• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

कोविड-१९ बारे आधारभूत कुराहरु बुझौं है !


सुभाय् संवाददाताJune 1, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

 

प्रा. डा. धनरत्न शाक्य

कोविड-१९ नयाँ स्वास्थ्य समस्या भएको हुनाले कति कुराहरु निश्चित रुपमा प्रष्ट र प्रकाशित हुन बाँकी छन् । जति कुरा अहिलेसम्म थाहा भएको छ, त्यस आधारमा केही कुराहरु छन्, जुन सबै मानिसहरुले जानीबुझी राख्न आवश्यक भएको छ । यहाँ, केही यस्ता हालसम्म स्पष्ट र स्थापित भएका तथ्यहरु राख्दैछु ।
१. कसले कोविड टेष्ट गर्ने ?
कोरोना भाइरसले शरीरमा संक्रमन भएपनि धेरैजसोमा कुनै लक्षण उत्पन्न हुँदैन । तर जथाभावी, लापर्वाहि गरेमा बिना लक्षणका यस्ता संक्रमित मानिसहरुले अरु मानिसलाई सार्न सक्तछ । यस भाइरसबाट संक्रमित मानिसहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, सास फेर्न गाहारो हुने, घाँटी खस्खसाउने, स्वाद र गन्ध थाहा नपाउने, टाउको र शरीर दुख्ने लगायतका लक्षणहरु हुनसक्छन् । अतः, यी लक्षणहरु देखिएमा वा संक्रमित ब्यक्तिको सम्पर्कमा असुरक्षित हिसाबले सम्पर्कमा आएका सम्भावित ब्यक्तिहरुले अनिवार्य रुपमा कोरोना परीक्षण (पिसिआर वा Antigen टेष्ट) गराउनुपर्छ । यसले संक्रमनको सांग्ला तोड्न र अस्वस्थ भएको खण्डमा समयमै उपचार प्रक्रिया अघि बढाउन सजिलो बनाउँछ । अहिलेको समयमा जे कारणले ज्वरो आए, खोकी लागे पनि कोविड हो कि भनेर Rule out गर्नु जरूरी हुन्छ, यसको लागि समयमै चिकित्सकसँग अनलाइन वा फोन, मोबाइल कन्सल्टेसन र आवश्यकता अनुसार जाँच परीक्षण गराउनुपर्छ । लक्षणहरु हराएपछि, ठीक भएपछि फेरि PCR गर्नु चाहीँ आवश्यक छैन । पिसिआर टेष्ट गरी आइसोलेसनमा बसेको १४ दिनपछि पनि यो टेष्ट गर्न आवश्यक हुँदैन ।

२. जनस्वास्थ्यका मापदण्ड (SMS and IPC measures):

सामान्यतया सबैले, विशेष गरी संक्रमित ब्यक्तिको सम्पर्कमा आएका वा लक्षण देखिएका वा टेष्ट पठाएका संक्रमनको हिसाबले सम्भावित सबैले जनस्वास्थ्यका सबै मापदण्डहरुः नाक, मुख छोपिने गरी उपयुक्त ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेला साबुनपानीले हात धुने, जथाभावी हिडडुल नगर्ने तथा अर्को ब्यक्तिबाट कम्तिमा २ मिटर टाढा रहने जस्ता (SMS and IPC measures) नियमहरु पालना गर्न आवश्यक हुन्छ ।

३. होम आइसोलेसनमा बस्दा:

कोरोना भाइरसले शरीरमा संक्रमन भएर लक्षण देखिएमा पनि थोरै यस्ता संक्रमित मानिसहरुमा लक्षण आउने हो । होम आइसोलेसनमा रहँदा पोषिला तथा झोलिला कुराहरु सेवन गरिरहने, आराम गर्ने, पर्याप्त र नियमित सुत्ने, झ्याल खुल्ला राखेर हावा आवतजावत हुनदिने, दिनमा ३-४ पटक तापक्रम, सासको गति र अक्सिजनको स्तर (SpO2) हेर्नुपर्छ । सामान्य अवस्थामा जेजस्तो सम्भव हुन्छ, आफ्नो दैनिकी, ब्यायाम, शोंख र अहिलेको समयमा प्रविधिको उपयोग गरेर कोविड सम्मत रुपमा सम्भब हुने सबै क्रियाकलापहरु अगाडि बढाउने कोसिस गर्नुपर्छ । बेलाबेला घोप्टो परेर गर्ने सासप्रस्वासको अभ्यास (proning) यसमा विशेष लाभदायी देखिन्छ । साथमा, मन सकारात्मक, मनोबल उच्च राख्ने, अनावश्यक अपडेट तथा सामाजिक सञ्जालबाट टाढा रहने तर आफ्ना परिवारजन, नजिकका नातेदार तथा चिकित्सकसँग नियमित सम्पर्क र सम्बादमा रहने । अक्सिजनको स्तर ९२-९४% भन्दा बढी छ, जटिलताका अरु लक्षणहरु छैनन् भने ज्वरो वा लाक्षणिक, अरु र पहिलेदेखि लिँदैआएका औषधी चिकित्सकको सल्लाहमा लिनसकिन्छ । नजिकको अस्पताल र स्वास्थ्यकर्मी, चिकित्सकको सम्पर्कमा रहिरहनु उपयुक्त हुन्छ। आजकल नेपाल चिकित्सक संघ लगायत धेरै संस्थाले उपयोगी सम्पर्क नम्बरहरु सेवार्थ सार्वजनिक गरेका छन् । उपयोगी जानकारी शुरु देखि राखेर सजग हुनुपर्छ ।

४. अस्पतालमा भर्ना हुनुपर्ने अवस्था :

