मासु, कैले गहुँको सुक्खा रोटी र आलुको दम अनि चिया तर चिसो । आमाको हातबाट बनेको मसिनो मसिनो तारेको आलु र चिउरा को मजा नै बेग्लै, हो अमेरिकामा म्याक डोनाल्डका फ्राइजहरु मा त्यस्तो आकार त देखें तर स्वाद थिएन – आमाको आलु वाला भुजिया । चिसो चियाको खासै फरक पर्थेन, गट्काइ हाल्थे, रोटी चोबल्दै खान अनि कैले चिउरा भिजाएर खान कम्ता मिठो हुन्न आमाले राखी दिएको खाजा । तर मन खोइ सुन्य हुने । तर, शनिबार आमा घर हुने । त्यो दिन मासु लिन खिचा पोखरी सम्म मै पुग्थे । भिड हुने । “मलाई स्कूल जानु पर्छ, तबाः छिटो दिनुस्“ । सबै जना गलल हास्ने, अनि मासु बेच्ने तबाः हान्स्दै भन्नु हुन्थ्यो “ओहो हाम्रो मैयांलाई स्कूल जानु पर्ने ? “ (मेरो सानो बेला को नाम मैयां थियो ) । सानी तर बाठी बन्न खोज्ने म मैयांचा ः नेपाल भाषाको थेगो “चा“सङैको मिस्मास “मैयाचा“ मेरो फेब्रेट नाम सबैका लागि । । “काका बिया छो व मचैत नि पैला“तबाः“ – कि श्रीमती तमाः मेरो लागि सिफारिस गरी दिन्छीन, अनि मैले मासु छिट्टो पाउंछु दगुर्दै ठुलै बिजय हासिल गरे झैं, खिचाःपुखु देखी प्युखा – न्युरोड सम्म, एकै सासमा दौडिंदै घर पुग्छु । मासु पाक्छ मग्मग बासना आउने गरी आमाको पाख मिठो । बाल मनोबिज्ञान पनि कस्तो झुठ बोल्न पनि नजान्ने – झुठ पक्रिने झूठ ।
हो. आमा हुँदा सब थोक हुन्छ घरमा । भात छिटो पाक्छ । लुगा सफा हुन्छ । गोबर ले खाल्डा खुल्डी बनेको माटो को घर लिप पोत हुन्छ । आफन्त आउंछन गफ गाफ हुन्छ । ९० प्रतिशत आमा हरुका गफ नबुझ्ने तर पाहुना आउंदा बिशेष मिठा मिठा खाजा पाक्ने अनि आउंदा कसैले जुल्बी – स्वारी, ह्ल्वा – चकलेट अनि २० पैसे खाजा बिस्कुट ल्याइ दिने हुँदा आमा घर बस्दा संसारै भेटिने । आमाको घर – आमा बसेको मन पर्ने ।
एउटा बर्ष, त्यो कालो बर्ष बाः स्वर्गे हुँदाको बर्ष मलाई एउटा दिन को राम्रो सम्झना छ । आमा को चुरा फुटाको आमा रोको । धेरै दिन देखी बाः थेन घरमा । नरदेवी हस्पितलमा रे सुनेको – बाः बिरामी रे ! त्यती मात्र सुनेको । तर आमा किन रोको होला म बुझ्थिन धेरै सानी जो थियेँ । गुठीयारहरु फर्के घाटबाट शायद कंकेस्वरी अजिमा को मन्दिर सँगइको बिष्णु मतीमा बाः लाई अन्तिम सँस्कार गरेको । टोलका छिमेकी महिला आफन्तिहरु अनि गुठीयार हरुको जमघट । घरमा यती धेरै मानिस् जम्मा भएको पहिलो दिन होला, मेरो बाल मस्तिस्कले भेउ पाको । त, त्यो कालो दिन पानी परेको थियो । घाटबाट फर्केका निथ्रुक्क भिजेका लाई खाजा सँग तातो दुध दिन ठुलि दिदीले मलाई चियादानी बोकाएर होटलबाट तातो दुध किनेर ल्याउनु भो । चोक मा पुगे पछी मलाई एक किसिमको उत्साह आयो मैले गीत गाएँ “प्यार दिवाना होता है मस्ताना होता है हर “जुसी“से हर्दम् से “सो“ जाना होता है….