• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

काष्ठमण्डपको कथा: मन्द:, सिँसत: हुँदै मरुसत:


सुभाय् संवाददाताFebruary 24, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १२ मिनेट

प्रकाश शाक्य

बि.सं.२०७२ सालको महाभूकम्पबाट ढलेको काष्ठमण्डपको पबित्र पुननिर्माण सम्पन्न भएको छ । केही दिन अगाडि एउटा पोष्टमा हाल भन्न गैरहेको यस काष्ठमण्डपको वास्तविक नाम बारे सतही रुपमा आफू खुसी नयाँ नयाँ नाम राखी आरोप प्रत्यारोप गरेको देखेर इतिहासकालका यस्को नामहरु बारे केही लेखदै छु। बिशेष गरेर स्थानिय नाम, स्थानिय संस्कृती, स्थानिय किबदन्ती , केही बौद्ध ग्रन्थहरु , केही बिदेशीहरुकी भनाइको साथै स्थनिय भौगलिकलाइ केन्द्रबिन्दुमा हालेर यो लेख प्रस्तुत गर्दै छु।                                  
मानिसहरु इतिहासका वास्तविक कुराहरु जान्न चाहन्छन। जब वास्तविक भन्छु , धेरैले मुन्तो फर्काउछन। कारण, म सम्झन्छु , त्यहाँसम्म तिनिहरुको बुझ्ने क्षमता नभएकोले होला। त्यसकारण यहाँ पनि केहि
रहस्य हालेको छु। यसतो हाल्नुको कारण तीन ओता छन । एक, मानिसहरुमा वास्तविक कुरा सुन्नमा इच्छा जागोस। अर्को , हामिहरुमा अझ अध्ययनको कमि छन भनेर महसुस पनि होओस। तेस्रो, ती कुराहरु बुझाउन पनि निकै लामो बर्णन गर्नु पर्नेछ।
यो काष्ठमण्डप सम्बन्धी मेरो तेस्रो लेख हो। हुन त म यश पुननिर्माण देखी धेरै टाढा छु। तैपनी आफुले जानेका कुरा पोख्दै छु।यहाँ सकेसम्म जम्मैले थाहा पाइसकेको कुरा समाबेस गरिएको छैन।
१) मन्द: – यस्को पहिलो नाम मन्द: ( मण्डप , मण्डेला) हो।जमिनबाट केही उठाएर चारपाते बनाइरहेको बास्तुलाइ स्थानिय नेवा: भाषाबाट मन्द: भन्दछन। यो शब्द संस्कृतको मण्डलबाट आएको हो। हुनत यस्तो आकृतिलाइ दबू पनि भन्दछन। दबू शब्द बिशेष गरेर नाचगान सम्बन्धी ठाउँलाई भन्दछन। यो बिशुद्ध धार्मिक स्थान भएकोले धार्मिक शब्द मन्द: नै राखिएको हो।
नेवा: भाषामा मन्द:को अर्थ चारपाते पनि हो , गोलो पनि हो। जसरी म्हपुजामा गरिने मन्द: गोलो हुन्छ।यसरी एउतै शब्दको ठिक उल्टो अर्थ भन्नुको कारण पहिला यो ठाउँ नागदहर हुदाँ गोलो थियो।पछि गुरु मंजुश्रीले यो उपत्यकामा धेरै ठाउँमा जमिरहेको पानी निकासा गर्दा लम्बाइबाट पनि चौडाइबाट पनि सात सातकोषको चारपाते भए पनि यस उपत्यकालाइ मण्डप नै भनियकोले हो। यो स्थानलाई धार्मिक शब्द मन्द: प्रयोग भएको कारण भने यस्तो छन।
