• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मनका कुरा

पुष्पलालको प्रेरणाले डोर्‍याउने गरेको मेरो अध्ययन दिशा


सुभाय् संवाददाताJanuary 26, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

डा. मथुरा श्रेष्ठ


सन्दर्भ त्यो बेला को हो जब काठमाडौंको नयाँ सडक र खिचापुखुको मोडमा राणाजीहरूको फोटो लिने र चित्र बनाउने आकर्षक भवनलाई नविकरन गरि झकिझकाउ अमेरिकन लाइब्रेरी उद्घाटन गरियो। हामी साम्यबाद संस्कृत उन्मूख बिद्यार्थी कार्यकर्ताहरूमा अमेरिकी प्रभाव नेपालमा बढ्ने भो र हामी निष्प्रवाह हुने भयो कि भनी हामी निरासामा रहेको कुरा सुन्नु भएछ पुष्पलाल जीे ले। एक दिन क्लास लिन भनि इटुंबहालको किसान नेता सान्दाईको घरसँग जोडिएको सान्दाईको भाईको घरको मटानमा बोलाउनु भयो। बिषय थियो यो अध्यन के र कसरी।
हामी थुप्रै पुगेका थियौं। चन्द्रानन्द नेवा, वहाँको भाई, रामेस्वर प्रधान, भरत जोशी, प्रचण्ड प्रधान, बासुदेव ढुंगाना, आनन्ददेव भट्ट, सायद चन्द्रधर उप्रेती पनि र अरू धेरै।
पुष्पलालजीले यस्तो निराश र समस्याबाट बिमूख भयो कि भनेर चिन्ता लिनु राम्रै हो। तर चिन्तालाई चिरेर आफ्नो उद्देश्य र गन्तव्य तिर अविचलित ढाल्दै, बढदै जानु कम्युनिष्ट स्पिरिट हो । निराश भई निषकृय भएर बाटो छाडी बिलाउने प्रबृत्ति कम्युनिष्ट चरित्र हुनु हुन्न।
यत्तिकैमा मलाई, “मथुरा, तिमी बन्दीपुरको सतिघाट जांदा जंगलमा हराउँदाको अनुभव हामी सबलाई सुनाउ त?” म झसंग भएँ, यो अनपेक्षित आदेशमा। कसरी थाहा पाएछ पुष्पलालजीले त्यो घटना जुन् मैले पनि बिर्सेजस्तो लागेको थियो। तर संझंदै कनिकुठी, नर्भस हुँदै भनें। “म गाउँकै अति सम्पन्न सामन्त परिवारको केटा हुँ । तर लगान बाली उठाउन मेरो क्षमता पनि थिएन, रुचि पनि थिएन। ‘धेबा बाग: मवंम्ह, दुकुलन्ठु जक्क ख थ्व । छुं हे ज्या मवनिम मचा जुल थ्व।’ (फुट्या कौडी जत्ति पनि काम नलाग्ने, दुकुलन्थु भयो यो। कुनै काम दिने देखिन्न यसले।) भनी खिसी गर्थे। त्यस्तो गालीले मभन्दा मेरो आमा र बाजे, लाल गोविन्द पिया, मर्माहत हनुहुने रहेछ। बाजेले सम्झाएर केही गर्नुपर्दैन। सबै मोहीले छुट्याउँछ। हाम्रो भाग पनि उनीहरूले नै ल्याई दिन्छ। साछी जस्तै बस्ने मात्र हो। भनि सम्झाई घरको रिसल्ला घोडा चढाई सतिघाटको खेतमा पठाउनु भयो । एक्लै। जाँदा ठीकै पुगें। मोहीहरूले खुब स्वागत गरि कालो पोथी काटी भात खुवाएर सम्मान गरे। परालको एक कप्टेरा बनाइ मलाई सुतायो र मोहीहरू अर्कै कप्टेरा सुते। खेत मै। भोलि बिहान दाईं आदि गरि