• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

“लाम ‘द्रे”- “मार्ग र फल” तिब्बती बौद्ध परम्परा साक्यापाको गहन तथा महत्वपूर्ण शिक्षा


सुभाय् संवाददाताNovember 19, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

मंगलबार, काठमाडौं/ साक्या गोंग्मा त्रिजिन रत्न वज्र रिन्पोछेको ५०औं जन्मोत्सवको अवसरमा बौद्धस्थित थार्लाम गुम्बाका संघ सदस्यहरू र लाम ‘द्रे’ का सहभागीहरूले विशेष मण्डल अर्पण गर्नुभयो।
उहाँबाट ४५ दिनसम्म प्रदान गरिएका बहुमूल्य लाम ‘द्रे’ शिक्षाहरू प्रति सम्मान, कृतज्ञता र श्रद्धा व्यक्त गर्दै, यी मण्डल अर्पण गरिएको थियो ।
साक्या गोंग्मा त्रिजिन रत्न वज्र रिन्पोछेबाट प्रदान भएको “लाम द्रे”को ज्ञानबारे जिज्ञासा उठ्न सक्छ । के हो त लाम द्रे अनि यसको महत्व के छ भन्ने बारे । यसबारे हामी छोटो जानकारी प्रस्तुत गर्ने प्रयास गर्नेछौं ।
“लाम ‘द्रे” (Lam Dre) तिब्बती बौद्ध धर्मको  एक गहन तथा महत्त्वपूर्ण शिक्षा हो, विशेष गरी साक्या परम्परामा बिशेष महत्वका साथ यसको अभ्यास गरेको पाइन्छ ।  “लाम” ‘द्रे” को अर्थ हुन्छ “मार्ग र यसको फल”। यसले साधन (मार्ग) र यसको फल (प्राप्ति) बीचको एकतामा जोड दिन्छ।
यस शिक्षाको मुख्य उद्देश्य प्रज्ञा र करुणाको संयोजन गर्दै समाधि र निर्वाण प्राप्त गर्नु हो।
लाम ‘द्रेको मूलभूत कुरा अर्थात सार तत्व
मार्ग र फलको एकता: यस शिक्षाले मार्ग (साधन) र अन्तिम प्राप्ति (फल)लाई अलग नभई एकरूप मान्छ।
हेवा-जिङ्ग शिक्षा ,आधारभूत र गहिरो अभ्यासहरूको संगम हो ।
महामुद्रा अभ्यास: यसले ध्यान, तत्त्वचिन्तन, र अन्ततः बुद्धत्व प्राप्ति(पूर्ण प्रज्ञा) मा केन्द्रित गर्छ।
यो निकै गहन र महत्वपूर्ण विषय हो। यो तिब्बती बौद्ध धर्मको साक्या परम्परा अन्तर्गत एक विशेष शिक्षण हो, जसले आध्यात्मिक मार्ग र त्यसको परिणामको व्याख्या गर्छ।
लाम ‘द्रे’ को इतिहास
लाम ‘द्रे’ (मार्ग र  फल) को उत्पत्ति भारतका बौद्ध गुरु वज्रधर र वीरूपाको शिक्षामा आधारित छ। लाम ‘द्रे’ को मूल स्रोत भारतका महान बौद्ध तन्त्रका आचार्य वीरूपा हुन्। वीरूपाले आफ्नो ध्यान अभ्यास र तन्त्र साधनाबाट महामुद्रा को प्रत्यक्ष अनुभव गरे। उनको शिक्षा तिब्बतका साक्या परम्पराका गुरुहरूमा फैलियो।
तिब्बतमा यसलाई व्यवस्थित र संरक्षित गर्ने कार्य साक्या परम्पराका संस्थापक “साचेन कुन्गा ङोरपो”ले गरे।
यो प्रणाली गुरु-शिष्य परम्परामा मौखिक रूपमा हस्तान्तरण गरिन्छ।
यो शिक्षाको मुख्य उद्देश्य आध्यात्मिक मार्ग बुझाउनु र अन्ततः “फल”मा पुग्छ भन्ने प्रष्ट पार्नु।
“लाम द्रे” को मुख्य शिक्षाहरू
संसारको वास्तविकता बुझ्न: सबै चीजहरू अनित्य छन्। अस्थायी र परिवर्तनशील छन्।
प्रज्ञा र करुणाको समन्वय: ध्यान र अभ्यासले बुद्धत्वमा पुग्न सहयोग गर्छ।
हेवा-जिङ्ग  शिक्षाले व्यवहारिक ध्यान र दार्शनिक पक्षहरूको संयोजन गर्दछ।                                                                                                                                                                                                                                                      “लाम द्रे”मा गुरुप्रति पूर्ण श्रद्धा र विश्वास राख्दै ध्यान र तन्त्रहरूको नियमित अभ्यास गरिन्छ।
यस अभ्यासले मार्गमा आउने कठिनाइहरूलाई फलस्वरूप स्वीकार गर्न सिकाउँछ भन्ने धारणा रहेको छ ।
फोटो : साभार

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