बुद्धले बोधिग्यान पाएको बर्षमा नै पिता शुद्धोधनलाइ भेटन कपिलबस्तु पाल्नु भएको हो। त्यहाँ पुगेको अन्दाजी एक हप्ता पछि नै बालकहरु आफ्नो छोरा राहुल र भतिजा आनन्दलाइ बुद्धधर्ममा दीक्षित गरेर भन्ते बनाइयो। यस्तो कुरा काठमाडौमा बसिरहेका नातापर्ने शाक्यहरुले ( यिनिहरु यहाँ कहिले आइपुगेको घटना पनि रमाइलो छ) थाहा पाएपछी सायद असोज ताका ( कारण मौसम सफा हुने महिना) कपिलबस्तुबाट यहाँ व्यापार गर्न आएकाहरुलाइ ” हामिहरुलाइ कहिले हेर्न आउँछ”( सर्बबास्ती बिनय संग्रह) भनेर पठायो। सायद कार्तिक महिनातिर होला आनन्द भन्ते पुस ,माघतिर त्यतातिर आउदैछ भनेत पठायो। त्यसपछी यहाँका शाक्यहरु र त्यो बेलाका स्थानियहरुसंग मिलेर त्यो बेलाको प्रबिधी अनुसार काँचो माटोको इटा बनाएर अन्दाजी दुइ देखि तीन महिना भित्र आनन्द भन्तेलाइ बज्रयान अनुसार अर्थात दीपंकर बुद्ध देखि चली आएको चलन भिक्षा प्रदान गर्न chaahine ठाउकोलाइ यो मन्द: बनायो। अस्ति उत्खनन् गर्दा सबैभन्दा तलको संरचनाको माटो जाँच्दा गर्दा अन्दाजी २२०० , २३०० बर्ष पुरानो भनेको कुरा यहाँ मिल्न आउछन। काँचो इटा बनाउन त्यतिका माटो कहाँबाट ल्यायो? त्यो ठाउँ अहिले पनि सुरक्षित नै छन।सिर्फ त्यहांको माटो जाचेर सिद्धगर्नु मात्र बाकिछ। त्यही ठाउमा त्यो मन्द: बनाउनुको कारण भने त्यो बेलाको बाटोको र बस्तिको सरंचना देखाउछ।
आनन्द भन्ते यहाँ पुषको कति गते पुग्यो ,त्यो त थाहा भएन तर भन्तेलाइ भिक्षा दिएको दिन माघ १ गते हो। त्यही सम्झनामा हरेक बाह्र बर्षमा गरिने सम्यक पर्व यस्को प्रतिकको हो। अर्को अहिले पनि त्यहाँ अर्को एउटा बर्षेनि दान दिने संस्कृती चलिरहेका छन। विशेष गरेर गाइलाइ उसिनेको गहुँ खुवाउने। यसको कथा पमि राम्रो नै छन।
बुद्धले दुइजना अर्हतको साथ आनन्द भन्तेलाइ यश उपत्यकामा पठाउनु भएको हो। बुद्धले त्यो बेला धर्म प्रचार गर्न एक ठाउमा एकजनामात्र भिक्षु ( अशोक महाराजाको पाला देखि मात्र दुइजना भिक्षु मिलेर बस्न हुने)बस्ने भनिएकोले यहाँ तिनैजना अलग अलग बिहारमा बस्नु भयो( सायद तिनिहरुको लागि पनि त्यही बेला नै अलगै बिहार बनाइ दियो )। आनन्द भन्ते त्यो बेला सानै भएकोले उहाँ बस्नु भएको बिहार पनि सानै परेर चितिक्कै छ तर त्यो बिहारमा आनन्द भन्ते बस्नु भएको हो भन्दा कोहि पनि पट्याएन। त्यस्तै अरु दुई बिहारमा पनि त्यस्तै भनियो। यी दुई बिहार एउटा माथिल्लो टोलमा छ भने अर्को तल्लो टोलमा छन।
ती दुई अर्हतहरुले आनन्द भन्तेलाइ कुन बाटो , कसरी ल्याएको त्यो पट्टा लगाउन सकिन तर दान कार्यक्रम सकिन बितिक्कै फिर्ता भने उडाएर लगियो। त्यो माघ महिना यहाँ एकदम चिसो हुनाले आनन्द भन्तेको खुट्टाको औलाहरु हिँउले घाउ पारी दिएकोले ( सर्बास्तिबाद बिनय संग्रह) उडाएर लगियो।
