– प्रा. प्रेम शान्ति तुलाधर
१. पृष्ठभूमि
जीवनको लम्वाइ मात्र नभई चौडाइ तथा गहराइ पनि हुन्छ । तर दुनियामा यसरी जीवनको लम्वाइ गहराइ तथा चौडाइलाई समाहित गरेर जिउनेहरू विरलै मात्र हुन्छन् । यस्तै विरलै व्यक्तिहरूको सूचिमा पर्ने एक व्यक्तित्वको नाम हो वांगमय शताव्दी पुुरुष डा. सत्यमोहन जोशी ।
सत्यमोहन जोशीको जन्म सांस्कृतिक नगर ललितपुरको बखुंबहालमा पिता शङ्खरराज तथा माता राजकुमारीको कोखबाट वि.सं १९७७ वैशाख ३० गत भएको थियो । तत्कालिन दरवार स्कूलबाट एस.एल.सी तथा त्रिचन्द्र कलेजबाट आइ.ए पास गरेका सत्यमोहन जोशीले भारतको नयाँदिल्ली र श्रीलंकाको कोलम्बोमा जनसङ्ख्या तथा तथ्याङ्कसम्वन्धी तालिम र न्युजलाण्डबाट आर्थिक विकासको निमित्त तथ्याङ्क परिचालन आदि विषयमा प्रशिक्षण पाएका थिए । पढेर भन्दा पनि परेर प्राप्त गरेको ज्ञान वढी प्रभावशाली तथा व्यवहारिक हुन्छ भने जस्तै अत्यन्त लगनशील तथा कर्मयोगी सत्यमोहन जोशीले बढी ज्ञान तथा दक्षता आफ्नो औपचारिक शिक्षाबाट भन्दा स्वअध्यन तथा कार्यअनुभवबाट नै हासिल गरे र समाज तथा देशको हितका निमित्त त्यसको भरपुर सदुपयोग पनि गरे मानिसले आफ्नो जीवनलाई जति सक्यो त्यति सार्थक कार्यमा समर्पित गुर्नुपर्छ भन्ने दर्शनलाई सँधै आत्मसाथ गर्दै राष्ट्रका विविध क्षेत्रमा अतुलनीय योगदान दिने सत्यमोहन जोशी एक सफल,सामथ्र्यवान ,अनुकरणनीय व्यक्ति मात्र नभई आज राष्ट्रकै एक जीवित सम्पदा हुन पुगेको छ । उनका यस्ता जीवनका उल्लेखनीय आयामहरूलाई निम्न बमोजिम अध्ययन गर्न सकिन्छ ।
२. भाषिक तथा साहित्यिक आयामहरू
बहुमुखी प्रतिभाका सर्जक, आफ्नो १९ वर्षको उमेरदेखी १०३ वर्षको उमेरसम्म पनि अविरलरूपले कलम चलाउनै सत्यमोहन जोशीको सबभन्दा महत्वर्पूण आयाम लेखकीय व्यक्तित्व हो । वि.सं १९९८ सालमा गोरखापत्रमा ‘परिचय’ नामक कविता तथा ‘कर्तव्य’ नामक निबन्ध प्रकाशित भए पश्चात उनका लेखकीय व्यक्तित्व सार्वजनिक भएको पाइन्छ । आफ्नो मातृभाषा नेपालभाषाका अनन्य सेवक भइकन पनि लेखन कार्यमा भाषाको कुनै पूर्वाग्रह नराख्ने जोशीले संख्यात्मक हिसावले नेपाली तथा नेपालभाषामा बराबर जस्तै कृतिहरू प्रकाशित गरेका छन् । उनका कृतिहरू आफ्नो मातृभाषा नेपालभाषामा जति उच्चकोटीको छ नेपाली भाषामा पनि उनको लेखनले उच्च स्थान हासिल गरेको छ । यसरी नेपाली भाषामा तथा नेपालभाषाका अथक चिन्तक एवम् स्रष्टा सत्यमोहन जोशीले—बाल साहित्य ,कविता , महाकाव्य , एकाङ्की ,पूर्णाङ्कीनाटक ,कथा, निबन्ध ,जीवनी ,शब्दकोश, व्याकरण,लिपि ,मूर्तिकला , चित्रकला , पुरातत्व , मुद्रा, कला प्रविधि,लोकसंस्कृति र लोकसाहित्यलगायत भाषा ,साहित्य, संस्कृति, कलाका विविध क्षेत्रमा आफ्नो कलम चलाई नेपाली साहित्याकाशलाई नै विशालता ,भव्यता र व्यापकता प्रदान गरेका छन् । उनको साहित्यिक व्यक्तित्व सम्ुद्र जस्तै अथाह ,गहन र व्यापक छ । उनले आफुले पुस्तक लेख्नु सम्पादन गर्नु बाहेक सयौं स्रष्टाहरुको पुस्तकमा समिक्षात्मक भूमिका लेखी स्रष्टाहरूलाई मार्ग दर्शन गराएका छन् । स्रष्टाहरू आफ्नो पुस्तकमा उनका दुइ शव्द पोखाउनु पाउनुलाई अहोभाग्य ठान्दछन् ।यसरी उनीद्वारा नेपाली भाषा तथा नेपालभाषामा लिखित सम्पादित र अनुदित गरी हालसम्म् ७५ भन्दा वढी कृति प्रकाशनमा आइसकेका छन् ।