हाम्रो भाग खरानीले घेरा हाली छुट्याए। त्यसबेला मलाई ज्वरो आएकोले म फर्कन्छु भनें। छामेर ओ हो भनि मलाई घोडा चढाई बाटोमा खस्ला भनि कपडाले काथीमा बांधेर ‘खस्न लागे घोडाको जेगर बलियो गरि समाउनु नछाड्नु’ भनी सिकाएर एक्लै फर्काई दिनु भो। बाटो घना जंगल पार गर्नु पर्थ्यो। जाँदा जाँदा बिचमा दुई बाटो भेट्टियो । बढी चौडाको बाटो सहि होला भनि लगाम उतैतिर लगाएँ। घोडा पनि मानेर गए। तर पछी बाटो कानो भयो। तैपनि बाटो भेट्टिएला भनि जंगल तिरै घोडा बढाएँ। भेट्टिएन । डर लाग्यो बाघ भालुले खाला भनि। तर त्यसबेला कुनै चरा, काग पनि कराएको थिएन। पछि भएन भनि फर्केर त्यही दोबाटोमा आई पुगें र मैले लगामले निर्देसन नगर्ने बरू गाम बेसी गरेको घोडाले नै बाटो पैलाउला भनि बिस्वास साथ लगाम छाडेर घोडा हिंड्न लगाएँ । आफ्नै तजवीजले। बाटोमा घाँस दाउरा बोकी आउनेहरूले बीच बीचमा ‘बन्दीपुरे साहुको छोरा रहेछ। बिमार छ जस्तो छ’ भनि न जिस्काई रहेको भए घोडाबाट पनि खसिन्थ्यो होला भन्ने ध्यान पनि थियो ।                                                                   घर पुग्दा अबेर रात भैसकेको थियो। घोडा हिन्हिनाएको सुनेर कदम दाइ (जेठाबाको छोरा र मेरो महत्वपूर्ण राजनैतिक गुरू) आएर बोकि कोठामा लगी त्यही रात जडिबुटी खुवाए । दुई दिन पछि निको भएँ।”
मेरो यही कुरामा पुष्पलालजीले सामान्य छलफल चलाएर आफ्नो कुरा राख्नु भोे –
“सामन्ति संस्कारले मथुरा जीवन, जगत र प्रकृतिसँग जुधेर वा द्वन्द्व गर्दै र खेली सिक्ने अवसरबाट टाढा हुन गएकोले बाटो हराएको हुनु पर्छ। किसानको छोरा भएको भए हराउन्नथ्यो होला। बरू पशु भए पनि प्रकृितिसँग गामबेसी गर्ने घोडाले सिके। जेभए पनि बाटो हराएर आफै पनि बिलाउन अवस्थाबाट घोडाको सहायताले पैलाएर सुरक्षित हुने बिन्दु नै सिक्ने कलाको महत्वपूर्ण प्रस्थान बिन्दु हो भन्दै आफ्नो लेक्चर सुरु गर्नु भो। यस्तै यस्तै भनेर:-
“अहिलेको सन्दर्भमा म चार कुरा भन्छु।
१. अमेरिकी पुस्तकालयको झकिझकाउ वा कुनै शक्ति बाट तर्सिने हामी कम्युनिष्टहरू हुनु हुन्न। सिक्ने कुरामा शत्रुबाट पनि सिक्नु पर्ने हुन्छ। शत्रु नै भने पनि उसको कुरा नसुनि, नबुझी र सिंगो पांगो उसलाई देख्न बुझ्न नसकी कसरी बिवाद, सामना र प्रतिकार गर्न सकिन्छ? त्यस लाईब्रेरीमा छाति तानेर गएर उपलब्ध किताबहरू पढनु होस्। राम्रो कुरा छ भने ग्रहण पनि गर्ने हो। नाराम्रा, झुठा र हानिकारक सामग्री भए यो यो कारणले यो ठिक छैन भनि जानी दुत्कार गर्न सक्नु पर्छ। हाम्रा तार्किक क्षमताको लागि पनि यसो गर्नु जरूरी हुन्छ।