त्यो बेलाका सिम्रौनगढका सेनापतिले बुद्धका स्रावकहरुको यस्तो रिद्धी घटना देखेकोले उ पनि बुद्धधर्ममा दिक्षित भएर पछि एकदम ठुलो महायानी भिक्षु बन्यो।
स्वयम्भू दर्शन गर्न यहाँ पाल्न ठिक परेका बुद्ध कहाँ गएर यी दुई अर्हतहरुले अहिले काठमाडौमा निक्कै चिसो छ भनेर जानकारी गरायो भनेर एक बिदेशिले लेखेका छन। तैपनी खुट्टा बचाउन यहाँकाहरुले जस्तै जुट्टा लाउनु हुन्छ भनेर नियम बनाएर , केही संस्कृति अनुसार , सायद माघको अन्ततिर बुद्ध यश उपत्यकामा पाल्नु भएको देखिन्छन।
२) सिँसत: – यो काष्ठमण्डप अर्को स्थानिय प्राचीन नाम सिँसत: अर्थात काठको सतल हो। सत:अको अर्थ छत भएको बास बस्न हुने सार्बजनिक ठाँउ हो। यो काष्ठमण्डपको ईतिहास अनुसार सातौं शताब्दीतिर काचो इटाले बनाएको यो मन्द: घामपानीले बिग्राउन थालेपछी एकजना बिशेष ब्यक्तिले यो मन्द:लाई पुरै ढाकेर काठको मन्दिर बनायो। त्यो बेलादेखी यसलाइ स्थानिय भाषामा सिँसत: र संस्कृतमा र बिदेशमा काष्ठमण्डप भन्दछन। त्यो बेला यो कति तल्लाको बनाएको थियो ,त्यो त थाहा भएन। सायद बुद्धधर्मको अभिधर्म अनुसार अहिले जस्तै तीन तल्ला नै बनाएको होला।
स्थानिय कथा अनुसार त्यो बेला यो त्यतिकै परिरहेको ठाउमा कानफट्टा जोगिहरु बसिरहेको थाहा पाएर भारतबाट एक भिक्षु आएर तिनिहरुसंग शासस्त्र गरेर हराएर उठाएर पठायो भनेर वर्णन छन । यस्को वास्तविक घटना भने यस्तो छ।
गोरखनाथले आसामको मच्छिद्रनाथ देवता काठमाडौको दक्षिण पर्ने कोदुवा स्थित एक दनुवारको बच्चामा अबतार आएको थाहा पायो। राजा नरेन्द्र देबलाइ त सम्झायो तर गुरु बन्धुदत्त नमानेकोके हठयोग देखाएर भए पनि बालक मच्छिद्रनाथलाइ त्यहाँबाट बुंग स्थानसम्म ल्याइयो। तर त्यहाँ धेरै कुरामा राजा र गुरुको बिबाद , बिशेष गरेर देबतालाइ कहाँ प्रतिष्ठा गर्ने ,भएकोले अन्तमा गुरुले पनी ,राजाले पनि बुंगमा नै आफ्नो जीवन बालक समक्ष त्याग गरियो ( ईश ६८०)। यस्तो घटना देखेर पुजा बोक्नेमा सहयोग गर्ने ललितपुरको ज्यापुले ( यस्को नाम ललित होइन,वास्तविक नाम अर्कै छ)म मात्र बाचेर के गर्ने भनेर उ पनि मोक्षमा गयो। यस्तो घटनाले गर्दा देवता बुंगमा धेरै बर्ष नै रहिरह्यो। यहि कारणले स्थानियहरुले यश देबतालाइ बुंगद्य: भनेको हो। बास्तबमा गोरखनाथले सायद, काठमाडौ र ललितपुरलाइ पाइक पर्ने स्थानमा बालकलाइ राख्न चाहेको थियो तर राजा मानेन जस्तो छ। यसरी बुंगमा बसेर केही धार्मिक काम नभएकोले उ येँ ( काठमाडौ ) आएर यहि सिँसत:मा आएर डेरा जमायो।
