• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

प्रविधि राजनीति – डीपफेक


सुभाय् संवाददाताOctober 21, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २० मिनेट

डा.रोशन श्रेष्ठ

प्रविधि राजनीती
°पेरिसको बाढी भन्ने भिडियो खोलेर हेर्दा त्यहाँ ‘मान्छे खस्यो खस्यो’ भनेर नेपालीमा चिच्याइरहेको सुनें।
°भारतका चर्चित नायिका रश्मिका मन्दानाको आपत्तिजनक दृष्यसहितको नक्कली भिडियो काण्ड पनि भाइरल
°केहि बर्ष अघि डोनाल्ड ट्रम्पलाइ पुलिसले लछार पछार गरेर गिरफ्तार गरेको ए-आइ फोटो पनि त्यस्तै भाइरल बनेको थियो, जुन कतिपय नामुद सञ्चार माध्यमले पनि प्रसारण गरे। र पछि, त्यो नक्कली रहेछ भन्ने उजागर भएपछि तिनीहरु लाजले पानी पानी भए।
°°°°°°
यसपाली काठमाडौमा बेस्कन बाढी आयो। नेपालैभरी बाढी पहिरोले ठूलै नोक्सानी गर्यो। यस्तो प्राकृतिक विनाश नेपालमा मात्र होइन, धेरै देशहरुमा भएको छ।
गत हप्ता पेरिसमा पनि घरको भुँइतल्ला नै डुबाउने विनाशकारी बाढी आएको भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। म अरु नै धुनमा अल्झिएको हुँदा त्यो भिडियोमा खासै ध्यान दिइन। केहि दिन पछि फेरि मेरो न्यूजफिडमा त्यो भिडियो देखा पर्यो।
पेरिसको बाढी भन्ने भिडियो खोलेर हेर्दा त्यहाँ ‘मान्छे खस्यो खस्यो’ भनेर नेपालीमा चिच्याइरहेको सुनें। भिडियो नक्कली रहेछ। पहिलो दिनमै ध्यान दिएर नहेरेको पनि ‘ठिकै भो’ भन्ने लाग्यो।
शायद तपाइले बिर्सनु भयो होला, केहि बर्ष अघि डोनाल्ड ट्रम्पलाइ पुलिसले लछार पछार गरेर गिरफ्तार गरेको ए-आइ फोटो पनि त्यस्तै भाइरल बनेको थियो, जुन कतिपय नामुद सञ्चार माध्यमले पनि प्रसारण गरे। र पछि, त्यो नक्कली रहेछ भन्ने उजागर भएपछि तिनीहरु लाजले पानी पानी भए।

भारतका चर्चित नायिका रश्मिका मन्दानाको आपत्तिजनक दृष्यसहितको नक्कली भिडियो काण्ड पनि भाइरल बनेको थियो। डीपफेक प्रविधिले बनाउने त्यस्ता नक्कली भिडियोहरुले बेला बेला तहल्का मच्चाउने गरेको छ।

