• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

कीर्तिपुरमा बुंगद्य: रातो मच्छिन्द्रनाथको मूर्ति स्थापना


सुभाय् संवाददाताDecember 3, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं / कीर्तिपुरको गःछेँस्थित प्यंगःथां भन्ने स्थानमा बुंगद्यो  श्री रातो मत्स्येन्द्रनाथ पद्मपाणि लोकेश्वरको मूर्ति स्थापना गरिएको छ । रातो मत्स्येन्द्रनाथ मूलतः ललितपुरक देवता हुन् । ललितपुरकै कलाकार रवि शाक्यले उक्त मूर्ति बनाउनुभएको हो ।

मूर्ति कीर्तिपुर पठाउनु अघि हिजो ललितपुरको महाबौद्धमा मूर्तिको विशेष पूजा गरिएको थियो । त्यसपछि कीर्तिपुरबाट आउनभएका भक्तजनहरूले गुर्जुको पल्टन र अन्य बाजागाजा सहित मूर्तिको शोभायात्रा गरी मूर्तिलाई कीर्तिपुरको गःछेँ पुर्याएका थिए ।

गःछेँको प्यंगःथां नामक स्थानमा रातो मत्स्येन्द्रनाथको लागि आसन राखिएको छ । सोही आसनमा मूर्ति विराजमान गराइएको हो ।

रातो मत्स्येन्द्रनाथ मूलतः ललितपुरका देवता हुन् । ललितपुरका देवताको मूर्ति कीर्तिपुरमा किन स्थापना गरियो ? यसको पछाडि भने एउटा रोचक कथा पाइन्छ ।

हरेक वर्ष ललितपुरमा श्री रातो मत्स्येन्द्रनाथको जात्रा चलाउने गरिन्छ । यस क्रममा अन्तिम पटक लगनखेलको थति टोलबाट जावलाखेलसम्म रथ तान्ने गरिन्छ । रथ जावलाखेल पुगेको चारौं दिनमा भोटो जात्रा गरिन्छ । भोटो जात्रा पछि मत्स्येन्द्रनाथलाई रथबाट निकालेर खटमा राखी बुंगमतीतर्फ सवारी चलाइन्छ ।

त्यस पश्चात मत्स्येन्द्रनाथ छ महिनासम्म बुंगमतीकै मन्दिरमा विराजमान हुन्छ । छ महिना पछि पुनः खटमा राखी ललितपुरको तःबहालस्थित अर्को मन्दिरमा विराजमान गराइन्छ । यो वर्ष गत मंसिर १३ गतेका दिन मात्रै मत्स्येन्द्रनाथलाई बुंगमतीबाट ललितपुर ल्याइएको थियो ।

यसरी जात्राका बेला एक दिन थति टोलबाट रथ तान्नै लाग्दा पाञ्जु (पुजारी) हरूले थाहा पाए कि रथमा विराजमान श्री मत्स्येन्द्रनाथ त गायब हुनुहुन्छ । रथमा मत्स्येन्द्रनाथको मूर्ति मात्रै छ, जीव भने छैन ।

मत्स्येन्द्रनाथको हंस अर्थात जीव कता हराएछ भनी खोज्दै जाँदा उहाँ कीर्तिपुरको गःछेँस्थित एक घरमा बसिरहेको अवस्थामा फेला परेछ । उक्त घरमा एउटी महिला पनि रहिछन् जो मत्स्येन्द्रनाथकी प्रेमिका थिइन् । वास्तवमा श्री मत्स्येन्द्रनाथ कीर्तिपुरस्थित आफ्नी प्रेमिकालाई भेट्न पो गःछेँ पुग्नुभएको रहेछ भन्ने किम्बद्न्ती रहेको छ ।

पुजारीहरू आफै आई लिन आएपछि  भने बुंगद्यो उहाँ फर्कन बाध्य भए ।बुंगद्यो मत्स्येन्द्रनाथ कीर्तिपुर आएका कारण  ललितपुरमा जात्रा रोकिएको थियो । फर्कन लाग्दा उहाँले हरेक वर्ष जात्राका बेला आफ्नी प्रेमिकालाई प्रेमको सम्झना स्वरुप फूल प्रसाद पठाउने बाचा गर्नुभयो भन्ने कथा सुन्न पाइन्छ ।

सोही बाचा पूरा गर्न अहिले पनि हरेक वर्ष थति टोलबाट मत्स्येन्द्रनाथको रथ तान्नु अघि मत्स्येन्द्रनाथका पुजारीहरू कीर्तिपुरको गःछेँ पुगेर उहाँकी प्रेमिकालाई फूल प्रसाद चढाउने चलन रहँदै आएको पुजारीहरु बताउँछन् ।

मत्स्येन्द्रनाथले पठाउनुभएको उक्त फूल प्रसाद गःछेँस्थित एक अविवाहित महिलाले ग्रहण गर्ने परम्परा यद्यपि चलिरहेको छ । अनौठो त के छ भने कीर्तिपुरको गःछेँ टोलमा अहिलेसम्म पनि उक्त फूल प्रसाद ग्रहण गर्ने कुनै न कुनै अविवाहित महिला उपलब्ध भइ नै रहेको छ । यो क्रम अहिलेसम्म टुटेको छैन ।

यही किम्बदन्तीलाई जोडेर अहिले गःछेँ टोलमा मत्स्येन्द्रनाथको मूर्ति स्थापना गरिएको हो । साथै मत्स्येन्द्रनाथकी प्रेमिका भनिने उक्त महिलाको मूर्ति पनि सँगै स्थापना गरिएको छ ।

मूर्ति बनाउने कलाकार रवि शाक्यका अनुसार कीर्तिपुरको गःछेँमा रातो मत्स्येन्द्रनाथको एउटा पौभाः रहेछ । साथै एउटा तस्बिर पनि राखिएको रहेछ । सोही तस्बिरको आधारमा आफूले यो मूर्ति बनाएको शाक्यले बताउनुभयो । यी दुवै मूर्ति धातुका हुन् ।

मूर्ति बनाउन कलाकार शाक्यलाई पाँच महिना लागेको र उपत्यकाका सहकालका देवता श्री करुणामयको मूर्ति बनाउने अवसर आफूलाई प्राप्त भएकोमा शाक्य औधी खुशी हुनुहुन्छ । मूर्ति  बनाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि सहयोग गरेको बताइन्छ  ।  यस मूर्ति निर्माण एक किम्बदन्ती र आस्थालाई लिएर गरिएको छ ।(समाचार सहयोग मैत्री न्युज ।)  (तस्बिरहरुः युगेन शाक्यको फेसबुकबाट)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