उनले लेखन क्षेत्रमा दिएको यस्ता योगदानले उनलाई तीनपल्ट मदन पुरस्कार तथा सयौं अन्य पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्ति मात्र बनाएनन्, काठमाडौं विश्वविद्यालयबाट म्यअतयच या ीष्तभचबतगचभ तथा नेपाल सरकारबाट वांगमय शताव्दी पुरुषको उच्च सम्मान पाउने प्रथम व्यक्ति पनि बनाए ।
३. संस्कृति, कला तथा पुरातत्व संरक्षणसम्बन्धी आयामहरू
सत्यमोहन जोशीले नेपालको संस्कृति ,कला तथा पुरातत्वसम्वन्धी अनुसन्धानात्मक पुस्तकहरू लेखेका मात्र नभई यस क्षेत्रमा उनले धेरै ठोस काम पनि गरेका छन् । उनकै सक्रियतामा वि.सं २००८ सालमा ललितपुरमा भव्य आदर्श कला प्रदर्शनी आयोजना भयो भने आफु पुरातत्व र संस्कृति विभागको डाइरेक्टर हुँदा संस्कृति तथा पुरातत्वसम्बन्धी जनचेतना जगाउन नेपालमा प्रथमपल्ट वि.सं २०१६ सालमा पुरातत्व र संस्कृति विभागबाट सात दिनसम्म सिंहदरवारमा ‘साँस्कृतिक र पुरातात्विक प्रदर्शनी’ ,वि.सं २०१७ सालमा ‘प्रथम राष्ट्रिय मुद्रा प्रदर्शनी’ , त्यही सालमा भारतको बम्बइमा ‘नेपाल र्दशन प्रर्दशनी’ गरेका थिए । त्यस्तै कलाको विकासको निमित्त नाचघरको स्थापना गरे भने ‘पशुपतिको पुरातत्व बगैंचा’ , लुम्बिनीको तौलिहवास्थित ‘पुरातत्व सङ्ग्रहालय’ ,भक्तपुरको ‘राष्ट्रिय सङ्ग्रहालय’,हनुमानढोकाको ‘मुद्रा सङ्ग्रहालय‘,‘पाषाण युगिन हातहतियार सङ्कलन’, ‘शिलापत्र उतार सङ्कलन’, ‘बेवारिसी मूर्तिसङ्कलन’‘,पुरातात्विक उत्खनन’् , ‘प्राचीन लिपि वर्णमाला’का प्रकाशन आदि जस्ता कार्यहरू उनी पुरातत्व तथा संस्कृति विभागका डाइेक्टर हुुँदा भएका थिए । त्यस्तै तत्कालीन नेपालराजकिय प्रज्ञाप्रतिष्ठानको सदस्य सचिव हुँदा २०२८ सालमा राजकिय प्रज्ञाप्रतिष्ठानको भवनमा ‘लोकसंस्कृति प्रदर्शन’ी, ‘पहिलोपल्ट गाइजात्रा महोत्सवका’े प्रचलन ल्याएका थिए । वि.सं २०६३ सालमा कीर्तिपुरस्थित नेपालभाषा एकेडेमीमा कलाकार अरनिकोसम्बन्धी फोटो प्रदर्शनी पनि उनकै सक्रियतामा भएको थियो ।
५. अध्ययन अनुसन्धानका आयामहरू
अध्ययन अनुसन्धान सत्यमोहन जोशीको जीवनका महत्वपूर्ण पाता हुन् । यसै गुणले उनलाई मात्र चिनाउने गरेनन् राष्ट्रका कतिपय महत्वपूर्ण विषयहरु प्रकाशमा आए , विवादित कुराहरूलाई सल्टयाउने काम भए —
५.१ नेपाली मुद्राको अन्वेषण
