• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

पेन्टिङमा सँगालेर राखेको वटु टोलको मार्ख जात्राको सम्झना


सुभाय् संवाददाताFebruary 12, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : ७६ मिनेट
हरिप्रसाद शर्मा
-काठमाडौंको वटु टोलबाट माघ महिनामा निकालिने मार्ख जात्राको विविधतायुक्त झाँकी।
–छोराको त्यस्तै आग्रहमा मैले आजभन्दा करिब २० वर्षअघि माघ महिनाको आजकै दिन मनाइने नेवारी जात्रा ‘मार्ख’ को पेन्सिल स्केच बनाएको थिएँ ।
काठमाडौंको वटु टोलबाट माघ महिनामा निकालिने मार्ख जात्राको विविधतायुक्त झाँकी। चित्रकार हरिप्रसाद शर्माले आजभन्दा ७५-८० वर्षअघि बाल्यावस्थामा देखेको सम्झनामा आधारित भएर बनाएको यो चित्रकलामा त्यति बेलाको रहनसहन र वास्तुकला चित्रण गरिएको छ। पौवा शैलीको यो चित्रमा पानीरङ प्रयोग गरिएको छ।काठमाडौंको वटु टोलबाट माघ महिनामा निकालिने मार्ख जात्राको विविधतायुक्त झाँकी। चित्रकार हरिप्रसाद शर्माले आजभन्दा ७५-८० वर्षअघि बाल्यावस्थामा देखेको सम्झनामा आधारित भएर बनाएको यो चित्रकलामा त्यति बेलाको रहनसहन र वास्तुकला चित्रण गरिएको छ। पौवा शैलीको यो चित्रमा पानीरङ प्रयोग गरिएको छ।
पेन्टिङको कथा
कहाँ गए ती दिनहरू भनेर खासगरी वृद्धवृद्धाले बेलाबेला भन्ने गरेको सुनिन्छ। हुन पनि बाल्यकालका सम्झना नहुने मानिस को होलान्! फेरि त्यही समयमा पुग्न पाए कति रमाइलो हुन्थ्यो होला!
अहिले म ८७ वर्ष पूरा गरेर ८८ मा हिँड्दै छु। मेरा मनमस्तिष्कमा पनि त्यस्ता सम्झना धेरै छन्। मान्छेले आफ्ना पुराना सम्झना प्राय: जीवनी लेखनका माध्यमबाट अरूलाई सुनाउँछन्। मलाई भने विधाताले कलमभन्दा रङ र कुचीको माध्यम दिएर पठाएजस्तो लाग्छ।
मेरो पुत्र विष्णुप्रसादले मलाई आफ्ना त्यस्ता स्मृति भ्याएसम्म चित्र र नभ्याएको अवस्थामा पेन्सिल स्केचमा भए पनि उतारेर राख्न आग्रह गरिराख्छन्।
आज भीमद्वादशीको दिन। छोराको त्यस्तै आग्रहमा मैले आजभन्दा करिब २० वर्षअघि माघ महिनाको आजकै दिन मनाइने नेवारी जात्रा ‘मार्ख’ को पेन्सिल स्केच बनाएको थिएँ, पछि कुनै दिन समय जुर्‍यो भने बनाउनुपर्ला भनेर।
गत वर्ष अब के चित्र बनाऊँ भन्ने लाग्दै गर्दा झलक्क आफ्नो संग्रहको त्यो स्केच याद आयो। छोरा विष्णु पनि उत्साहित भए।
आजभन्दा ७५-८० वर्षअघिको बाल्यकालीन सम्झनाका आधारमा बनाएको त्यो परिवेशको चित्रकलामा केही क्रमबद्धता अघि-पछि परेको हुनसक्छ। तर मूल घटनाहरू मिलेकै छन्।
माघ महिना भनेको सबै जाति-जनजातिको उत्सवमय महिना हो। कष्टकर जाडो सकिएर बिस्तारै घामको पारो चढ्दै जाँदा मानिसहरूमा पनि उत्साहको सञ्चार हुन थाल्छ।
म आफू ब्राह्मण परिवारमा जन्मे पनि मेरो जन्मस्थान नेवार बस्तीको मध्यमा रहेको लगन गोफल टोल हो। यहाँ माघे संक्रान्तिको घिउ, चाकु, तरूल खाएर दिउँसोको घाम ताप्दै चोक र बहालमा घरमुली महिलाले परिवारका सबैलाई पालैपालो जीउमा तेल लगाइदिने रौनक हुन्थ्यो। बाहुन-क्षत्रीका घर-घरमा स्वस्थानी पढ्ने र ब्रत बस्ने चलन हुन्थ्यो।
साँखुमा माधवनारायणको ब्रत र मेला लाग्ने यो महिना बिहान-बिहान वटु टोलबाट त्रिपुरेश्वरको बागमती घाट हुँदै एक हुल मान्छे आउँथे। महादेव, पार्वती र स्वस्थानीका चित्र कोरिएको कपडाको ठूलो झन्डा जोडले फर्फराउँदै एक जना अघि लाग्थ्यो र पछाडि समूहले ‘बागमती दर्शन आनन्दे, राधा कृष्ण गोविन्दे’ भन्दै जोडले गाउँथ्यो। त्यो हुल हाम्रै टोलको बाटो जान्थ्यो।
