• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

जलद्यो हरिसिद्धी भवानीको १२ वर्ष नाच शनिबार समापन हुँदै !


सुभाय् संवाददाताMarch 29, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

१२ वर्ष नाच शनिबार समापन हुँदै “हरिसिद्धि भवानीको ३ सय रोपनी बढी जग्गा मासियो”-पुजारी धनबहादुर महर्जन

हरिसिद्धी/ भोलि शनिबार हरिसिद्धी भवानी (जल प्याखं) नाच समापन हुँदैछ । परम्परा अनुसार फुल्चोकी माईको विशेष पूजाआजा गरी मेला समापनका गर्ने प्रचलन रहेको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको हरिसिद्धि भवानी १२ वर्ष फुल्चोकीमाई पर्व सञ्चालन समितिले जनाएको छ।स्मरणीय छ जनश्रूति अनुसार फुल्चोकीलाई हरिसिद्धीको माइती भन्ने पनि गरिन्छ । त्यसैले हरिसिद्धीको हरेक पर्व फुल्चोकीसँग पनि गाँसिएको देखिन्छ ।

समितिका अनुसार हरिसिद्धि भवानीका २९ जना देवगण परम्परागत कां बाजा, धिमे बाजासाथ भक्तजनहरूको लावालस्कर फुल्चोकी माईको दर्शन र धार्मिक विधिपूर्वक पूजाआजा गर्न फुल्चोकी डाँडातर्फ जानेछन् । त्यसका लागि शनिबार बिहान ४ बजेदेखि हरिसिद्धि भवानी मन्दिरको प्राङ्णमा भेला हुने क्रम शुरू हुनेछ। फुल्चोकीमाईको दर्शन र पूजाआजा गरी गोदावरीको हरिसिद्धि चौरमा हरिसिद्धि भवानीको प्रतीकस्वरूप कलश विराजमान गराई देवगणहरूलाई प्रसाद ग्रहण गराउने परम्परा रहेको छ ।

सो परम्पराले हरिसिद्धि भवानी र फुल्चोकीको जंगलसँगको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उजागर गर्दै आएको यसका संलग्न गुठीयारहरू बताउँछन्। प्रत्येक १२ वर्षमा हुने गोदावरीको प्रसिद्ध सिंहअस्त मेलाको शुभारम्भ पनि भवानीका देवगणबाटै हुने परम्परा रहेको छ।

परम्परादेखि चलिआएको प्रचलन अनुसार देवगणहरूले गोदावरी कुण्डको ढोका खोलेर नुहाएपछि मात्र मेलाको शुरू हुने गर्दछ । देवगणहरूले ढोका बन्द गरेपछि मेला समापन हुने गर्दछ ।

हरिसिद्धका स्थानीयको मृत्यू हुँदा दाहसंस्कारको लागि आवश्यक काठ फुल्चोकी डाँडाबाटै ल्याउने परम्परा रहेको छ । हरेक वर्ष असार १५ गतेसम्ममा वर्षा नभई रोपाईं गर्न सकिएन भने फुल्चोकी माई (गुराहिटीमा)लाई पूजाआजा गरे पानी पर्ने जनविश्वास रहेको छ।

त्यहाँको धार्मिक र सांस्कृतिक जीवनमा मुख्य भूमिका रहेका १० मुख्य देवगण (च्याभु पुजारी) र १९ सहायक देवगण(गण पुजारी) को नाच, नित्यपूजा, हरिसिद्धि भवानीसँग जोडिएको गुठीलाई स्थानीयले निकै महत्वका साथ लिएर सक्रिय सहभागिता जनाउँदै आएको समितिका संयोजक एवं वडा नं २८ का वडाअध्यक्ष वीरेन्द्र महर्जनले बताउनुभयो ।

सो कार्यपछि सरकारी पूजा, श्रद्धालु भक्तजनहरूबाट पूजा गर्ने गरिन्छ। त्यसपछि भक्तजनको लावालस्करसहित देवगण बाँडेगाउँको जलःगाबाट ठैबको जलःचपाको बाटो हुँदै हरिसिद्धि भवानीको मन्दिर परिसरमा पुगेपछि मेला औपचारिक रूपमा समापन हुने ललितपुर महानगरपालिका वडा नं २८ का वडाअध्यक्षसमेत रहेका समितिका संयोजक महर्जनले जानकारी दिएका छन्।

“हरिसिद्धि भवानीको ३ सय रोपनी बढी जग्गा मासियो”-पुजारी धनबहादुर महर्जन

हरिसिद्धी नाच समापनलाई लिएर गरिएको एक प्रेस मिट कार्यक्रममा यस हरिसिद्धि भवानी (जल द्यो) को नाच सञ्चालनका लागि आयस्रोतका रूपमा राखिएको ३ सय रोपनीभन्दा बढी जग्गा मासिएको पुजारी (च्याभु) धनबहादुर महर्जनले बताएका छ्न् ।
एक हजार ७७ वर्ष पुरानो सो नाच सञ्चालनको गुठीको नाउँमा रहेको ६ सय रोपनी जग्गामध्ये हाल २ सय ९६ मात्र बाँकी रहेको पुजारी (च्याभु)महर्जनले बताए।

आयस्रोतमा कमी आएपछि हरेक वर्ष हुने र १२ वर्षमा एकचोटी हुने हरिसिद्धि नाच सञ्चालनमा क्रमशः कठिनाई उत्पन्न हुँदै आएको अवस्था रहेको देखिन्छ । प्रेसमिटमा बोल्ने गुठिका सदस्यहरुले यसबारे जानकारी गराएका छ्न् ।

गत बिसं २०६८ सालपछि यसपटक १२ वर्षको नाच सञ्चालन भइरहेको छ । यसको समापन यही चैत्र १७ गते शनिबार हुने छ।

feature photo : BK Jalmi

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