सत्यमोहन जोशीले आफु पुरातत्व विभागमा कार्यरत हुँदा नेपाली मुद्रासम्बन्धी पनि धेरै अध्ययन अनुसन्धान गरी उनले ‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक अनुसन्धानमूलक ग्रन्थ लेखि प्रकाशित गरे । यो नेपालको इतिहासमा नेपाली मुद्रासम्बन्धी यति गहिरिएर लेखिएको पहिलो ग्रन्थ हो जुन ग्रन्थलाई वि.सं २०१८.सालमा मदन पुरस्कार समेत प्रदान गरिएको थियो । यस ग्रन्थको प्रकाशनले नेपाली मुद्रासम्वन्धी धेरै विवादित कुराहरूलाई पनि सल्टयाउने काम भए । नेपालको मल्लकालिन इतिहासमा महेन्द्र मल्ल र महिन्द्र मल्ल भन्ने दुई जना शासक रहेकाले महीन्द्रमल्ली भन्ने मोहर तकमरी गर्ने शासक कुन थिए भन्ने विवाद रहेको थियो । नेपाली मुद्राको अन्वेषण कार्यमा लागेका सत्यमोहन जोशीले अन्वेषणको सिलसिलामा महेन्द्र मल्लले टकमरी गरेको चाँदीको मोहर फेला परेपछि उक्त मोहर निकाल्ने मल्ल राजा महेन्द्र मल्ल नै हो भन्ने ठोकुवा भए ।
४. राष्ट्रिया विभूति अरिनिकोकोे खोज
सत्यमोहन जोशीले २०२२—२०२६सम्म पेकिङ्ग स्थित चीनको एउटा विश्वविद्यालयमा नेपाली भाषाको शिक्षक तथा २०३७—२०३९मा चीनको पेकिङ्गको नेपाली भाषाको रेडियो ब्रोडकास्टिङ प्रशिक्षक भएर काम गरेका थिए । यसरी ६ वर्षसम्म चीनमा प्रशिक्षक भएर काम गर्दा उनले १३ औं शताव्दीमा नेपालबाट चीन पुगेका नेपाली कलाकार अरनिकोका बारेमा अध्ययन अनुसन्धान र चिन्तन गर्न लागे । यस अधि नेपालबाट अरनिको नाम गरेको कलाकार ल्हासा गएको र त्यहाँबाट चीन पेकिङ्ग गएर त्यहाँ ठूलो चैत्य बनाएको भन्ने लोकोउक्ति मात्र थियो तर उक्त लोकोक्ति प्रमाणित हुने प्रमाणिक दस्ताभेजहरू भने यहाँ कुनै कतै थिएनन् । तर चीनमा भने त्यसको बारे केही प्रमाणित अभिलेखहरू रहेका थिए । सत्यमोहन जोशीले चीनमा छ वर्षसम्म बस्दा आफ्ना चिनीया विद्यार्थी तथा हितैषीहरूको सहयोगले अरनिकोसम्बन्धी अध्ययन अन्वेषण कार्यको निमित्त आवश्यक सामग्रीहरूको मूलस्रोत मानिएको ग्रन्थ ‘स्वएलौची’ चिनिया मूलको प्रतिलिपि लिन तथा निशेषध गरिएको ‘श्वेतचैत्यको’ तस्विर समेत लिन जोशी सफल भए । यसरी चीनबाट ल्याएका अरिनिकोसम्बन्धी प्रमाणित दस्ताभेजको आधारमा अरनिकोलाई नेपालको राष्ट्रिय विभूति घोषना गराउनमा समेत उनी सफल भए । यसरी आफुुले ल्याएका अरनिकोसम्बन्धी सबै दस्ताभेजलाई व्यवस्थित गरी कीर्तिपुर स्थित नेपालभाषा एकेदमिमा ‘अरिनिको ग्यालरी’ नामले प्रदर्शनको निमित राखिएको छ ।
६. लोक साहित्य तथा लोकसंस्कृति सम्बन्धी आयामहरू
लोकसाहित्यलाई सभ्यताको मानक र निर्देशक मान्ने सत्यमोहन जोशी नेपालमा लोकसाहित्य तथा लोकसंस्कृतिको संरक्षण तथा सङ्कलनमा वैज्ञानिकरूपले अध्ययन अनुसन्धान तथा प्रशोधनको परिपाटीको थालनी गर्ने पहिलो व्यक्ति पनि हुन् । लोकसाहित्यमा लोकगीत प्रथमत ः उनको प्राथमिकता सहितको चयनित क्षेत्र रहेको छ । सत्यमोहन जोशी नेपाल सरकार, संख्या विभागको कर्मचारीको हैसियतले २००२ सालतिर पश्चिम नेपालकोे पोखरा ,लमजुङ , तनहुँ आदि ठाउँको यात्रामा जाँदा उनलाई त्यहाँको लोकगीतले धेरै प्रभाव पारेको थियो । फलत त्यही समयदेखी उनले लोकगीतहरूको संकलन गर्न थाले । यसरी संकलन गरेर ल्याएका लोकगीतहरू मध्ये उनले वि.सं २००३ सालमा सर्वप्रथम ग्राम्यगीत नामक २ वटा लोकगीतहरू—
बर पीपल उम्रेका ठाउँमा गोपी बाँसको यो मुरली
कल्ले हाल्ला चौतारी….. भक्याम्लोको ठेडी …..
