काठमाडौं/ सम्पदा संरक्षण र अधिकारका विषयमा लेखिएको साहित्यकार, मानवशास्त्री डा. बालगोपाल श्रेष्ठको २० औँ कृति ‘हेरिटेज प्रिजर्भेसन एण्ड राइट्स इन नेपाल’ सार्वजनिक भएको छ । कार्यक्रम भर्चुअल रूपमा गरिएको हो ।
असार ९ गते हलि नेवाः दबू (World Newa organization (WNO) को दैनिक प्रशारण डब्लुडिविको एक कार्यक्रम मार्फत डा. बाल गोपाल श्रेष्ठको नयाँ पुस्तक प्रमुख अतिथि अक्सफोर्ड विश्र्वविद्यालयका प्रोफेसर डा. डेभिड गेल्नरले सार्वजनिक गरेका हुन् ।
प्रमुख अतिथि प्रा. डेभिड गेल्नरले डा. बाल गोपाल श्रेष्ठको नयाँ पुस्तक सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले पुस्तकको महत्व बारे चर्चा गर्दै पुस्तकका लेखक डा. श्रेष्ठको अनुसंन्धानबारे लामो समय देखि आफु जानकार रहेको र सँगै काम पनि गरेको हुनाले उनका लेखनलाई नजीकबाट नियाल्ने मौका आफुले पाएको कुरा बताए ।
उनले डा. बाल गोपालको लेखनको खुबी बारे प्रशंसा गर्दै उनमा अध्ययन गरेको विषयमा स्थानीयको नजरमा हेर्ने गहन दृष्टिकोणका साथै त्यही विषयलाई टाढाबाट पनि तुलनात्मक रूपमा हेर्न सक्ने एक अनुसन्धानकर्तामा हुनुपर्ने दृष्टि रहेको बताउँदै उहाँको अन्वेषणमा यी दुबै तत्वको समिश्रण पाउन सक्ने बताए । जुन एक अनुसन्धानकर्ताको निम्ति निकै महत्वपूर्ण छ ।
“डा. श्रेष्ठ आफै एक नेपाली अनुसंन्धाता हुनुभएकोले उहाँको लेखनमा नेपाली समाजबारे जुन गहनता भेट्टाउन सकिन्छ । हामी जस्ता विदेशी अनुसन्धानकर्ताले यस्तो किसिमको कार्य गर्न ज्यादै कठिन कुरा हो।” प्रा.डा. डेभिड गेल्नरले लेखक डा. श्रेष्ठको अनुसन्धान कार्यको प्रशंसा गरे ।
सार्वजनिक गरिएको पुस्तक बारेमा समिक्षा गर्दै हलिं नेवा दबू (WNO)का अध्यक्ष संयुक्त श्रेष्ठले यस पुस्तकमा लेखकले विभिन्न समयमा प्रकाशित अनुसंधानात्मक लेखहरु एकै ठाउंमा संग्रहित गरेको र यी लेखहरुले नेपालको भाषीय, जातीय अधिकारको आन्दोलन र नेपालको राजनीतिक इतिहास एवम् नेवार जाति भित्र प्रचलित रितिरिवाज, धर्मकर्म तथा मिथकको तथा नेपाल संवत आन्दोलन, आदि बारेमा खोज अनुसन्धान गर्ने जो कोहिको लागि पनि उपयोगी हुने बताए ।
कार्यक्रममा पुस्तक प्रकाशक बज्र पब्लिकेशन प्रा.लि.का अध्यक्ष विदुर डंगोलले डा. बाल गोपाल श्रेष्ठले आफ्नो पुस्तक सार्वजनिक गर्ने अभिभारा आफूलाई दिएकोमा गौरवान्वित भएको बताए । पुस्तकमा संग्रिहत पाटनको अग्निमथ बारे तथा सोन्ति नख (तिहार) बारेका खोजपूर्ण लेखहरु आफुलाई ज्यादै मनपरेको कुरा जनाउँदै भाषा, कला सम्पदा अनुरागीहरुलाई यो पुस्तक ज्यादै उपयोगि हुने यो पुस्तक प्रकाशन गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा पुस्तकका लेखक प्रा. डा. बाल गोपाल श्रेष्ठले पुस्तकका बारेमा सहभागीहरुद्वारा राखिएका प्रश्नहरुको जवाफ दिएका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५