“ भएन त गीत को अर्थ को अनर्थ – बाल मनोबिज्ञान । हे मैयाचा गीत नगाउ भन्या बाः स्वर्गे भाको बेला गाउन हुन्न, दिदी मलाई सम्झाउने । स्वर्गे किन भाको त ? मेरो उल्टो प्रश्न – “भगवान ले बोलाको ले….“ । अझै अचम्म म प्रश्न गर्छु “हामी कैले जाने त दिदी ? ह्या, चुप लाग दिदी मलाई हकार्दै । फेरी एउटा कालो दिन त्यो बर्ष को लक्ष्मी पूजा । बा स्वर्गे पछी आमालाई गाम घरको नापी नक्सामा नाम फेर्नु पर्ने । गाम जानु भो – काभ्रे । घरमा दाई र म मात्र । दाई सेतो लुगा मैलै हुने गरी खेल्ने । १२ बर्ष को बालखलाई बर्खी बार्नु नियममा बस्नु , कठै कती गार्हो हुँदो हो । त, लक्ष्मी पूजाको दिन सबै घर झिलिमिली हाम्रो घरमा बत्ती थिएन । मरेको घरमा बर्ष दिन कुनै पर्व मान्न नहुने सन्स्क्रिती । तर आर्को बत्ती पनि त थिएन । आमा हुँदाको उज्यालो बत्ती । आमाको घर – आमा नहुँदा साँच्ची अंधेरो । दाई घरमा नाइ, म एक्लै घरमा डर लागेर बाहिर सडक पेटीमा बसेँ ,टोल भरी बारा, झिर्झिरे, रकेटहरु उडी रह्यो ! धेरै बेर भयो बारा पनि पड्किन कमकम हुन थाल्यो, मलाई रुन पो आयो । प्युखा न्युरोड सम्भ्रान्तहरु बस्ने टोल, न्युरोड – काठमान्डौको मुटु, आर्थिक बजार – नेपालको मुख्य, त्यो बेला र अहिले पनि । सङै एउटा माडवाडीको मेकअप पसल थियो – म रोएको देखेर ती माडवाडी साहुजीले एक ओटा मिठाइ अनि एक रुपैन्या दिये र फकाउंदै भने “मैया घर जाउ, ऐले दाई आए पछी म घर पठाइ दिन्छु “ सानी केटी हराउला भन्ने चिन्ता होला ती छिमेकी काकालाई । त्यो रातको सम्झना तब फेरी भयो जब म पर्देश थियेँ, कडा मेहनत गर्दै – नेपालको होस्टलमा मेरा नानीहरु एक्लै थिए, लक्ष्मी पूजाको रात – आमा बिनाको, रात लच्च्मी भित्रिने रात । म, मेरा नानीहरु लाई सम्झेर अनि आफ्ना बाल्यकालका लक्ष्मी पूजाको रात सम्झेर तुलना गर्दै रोएं – खुब रोयं । आमाको घर आमा नहुँदा कत्ती नरमाइलो ।
त, म जागिरए थियेँ । ५ बजे मात्र अफिश छुट्टी ! घर पुग्दा तरकारी किन्दै पुग्दा छः बज्थ्यो , बाटो हुन्थ्यो ४५ मिनट – बिशाल नगर देखी । भाडा बस्ने बहिनी भन्थिन – आज बाबुले बाल्टिनमा लात्ती मार्यो – कठै भोकै फर्किँदा आमा घर हुन्न, दिदी अली छिट्टो आउन मिल्दैन ? म तुलना गर्थें– अँ, आमा नहुँदा स्कूलबाट फर्किन्दा मलाई पनि रिस उठ्थ्यो, कैले रुन मन लाग्थ्यो कठै मेरा नानीहरु । आमा बिनाका दिनहरु निकै सम्झिन्छु ऐले पनि । शायद बा नभाकोले पनि होला, हामी आमासँग निकै नजिक, बिशेष म सबै भन्दा सानी भाकोले, म आमा कि प्यारी र आमाको नजिक म ।
