✡ परिचयात्मक पृष्ठभूमि
संघिय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाणडौ तथा काठमाण्डौ महानगरको २६ नं. वडा भित्रको एउटा सानो तर वर्षायाममा ठुलै रुप लिएर बेलाबेलामा उग्ररुप लिने खोला हुन सामाखुसि । यश को मौलिक तथा ऐतिहासिक नाम सावाःखुसिबाट अपभ्रंश भएर सामाखुसि भएको हो भन्ने जानकारहरु बताउने गर्छन् ।
यश खोलाको भौगोलिक अवस्था हेर्ने हो भने गल्कोपाखा, मनमैजु, तोखा, बसुन्धरा, फुसिंख्यः, महादेवतार र तिलिङ्तार लगायत उच्चभूभागको तल परेको बेसि भूभाग देखिन्छ ।
यो खोलाको मुहान टोखा नगरपालिकामा पर्छ । मूल भने शिवपुरी राष्ट्रिय निकुञ्जबाट रसाउने स्थानीय बताउँछन् । उक्त नगरको ४ र ५ नं. वडाका साथै बूढानीलकण्ठ नगरपालिकामा पनि केही हिस्सा पर्छ । अहिले त पूरै ढल भइसक्यो पानी नै छैन । अहिले यो खोलाको जन्म हुन्छ न्युरो अस्पताल नजिकबाट ।
शिवपुरी राष्ट्रिय निकुञ्ज रसिएर बग्ने खोला बिष्णु पादुका उद्गमस्थल भएको बिष्णुमती नदीको सहायक नदी हुन् । २६ वडा अन्तर्गभित्रको सामाखुीम माथि म्हैपि पवित्रनगर गेट देखि प्रहरी तालिम केन्द्रको घोडा बस्ने अस्तबल पछाडि सम्मको खोला छोपेर करिब ५ सय् मिटरभन्दा बधिनै क्षेत्रमा ढलान गरिएकाले सरसर्ति हेर्दा खोला नै भेटिन्न । यसरी खोला आफ्नो वास्तविक आकारभन्दा साँघुरिन पुग्दा वर्षायाममा महानगरभित्रका विभिन्न क्षेत्रमा डुबान हुने गरेको छ । वडा नं. ३ का केही बासिन्दाले पनि खोला छोपिँदा घरआँगनमा भेल पसेको भन्दै वडामा निवेदन दिएका छन् ।
✡ सामाखुसीको वास्तविक मौलिक क्षेत्र
शिवपुरी ( सिधिफुचो) डाडोबाट खोलाको मुहान सुरु भई बिष्मुती नदीमा बिलाउने यो खोलाको समग्र भागलाई नै सामाखुसी नदी भनिएता पनि यश खोलाको नामबाट नाकरण भएको वास्तवविक स्थान वा ठाउँको परम्परागत सामाखुसी नाम र यसको क्षेत्र भने २६ वडाको यश क्षेत्रमा बनेको चिलद्रेन पार्क( थुसाःख्यः) देखि उत्तर सामाखुसी खोला क्षेत्र सम्म मात्र हो । तर पनि अहिले भने सामाखुसी स्थान बिस्तार हुँदै ….. तथा रानीबारी……. समेत सम्मको क्षेत्र सम्मलाई सामाखुसी भन्ने गरेको पाईन्छ ।
✡ खोलाको नामकरण र ऐतिहासिकता
प्राचीन नेपाल निर्माण हुनु भन्दा अगाडि यहाँ रहेको कालीदहको पानी महामञ्जुश्रीले गोकर्ण न्हसिकाप गोकर्ण, आर्यघाट न्हसिकाप पशुपती र अन्तमा विशेष गरी क्वयना न्हसिकाप चोभार गल्छीको दायाँ बायाँ रहेको पहाडमा बरदा र मोक्षदा लाई राखी चोभार गल्छीलाई मामञ्जुश्रीले आफ्नो अस्त्र ” चन्द्रहास खड्ग “ले प्रहारगरि पानी बाहिर जाने मार्गा खोली दिई प्राचीन नेपाल निर्माण गरेको ईतिहास छ । ईतिहास अनुसार यहाँको पानी बाहि पठाइ सकेपछि प्राचीन नेपालको पहिलो मानववस्ती
काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएबो भन्ने समेत छ ।
यसरी महामञ्जुश्रीले मञ्जुपत शहर बसालेर मानव वस्ति वसाले पछि । याहाँका बासिन्दाका लागि उपयुक्त खेति योग्य जमिनको खोजि गर्दा । गल्कोपाखा, मनमैजु, तोखा, बसुन्धरा, फुसिंख्यः, महादेवतार र तिलिङ्तार लगायत उच्चभूभागको तल परेको बेसि भूभाग अति उपयुकत भएको देखिएकाले मञ्जुश्रीले आफ्ना दुई स्त्रि शक्ति मध्य एक स्त्रि शक्ति तथा एक जोडि हलगोरु सहित हालको सामाखुसीको चिलद्रेन पार्क( थुसाखयः) रहेको स्थानमा आई सावाःय् ( हलो जोतेर) गरेर बेसिमा जमेर रहेको पानी बिष्णुमती नदीमा जाने मार्ग याने खोलो तयारगर्ने कार्य थालेको ऐतिहासिक किम्बदन्ति रहेको छ ।
महाँमञजुश्रीले याहाँ सावाःय् गरेको किम्बदन्तिका बारेमा यश सामाखुसीमा समेत घर भएका तर ध्वाःखाबाःमा स्थायी बसोबास गर्नु हुने बुद्धराम महर्जनज्यू भन्नू हन्छ :- मञ्जुश्री आफ्नु दुई पत्नी मध्यका एक पत्नी र एक जोर थुसा (हलगोरु) सहित यहाँ आई यहीबाट सावाःय् गर्दै बिष्णुमती खोलामा यहाँ जमेर रहेको पानी बगेर जान सक्ने खोला मार्ग निर्माणको शुभारम्भ गरेको हो । बिष्णुमती देखि शिवपुरी ( सिधिफुचो) डाँडा तल सम्म खोला निर्माण गर्दा धेरै दिन लाग्ने भएकाले राति उहाँहरु यसै क्षेत्रमा यउटा सानो चपाः बनाएर त्यसैमा बाँस बस्ने गरेको । सावाःय् गरि खोला निर्माण गर्न धैरैदिन लागेकाले मञ्जुश्री आफ्नो स्वस्थानमा फर्किन सकिरहेको थिएन ।
उता मञ्जुश्रीका अर्की स्त्रि शक्तिपत्नीलाई भने मञ्जुश्री र अर्कि पत्नि लिएर कहाँ गएर के गर्दैछन् जानकारी समेत थिएन । धेरै दिन सम्म पनि दुबै जना नफर्किए पछि आफ्नो ध्यान दृष्टिले हेरेर पत्ता लागाए पछि , अहो ! यीनहरुतः मलाई यहाँ एक्लै छाडेर उनिहरु त्याहाँ मस्ति गर्दै गरेको भन्ने मनमा इर्ष्याउत्पन्न गर्दै अहिलेको सामाखुसी जहाँ मञ्जुश्री ले सावाःय् गर्दै गरेको स्थानमा मञ्जुश्री र उहाँकी अर्कि स्त्रिशक्ती सहित थुसा त्यहि छाडेर अन्यत्र कहिं कतै गएको समयमा आउनु भएछ । र ईर्ष्या र रिसले गर्दा मञ्जुश्रीको एकजोर थुसा( गोरु) मध्य एक थुसा नक्शाल हाल महबिद्या तारा( निल सरस्वती रहेको) स्थानमा लगेर लुकाईदिनु भए छ ।
✡ साकुना माजु ( निल सरसंवती)