२. सिक्ने भनेको महापण्डित, दार्शनिक वा हाम्रै मार्क्स्, एन्जेल्स, लेनिन आदिबाट मात्र होईन। एक पटमूर्ख वा समाजमा निकम्मा भनिएकाहरूबाट पनि सिक्न सकिने छ भने सिक्नु पर्छ। साधारण नेपाली जनता जति सुकै अबुझ या चेत नभएको भनि प्रचार गरिए तापनि जनता त हाम्रा गुरूमा पनि महागुरु सम्झि उनीहरू बाट सिक्न सक्नु पर्छ हामी कम्युनिष्टहरुले। किनभने जनता हाम्रा सबै ईतिहास, कला, संस्कृति, समाजदर्शन, परम्परा सबैका भरपर्दो खानी हो। श्रोत पनि हो। जनता माझ भिजी बितेको जमानाका स्मृतिपत खोतल्न सके धेरै सिक्ने र जान्नै पर्ने ज्ञान भण्डार हुन्छ जनसागरमा । तर खोतल्न सजिलो खेल होईन। जनतासँग भिज्न सक्नेले मात्र केही खोतल्न सक्छ। यसैसँग गासिएको सिक्ने कला हो जस्तो सुकै गाह्राे साह्रो र असहज परिस्थितिमा र ती संग जुधेर सिक्ने स्पिरिट लिनु पर्छ हामी कम्युनिष्टहरू। कहिले काँहि केही जटिल समस्याका समाधान निस्केन भने सो प्रश्न लिएर जनता माझ गई संगै अध्ययन गरे पाइन सक्छ।
३. सिक्ने भनेको बुद्धकाल देखि चली आएको सुनेर, पढेर, सत्संगत गरि जान्ने र जान्न खोज्ने मात्र होईन। तेसलाई मन, विवेक देखि ब्यवहारको कसीमा उतारी सर्ब पक्षक्षीय विवेचना र विश्लेषण गरि आत्मसात् गरे पछी पनि ब्यवहारमा खोज अनुसन्धान गरि र भोग गरी, ठीक बेठीक र ग्राह्य गर्न सक्ने नसक्ने कसीमा उतारी मात्र ग्रहण गर्नु राम्रो हुन्छ। नत्र हामी कागे कान लग्यो सुनेर कागको पछाडी भागी रहने मात्र हुन्छौं।
४. अर्को कुरा अध्ययन केही भाग, पक्ष वा बिषयमा बन्दी बनी टुक्रे वस्ताद बन्ने होइन। सके सम्म सर्वपक्षीय र समग्रतामा अध्ययन गर्नु पर्छ। अबेला भैसकेकोले म यसबारे एक उदाहरण मात्र दिन चाहन्छु। माओ त्से टुंग को। माओ जब संघाईमा आए उसलाई एउटा प्रश्नले पिरल्यो। चीन तेती शक्तिशाली, संस्कृति, इतिहास र दर्शन सहित व्यापार आदीमा तेस्तो कर्मथ र सम्पन्न देशलाई ती फासिबादी, उपनिवेशबादी र साम्राज्यबादी देशहरूले कसरी छिन्नभिन्न पारि रहन सकेर देश कै अस्तित्वमा खतरा पुर्यउन लाग्यो? भनि। जवाफ खोज्न एउटा लाईब्रेरीको पाले जागिर खाएर पनि त्याहाँ भएको भएभर किताबहरू गहिरो अध्ययन गर्न भ्याए। उत्तर समग्रमा आएन भनि संघाईको प्रशिद्ध प्रोफेसर संग अन्तर्कृया गरि उत्तर खोजे। प्रोफेसरको छोरी संग पनि बिबाह गरे। (लंग मार्चको दौरान कोमिन्टांग फौजले समाती फांसिको सजाय दिएको थीयो माओ पत्नीलाई)। समग्र ज्ञान प्राप्त गर्न सिंक्यान्सानको अनकन्टार टुप्पोमा बसेर ४ बर्ष सम्म अती पौराणिक बांसपत्र र हड्डी पत्र देखि आधुनिकतम ईतिहास, कला, साहित्य, दर्शन पढन थाले। चीनका क्रूरतम र अत्यटचारी भनिएका बादसाह, प्रधानमन्त्री र जनरल, याहाँ सम्म कि युद्धसर्दारहरूका जीवन, उनीहरूका भनाई, थियोरी देखि पौराणिक सन्त, गुरु, दार्शनिक जस्तै लाओ त्से, कन्फुसियस, मेन्सिसस आदीका सिद्धान्तहरू गहीरिएर आत्मसात गरि मनमा उठेका खुल्दुली सबै निवारण सम्पूर्ण चिन र जनताका ईतिहास देखि दर्शन सांगो पांगो बुझ्न सकेकोले नै माओको नेतृत्वमा चिनियाँ कान्ति सफलतामा मात्र टुंग्याएन, चिनलाई पुन एक र शक्तिशाली र एकिकृत बनाउन सके। हामी पनि अध्ययन भनेको समग्रता र कृयासील प्रतिकारात्मक रूपमा गर्नै परेको छ। झिना मसिना कुरा बाट बिचलित हुने होईन भन्दै पुष्पलाल जीले आफ्नो कुरा टुंग्याउनु भो। मलाई याद छ आनन्द देव भट्टले यति धेरै प्रश्न र प्रतिप्रश्न गर्नु भो र त्यस बाट हामी अझ स्पष्ट भयौं जस्तो लाग्यो। म भने कुनै प्रश्न नै राख्ने हिम्मत राख्न सकिन।
पुष्पलाजीले त्यति बेला वहाँको लेक्चर सारंसमा लेखेर दिनु भनि अह्राउनु भएको थियो जुन् मैले पूरा गर्न सकेन। लेख्न किन हो मलाई ज्यादै गाह्रो लाग्दथ्यो।
प्रयोग: पहिलो
त्यसपछी हामी तेस अमरिकन लाईब्रेरीमा गई अमेरिका बारे धेरै अध्ययन गर्न थाल्यौ तेहीं टेबलमा बसेर। तर म लईब्रेरिको मेम्बरसिप कहिलै लिईन। प्रचारबाजि को सानो सानो पुस्तिका बाट सुरु गर्यौं। एक जना प्रोफसर फिस्सर जो सोभियत रूसको कट्टर बिरोधी थिए उसका सबेै जसो किताब पढें पनि। (धेरै पछी त्यो प्रोफेसर त अमेरिका बाट भागेर सोबियत युनियनमा सरण लिन गएर बांकि जिन्दगी तेहिं बिताएको मान्छे हो। तेस्तो कम्युनिष्ट बिरोधी पनि तात्कालिन अमेरिकाको म्याकआर्थरिज्मको तानाशाही विचहण्ट बाट टिक्न सकेन। तेति बेला अमेरिकाका धेरै धेरै बिद्वान, चिन्तक, वैज्ञानिक, दार्शनिक, सामाजिक अभियन्ताहरू तेही म्याक्आर्थरिज्म को बर्बरताले हराएर बिलाएर कति गए गए। हिसाबै छैन। कसैले हिसाब राख्न कष्ट पनि गरेन। मलाई बिस्वास छ तेस म्याकआर्थरिज्म को महा उद्दन्दताले अमेरिकालाई कति हानी गर्यो भनि कुनै बेला अमेरिका कै ईतिहासले बताई दिने छ।
