तपाईँलाई याद छ कोडाक कम्पनी ? फोटो खिच्दा प्रयोग गरिने रिल तथा क्यामरा नेपालमा पनि धेरै प्रयोग गरिन्थ्यो कोडाकको । यसको इतिहास हेर्ने हो भने १९९७ मा कोडाकसँग करिब १,६०,००० कर्मचारी थियो। संसारको करिब ८५% फोटोग्राफी कोडाकको सामाग्रीबाट गरिन्थ्यो। केही वर्षयता मोबाइल क्यामेराको बढ्दो उपयोगका कारण, कोडाक कम्पनी बजारबाट बाहिरियो। कोडाक पूर्ण रूपमा डुब्यो र सबै कर्मचारी निकालिए।
यसै समयमा थुप्रै प्रसिद्ध कम्पनीहरू पनि आफैंलाई रोक्न बाध्य भए। जस्तै:
HMT (घडी)
बजाज (स्कूटर)
डायनोरा (टीभी)
मर्फी (रेडियो)
नोकिया (मोबाइल)
राजदूत (बाइक)
एम्बेसडर (कार)
यी कम्पनीहरूको गुणस्तर खराब थिएन। तर पनि किन बजारबाट बाहिरिए? किनकि यी कम्पनीहरू समयसँग परिवर्तन हुन सकेनन्।
वर्तमानमा उभिएर सोच्र्ने हो भने १० वर्षमा संसार कति परिवर्तन हुन सक्छ र आजका ७०% देखि ९०% कामहरू पूर्ण रूपमा समाप्त हुनेछ। हामी बिस्तारै “चौथो औद्योगिक क्रान्ति” को युगमा प्रवेश गर्दैछौं।
आजको प्रसिद्ध कम्पनीहरूको हेरौं–
UBER केवल एक सफ्टवेयर नाम हो। तिनीसँग आफ्नै कार छैन। तर आज संसारको सबैभन्दा ठूलो ट्याक्सी सेवा कम्पनी UBER नै भएको छ । सोचनीय कुरा हैन त?
नेपालमा पठाओ, इन्ड्राइभ आदिपनि सफ्टवेयर मात्र हो उनीहरूसँग पनि एउटा कार पनि छैन मोटरसाइकल पनि छैन सेवा दिइरहेका छन् पैसा कमाइरहेका छन् ।
Airbnb आज संसारकै सबैभन्दा ठूलो होटल कम्पनी हो। तर रमाइलो कुरा के भने, उनीहरूसँग संसारमा एकवटा पनि होटल छैन।
यस्तै, Paytm, Ola Cab, Oyo Rooms आदि कम्पनीहरूको अनगिन्ती उदाहरण दिन सकिन्छ।
आज अमेरिकामा नयाँ वकिलहरूको काम छैन, किनकि IBM Watson नामको कानूनी सफ्टवेयरले कुनै नयाँ वकिलभन्दा राम्रो बहस गर्न सक्छ। यसरी, लगभग ९०% अमेरिकामा आगामी १० वर्षमा कुनै काम हुनेछैन। बाँकी १०% मात्र बाँच्नेछन्। यी १०% विशेषज्ञहरू हुनेछन्।
नयाँ डाक्टरहरूको काम पनि घटिरहेको छ। Watson सफ्टवेयरले क्यान्सर र अन्य रोगहरूलाई मानिसको तुलनामा ४ गुणा बढी ठिकसँग पत्ता लगाउन सक्छ। सन् २०३० सम्ममा कम्प्युटरको बुद्धिमत्ताले मानिसको बुद्धिमत्तालाई पार गर्नेछ।
अर्को २० वर्षमा आजका ९०% गाडीहरू सडकमा देखिँदैनन्। बाँकी गाडीहरू या त बिजुलीमा चल्नेछन् या हाइब्रिड हुनेछन्। सडक बिस्तारै खाली हुँदै जानेछ। पेट्रोलियम खपत घट्नेछ र तेल उत्पादक अरब देशहरू बिस्तारै कमजोर हुँदै जानेछन्।
तपाईंलाई गाडी चाहियो भने UBER जस्ता सफ्टवेयरबाट कार मगाउनुपर्नेछ। तपाईंले कार मगाउनासाथ एक ड्राइभररहित कार तपाईंको ढोकामा आएर पार्क हुनेछ। यदि तपाईं धेरैजनासँग यात्रा गर्नुहुन्छ भने एक व्यक्तिको लागि कारको भाडा बाइकको भन्दा कम हुनेछ।
ड्राइभररहित गाडीले दुर्घटनाको सङ्ख्या ९९% ले घटाउनेछ। र यसकारण गाडीको बिमा रोकिनेछ र बिमा कम्पनीहरू बन्द हुनेछन्।
धरतीमा ड्राइभ गर्ने कुराहरू पनि रहन्न। ९०% सवारी साधनहरू सडकबाट हट्दा ट्राफिक प्रहरी र पार्किङ कर्मचारीहरूको पनि आवश्यकता हुनेछैन।
सोच्नुहोस्, लगभग १० वर्षअघिसम्म सडकहरूमा एसटीडी बुथहरू हुन्थे। देशमा मोबाइल क्रान्ति आएपछि ती सबै एसटीडी बुथहरू बन्द गर्न बाध्य भए। बचेका बुथहरूले मोबाइल रिचार्ज पसल बने। फेरि मोबाइल रिचार्जमा अनलाइन क्रान्ति भयो। मानिसहरूले घरमै बसेर अनलाइन मोबाइल रिचार्ज गर्न थाले। ती रिचार्ज पसलहरू फेरि बन्द गर्नुपर्यो। अब तिनीहरू केवल मोबाइल खरिदबिक्री र मर्मत पसल बनेका छन्। तर यो पनि चाँडै फेरिनेछ। मोबाइल फोनको बिक्री अमेजन, फ्लिपकार्टबाट सीधा बढ्दैछ।
पैसाको परिभाषा पनि परिवर्तन हुँदैछ। पहिले नगद हुन्थ्यो तर आजको युगमा यो “प्लास्टिक मनी” मा बदलिएको छ। केही वर्षअघि क्रेडिट कार्ड र डेबिट कार्डको चलन थियो। अहिले त्यो पनि परिवर्तन हुँदै छ र मोबाइल वालेटको युग आउँदैछ। Paytm को बढ्दो बजार, एक क्लिकमा मोबाइल मनी।
जो समयसँग परिवर्तन गर्न सक्दैनन्, समयले तिनलाई पृथ्वीबाट हटाउँछ। त्यसैले समयसँगै परिवर्तन गरिरहनुहोस्।
राम्रो सामग्री सिर्जना गरिरहनुहोस्, समयसँगै अघि बढिरहनुहोस्।
(सामाजिक संजालको सहयोगमा)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५