सोह्रौं शताब्दिको पौभामा (Photograph: courtesy of Mary Slusser)
संस्कृतिविद् अन्वेषक डा. गौतम वीर वज्राचार्यको हालैको एक अनुसन्धान अनुसार, अहिले जुन् ठाउंमा मरुसत्तल (काष्ठमण्डप) रहेको छ, त्यो ठाउँ उहिले रूखमुनिको चौतारा जस्तो सार्वजनिक मण्डपको रूपमा थियो। रुखमुनिको चौतारी भएको कारण पुरानो नेपाल भाषामा त्यस ठाउँको नाम सिक्वमुगुदि (सिक्व = रूखमुनि, मुग्वदि = जम्मा हुने ठाउँ) भन्ने रहन गएको थियो। सि शब्दले रूख र काठ दुबैलाई बुझाउँछ। उहाँको गुनासो छ यस तथ्यको वास्तै नगरी नेवार भाषाको शब्दको संस्कृतमा परिवर्तन गर्ने बुज्रुकहरूले सिक्वमुगुदिलाई संस्कृतमा अनुवाद गर्दा काष्ठमण्डप (काठको मण्डप) भनेर गरिदिए। उहाँका अनुसार यसको शुद्ध अनुवाद तरुमूलमण्डप (रूखमुनिको चौतारा/मण्डप) भन्ने रहेको थियो। मल्लकालका अभिलेखहरूमा पछिसम्म पनि झोछें टोल, अट्कोनारायण स्थान र काष्ठमण्डपले चर्चेको भूभागलाई सिक्वमुगुदि टोल भनेर लेखिएको पाइन्छ। अहिले पनि कुमारीघरसँगैको बहाल अर्थात बौद्ध विहारलाई नेवार भाषामा सिक्वमुग: बहा: तथा संस्कृतमा तरुमूलमण्डप भन्ने चलन हराएको छैन। यस स्थानको नाम र ऐतिहासिक पृष्ठभुमि बारे उहाँले अनुसन्धान गरी लेख्नुभएको विस्तृत लेख शिघ्र प्रकाशन हुँदैछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५