तत्कालीन शारदा पत्रिकामा प्रकाशित गरी लोकसाहित्यका अनुसन्धाताहरूलाई अध्ययन अनुसन्धानका बाटो ठम्याइ दिए । यसको अलावा उनले नेपाली लोकगीतलाई तत्कालिन रेडियो नेपालबाट धन्काउन लगाई लोकगीतलाई नेपाली जनसमुदाय माझ पु¥याउने काम गरे भने अनुदित नेपाली लोकगीतहरू विदेशी रेडियोबाट पनि प्रसारण गर्न लगार्ई विदशीहरू समक्ष पनि पु¥याए । उनका यस्ता कार्यलाई मनन् गरी नेपालको इतिहासमा सबभन्दा पहिले सरकारी तवरले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट सत्यमोहन जोशीको नेतृत्वमा कर्णाली क्षेत्रको सिञ्जाखोलाको लोकसाहित्य सर्वेक्षण तथा अध्ययनका निमित्त ५ सदस्यीय टोली पठाइयो । उक्त सर्वेक्षणलाई ठोस रूपले उपलव्धिमूलक ढङ्गले सम्पन्न गराउन उनी सफल भए ।
उक्त सर्वेक्षणको उपलव्धिस्वरूप कर्णाली क्षेत्रको सिञ्जाखोलाको लोकसाहित्यका विविध पक्षका ५ वटा शोधमूलक गहकिला पुस्तकहरू प्रकाशित भए, जसमध्ये ‘नेपाली गोकगीत एक अध्ययन’ नामक पुस्तक सत्यमोहन जोशीले तयार पारेका थिए । यी पाँचवटै पुस्तकका स्रष्टाहरुलाई संयुक्त रुपमा वि.सं २०२९मा मदन पुरस्कार प्रदान गरेको थियो । यस अधि पनि वि.सं २०१३ मा ‘हाम्रो लोकसंस्कृति’ नामक पुस्तकको लागि उनले मदन पुरस्कार पाइसेका थिए । त्यस्तै उनले आफ्नो मातृभाषा नेपालभाषाबाट पनि उखान टुक्का सङ्कलन —
१.खँत्वाः व खँ भाय् ,
२.छुनाखँ
जस्ता नेवार लोकसाहित्यसम्वन्धी पुस्तकहरू प्रकाशित गरे भने नेपालभाषाका लोककथा,लोकगीत,लोकनाटक, गाउँखाने कथा आदिसम्वन्धी थुप्रै शोधमूलक गहकिला लेखहरू प्रकाशित गरे ।सत्यमोहन जोशी लोकसाहित्यको संरक्षण संबद्र्धन गर्ने कार्यमा आपूm मात्र लागिपरेको नभई अरू थुप्रै व्यक्तिहरूलाई पनि उनले उक्त क्षेत्रमा कामगर्न अभिप्रेरित गरे । आफ्नै संरक्षकत्वमा आफुले पढाएका तत्कालीन नेपालभाषा स्नातकोत्तर तहका विद्यार्थीहरूबाट वि.सं २०४१ सालमा लोकसाहित्य परिषद् नामक संस्थाको स्थापना गराई यस संस्था मार्फत् नेपालको लोकसाहित्य लोकसंस्कृतिको संरक्षण संवद्र्धन कार्यमा हौसाय । यस संस्थाले लोकसाहित्य लोकसंस्कृतिसम्बन्धी पुस्तकहरू प्रकाशित गर्ने , विविध कार्यशाला गोष्ठीहरू संचालन गर्ने ,लोकबाजा , लोकगीत, लोककथा आदिको संकलन तथा प्रदर्शन गर्ने ,लोकसाहित्य क्षेत्रमा उल्ल्खेनीय कामगेर्न व्यक्तित्वहरूलाई पुरस्कार दिने सम्मान गर्ने आदि जस्ता काम गर्दै आएको छ । हाल यस संस्थाले उहाँले प्रदान गर्नुु भएको दुुइ आना दुुइ पैसा जग्गामा सत्यमोहन जोशी लोकसाहित्य भवन निर्माण गरी उहाँले संकलनमा रहेका प्राचीन मुुद्रा, टिकट,पुुस्टक तथा लोकसाहित्यसम्वन्धी सामाग्रीहरु प्रर्दशनको लागि राख्ने गरेका छन्