मञ्जुश्रीको एउटी स्त्रिशक्तिले मञ्जुश्रीको थुसा लुकाएको नक्शाल स्थित स्थानमा बिराजमान भएकी महाबिद्या तारा सस्यूद्यः( निल सरस्वती) लाई नेवाःसमाजे साकुना माजु भन्दै आएको हो । साकुना माजुको प्रस्तर मूर्ति हेर्ने हो भने बिणा पुस्तक धारिणि सरस्वती देखिन्छ । मन्दिरको ठीक अगाडि एक छेफको मुनि एकजोडी पादुका रहेको छ । मन्दिरर मन्दिर आसपास कतै पनि बसाहा(“थुसा) रहेको भने देखिन्दैनन्।
✡ महाँमञ्जुश्री आफैले खेत जोतेको सावाः भूमि –
महाँमञजुश्रीले बेसीमा जमेर रहेको पानी बिय्णुमती खोलामा मिसिन जाने सहायक खोलाका रुपमा सावाःखुसी निर्माण गरिएको । र खेती योग्य भूमि बनाई सके पछि यहाँको मानिसलाई कृषि गर्न सिकाएका थिए। सोही क्रममा मञ्जुश्री आफै मानिसको भेषमा, आफैंले खेत जोतेको ठाउँलाई नै सावाःभूमी मानिन्छ।
✡ उपत्यकाका नेवाः समुदायले गोरु नारेर हलो जोत्ने कार्य नगर्नुको कारण –
महाँमञ्जुश्रीले सो समयमा यसै सावाःखुसी क्षेत्रमा आफैंले खेत खनी काम सिकाइ, पशुलाई जोताइ दु:ख नदिनु भनी आज्ञा दिएको मानिन्छ र त्यसैले हालसम्म पनि उपत्यकाको नेवा: समुदायमा गोरु नारेर हलो जोत्ने गरिँदैन। यस सामाभूमी क्षेत्रलाई स्थानियहरु छोटकरीमा साम: वा सामले भन्ने गर्दछन् ।
✡ सावाःचपाः
महामञ्श्रीले सावाःय् गर्न बास बसेको चपाःलाई स्थानिय नेवाः भाषामा सावाःचपा भन्ने गरेको पछि गएर मात्र सावाःसतः र सामा सतःभन्न थालेका हुन् । नेवाः भाषामा चपाःको शाब्दिक अर्थ निजी वा निजि गुठि अधीनस्थ रहेको कुनै फल्चा वा सतः भन्ने बुझिन्छ भने सतः भन्नाले दूईतल्ला सहितको सार्वजनिक प्रयोजनको सतः( सतल) भन्ने बुझिन्छ त्यस्तै फल्चा भन्नाले एक तल्लाको सार्वजनिक प्रयोजन सतः( सतल) भन्ने बुझिन्छ । नेपाल प्रज्ञा – प्रतिष्ठानबाट प्रकाशित नेवार – नेपाली – अङ्गेजी शब्दकोषमा सतः शाब्दिक अर्थमा – गुठी चलाउने घर, बतुवाहरुलाई बाँस दिने घर, सत्तल, पाटी पौवा(सतःफले) धरमशाला आदि भन्ने बुझिनछ । यसरी महाँमञ्जुश्रीले खेत जोतेको( सावाःय् गरेको) स्थानमा महाँमञ्जुश्री आफु बाँस बस्न बनाएको वहाँको सतः वहाँ पछि निजि गुठी तथा सार्वजनिक कायम हुन गएको सावाःचपा पछि सामासतः हुन गएको भन्ने समेत देखिन्छ ।
✡ पुरातात्त्विक तथा ऐतिहासिक सावाःचपाः हालको स्थिति
सामाखुसी स्थित कपुरधारा चोकमै रहेको पसल कवल सहित तीन तल्लाको सानो भवन जुन पसलमा ” याङिखेम फर्मा ” नाम गरेको अौषधि पसल राखिएका छन् सोही भवन नै सावाःचपाः हुन् । यो सावाःचपाः( सामा चपाः) भवन हाल सामाखुसी युवा क्लबको अधिनमा रहेको छ ।
✡ सावाःखुसी / सामाखुसी