फोटोशप गरेर नक्कली फोटो बनाउने, तथा डीपफेक प्रविधि बाट नक्कली भिडियो बनाउने प्रविधि पनि अब पुरानो र झंझटिलो प्रविधि बनीसकेको छ। अचेल ए आइ प्रविधि बाट सजिलै नक्कली फोटो नक्कली भिडियो बनाउन सकिन्छ, त्यो पनि मोबाइल फोनका एपमार्फत केहि क्लिकहरुको सहायताले जो कोहिले पनि सजिलै बनाउन सक्ने भएको छ।
सम्झिनुस, ५-६ वर्ष अघिसम्म त्यो प्रविधिमा कसैको पहुँच थियो? २५ वर्ष अघिसम्म पनि ब्ल्याक एण्ड ह्वाइट फोटोमा गालामा लागेको दाग एउटा मेटाउन पनि पोख्त प्राविधिकको सहयोग लिनु पर्थ्यो। रंगीन फोटोलाइ फेरफार गर्ने फोटोशप प्रोग्राम चलाउन जान्ने मान्छेले निकै शानदार तलब सहितको जागिर पाउँथ्यो। फोटोशप प्रोग्राम (अचेलको भाषामा एप, त्यो बेला सफ्टवेयर भनिन्थ्यो) किन्न परे सयौं डलर लाग्ने भएको हुनाले ‘पाइरेटेड भर्सन’ सस्तोमा किन्न पर्थ्यो। अथेन्टिक भर्सनलाइ ह्याक गरेर लाइसेन्स फोर्ज गर्ने सीप जानेका मानिसले त्यहि ज्ञानको आधारमा लाखौं लाख कमाइ गर्न सक्थे। भनेपछि त्यो फोटोशप प्रोग्रामको कोड लेख्न जान्नेको ज्ञान कति महँगो थियो – तपाइ आज अन्दाज मात्रै गर्न सक्नु हुन्छ।
दशवर्ष अघिसम्म पनि भिडियो एडिट गर्ने सफ्टवेयरहरु आम मानिसको पहुँचबाहिर थियो। एनिमेटेड भिडियो, वा मोशन-पिक्चर बनाउन चाङ्काचाङ इमेजहरु ओभरल्याप गर्ने कामहरु विशेष स्कील को रुपमा लिइन्थ्यो।
तर एकाएक त्यस्तो महँगो र विशिष्ट प्रविधि कसरी सर्वसाधारणको हातहातमा पुग्यो? हर कोहि व्यक्तिले दुरुपयोग गर्न चाहे तुरुन्तै दुरुपयोग गर्न सक्ने हैसियतमा पुग्यो? ती प्रविधि विकासकर्ताहरुले चाहेको भए यसलाइ अरु दशकौं दशक सम्म पनि सुनको अण्डा दिने कुखुरा सरी मुल्यवान बनाइ बेचीरहन सक्ने थिएन र? त्यो प्रविधि लुकाइराख्न सक्ने थिएन र?
अवश्य सक्ने थियो। तर शैतानी-योजनाको उल्लुबनाती चंगुलमा मानिसहरुलाइ फसाउन कै लागी त्यसलाइ नलुकाइएको हो। सर्वसाधारणको पहुँचमा पुराइएको हो।
ए-आइ भनी आज बाहिरिएका प्रविधिहरु वास्तवमा वर्षौं अघि नै विकास भइसकेका हुन। आज पनि ए-आइको प्रयोग मात्र सर्वसाधारणलाइ उपलव्ध गराएको हो, प्रविधिको गुदि त अझै पनि उनीहरुकै नियन्त्रणमा छ। जुन दिन चाह्यो त्यो दिन स्वीच अफ गरेर फ्वाक्क बन्द गरिदिन सक्छन उनीहरु।
सामाजिक सञ्जालको ब्यापकता सँगै शैतानी करतूतहरु धमाधम भण्डाफोर हुँदै आए। प्रमाण सहित, अडियो, इमेज, भिडियो सहित शैतानी-कारिन्दाहरु धज्जी उडाउने खबरहरु फैलिन थालेपछि राष्ट्रीय अन्तर्राष्ट्रीय जगतमा महान भनिएका मानिसहरु पनि क्षणभरमै तुच्छ बन्ने क्रम शुरु भयो।
उदाहरणको लागि ‘मि टू’ अभियान हेर्नोस। कस्ता कस्ता मैं हुँ भन्नेहरुलाइ त्यो अभियानले धुलोपिठो बनाइदिए। तिनका गोप्य फोटो र भिडियोहरु बाहिर आएपछि शैतानी सुरक्षा घेराले पनि तिनलाइ बचाउन सकेन।
ठूला ठूला नेताहरु, धनाड्यहरु, समाज सुधारकहरु, कलाकारहरु, गन्यमान्य हरु, पदक विभुषणले सुसज्जित हरु का करतूतहरुको फोटो भिडियो प्रमाण जब धमाधम बाहिर आउन थाल्यो, त्यसपछि, ‘ती त नक्कली फोटो हुन, नक्कली भिडियो हुन’ भन्ने माहौल बनाउन आवश्य पर्यो। हो यहि हो त्यो प्रविधि राजनीति।
त्यसपछि, नक्कली फोटो, नक्कली भिडियो बनाउने प्रविधिलाइ प्रोत्साहन दिइयो। मनोरञ्जन र फेक सामाग्रीको मिश्रण मार्फत दिमाग भुट्ने टिकटक प्रवर्धन त्यसको एक प्रमूख हिस्सा हो। चुनावको नतीजा म्यानिपुलेट गर्न समेत टिकटक को सफल परिक्षण भइसकेको छ।
यति छोटो अवधि मै आज हामी यो अवस्थामा पुगीसकेका छौं कि, कसैले अपराध गर्दै गरेको फोटो वा भिडियो देखेपनि, ‘सक्कली हो कि नक्कली हो, के थाहा?’ भन्नु पर्ने अवस्था छ। कसैले सिसिटिभिको फुटेज भनेर देखाएको भिडियो पनि ‘सक्कली यहि रहेछ’ भनेर विश्वास गर्न नसकिने अवस्था छ।
सर्वथा विश्वासको संकट छ। आफ्नै आँखाले देखेको दृष्य पनि ‘सत्य यहि हो’ भनेर अरुलाइ देखाउन नसकिने अवस्था बनेको छ। अरुले ‘सत्य यहि हो’ भनेर दाबि गरेको कुरा पनि पत्याउन नसकिने अवस्था बनेको छ। ‘प्रविधि राजनीति’ ले चाहेको उपलब्धी त्यहि हो, ता कि, के सत्य के झूठ भनी छुट्याउन सक्ने विवेक नै उल्लुबनाती चंगुलको शिकार बनोस।
कुरा बुझौं, मुसुमुसु हाँसौं।

फोटो – सामाजिक सन्जाल

फोटो-सामाजिक सन्जाल

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