केही बर्षपछी तिब्बतमा बुद्धधर्म प्रचार गर्न आएका भिक्षु गुरु पद्मसम्भब यश उपत्यकामा आइपुग्यो। उस्ले त्यस सत:मा नाथ सम्प्रदायहरु डेरा जमाइ रहेको देखेर गोरखनाथलाइ यस्तो सम्झायो होला कि हुनत तिमिहरु पनि बुद्धधर्म कै एक यान नाथ सम्प्रदाय हो तर यो स्थान आनन्द भन्तेको( चैत्यबादि बज्रयान) पबित्र आसन भएकोले धर्मको हिसाबले तिमिहरु यहाँ बास बस्न हुदैन भनेर सम्झायो होला। धार्मिक भावना भएका गोरखनाथले यो कुरा बुझेर त्यहाँ बस्न छाड्यो। यसैलाइ किबदन्तिमा शासस्त्र भनियो। पद्मसम्भबको यश उपत्यकाको बसाइ इसा 743- 747 गरेर जम्मा चार बर्ष हो।
३) मरु सत: — यस्को पछिल्लो र आधुनिक नाम मरुसत: हो। मरु/ मदुको अर्थ नेपालिमा ” छैन” हो। यो नाम त्यहासंगै रहेको गणेश मन्दिरको नामसंग जोडिएका छन। हरेक मन्दिरमा गजूर नभै नहुनेमा यो मन्दिरमा गजुर नभएकोले मरु गणेश भनेको हो। त्यही गणेसको नामाबाट यस्लाइ मात्र मदुसत: भनेको होइन टोल समेत मरु भन्नगयो।
गजुर किन नभएको र कहिले हाल्नेको किबदन्ती भ्स्ने भने यसतो छ कि जुन बेला यश उपत्यकामा तेल र नुनको भाउ एउटै हुन्छ ,त्यो बेला मात्र गजुर हाल्ने रे। बिगत कालमा कुनै एक दिन तेल र नुनको दाम अबस्य पनि बराबर भएको हुनुपर्छ । कारण तेल यहि उपत्यकामा उपज हुने बस्तु हो जबकी नुन , स्थानिय भाषामा सिन्ची भन्दछन , यो अति दुर्गम ठाँउबाट ल्याउनुपर्ने भएकोले त्यो बेला तेल भन्दा यो अबस्य महंगो होला। जब भारतबात नुन आउन थालेपछि नुन सस्तो हुँदै आएर अहिले ठिक उल्टा नुन सस्तो तेल महंगो भएकोले कुन एक दिन यी दुई बस्तुको दाम अबस्य बराबर भएको हुनुपर्छ । त्यसो हुँदाको बखतमा किन गजुर नहालेको त ? बास्तबमा त्यहाँ गजुर नहालेको कारण अर्कै छ। जनताहरुलाइ चुप पार्नलाइ मात्र त्यस्तो कारण देखाएको हो।
अब एउटा प्रश्न यो उठछ कि त्यो गणेशको मन्दिर कहिले बनाएको ? गजुर सम्बन्धी मेरो एउटा टिपोत अनुसार यसलाइ दसौं शतब्दी भन्दा उता लान मिल्दैन। हात्तिको जस्तो सुँद भएको गणेशको मूर्तिको चलन स्वस्थानी कथा देखि हो । पाएको मध्येय अहिलेसम्म सबैभन्दा पुरानो स्वस्थानिको किताब भनेको १५औं शताब्दिको हो। यो हिसाबले मरु सत: नाम ती दुई शताब्दी भित्र हालियको हो तर वास्तविक १० औं शताब्दिको नाम हुनुपर्दछ।