महाँमञ्जुश्रीले सावाःय् गरि( गोरुजोतेर) निर्माण गरेको खोला भएर नै त्यस खोलाको नाम नेवाः भाषा अनुसार सावाःखुसी रहन गएको हो । पछि कालान्तरमा आएर सावाःखुसीको अपभ्रंश हुँदै सामाखुसी रहन गएको । मञ्जुश्रीले सावाःय् गर्दै गरेको अवस्थाकै अवस्थामा किसानको भेषमा केही मानिसलाई मञ्जुश्रीले दर्शन समेत दिएको किम्बदन्ति समेत रहेको छन् यहाँ । त्यसोत सामाको नेवाः भाषामा शाब्दिक अर्थ नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रकाशित नेवार- नेपाली – अङ्ग्रेजी शब्दकोशमा लेखिए अनुसार लँखर्च(बाटो खर्च), थया तःगु ज्याः पुसा(पन्छायएर राखेको), र कुनै लाभा, वा तरकारी पीत ज्यानातःगु बुँ कुचा(करेसो बारी) आदि समेत हुन्छ । सायद यसै कारण पनि सामाखुसी क्षेत्रमा लाभाझु भन्ने फाँट (हाल कुमारी मार्ग ) समेत रहेको देखिन्छ ।
✡सावाःचपाःमा महामञ्जुश्रीको पुरातात्त्विक पादुका
महाँमञ्जुश्रीले सावाःय् गर्दा बास बसेको ऐतिहासिक सावाःचपाः अगाडि मञ्जुश्रीको पादुका निसान रहेको छ । सामाखुसीको सामासतः अगाडि रहेको पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाका रुपमा रहेको महाँमञ्जुश्री पादुका चलाउन हुन्न भन्दा भन्दै पनि सडक विस्तारको अतिक्रमणमा परी त्यहाँबाट उखालेर अन्यत्र कतै लगेर राख्ने नियत र योजना सहित उखाल्ने कार्य गर्दा पादुका उखाल्ने ज्यामीलाई सपनामा केही नराम्रो देखेको र त्यसैकारण उक्त पुरातात्त्विक पादुकालाई सामाचपाःकै दायाँ तर्फको बाहिरि सडक तर्फको निस्किरहेको किलास(भित्ता)को तल भुइमा अव्यवस्थित र लापरबाही तरिकाले राखिएको छ । प्राचीन नेपाल निर्माण तथा यहाँका प्राचिन नेवाः बासिन्दालाई कृषि गर्न योग्य भूमि तयार गरि खेति गर्न समेत महाँमञ्जुश्रीले सिकाएको प्रमाणका रुपमा रहेको पुरातात्विक सम्पदा ” महाँमञ्जुश्रीको पादुका ” लाई सहि धङ्गबाट संरक्षण गरेर राख्नु २६ वडा कार्यालय कामपा लगायत सरोकारवाला सबैको दायितव नै हो । तर पनि त्यस तर्फ २६ वडा लगायत कसैको दृष्टि आज सम्म पुगेको भने देखिन्न ।
✡ श्रीमित्र महाबिहर ( सामाखुसी बिहार)
महाँमञ्जुश्रीले सावाःय् गरेर खोला निर्माण गर्ने क्रममा बास बस्ने गरेको पुरातात्त्विक तथा ऐतिहासिक सावाः चपाः एवं महाँमञ्जुश्रीको पादुका चिन्ह भएको स्थलको पछाडि दक्षिण तर्फ हाल चिलद्रेन पाकर्क निर्माण भएको पार्ककै मध्यभागमा एक्लै बसाहा(थुसा) बसेको चौर (ख्यः)मा प्राचिन कालमा बिहार रहेको थियो भन्ने मान्यता समेत रहेको थियो भन्ने मान्यता रहेको छ । श्री मित्र महाबिहारका बारेमा नेपाः देया बिहारया ताःचा प्रज्ञापूरी महानगर नामको पुस्तकमा लेखिएको छ भन्ने बुद्धराम महर्जनको भनाई रहेको छ ।