त्यसबेला त्यस लाइब्रेरीमा बाहिर लान नपाउने अमेरिकाका धेरै धेरै चिन्तक, बैज्ञानिक, बिद्वान, लेखक, कलाकार र प्रोफेसरहरूको किताब तेहींको रिडिंग रूममा मात्र पढने पाईन्थ्यो। त्याहाँ जोन मिलरका किताब, जर्ज ओर्वेलको एनिमल फार्म आदि धेरै धेरै किताबहरू पनि पढियो। एनिमल फार्म किताब क्म्युनिष्ट खास गरि सोबियत युनियन बिरोधी भनी जोडबलले प्रचार भई रहे पनि कथित आधुनिक अमेरिकी समाजलाई तीखो ब्यंगका कुरा बाट गहीरिएर पढ्नेहरू बाट छुपेन। म बाट पनि छुपेन। तेस लाईब्रेरीको हट्टाकठ्ठा (सायद प्रमूख) एक नेवा थियो। उसले एकातिर मलाई तिमी कम्युनिष्ट याहाँ के पढछौ भनि स्टन्ट हान्थे भने अर्को गहीरो अध्ययन गर्ने भनि सनिबार र आईतबार पढेर जस्ता कै तस्तै सोमबार फर्काउने शर्तमा मलाई मात्र धेरै कितावहरू पढन दिन्थे। र दिए थे। तेस किताबहरू बाट मैले अमेरिकाको झांकि धेरै मात्रामा स्पष्ट हेर्ने मौका पाएँ। तेस लाइब्रेरीको वाहाँ को र कहाँ हुनुहुन्छ, मलाई थाह छैन। म सायद भेटे पनि चिन्दिन होला म वाहाँमा हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्न चाहन्छु। जहाँ भए पनि। कहिले कहिले अमेरिकामा सम्मेलन आदीमा जाँदा मलाई यस्तो पनि आभाष हुन्थ्यो ती किताबहरू पढेकोले सायद साधरण अमेरिकन भन्दा अमेरिकाको इतिहास, संस्कृति र बिरासत बारे मलाई बढी थाह भएको भान हुन्थ्यो।
प्रयोग दोश्रो
पुष्पलालजीको त्यस प्रवचन झल्झलति सम्झनु पर्ने दोस्रो घटना यस्तो छ:
जब म एमबिबियस को फाइनल जाँच अगाडी सोसियल र प्रेभेण्टिभ मेडिसिनको प्रिफाइनल क्वालीफिकेसन जांचमा हो। तेस बिभागको प्रोफेसर र एच ओ डी, प्रा. डा. दक्षिणामूर्ति एक विद्वान र हस्ती ब्यक्तित्व हुनु हुन्थ्यो। कोर्स बाट बाहिर गएर भए पनि समस्तिगत रूपमा बिषयहरूको अध्ययन सबले गर्नु पर्छ भनि मान्यता राख्नु हुन्थ्यो र प्रिक्वालीफिकेसन जाँच टफ् हुन्छ र पास गर्नै पर्छ भनि पूर्वउद्घोष गर्नु भएको थियो। तेस बेला म होष्टल बाहिर भिषाखापत्नमको बुद्धभरपूर गार्डेनमा बस्थें। कलेजको गेट अगाडी होष्टेल बाट आउने बस समातेर क्लास जाने गर्थें। तेस दिन बस छुटेकोले जांचमा ५/६ मिनेट पछि पुगें। मुख्य प्राक्टिकलको चीट गाह्राे भनि अरूले साटेर राखेको तेहि अन्तिम चीट् मेरो हुन गयो। एनोफिलिन लाम्खुट्टेको सेलीभरी ग्ल्याण्ड एक्पोज गरि चित्रान्किट र लेबल गर्नु। म्याग्निफाईङ ग्लास जडित स्टेज वाक्स ट्रेमा लामखुट्टेको सेलिभरी ग्ल्याण्ड को ट्वइजरहरूको मदतले एक्पोज गर्न सक्नु चानचुन को कुरा थिएन। जम्मा दुई पोठी एनोफिलिन लामखुट्टेहरू राखिएको थियो सो वाक्स ट्रेमा। कम से कम एकमा सफल अपरेसन गरि देखाउनु थियो मैले। दुर्भाग्य वा भाग्यबस म दुबैको अपरेसनमा असफल भएँ। तेही बेला त्याहाँको सबले पागल भन्ने एक रक्स्याहा पाले सुटुक्क आएर आठ आना झिक भनि लिएर अर्को दुई लामखुट्टे ट्रेमा राखि दियो। तेसमा पनि म असफल