अब अन्तमा यो कुरा आउँछ कि आनन्द भन्तेकोलाइ बनाएको मन्द: माथी काठको मन्दिर कस्ले बनाएको ? धेरैले यसो भन्ने गर्दछ कि यो काठको मन्दिर सातौं शताब्दिका लिलाबज्रले बनाएको हो। यो पूरा गलत हो। कारण के भने लिलाबज्र ८४ सिद्धहरु मध्ये एक सिद्ध हुन। सिद्धहरुको काल भनेको पद्मसम्भब पछि अर्थात ८ औं शताब्दी देखि शुरु भएर मुसलमानहरुले नालान्दा बिश्वबिद्धालय ध्वस्त नपारेसम्म अर्थात १२औं शताब्दी सम्म हो। फेरि लिलाबज्र पहिलो पर्ने सिद्ध पनि होइन। यस्को पनि दुई तह माथी सिद्धगुरुहरु भएकोले यो गुरुलाइ सातौं,आठौं शताब्दिमा कुनै हालतमा राख्न मिल्दैन।( सच्याएको – पद्मसम्भब,इन्द्रभुती र लक्ष्मिकरा सिद्धहरु एकै परिवार हुन। लक्ष्मिकराको शिष्य लिलाबज्र भन्दछन /हुन। पद्मसम्भबको पालामा नै सिँसत: भैसकेको छ भने यो लिलाबज्रले बनाएको भन्न मिल्दैन।)
अब फेरि यहि प्रश्न उठछ कि त्यसोभए यो काठको मन्दिर कस्ले बनाएको त?
उत्खननले काष्ठमण्डपको जगको थामहरु सातौं शताब्दिताकाका भनेकोले यो त्यही बुंगद्य: ल्याउने महत्वपूर्ण भुमिका खेल्ने गोरखनाथले बनाएको जस्तो देखिन्छन। एक ,बुंगद्य:लाई यथास्थानमा बासगर्न नसकेको , अर्को नरेन्द्र देब र बन्धुदत्त पनि मोक्षमा गैसकेको हुनाले उ बुंगमा नबसेर / बस्न नसकेर शिष्यहरुका साथ ,जस्लाइ स्थानिय भाषामा जोगि भन्दछन, यस येँ( काठमाडौ ) आयो । त्यो बेलाका राजाले उसलाइ त्यहाँ काठको मन्दिर बनाएर राख्यो वा उस्ले आफै बनाएर बस्यो। पद्मसम्भब जस्तो गुरुसंग बादबिबाद गर्न नसकेर वा गुरुको कुरा मानेर त्यो बेला उ त्यहाँबाट त उठेर गयो तर ती सम्प्रदायले त्यो हामिहरुको हो भनेर दाबी गर्न छाडेन। (अहिलेसम्म पनि नाथ सम्प्रदायले त्यो सत: हामिहरुको हो भनेर दाबी गरिराखेका छन) यस्तो दाबी गरिरहेको कारणले त्यो काठको छत उनिहरुले नै हालेको देखिन्छन। अर्को जुन सत: शब्द छन , त्यो जोगिहरुसंग सम्बन्धित शब्द हुन।
( यो थपियको यस्तो पनि हुन सक्छन – गोरखनाथ पहिला बज्रयानको आचार्य हो। १५ औं शताब्दिका एक तिबेतियन अनुसार उस्को वास्तविक नाम रमणबज्र हो। उस्ले त्यसरी बालकमा मच्छेद्रको अबतार आएको थाहा पाएपछी भित्री शहरमा ल्याउन नाथ सम्प्रदायमा दिक्षित भएर नाथ सम्प्रदायको एक गुरु गोरखनाथ नाम हाल्यो। भारतको नाथ सम्प्रदायको गुरुहरुको क्रम नेपालसंग नमिलेको कारण यहि हो।