यस्ता श्लोक अरू पनि थिए, तर अहिले धुमिल सम्झना मात्र बाँकी छ।
म ९-१० वर्षको हुँदा एकचोटि पिताजीलाई झन्डाको कपडा किन्न हठ गरेँ। त्यसमा आफैंले शिव-पार्वतीको चित्र बनाएँ। त्यसपछि बिहानीपख बागमती घाटमा गएर त्यो झन्डा हल्लाउँदै त्यही भाकामा पिताजी र मैले ‘बागमती दर्शन आनन्दे, राधा कृष्ण गोविन्दे’ भनेर गाएको सम्झन्छु।
मेरो बालहठका अगाडि केही सिप नलागेर हो वा पिताजीलाई पनि रहर लागेर हो; हामी बाबुछोरा दुई जना मात्र त्यसरी कराएका थियौं। त्यस्तो तमासा गरेको सम्झेर मलाई अहिले पनि एक्लै हाँसो उठ्छ।
मार्ख जात्रा बेला मान्छेहरू साँझतिर वटु टोलबाट बाजागाजासहित जात्राको मुख्य मार्ग पछ्याउँदै अघि बढ्थे। सबभन्दा अगाडि धिमे बाजा हुन्थ्यो। पछि पछि टाउकोमा तह पारेर राखिएका तीन-चारवटा माटोको घैंटोमा छिद्र पारी छ्वाली छिराएर बनाइएको सहस्र जलधारा बोकेका मानिस हुन्थे। माघको जाडोमा जीउमा सहस्रधारा पानी झार्दै हिँड्नु आफैमा एउटा तपस्या थियो।
त्यसको पछाडि हातमा धुपको मुठा र मैनबाट बनाइएका सुन्दर रंगीचंगी फूल, खासगरी गुलाफको फूल लिएर हिँडेका सुन्दर प्रौढ तथा युवतीहरूको लस्कर हुन्थ्यो। त्यस्ता मैनका रंगीचंगी फूल त आजभोलि देख्नै पाइँदैन।
मैले बाल्यकालमा देखेको रंगीचंगी पहिरन, कपालमा गुलाफको फूल र गहनाहरूले सिंगारिएका सुन्दर महिलाको मृदु मुस्कानसहित मन्द हिँडाइको सम्झनाले मलाई अहिले पनि मन्त्रमुग्ध पार्छ। नेवार समुदायमा सुनचाँदीका सामान बनाउने र आर्थिक रूपले सम्पन्न बाँडा परिवारका युवतीलाई अत्यन्त सुन्दर मानिन्थ्यो। त्यसैले सुन्दर युवतीहरू देख्दा बाँडा महिला नै होलान् भन्ने लाग्थ्यो।
त्यो लस्करमा वस्तादहरू भरियाले बोकेका हारमोनियम र तबलाको पछि पछि भजन गाउँदै हिँडेका हुन्थे।
जात्राको सबभन्दा महत्त्वपूर्ण आकर्षण सजाइएको ठूलो खट हुन्थ्यो। झन्डै २५-३० जनाले बाहिरबाट मान्छे नदेखिने गरी खट बोकेका हुन्थे। अरू मानिसले उनीहरूलाई निर्देशन दिन्थे।
चारैतिरबाट सुन्दर कपडाले बेरेर सजाइएको उक्त खटमा गोपिनीहरूसहित श्रीकृष्ण वा महादेव-पार्वती हुन्थे। १०-१२ वर्ष उमेरका बालकलाई नै शृंगार गरेर बालिका बनाइन्थ्यो। गालामा लाली, मुकुट, मजुरको प्वाँख र त्यसैअनुसार पहिरन लगाइदिएर मानमोहक देवीदेवताका रूपमा झाँकी तयार पारिन्थ्यो। त्यसपछि खटजात्राका रूपमा नगर परिक्रमा गराइन्थ्यो।
खटमा कहिले श्रीकृष्णको रासलीला त कहिले गोपिनीहरूले पानीका घैंटा बोकेको धुमिल सम्झना छ। हरिया बोटबिरूवा र तिनमा सुन्दर फूल फुलिरहेको जस्तो लाग्ने गरी झाँकी सजाइएको हुन्थ्यो।
त्यो जात्राको लहर त्यति लामो त हुँदैनथ्यो, तर त्यसको विविधता र सौन्दर्य अत्यन्त उच्च कोटीको र मोहित बनाउने किसिमको हुन्थ्यो। मिठो सपनाजस्तो लाग्ने र अझै हेरिरहन मन लाग्दालाग्दै सकिने उक्त जात्रा आँखाले भ्याउन्जेल परसम्म हेरिरहिन्थ्यो। त्यो जात्रा फेरि हेर्न त अर्को वर्ष कुर्नै पर्थ्यो। त्यसैले होला, यो उमेरमा पनि त्यो जात्राको सम्झनाले मन त्यसै आह्लादित हुन्छ।
आफ्नो मौलिक संस्कृति जगेर्ना गर्दै आएको नेवार समुदायले आधुनिक समयको दबाब झेल्दै अहिले यो संस्कृति कुन रूपमा मनाइरहेको होला भन्ने लागिरहन्छ। (courtesy: setopati.com)
***
सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