भएँ। भाग्यबस जाँच सुपरभाइजर र मनिटरहरू सब गफमा ब्यस्त थियो। मेरो परेशानी देखेन। तेस पालेले झर्केर अर्को एक अठन्नी लिएर दुई पिनको सहाराले यसो घोचेको जस्तो गरि च्याटेर लामखुट्टे को स्यालीभेरी ग्ल्याण्ड् राम्रो संग एक्पोज गरि दिनु भो तेस बहुला भनि सबले तिरस्कार गरेको अनपढ र रक्स्याहा पालेले। म राम्ररी हेरी रहें थें उसले गरेको अपरेसनको नौलो तर प्रभावकारी प्रविधी। मैले अर्को एक रुपैञा दिएर दुई लामखुट्टे मगाएँ । तेसको नक्कल गरि म दुबै लामखुट्टेको सफल अपरेसन गरि माउण्ट गरें। पहिले असफल भएको लामखुट्टे र सो पालेले सफल अपरेसन गरेको लाम्खुट्टे सब सिंकमा पखाली पठाएँ र दुबै लाम्खुट्टेका राम्रो संग प्रदर्सित गरि वांकि काम पूरा गरें। तेस पछि स्पटिंग गर्ने र हरेक बारे दुई इपिडेमिओलजिकल नोटहरू लेख्नु पर्थ्यो जुन मैले सबै ठीक ठीक स्पट गरि नोटहरू पनि ठीक लेखी पूरा गरें। स्वयम् प्रोफेसर दक्षिणामूर्ती आऊनु भएर ओरल क्रस क्वेसनहरू गर्नु भो। तेस बेला मैले सबै भन्दा बढी नम्बर मात्र पाएको होईन सबलाई बोलाई यस्तो राम्रो सबले गर्नु पर्छ, र सक्छ भनी दिनु भो। भीत्रको वास्तविकता मैेले वाहाँलाइ भन्ने कुरा भएन। तर यश घटनाले मलाई “जस्तो सुकै विषम परिस्थिति र जस्तो सुकै नगन्या र अनपढ बाट पनि सिक्न सक्नु नै वास्तविक शिक्षा हो” भनि पुष्पलाल जी ले भनेको कुरा झल्झल सम्झें। तेस अनपढ, रक्सय्याहा र सबले पागल भनि हेला गरिएको तेस पाले जसको नाम पनि मलाई थाह छैन तर मेरो लागि सबै भन्दा ठूलो गुरुहरू मध्ये एक हो भनि सदा सर्बदा सम्झन्छु र सम्झिरहने छु।
पछी लिभरपूल स्कूल अफ ट्रपिकल मेडिसिनमा 1978 मा पोष्टग्रेजुयत गर्न जांदा तेही लाम्खुट्टेको अपरेसन रोनाल्ड रोसले डिजाइन गरेको हलुका स्टेनलेस स्टिल ट्वाइजरले गर्दा सफलता को रेट राम्रै थियो। तेति बेला सम्म पीनको चलन प्रशस्त हुने हुनाले मैले तेस अनपढ पाले बाट सिकेको पीन प्रवधी बाट देखाउँदा सबै इन्टोमोलजिष्ट छक्क परे। पछी चीफ इन्टोमोलजिष्टले मलाइ पीन प्रविधी धेरै सजिलो र सफल छ रोनाल्ड रसको प्रविधी भन्दा भनेको मैले बिर्सेको छैन।
प्रयोग तेस्रो
नेपालको मेडिकल इजुकेसनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनु हामी आइओएमका सबेको महत्वपुर्ण दायीत्व थियो। तर तेसबेला पंचायतको कालरात्री समय। डीन कार्यालयको र तेस माथिका भारत परस्त सोच। भारतले दिएको मान्यता मात्र मान्यता हो भनि सोचको प्रभाव बाट हामी मर्माहत थियौं। यद्यपि हाम्रा एमबिबियस पास गरेका बिद्यार्थीहरू