शुरुमा गोरखनाथले जति सम्झाए पनि राजा नरेन्द्रदेब गुरु बन्धुदत्तको दवाबमा यहाँ ल्याउन चाहेको थिएन। पछि स्वयम्भू बनमा कर्कोत नागराजालाइ एउटा खोपिल्टोमा थुनेर हठ गरेपछी साथमा यो देवता भनेको आसामको हो, यहाँ यस्तो अबतार आएको थाहापछी त्यहाँका मानिसहरु जुन धान खेती गर्ने प्रबिधी जानेकाहरु आउछन र तिनिहरुसंग धान रोप्ने तरिका सिकेर अनिकाल हटाउने सल्लाह दिएपछी मात्र राजाले त्यो बालकलाइ भित्री शहरमा ल्याउने राजी भयो र ल्यायो पनि। आसामबाट खेतिगर्ने आयो कि आएन र आयो भने तिनिहरु को,को हुन त्यो त थाहा भएन तर काठको काम गर्ने मानिसहरु भने त्यहाँबाट पक्कै आएका छन। बुंगद्य:को रथ बनाउनेहरु जस्लाइ बाराही भन्दछन , उनिहरु आफैले हामिहरु नरेन्द्रदेबको पालामा आसामबाट आएको हो भनेर भनेका छन। ललितपुरमा काठको काम गर्नेलाइ बाराही भन्दछन भने काठमाडौमा स्थापित । हाल काष्ठमण्डपको काठको काम धेरैजसो यिनिहरुले नै गरिराखेका छन । यिनिहरु र तिनिहरुको बिहाबारी चल्छ कि चल्दैन त्यो त थाहा भएन तर जातिय संगठनमा आपसमा सम्बन्ध छ। अब बास्तबमा काठको कामगर्ने शिल्प कस्ले गरेको त थाहा पाउन काष्ठमण्डप र स्थापितहरुको सम्बन्ध पनि अध्ययन गर्नुपर्ने भयो। आसामबाट कृषि कामगर्नेहरु पनि अबश्री आएको हुनु पर्दछ ।कारण कृषि सम्बन्धी “आसामी” शब्द भएकाले हो। यिनिहरुले धान खेति गर्न सिकाएको भनेको त्यो बेला पानी नपरेर अनिकाल भयो भनेकाले कुलो बनाएर पानी ल्याउने प्रबिधी सिकाएको हो।)
सातौं शताब्दिमा नै त्यो काठको मन्दिर बनाएको हो को अर्को एक प्रमाण भनेको “चिसिमण्डु” भनी लेखी राखेको लगन टोलमा भेटिएको एक अभिलेख हो। मण्डुको अर्थ मण्डप भैहाल्यो। चि सि को अर्थ चिकुलामा ( चिसोमा) पनि केही नहुने सि ( काठ) भनेको हो।
नाथहरुले यस्तो दाबिगरिरहेको बर्षौ बर्षपछि जयस्थिती मल्लको पालामा ( नेस५०२-५१५)पूरा भएछन। यो राजाले नाथ सम्प्रदायको धर्म प्रचार गर्न यो सत:(सत्तल) दिइयो। उनिहरुले पाउने बितिक्कै हत्तपत्त आफ्नो गुरु गोरखनाथको मुर्ती पनि हालीहाल्यो। त्यसो हतारमा हालेको वा मुर्ती सम्बन्धी जानकार नभएर वा गोरखनाथको अनुहार थाहा नपाएकोले त्यो मुर्तिमा कुनै बान्की नै छैन। हाल त्यस्को सट्टामा नयाँ मुर्ति हालेको कुरा सुन्नमा आएको र यो साच्चै हो भने एउटा कालखण्डको ईतिहास मेटिन पुग्यो।
जयस्थिती मल्लले नाथ सम्प्रदायको धर्म प्रचार गर्न दिएको कारण यस्तो छन। एक त उस्ले यहाँ अपनाइरहेको धर्मको आमूल परिबर्तन चाहेको। अर्को ,यस्लाइ अभिलेखमा ” कोन्हस बिज्याम्ह” अर्थात तलबात आएको अर्थात मिथिलाबात (हाल तराइ) राजा हुन आएको भनेर उल्लेख छन। मिथिलामा त्यो बेलामा पनि अहिले पनि नाथधर्मको बोलबाल छन। यहि कारण जयस्थितिमल्लले नाथधर्मलाइ त्यो सत: प्रयोग गर्न दिइयो भन्न मिल्छ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