त्यस्तै लोकसंस्कृति सम्बन्धी सत्यमोहन जोशीले गरेका एक उल्लेखनीय कार्य आफु तत्कालिन नेपाल राजकिय प्रज्ञाप्रतिष्ठानमा सदस्य सचिव भएर काम गर्दा उनले त्यहाँ अनेक सांस्कृतिक कार्यक्रमहरू मात्र अधि सार्ने काम गरेनन् संस्थागत रूपमा प्रज्ञाप्रतिष्ठानमा नै ‘गाईजात्रा महोत्सव’ परम्पराको पनि सुरूवाट गरे । त्यस्तै उनले गाईजात्रा महोत्सवको उपलक्षमा नेपाल राजकिय पज्ञाप्रतिष्ठानमा तत्कालिन राजनीति र प्रशासनलाई हान्नुसम्म व्यङ्ग हानेका कार्टुनको प्रदर्शन पनि गरिएका थिए जुन नेपालको पहिलो व्यङ्ग्यात्मक कार्टुन प्रदर्शनी हो ।
७.विभिन्न सङ्घ संस्थाका स्थापनाका आयामहरू
ब् नचभबत धयचपभच बलम अचबतभच ष्क लयत तय दभ वगमनभम यलथि दथ तजभ धयचप जभ जष्mकभाि मष्म दगत दथ तजभ नचभबतभच धयचप जभ जबक mबमभ उयककष्दभि। भने जस्तै सत्यमोहन जोशीले के गरे भनेर मात्र नभई उनले के गर्न सम्भव बनाए भनेर पनि मूल्याङ्कन गर्नु पर्दछ । जहाँ गए पनि संघ संस्था– खोली भाषिक ,साहित्यिक , सांस्कृतिक क्रियाकलाप अघि बढाउने सत्यमोहन जोशीले दर्जनौ संघ –संस्था जस्तै— नेपालभाषा एकेदमि, नेपालभाषा समिति ,लोकसाहित्य परिषद्, नेपाली साहित्य संस्थान ,नेपाली कला परिषद् आदि स्थापना गरी धेरै युवाहरूलाई त्यस्ता संघ संस्थाहरुमा संलग्न गराई भाषिक ,साहित्यिक,सांस्कृतिक कार्यमा अग्रसर गराएका छन् । त्यस्तै आफु पनि आज सम्म विभिन्न संघ संस्था जस्तै— लोकसाहित्य परिषद् ,च्वसापासा , नेवाः देय् दबू , नेपालभाषा परिषद्, नेपाली कला परिषद्, नेपाली साहित्य संस्थान आदिहरूमा आवद्ध भई नेतृत्वदायी तथा अभिभावकीय भूमिका निर्वाह गरेका छन् ।
८. मातृभाषा प्रेमका आयामहरू
आफ्नो देशका कुनै जातिको भाषा साहित्य संस्कृतिको विकासको निमित्त काम गर्नु भनेको कुनै साम्प्रदायिक कार्य नभई देश र समाजप्रति आफ्नो दायित्व बहन गर्नु हो भन्ने ठान्ने ,सबै भाषा भाषीसँग सह अस्तित्व र सद्भाव राख्ने , देशका सबै भाषालाई त्यति नै सम्मान गर्ने तथा विकासका आकांक्षा राख्ने सत्यमोहन जोशी आफ्नो मातृभाषा नेपालभाषाका एक अनन्य सेवक पनि हुन् ।साच्चै भनौं भने उनी भाषा, साहित्य, सांस्कृतिक चेतनाका अखण्ड ज्योति हु्न् जो आफु मात्र प्रज्वलित नभई अरूलाई पनि प्रज्वलित तुल्याउँछन् र भाषा साहित्यप्रति समर्पणको भाव जगाउँछन् ।