अब फराल्छु है । त बिहे पछी अरुको घरमा आर्काकी आमा । सासुआमा । थप एक अर्का पात्र आमा – हजुर आमा अर्थात सासु –हजुर आमा । काठमान्डौको चोक गल्ली बहाः – बही भएको खुल्लाखुला टोलमा जन्मे हुर्केकी अनि न्युरोड न्हुसटकमा घ्वाइं कासा, व्हाग्रा, डोरी खेल्दै – कैले मखँ त कैले दुगम्बहिल तिरबाट बाल्घरी (भाडा मा ) साइकल लिएर घरी मामाघर मखँ गल्ली, वंघ – वतु तिर कुदाउँदै हिंडेका मेरा बाल्यकालहरु मा अंधेरो साँघुरो वा फोहरी काठमाडौंमा बसेको अनुभब छैन ! जताततै सफा नै सफा । पानी प्रसस्त । बिदामा कहिले काहीं सुनधारा पुगेर लुगा धुने र नुहाउने पनि हुन्थ्यो दिदीसँग । मलाई सांघुरो फोहरी काठमान्डौको अनुभव छैन अरुले ऐले गुनासो गरेको काठमान्डौ शायद मेरो होइन र थियेन । त, बिहे पछी भरतपुर पुगियो, उजाड उजाड लाग्ने लाम्खुट्टे त् राम राम औलो हुने गरी टोकाइमा परें । बुहारी हुँदाको जिबन भोगाइ निकै नरमाइलो । बाहिर निस्कन नपाईने जानु पर्ने काम पनि नहुने जे चाहियो किनेर देवर साहेब ले हाजिर गरी दिने । घरैमा सब थोक नै थियो काठमान्डौमा सब थोक किन्ने परम्परा र बाध्यता । घर – घर जस्तो थियो । सब थोक थियो घरैमा । तरकारीको बारी, थरी थरी का साब्ग सब्जी । फलफुल का बोट – आँप लिची केरा अंबा कागती कटहर भुइ कटहर आरू । मासु कम् खाने । दुध दही का लागि भैँसि गाई । फुल खान कुकुरा टन्नै । अझ बोइलर कुखुराले फुल मासु पैसा बारी का लागि मल सब थोक दिने । पान का बुटा सुपारी का रुख । माघे सक्रान्तीमा तरुल चाहिन्थ्यो – आमा ले बिहानै देवर सँग भन्दै गर्नु भएको सुने – “बाबु तरुल निकाल त अनि भाउजु लाई उसिन्न दे “। अचम्म यो घरमा के थिएन के छैन ? आमा को घर । सब थोक घरमै भएको घर त्यसैले त आमा को घर । ससुरा बा घरको कुनै काम मा नभ्याउने । बिहान बेलुका दिउंसो सबै समय को स्केज्युल निकै बिजी बा को समय । छोरा हरु काठमाडौं हिँडे पढ्न काम गर्न बुहारी हरु छोरा सङै । घर आमाको थियो, आमा ले नै बेहोर्नु भो । सब थोक भाको लछिन को घर । जब आमा बिरामी हुन थाल्नु भो सब लथालिङ । म छक्क पर्थें आमा एक्लै ले त्यो बडेमा को घर धान्नु भएको देख्दा । मेरो बा हुनुहुन्थेन सब आमाले बेहोर्नु भयो । उसको घरमा बा हुनुहुन्थ्यो तर आमा मै निर्भर बा को चस्मा, लुङी चप्पल देखी कुखुरा लाई पटकपटक दाना पानी गाई भैँसिलाई घांस, बारी मा तरकारी रोप्ने घांस उखेल्ने पानी दिने अनि गुइठा पारेर गोबर तह लाउने सम्मका । आमा को घर उस्तै सासु आमा को घर उस्तै । आमा एक्लै सब थोक थियो । बुहारी हरु धमाधम भित्रे आमा बिरामी भएसी सब थोक खत्तम । बारी मा अग्ला अग्ला घांस । कुखुरा मरु । गाई भैँसि बिक्री मा गये । गोथ थङ्रङ । कुखुरा का टहरा खाली । ठेलावाल भाडा मा बस्छन हल्ला गरेर सुत्न राम्रो परेन । आमा ओछ्यान परे पछी घर घर जस्तो भएन । आमा को घर । आमा बलियो हुँदा को घर । आमा बिरामी हुँदा को घर । हाम्रा हिरो आमा हरुको रियल थिएटर – जहाँं फिकशन होइन नन फिकशन वाला नाटक हरु मन्चन हुन्छन । हिरो आमा हरु हिरो आमा का घर हरु ।