✡ थुसाख्यः
प्राचीन कालमा सावाःखुसी(सामाखुसी) मा बौद्ध बिहार रहेको थियो भन्ने सावाः चपाःको पछाडि दक्षिण तर्फ हाल चिल्द्रेन पार्क रहेको सथानमा कुनै समय बिहार थियो भन्न सकिने कुनै प्रमाण नदेखिएको ठाउँमा ढुंगाको एक बहर रहेको देख्न सकिन्छ नेवाः भाषामा बहरलाई थुसा भन्ने र खाली मैदानलाई ख्यः भन्ने समेत गरेकाले थुसा रहेको सो मैदानलाई थुसाख्यः भन्ने गरेको छ । हाल सो थुसाख्यःमा बालबालिकाहरु खेल्ने पार्कका रुपमा बिकाश गरेको छ । बुद्धराम महर्जले दिनु भएको जानकारी अनुसार सो बहर पहिला पहिला राति राति कराउने गरेको । पहिला पहिला दिपङ्खा यात्रामा यश बहरलाई पनि लिएको आफुले देखेको तर पछिलो पटकको दिपङ्खा यात्रामा भने यश बहरलाई नसमेतिएको भनाई समेत रहेको छ ।
बहर महादेवका बाहन भएकाले हरेक शिव मन्दिर , शिवालय तथा अपवादका रुपमा कहिं कतै गणेशको मन्दिर रहेको स्थानमा मात्र मन्दिरको रखवालाका रुपमा बस्ने गरेको हामी देख्न सक्छौै । तथापि शिवालय र अन्य कुनै मन्दिर नभएको स्थानहरुमा एकलो बहर ढुकिएर वा धर्ना बसिरहेका पनि हामी देख्न सक्छौं ।
शिवालय र गणेशको मन्दिर नभएको स्थानमा पनि एक्लो बहर(थुसा) धुकेर बसेको देखिएका अन्य स्थानहरुमा ललितपुरको नागबहाल स्थित हिरण्यवर्ण महाविहार ( यश )मा, काठमाण्डौको चिकमूगल(चिकंमू) को थुसाननी, ढल्को ईन्द्रयाणी मन्दिर(लुतिमरु अजिमा)को प्रवेश द्वार जाने बाटोमा, क्षेत्रपाटी(चाकला दबु) बाट जेपि स्कुल जानने बाटो छेउ – डिडिसि दूध डिपो अगाडि र यश सामाखुसीको हालको चिल्द्रेन पार्कमा रहेको स्थानमा समेत बहर/बसाहा( थसा) एक्लै धुकेर बसेको देख्न सक्छौ ।
✡ थुसा(बहर) दिपंखा यात्रा संग सम्बन्ध –
ज्योतिष शास्त्र अनुसार दुर्लभ योग मानिने सौरमासको संक्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आदित्यवार। यी पाँचवटै अतिदुर्लभ योगहरूको समागमन एकै दिन भएको खण्डमा मनाउने धार्मिक तथा ऐतिहासिक पर्व ” दिपङ्खा” यात्रामा ललितपुरको महाबिहरमा रहेको बसहा/बहर(थुसा)लाई सर्व प्रथम पुजा गरी दिपंखा यात्रा ललितपुरको नागबहालस्थित हिरण्यवर्ण महाविहारबाट सुरु भएर महालक्ष्मीस्थानलगनखेलमा पुगेर सम्पन्न हुने बसहा(थुसा) पुजा गरेर शुभारम्भ हने धार्मिक यात्रा हो ।
एक रात एक दिन र आधा दिन यात्रा समय लाग्ने यो दिपङ्खा यात्रा क्रममा दसौं हजार भक्तजन पैदलै यात्रा तय गर्छन्। सहभागी भक्तजनले यात्रा हुनु एक दिनअघि किसली (सुपारीसहित अक्षता) अर्पण गर्ने चलन छ। यो यात्रामा हिँड्ने भक्तजनले प्रत्येक पाइला बराबर एक तोला सुन दान गरेबराबर पुण्य पाइन्छ भन्ने मान्यता रहेको छ।