कोविड संक्रमन भएका सबै मानिस अस्पतालमा भर्ना हुनु, गर्नुपर्ने हुँदैन । कोविड संक्रमनको लक्षण देखा परेकाहरुमध्ये केहिमा मध्यम र कडा (moderate & severe) अवस्था आउनसक्छ । उच्च ज्वरो (१०२ डिग्री भन्दा बढी) ४-५ दिनभन्दा बढी समयसम्म, अक्सिजन स्याचुरेसन ९२-९४% भन्दा कम, सास फेर्न अप्ठ्यारो भई सास फुलेमा, सासको दर २४ प्रति मिनेटभन्दा बढी, दिमाग भारी भई बेहोस, अन्य रोगको कारण जटिल अवस्था भएमा अवस्था खराब भएको बुझ्नुपर्छ। यस्तो अवस्थामा चाहीँ पक्कै यथासिघ्र अस्पताल जानुपर्छ । त्यस्तै, ६० बर्षभन्दा बढी उमेर, उच्चरक्तचाप, अरु मुटु तथा फोक्सोका रोग, मधुमेह, मिर्गौला, कलेजो वा अति मोटापाको समस्या भएका ब्यक्तिहरुले शुरुमै चिकित्सकीय सेवामा जानु राम्रो हुन्छ ।

५. अस्पतालमा जान ढिला नगरौं:

धेरैजसो मृत्यु अस्पताल जान ढिला गरेर भएको खबर आएको छ । सास फेर्न अलि गार्हो र अक्सिजनको स्तर (saturation) कम छ वा अस्पतालमा भर्ना हुनुपर्ने अरु कुनै अवस्था छ भने घरमा नकुरौं, चाँडै अस्पताल पुगौं । नजिकैको अस्पताल अपग्रेड गर्न असल नागरिकको रुपमा सहयोग, पैरवी तथा सरोकार राखौं । कसलाई कति अक्सिजन चाहिने हो, सबैको अक्सिजनको आवश्यकता (oxygen requirements) फरक हुन्छ । घरमै oxygen concentrator लाएर बस्छु भन्नु ठूलो गल्ती हुनसक्छ । एक मिनेटमा कति (Liter) चाहिन्छ भन्ने ब्यक्ति ब्यक्तिमा फरक पर्छ ।
७. आमसञ्चारमा समाचार आएको जस्तो कालो ढुसीको सम्भावना सबैमा उस्तै हुने होइन; मधुमेह, वा रोग प्रतिरोध क्षमता कमजोर भएको ब्यक्ति (diabetic/ immunocompromised)ले या कसैले जान्ने डाक्टरको सल्लाह बिना steroids को प्रयोग सुरूमै नगरौं, न त लामो समय यसको प्रयोग गर्नु उचित हुन्छ । कृपया समयमा नै विज्ञ चिकित्सक (experts) कन्सल्ट गरौं ।

८. बिषाणु संक्रमन (viral infection) मा Antibiotics को प्रयोगको औचित्य सिमित छ । अरु जिवाणु संक्रमन (Secondary infection) नभई यसको प्रयोग नगरौं ।

९. जनस्वास्थ्यका मापदण्डहरु (SMS & IPC) सहित् Mass Vaccination नै उपाय हो । जहाँ जसरी जतिसक्दो चाँडो खोप भ्याक्सिन लगाऔं । खोप (Vaccine) ले कोविड सर्दैन, न त नयाँ भेरियन्ट (variant) नै बनाउँछ । आमसञ्चार, सामाजिक सञ्जाल वा कसैको अफवाहको पछि नलागौं । कोविड लागिसकेका ब्यक्तिले vaccine लगाउन ६ महीना कुर्नु ज़रूरी छैन । ठीक भएपछि उपलब्ध हुनासाथ लगाउनु राम्रो हुन्छ । सबै खोप (vaccine) का आ-आफ्नै प्रभावकारिता (effectiveness & efficacy) हुन्छन् । खोप (vaccine) लाउँदैमा १००% सुरक्षित हुने होइन, यस्तो सोच्नु ग़लत हो । तर यो खोप लगाएका मान्छेलाई बिरलै मात्र कडा लक्षण र मृत्यु भएको देखिएको छ ।

१०. मास्क लगाएर न त सासको समस्या हुन्छ, न त स्यानिटाइजर (sanitizer) लगाएर रोग प्रतिरोध क्षमता (immunity) नै घट्छ।

११. कोविड १९ सधैं रहिरहनसक्छ :

पहिलेका कुनैपनि महामारी रोक्न र नियन्त्रण गर्नमा जस्तै यसमा पनि हामीले आफ्नो बानी व्यवहार फेर्न ज़रूरी छ । त्यस्ता कोविड सम्मत व्यवहार भनेका जनस्वास्थ्यका मापदण्ड (SMS & IPC) नै हुन्।

१२. कोविड भ्रम हो भन्ने अफवाहको पछि नलागौं :

हामी सबैले यसले के गर्न सक्छ भन्ने देखिसक्यौं, अझै देखिरहेका छौं । कुनै पनि बहानामा यो संक्रमनको सिक्रि, सांग्ला वा चक्र चलाउन, यसको गति बढाउन कसैगरी कतै कदापि हिस्सा नबनौं । अब सुरक्षित बसौं, रहौं । १३. महामारी वा जेजस्तो परिस्थिति आइपरेपनि : पहिले प्रभावित हुने, प्रसंग हटेपछि पनि पर्यन्त प्रभावित रहने भनेको मान्छेको मन नै हो ! यस महामारीको दृश्य शारीरिक पक्ष सहित मनोसामाजिक असर पक्षको पनि ख्याल राखौं । परस्परमा सम्बाद, सहयोग, समन्वय र तनाब ब्यवस्थापनलाई पनि प्रबर्द्धन गरौं ।
Email: [email protected]

साभार

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