त, कोल्टे फेरें है । त हाम्री हजुर आमा को कथा पैले पैले धेरै लेखी सके, त्यसैले यो पटक उसको हजुर आमाको घर को कुरा गरें है ।
त, नैकाप तिर कि खान्दानी कि छोरी । एक्ली सुदरी छोरी । लोग्न्मे मान्छे लाई फिटिक्क मन नपराउने । बिशेष घरमा भाडा को कोठा माग्न आउने लाई – ए भाउजु कोठा छ ? भनी चोक मा बसेर कराउने काठमान्डौ बाहिर तिर का ब्यक्ती बिशेष उहां लाई पटक्कै मन नपर्ने “ सुइत भाउजु धया ला – लायबु हालागु ? तिम्रो दाइको श्वासनी हो म भाउजु भनेर बोलाउन लाई म ? बोलाउने भाडावाल सक्पकाउन्थे अनि होइन दिदी हामी कोठा खोज्न आको भनी नसक्दै हजुर आमा सातो लिने “ के रे दिदी रे ? म तिम्रो बाउको छोरी हो ? त, हजुर आमा याने कि सासु हजुर आमा को दाउ डेरा माग्ने लाई भगाउने, नभगाओस पनि किन ? आफु नि तन्नेरी अझ घरमा तन्नेरी छोरी भएको ले खयेंचा हरु लाई कोठा दिन नहुने उहाको मान्यता र आदर्श ।
हजुर आमा –अर्थात सासु बजै – बुढी हजुर आमा को घर । घर हजुर आमाकै मर्जी पनि हजुर आमा को । गुन्द्रुक खानु भयो तर घर को कोठा दिएर मासु भात नखाने उहाँको कठोर निर्णय । सबै बुहारी लाई ठाउंका ठाउँं ढल्ने पारेर गाली गर्न सक्ने उहाँको खुबी । मेरो आफ्नै हजुर आमा जस्तै कठोर तर मन को नरम । भर्खर बिहे भाको बिस दिन जती भयो होला औलो बोकेर काठमाडौं छिरेको । निकै ज्वरो आउन थाल्यो । सासु हजुर आमा घरमा आएर बस्नु भएको समय । भात भान्सा गर्न नसके पनि नाती हरु लाई अर्हाइ पर्हाइ गर्न सक्ने । “ लेले के गरेको बिरामी लाई खोर्सानी हालेर मुङ किन पकाको ज्वर बढ्छ नुन मात्र हाल “ आँखा निकै कम्जोर तर मेरो लागि पकाको मुङ को सुप मा खुर्सानी को धुलो हालेको प्रस्त देख्न सक्ने हजुर आमा को स्पस्ट आँखा । दिन्को तीन पटक सकी नसकी मेरो कोठा सम्म पुगेर मलाई चामल ढोगाउने कपाल को रौं उखेल्ने बस्रका धागो झिकेर हारती मा को नाम लिंदै “याकन लने मा जिमी छये भौ या ल्वे “ भन्दै कौशी पुगेर चारै तिर चामल छर्किने हजुर आमाको काम ले म निको नभये सम्म निरन्तरता लियको सम्झना छ । त्यो निस्ठा त्यो निस्वार्थ प्रेम त आमा हरु सँग मात्र हुन्छ । आमा हरु भएको घर । आमा को घर हजुर आमा को घर । हाम्रा हिरो आमा हरुको घर । आमाहरु बस्ने घर । आमा को घर । मेरी आमा । उसकी आमा । मेरी हजुर आमा । उसकी हजुर आमा । हाम्री आमा । हाम्रा हिरो आमा हरु ! आमा हरु को घर
कतामरी अशोज २,२०७९ (फिचर स्केच : ईन्टरनेट साभार)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५