✡ सामलेको पोर्पा अजिमा
काठमाडौको प्राचीन मूल येँबु कोलिग्राम बस्तीबाट पश्चिम तर्फ सानो डाँडामा अवस्थित पोर्पा अजिमालाई एक प्राचीन शक्तिपीठ मानिन्छ। यस देवीलाई सामाभूमी वा सामाखुसी क्षेत्रको मूलदेवीको रुपमा पनि लिइन्छ। कुनै समय धान रोप्ने खेत रहेको सामाभूमी क्षेत्र, विशेष गरी थँबही: ( ठमेल), त्यौड, इनबहाल, कमलाछी, थँहिटी आदि क्षेत्रका नेवा:हरुको खेत हुने गर्दथ्यो। तर पोर्पा अजिमा रहेको जङ्गलमा पोर्पा लाखे बस्ने गर्दछन भनी जनविश्वास गरिन्छ। पोर्पा लाखे बस्ने जङ्गल सामले क्षेत्रमा रहेको छ । काठमाडौको सबैभन्दा ठूलो तथा भयंकर लाखे मानिने पोर्पा लाखे र इन्द्रजात्रा बेला निकालिने मजिपा लाखेलाई दाजुभाइ मानिन्छ। कसैले हालसम्म नदेखेता पनि, बुढापाकाका भनाई अनुसार , नीलो कपाल भएको डरलाग्दो रुप भएको पोर्पा लाखेले सो जङ्गलको रक्षा गर्ने गर्दछन्। सोही जङ्गलमा बस्ने भएकोले पोर्पा अजिमा कहाँ पूजा जाँदा, लाखेलाई पनि अलग्गै भाग राखी निश्चित स्थानमा राख्न पर्ने प्रचलन रहेको छ।
✡ पोर्पा अजिमा नै सामा( साम्हा) अजिमा हुन सक्ने –
कान्तिपुर नगर सुरक्षा गर्न बसेका तान्त्रिक सुरक्षा घेरा भित्रमा रहेका अजिमा शक्ति पिठहरुको नामावलीमा कतै कतै सामा वा साम्हा अजिमा समेतको नाम उल्लेख भएको देखियता पनि । कसैले पनि यो सामा वा साम्हा नाम गरेको अजिमा यहिं छ वा यहि पिठ नै हो भन्न नसकिरहि लुप्त अवस्थामा रहेको देखिएको । कान्तिपुरनगरको उत्तर दिशामा रहेकी भनी अनुमान सम्म गरिएकि सामा वा साम्हा अजिमा सम्भवतः । सामले क्षेत्रको पोर्पा जङ्गलमा रहेकै अजिमा जसलाई हामीले पोर्पा अजिमा भन्ने सम्बोधन गर्दै आएका छौ त्यहि नै सामा वा साम्हा अजिमा नै हुन सक्ने सम्भावनालाई लाई नकार्न सकिने अवस्था छैन । प्राचीन कान्तिपुनगरको उत्तर दिशामा सामा नाम संग जोडिएको देखिएको समालेको यो पोर्पा जङ्गलमा बिराजमान भएकी अजिमा बाहेक अन्य त्यस क्षेत्र कतै कुनै अजिमा पिठ देखिन्दैनन । सामलेको पश्चिम तर्फको सानो म्हैपि जङ्गलमा बिराजमान रहेकी अजिमा ज्ञानेश्वी हुन जसलाई हामी म्हैपि अजिमा भनेर सम्बोधन गर्दै आएका छौ । म्हैपि अजिमा ज्ञानेश्वरी देवी हो भन्ने प्रस्त नै छ। कान्तिपुर नगर भित्र बिराजमान रहेका अजिमा शक्तिपिठहरु तथा शक्ति पिठ भित्र नपरेका अजिमाहरु समेत गरि जम्मा अजिमाहरुको नाममा अहिले सम्मको संकलनमा ३८ अजिमाहरुको नाम संकलन भएका छन् । मेरो खोज कार्यले विश्राम भने लिएको छैन ।