इण्गलैण्ड, अमेरिका, अष्ट्रेलिया र योरोपका कैयौं सेण्टरहरूमा मेडिसिन, सर्जरी, पब्लिक हेल्थ र रिसर्च बिषयहरूमा अन्तर्राष्ट्रिय स्तरका हाराहारमै मेडिकल शिक्षा चुपचाप हासिल गरि रहेका थिए। तेसको प्रचार सम्म पनि हामी नगरी वस्नु पर्यो। किनभने ती जेहन्दार विद्यार्थीहरूका बैधानिक अडचन नेपालका टाठा बाठा नितीनिर्माताहरू बाटै आउन सक्दथ्यो। तेही बेला जोहन्स् हप्किनका केही नेपाल आउन सक्ने मेडिकल बिद्यार्थि, आइओएम का इच्छुक बिद्यार्थी मिलाएर संयुक्त रुपमा नेपालका कम्युनिटी फिल्ड एक्सपिडेसन, अनुसन्धान, लेक्चर र कम्पेटेन्सि इभ्यालुएसन प्रोग्राम आयोजना गर्यौं। जोहन्स हप्किन युनिभर्सिटी को अमेरिकाकै हस्थी, प्रोफेसर कार्ल टेलर, डा. बब् पार्कर आदि र हामी सिनियरहरू मिलेर सुपरिवेक्षण गर्यौं। हामी नवलपूरको उत्तरी डाँडो काटेर कोटाधाट पुग्यौं। त्याहाँका गाउँहरू र नवलपुर साईडको पाहाडका गाउँहरूको बिस्तृत अध्ययन र इपिडेमिलजिकल सर्भे बिद्यार्थीहरूकै विभिन्न संयुक्त टोलीहरूकै इनिसियटिभमा सुरु गरायौं। हाम्रो काम बेला बेलामा नेपाल र अन्तर्राष्ट्रीय स्वास्थ्यका मूलभूत समस्या बारे प्रवचन गर्नु, सबै टिमको सुपरिवेक्षण गर्नु र बिद्यार्थीहरूका समस्या जिज्ञासा आदि छलफल गरि समाधान गर्नु।
त्यहाँ मेडिकल र पब्लिक हेल्थ फिल्डमा अप्रत्यासित समस्या आयो। नवलपुर साईड पहाडी गाउँ जो धनीमानी जमिन्दारहरूका घरहरू थिए र जसको नवलपुर फाँटमा र तनहुँ, कोटाघाट साईडको सबै भन्दा उब्जाउ र राम्रो जमिन तेही गाउँका बासिन्दाहरूको थियो। सर्भेमा के पाईयो भने लुटोको प्रकोप धनिमानी पढने तेस गाउँका बिद्यार्थीहरूमा ९५ प्रतिशत संक्रमित थियो भने कोटाघाटमा बिपन्न बोटे समुदायका बिद्यार्थीहरूमा लुटोको संक्रमण ५ प्रतिशत भन्दा कम पाईयो। सबैले लुटो त बिपन्न, सरसफाई मा कमी भएको बालबालिकाहरूमा हुने भनि सबले चीनेको हो लुटो लाई। यस्तो उल्टो परिणाम कसरी आयो भनि छलफल खुब चलायौं। दोहर्याएर पुन सर्वेक्षण गर्ने निर्णय गर्यौं। जोन्स हप्किनको प्रोफेसर र म स्वयमको सिधा सुपरिवेक्षणमा पनि तेही डाटा आयो । किन भनी हामी बिद्यार्थी र शिक्षकहरूको घनीभूत छलफल चलायौं। निष्कर्ष निकाल्ने हामी कसैको क्षमता भएन। आखिर माथी र तल गाउंहरूका गन्यमान्य जन सहभागितामा अर्को दिन छलफल गरि जवाफको आशा गर्न सक्ने निष्कर्ष निकाल्यौं। भोली पल्ट कोटा साईडको कालीगण्डकी को किनारको बलौटे चहुरमा थुप्रै मानिसहरू भेला भए र गहन छलफल चलायौं। जवाफ त त्याहाँ बाट पनि आउला जस्तो देखिएको थिएन। तर एक ४५/४६ साल कि अधबैंसे बोटे महिला जो पहिले नै अली रक्सी खाई सकेकी थिइन “म भन्छु किन भनि” बोल्न अनुमति मागिन्। अरू गन्यमान्य ब्यक्तिहरूले “चूप लाग बहुलायी” भनि बोल्न नदिने प्रयाश गरे। तर हामीले बोल्न हौसला दियौं । बिश्वकै स्तरीय बैज्ञानिक प्रोफेसरहरुले पेश गर्न सक्ने बस्तुस्थिती र दलील पेश गरिन् जस्ले हामी सबै विद्वान भनाउँदाहरूका आँखा उघारी दियो।
वहाँले जस्तो खरो र स्पष्ट बोलेको याहाँ उतार्न सक्ने ममा क्षमता छैन तर पनि वाहाँले आफ्नो भनाई यसरी राख्नु भो, “त्यो जिम्वाल र धनीमानहरू को गाउँमाए के छ? ठूलो ठूलो झकिझकाउ घरहरू मात्र भएर हुन्छ? तेस गाउँभर जम्मा पाँच कुवा धारा छन्। त्याहाँका बाहुन बाजे र कटाकेटी दिनदिनै नुहाउँ छन्। कागले नुहाएको जस्तो। बस्। याहाँ त हाम्रा केटाकेटीहरू प्रकृति, गरिबी सब संग जुढ्न बाध्य छ। हाम्रा केटाकेटीहरू स्कुल जाँदा घरको गाई भैंसी चौपायाहरू संगसंगै लगेर काली पार नवलपुर र तेस गाउँको फेडी जंगलमा छाडेर मात्र स्कुल जान पाउँछन् । पुल बाट बस्तु भाउ तार्न नदिने हुनाले ती बस्तुभाउ संग संगै कालीमा हेलीएर पौडि खेलेर बस्तु भाउ पारी जंगलमा छाडी पौडी नै खेली वारि छाडेको किताब र लुगा च्यापेर स्कुल जान्छन्। सब। स्कुल पछि पनि पारी जंगल गई पौडी खेलेर गाईबस्तु घर गोठ ढुकाई मात्र आराम गर्न पाउँछन्। ल भन्नु होस् कागे नुहाएका बाहिर सुकिलामुकिला भीत्र फोहरी केटाकेटीहरूमा लुटो नभए कस्मा हुन्छ? हाम्रा केटाकेटी दिनमा कम से कम ३ पटक कालीगण्डकीमा हेलिएर पौडी खेलेर वारपार गर्नैपर्ने हरूमा लुटो कसरी लाग्छ?” तेस अनपढ अधबैंसे महिलाले मेरो मात्र होईन जोहन्स हप्किनका प्रोफेसर, विद्यार्थी र हाम्रै अन्य शिक्षक र बिद्यार्थीहरूका ‘इको हेल्थ’ वा हेल्थ इकोलजी भर्खरै चर्चामा आउन थालेको बिषयमा बिहंगम दृष्टिकोण राख्ने अपूर्व मौका पयौं। तेस “अनपढ” महिला तेस बेला र तेस कारण हामी सबैको गुरु मा पनि महा गुरु हुन सक्नु भो। पुष्पलाल जीले भने बमोजिम जनमानस भीत्रको ज्ञान भण्डार अथाह र अपूर्व हुन सक्छ यदी हामी त्यसको लागि लायक बनाउन सकी सोध खोज गर्न सके।
यस्ता थुप्रै अनुभूति छन् तेही पुष्पलालजी को प्रेरणाले पाएको जीवनका अनुभूतिहरू। तर अहिले यति ।
लेखन समय – (पोष्ट कोभिड फंगल न्युमोनिया संग जुध्दै,
अक्सिजन सप्लिमेन्टेसन (0.75 L/mt) लिंदै
मेरो सबभन्दा महत्वपूर्ण राजनैतिक गुरु का. पुष्पलाललाई सम्झंदै,
काठमाण्डु, २०७८ जेष्ठ ९ (May 23, 2021).।)

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