नेपाल प्रज्ञाप्रतिष्ठानका आजिवन सदस्य, नेपाभाषा एकेदमिका संरक्षक , नेवाः देय् दबूका सल्लाहकार , लोकसाहित्य परिषद्का संरक्षक त्यस्तै अरू थुप्रै सङ्घसंस्थाका संरक्षक , सल्लाहकार भएका जोशीले ४५वर्ष यतादेखि आफ्नो सम्पूर्ण समय देशको भाषा साहित्य संस्कृति उत्थान कै निमित्त समर्पित गरेका छन् ।
९. धार्मिक आयामहरू
सत्यमोहन जोशी बुद्धधर्म तथा शैवधर्मका एकाकार हृदय भएको व्यक्तिका रूपमा लिन सकिन्छ । बौद्धधर्मप्रति आस्था र विश्वास ,कुलधर्मप्रति निष्ठा र श्रदा उनका धार्मिक व्यक्तित्वका दुई पाटा हुन् । सत्यमोहन जोशी बुद्धधर्मप्रति आस्था भएका व्यक्ति मात्र नभई यस धर्म दर्शनका एक विद्वान पनि हुन् । बुद्धधर्म तथा बुद्धदर्शनसम्वन्धी हुने थुप्रै सभा सम्मेलनमा प्रवचन दिने कार्यपत्र प्रस्तुत गर्नुका साथै उनले बोधिपरिषद,धर्मोदय सभा जस्ता संस्थाहरूमा कार्यकारणी सदस्य भएर थुपै्र महत्वपूर्ण काम गरेका थिए । त्यस्तै महायानी बुद्धग्रन्थको नौरत्नमध्ये एक रत्न मानिएको प्रज्ञापारमिताको परिचयात्मक पुस्तक प्रज्ञापारमिता म्हसीकेगु लिधंसा प्रकाशित गरेर प्रज्ञापारमिता दर्शनलाई प्रचारमा ल्याएका छन् । प्रज्ञापारमिताको दर्शनलाई अझ जिवन्त राख्न प्रज्ञापारमिता चर्या गुठीको स्थापना गरी विगत ४० वर्ष यतादेखि प्रत्येक सोमवार आजसम्म नियमित रूपमा आफ्नै घरमा प्रज्ञापारमिताको प्रवचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सत्यमोहन जोशी आफ्नो कुलधर्मप्रति पनि त्यति नै श्रद्धा र निष्ठा राख्ने व्यक्ति हुन् । कृष्ण चरित्र , रामायणसम्बन्धी आध्यात्मिक दर्शनको प्रवचन तथा भजन –कीर्तन आदि पनि उनको घरमा बरोबर नै हुने गर्दछ । उनको अद्वैत ब्रम्हज्ञान दर्शनतिर पनि राम्ररी झुकाव तथा ज्ञान भएको देखिन्छ । उनका दैलाका बत्ती, मृत्यु एक प्रश्न नामक नाटकहरू यही दर्शनको सरलकृत प्रस्तुति मान्न सकिन्छ ।
यसरी वैभव र बिलासिताप्रति मोह मोह नभएका अति सरल र संयमित जीवन यापन गर्ने सत्यमोहनको जीवनका आयामहरु आज हामी सबैको निमित उतिकै प्रेरणादायी र अनुकरणनीय छ । राष्ट्रका यस्ता धरोहरको देहवसान हुुनुु राष्ट्रकै निमित्त अपुुरणनीय क्षति हो् ,आज उनको देहवसानमा राष्ट्रनै शोकाकुुल छ । सत्यमोहन जोशी अमर रहुन् ,उनको निश्चल आत्माले चीर शान्ति पाउन् ,आज भगवानसँग यही हाम्रो प्राथना छ ।
(लेखिका स्व. सत्यमोहन जोशीज्यूूको संरक्षकत्वमा स्थापना भएको लोकसाहित्य परिषद् को निवर्तमान अध्यक्ष तथा हाल सह–संरक्षक हुुनुुहुन्छ )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५